युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Tuesday, 09.17.2019, 12:37pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
मुख्य समाचार
 
देउवाबिरुद्ध हस्ताक्षर अभियान
Tuesday, 02.28.2017, 11:27am (GMT+5.5)

काठमाडौं । संसदको सबभन्दा ठूलो दल भएर पनि तेस्रो दललाई ासरकार बनाउन समर्थन गरेको नेपाली कांग्रेसभित्र सरकारी निर्णयलाई लिएर बबण्डर खडा हुने देखिएको छ । पार्टी सभापति शेरबहादुर देउवाको कार्यशैलीले पार्टी कमजोर बन्दै गएको भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधरले हस्तक्षर अभियान चलाउने भएका छन् । 

पौडेल पक्षले यतिबेला कांग्रेस मुद्दाहीन बनेको र नेतृत्वको गलत भूमिकाका कारण पार्टी फस्दै गएको निष्कर्ष निकाल्दै महासमिति बैठक बोलाउन माग गर्दै हस्ताक्षर अभियान चलाउने भएका छन् । यो अभियानमाा पाडेलपक्षका केन्द्रीय सदस्यहरू सक्रिय छन् ।

शुक्रबा राति महामन्त्री डा. शशांक कोइरालाको महाराजगंञ्जस्थित निवासमा बसेको पौडेल समुहका कांग्रेस नेताहरूको बैठकले नेतृत्वको गलत भूमिकाका कारण पार्टी एजेण्डाहीन बनेको भन्दै तत्काल महासमितिको बैठक बसी पार्टीलाई संस्थागत विधिबाट चलाउन माग गर्ने भएका छन् । 

त्यसो त यसअघि पनि सो बैठकको माग गरिएकामा सभापति देउवाले अटेर गर्दै आएको भन्दै अव बैठकका लागि समुहिक दवाव दिने निष्कर्ष नेताहरूले निकालेका छन् । उनीहरूले अव पनि बैठक नबोलाए केन्द्रीय सदस्यहरूको हस्ताक्षर संकलन गरी बैठकका लागि लिखित आग्रह गर्ने  त्यसपछि पनि बैठक नबोलाए आफैंले बैठक डाक्ने निर्णय उनीहरूको छ । 

सभापति देउवाका कारण पार्टी अनिर्णयको बन्दी मात्र बनेको नभै पार्टीको शाख नै गिर्ने अवस्थामा पुगेको कांग्रेस नेताहरूको गुनासो छ । विशेषतः नियुक्तिहरूमा गलत व्यक्तिको सिफारिश गरिएको उनीहरूको आरोप छ । अझ प्रहरी महानिरीक्षक नियुक्तिमा देउवाले लिएको अडानले पार्टीलाई निकै तल झारेको पनि उनीहरूको निष्कर्ष छ । नेपाल प्रहरीमा तेस्रो नम्बरका जयबहादुर चन्दलाई महानिरीक्षक बनाउन खोज्दा नेपाल प्रहरीभित्र बबण्डर खडा भएको छ । यतिबेला सर्वोच्चको आदेशले चन्दलाई महानिरीक्षक बनाउने निर्णय स्थगित भएको छ ।

पार्टीले सामूहिक निर्णय गर्नुपर्ने विषयहरूमा सभापति देउवा आफ्नो कोटरीको बहकाउमा लागेर निर्णय गर्दा पार्टी कमजोर बन्दैगएको छ । मधेशवादीका मुद्दादेखि संविधान संशोधनका विषयमा पार्टी सभापतिको भूमिका निष्क्रिय जस्तै देखिएको पनि उनीहरूको आरोप छ । कांग्रेस सरकारमा सबैभन्दा ठूलो पार्टी रहे पनि कमजोर भूमिकामा रहेको, सरकारमा रहेका नेताहरूले विवादास्पद निर्णयमा सहभागिता जनाउँदै गएको, आर्थिक चलखेलका आधारमा गैर कांग्रेसलाई कांग्रेसको कोटामा राजदूत नियुक्त गरेको लगायतका विषयमा पनि देउवालाई लिखित रुपमा विरोध पत्र दिने तयारी भएको हो । 

बैठकमा महामन्त्री शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, पूर्व महामन्त्री प्रकाशमान सिंह, केन्द्रीय सदस्य रामशरण महत, वलबहादुर केसी, पूर्व प्रवक्ता दिलेन्द्रप्रसाद बडू लगायत थिए । उनीहरूले युएईका लागि राजदूत नियुक्त भएकी आशा लामा, वर्माका लागि राजदूत नियुक्त भएका भीम उदास र रमेश कोइराला गैरकांग्रेस भएको र उनीहरू म्यानपावर ब्यवसायमा बदनाम भएका ब्यक्ति रहेको भन्दै उनीहरूको नियुक्ति फिर्ता लिन लिखित रुपमै दवाव दिने भएका छन् । राजदूत नियुक्तिको निर्णय फिर्ता लिन देउवालाई पौडेलले संसद भवनमा भएको भेटमै आग्रह गरेका थिए । सोही क्रममा देउवा र पौडेलको भनाभन समेत भएको थियो । 

‘कांग्रेसको कोटाबाट नियुक्त भएका तीनजना ब्यक्ति कांग्रेस होइनन्, उनीहरू को हुन् ?’ पौडेलले देउवालाई सोधेका थिए । जवाफमा देउवाले भनेका थिए– उनीहरू हाम्रै मान्छे हुन् । पौडेलले भने यसले कांग्रेसको बदनामी कमाएको वताएका थिए । राजदूत नियुक्ति फिर्ता लिन पौडेल समुहले लिखित रुपमै दवाव दिने र त्यसो गर्दा पनि पार्टी नेतृत्वले नमाने संसदीय सुनुवाईमा उनीहरूको नाम अस्वीकृत गर्नेसम्मको तयारी गरेका छन् ।

लामो समयदेखि गुटबन्दीको शिकार हुँदैआएको नेपाली कांग्रेसमा सुशीला कोइरालाको अवशानसंगै विगतको ३६ से समूह हावी भएको थियो । विगतको रिस फेर्न पनि देउवाले पार्टीमा असन्तुष्ट पक्षलाई लत्याउँदै आउनुभएको छ ।

यसबीचमा आइतबार पौडेलसहितका नेताहरूले पार्टीमा आवद्ध नरहेकाहरूलाई राजदूतमा सिफारिस गरेकोमा आपत्ति जनाउँदै सच्याउन देउवामाथि लिखित रुपमै दबाव दिए पनि सभापति देउवाले राजदूत नियुक्तिबारे केन्द्रिय समितिमा अहिलेसम्म छलफल नै यो विषयमा छलफल हुन नसक्ने बताउनुभएको थियो । वरिष्ठ नेता पौडेल पक्षले सभापति देउवाले एकलौटी निर्णय गर्दै आएको भन्दै त्यस्तो कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै राजदूत नियुक्तिको विषय सच्याउनु देउवासँग लिखित रुपमा माग गरेका थिए ।


Rating (Votes: )   
Share     Print


Other Articles:
प्रधानमन्त्री प्रचण्डको स्वीकारोक्ति : मुलुक ठूलै दुर्घटनाको संघारमा (02.15.2017)
पेन्सनको नाममा सुरक्षा घेरा हाल्दै भारत (02.15.2017)
थ्रेसहोल्डको सकसमा साना दल (02.15.2017)
भूमिपुत्रको अधिकार खोस्नेबिरुद्ध मधेशी युवा (01.31.2017)
संशोधन र निर्वाचनको मुद्दा अझै किनारा लागेन (01.31.2017)
नेपाल डुबाउने दीर्घकालीन रणनीति (01.31.2017)
निर्वाचनको हल्लामात्रःराजनीतिक सङ्कट गहिरिने सङ्केत (01.18.2017)
देश टक्र्याउँछु भन्नेलाई कारबाही गर्ने प्रावधान राख (01.18.2017)
शिलान्यास गर्ने त्यसपछि चुपचाप... (01.18.2017)
पुनःसंरचना प्रतिवेदन अर्को लफडा (01.18.2017)
नेपाल नै नबच्ने चिन्ता (01.18.2017)
मुलुकको भविष्य सन्दिग्ध (01.12.2017)
“मुलुकलाई जुवाको खालमा थापियो” (01.12.2017)
एकता दिवस मनाउनु आवश्यक (01.12.2017)
सरकार नै पालना गर्दैन अदालतको आदेश (01.12.2017)
सत्तापक्ष नै भीडन्त निम्याउन निर्देशित ! (01.04.2017)
राजनीतिपछि औद्योगिक क्षेत्रमा हमला (01.04.2017)
यो ध्रुवीकरणको परिणाम के आउला ? (01.04.2017)
द्वन्द्व अवशानको कुनै लक्षण छैन (12.29.2016)
नेपाली सेना भारतको कमाण्डमा पठाउने प्रस्ताव : हिमालयन गेम प्लानको अर्को शृङ्खला (12.29.2016)



 
::| Latest News

 
[Page Top]