युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Tuesday, 09.17.2019, 11:49am (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
मुख्य समाचार
 
कञ्चनपुर काण्ड नियोजित रहेको आशंका
Wednesday, 03.22.2017, 02:48pm (GMT+5.5)

काठमाडौं । कञ्चनपुरका गोेविन्द गौतमको हत्यापछि भारतले दशकअघि तयार भएको विवादास्पद नक्सामा हस्ताक्षर गर्न दवाव दियो । भारत भ्रमणका क्रममा दिल्लीमा  रहनुभएका उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि समक्ष भारतीय गृहमन्त्री राजनाथ सिंहले कञ्चनपुरमा भएको गोलीकाण्डलाई आधार बनाएर त्यस्ता घटना नदोहोर्याउन यसअघि नै तयार भएको नक्सामा हस्ताक्षर गर्नुपर्ने प्रस्ताव गरेपछि भारत नेपालमा के गरेर के चाहन्छ भन्ने अरु प्रष्ट भएको छ ।

स्मरणीय कुरा के छ भने मुलुकमा लोकतन्त्र स्थापना लगत्तै नेपाल र भारतका सरकारी अधिकारीले तयार पारेको सीमा नक्सामा नेपालका तर्फबाट हस्ताक्षर गराउन भारतले निकै दवाव दिंदैआएको थियो । बीचमा सो मुद्दा सेलाएको जस्तो देखिए पनि अहिले फेरि भारतले त्यसमा हस्ताक्षर गर्न दवाव दिएको हो । र कञ्चनपुरको कल्भर्ट काण्ड यसैका लागि नियोजित षड्यन्त्र त थिएन भन्ने प्रश्न उठेको छ ।

भारतको राजधानी नयाँ दिल्लीमा बिहिबार गृहमन्त्री बिमलेन्द्र निधिसँगको भेटवार्तामा सिंहले सुरक्षा र सिमानाका सम्बन्धमा दुई देशबीच मित्रवत सम्बन्ध रहेको भन्दै कुनै पनि  आकस्मिक घटनालाई दुबै पक्षका सम्बन्धित अधिकारीको निरीक्षण र अनुसन्धानमा समाधान गरिनुपर्ने बताउनुभयो । सो घटनामा भारतका तर्फबाट दुःख व्यक्त गरिए पनि माफी भने मागिएन । बरु यसै मौकामा बिवादास्द नक्सामा तत्काल हस्ताक्षर गर्न आग्रह भयो । नेपाल र भारतबीच नवलपरासीको सुस्ता र दार्चुलाको कालापानीबाहेक अन्य सबै सीमा समस्या समाधान भएको भन्दै नक्सा तयार पारिएको थियो ।

सन २००५ मा नेपाल र भारतका गृहमन्त्रीले सहमति गरी राजनीतिक स्वीकृतिका लागि अघि बढाए पनि नेपाल सरकारले नेपालमा राजनीतिक सहमति जुट्न नसकेको भन्दै त्यसमा हस्ताक्षर गर्न अस्वीकार गर्दै आएको छ ।

भारतका तत्कालीन विदेशमन्त्री प्रणव मुखर्जीले सो नक्सा तयार भएपछि नेपाल र भारतबीच रहेका सीमा विवाद ९८ प्रतिशत समाधान भएको र यसको नक्सांकन गर्ने कार्य पनि अन्तिम चरणमा पुगेको बताए भने यसलाई नेपालका तत्कालीन परराष्ट्रमन्त्री उपेन्द्र यादवले पनि समर्थन जनाएका थिए ।

आफ्नो अनुकूलको सन्धि सम्झौता र सहमति गराउन साम, दाम, दण्ड, भेद र नीति अख्तियार गर्ने भारतले नेपालमा लोकतन्त्र प्राप्तिपछि जर्वजस्त रुपमा उठेका सीमा अतिक्रमणको विषयलाई मत्थर पार्न दुई देशबीच गोप्य रुपमा सहमति भएको थियो । भारतले लामो समयसम्म सो नक्सामा हस्ताक्षर गर्न दवाव दिने गरेको छ । सुस्ता र कालापानीको अतिक्रमित भूमिका विषयमा भने कुनै चर्चा गरिएको छैन । सुस्ताको १६ हजार हेक्टरमध्ये १४ हजार हेक्टर भूमि भारतले अतिक्रमण गरेको छ ।

कालापानी नेपाल, चीन र भारतको त्रिदेशीय सीमामा पर्दछ । कालापानी नेपाल, चीन र भारतका लागि सामरिक दृष्टिले अत्यन्त महत्वपूर्ण मानिन्छ । पछिल्लो समय भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको चीन भ्रमणमा लिपुलेकलाई दुई देशको व्यापारिक केन्द्र बनाउने सम्झौता भएपछि नेपालमा यसको बिरोध भएको थियो ।

भारतले नेपालको २१ जिल्लाको ६१ स्थानमा झण्डै ६५ हजार हेक्टरभन्दा बढी नेपाली भूमि अतिक्रमण गरेको छ । यसमध्ये कालापानीमा ३७ हजार र सुस्तामा १४ हजार हेक्टर भूमि पनि पर्दछ । कालापानीमा जसरी भारतले हस्तक्षेप गरेर आफ्नो सैन्य क्याम्प खडा गरेको छ ।

स्मरणीय के छ भने पटकपटक सत्तामा पुगेका र जिम्मेवार मन्त्रालय सम्हालेकाहरु नै सुस्ता र कालापानीको ‘नेपालसंग आधिकारिक नक्सा नै नभएको’ बताउँदै भारतको अतिक्रमणलाई वैधानिकता दिने जमर्को समेत गर्ने गरेका छन् । 

मुलुकमा लोकतन्त्र वहाली लगत्तै सुस्ता र कालापानीमा बाहेक अन्यत्रको सीमा विवाद समाधान भैसकेको बताउँदै भारतले तयार पारेको नक्साको खुब प्रचार प्रसार गरियो । सरकारी अधिकारी तथा नेताहरुले सीमा विवाद समाधान भयो भन्ने गरे पनि भारतले अतिक्रमण गरेको भूमि फिर्ता भएर सीमा विवाद समाधान भयो कि अतिक्रमित भूमि भारतलाई नै सुम्पेर विवाद मिलाइयो भन्ने विषयमा अहिलेसम्म केही बोल्ने गरिएको छैन ।

संविधान जारी भएपछि पटकपटक भारतीय पक्षबाट सीमा अतिक्रमणको प्रयास भैरहेको छ । सुस्ताबासी हातमा लालपूर्जा बोकेर आफुनो जग्गा खोजिरहेका छन् । हिजो आफूले खनजोत गरेको आफ्नो नाममा नेपाल सरकारले दिएको जग्गाधनी प्रमाणपूर्जा बोकेर उनीहरु भारतीयले खेती गरिरहेको टुलुटुलु हेरिरहेका छन् । यो विषयमा न सिंहदरबारलाई कुनै चासो छ न राष्ट्रियताको गगनभेदी नारा घन्काउनेहरुलाई नै सरोकार छ । उनीहरुलाई केवल आफ्नो शक्ति आर्जनको मात्र भोक छ ।


Rating (Votes: )   
Share     Print


Other Articles:
अवसर र चुनौतीकाबीच स्थानीय निर्वाचन (03.22.2017)
सरकार देशबासी र सीमा रक्षामा उदासिन : भारतलाई क्षमा मगाउने कसले ? (03.14.2017)
राजनीतिक प्रदुषणको विकराल रूप : निर्वाचनविरूद्ध षडयन्त्रै षडयन्त्रको आशङ्का (02.28.2017)
मधेशवादी नेता दलीय प्रतिस्पर्धा गर्न तर्सिए (02.28.2017)
देउवाबिरुद्ध हस्ताक्षर अभियान (02.28.2017)
प्रधानमन्त्री प्रचण्डको स्वीकारोक्ति : मुलुक ठूलै दुर्घटनाको संघारमा (02.15.2017)
पेन्सनको नाममा सुरक्षा घेरा हाल्दै भारत (02.15.2017)
थ्रेसहोल्डको सकसमा साना दल (02.15.2017)
भूमिपुत्रको अधिकार खोस्नेबिरुद्ध मधेशी युवा (01.31.2017)
संशोधन र निर्वाचनको मुद्दा अझै किनारा लागेन (01.31.2017)
नेपाल डुबाउने दीर्घकालीन रणनीति (01.31.2017)
निर्वाचनको हल्लामात्रःराजनीतिक सङ्कट गहिरिने सङ्केत (01.18.2017)
देश टक्र्याउँछु भन्नेलाई कारबाही गर्ने प्रावधान राख (01.18.2017)
शिलान्यास गर्ने त्यसपछि चुपचाप... (01.18.2017)
पुनःसंरचना प्रतिवेदन अर्को लफडा (01.18.2017)
नेपाल नै नबच्ने चिन्ता (01.18.2017)
मुलुकको भविष्य सन्दिग्ध (01.12.2017)
एकता दिवस मनाउनु आवश्यक (01.12.2017)
“मुलुकलाई जुवाको खालमा थापियो” (01.12.2017)
सरकार नै पालना गर्दैन अदालतको आदेश (01.12.2017)



 
::| Latest News

 
[Page Top]