युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Sunday, 11.17.2019, 05:22am (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
मुख्य समाचार
 
निर्वाचनमा युवाहरूको चासो
Tuesday, 04.11.2017, 04:05pm (GMT+5.5)

काठमाडौं । मुलुकभर वैशाख ३१ गते हुन निर्वाचनको माहोल तात्दै जानथालेको छ । २० वर्षपछि हुन लागेको स्थानीय निकायको निर्वाचनमा नयाँ पुस्ताका युवाहरूको ठूलो चासो छ । उनीहरू दलीयभन्दा विकास निर्माणका मुद्दालाई प्राथमिकता दिएर उम्मेदवारहरूको चयनलाई प्राथमिकता दिएको पाइन्छ । युवाहरूमा निर्वाचनको वेग्लै जोश छ ।

स्थानीय तहको निर्वाचनलाई महाअभियान र उत्सवकै रूपमा हेरिएको छ । स्थानीय तहका रूपमा रहेका चार महानगरपालिका, १३ उपमहानगरपालिका, दुई सय ४६ नगरपालिका र चार सय ८१ गाउँपालिकामा एकै चरणमा निर्वाचन हुँदैछ । सो निर्वाचनमा एक करोड ४० लाख ५४ हजार चार ८२ मतदाताले आफ्नो मताधिकार प्रयोग गर्नेछन् । तीमध्ये ७० लाख ६९ हजार सात सय १४ पुरुष, ६९ लाख ८४ हजार छ सय २५ महिला र एक सय ४३ तेस्रो लिङ्गी छन् । 

विसं २०७३  फागुन ९ गते १८ वर्ष पूरा भई मतदाता नामावलीमा नाम दर्ता गराएका मतदाताले मात्रै स्थानीय तह निर्वाचनमा मताधिकारको प्रयोग गर्न पाउने निर्वाचन आयोगले जनाएको छ । आयोगले स्थानीय तहको निर्वाचनका लागि एक करोड ५४ लाख मतपत्र छाप्ने छ । हालसम्म ५५ जिल्लाको मतपत्र छापिसकेको बताइएको छ । त्यस्तै ५५ लाख मतदाता परिचयपत्र पनि तयार भइरहेको छ । हालसम्म मतदान केन्द्रको यकिन गरी नसकिए पनि करिब त्यो सङ्ख्या करिब २१ हजार हुनेछ । 

स्थानीय तहको निर्वाचनका लागि आयोगलाई कम्तीमा पनि ८४ हजार मतपेटिका आवश्यक पर्ने छ । कुल  सात सय ४४ स्थानीय तहमा हुने उक्त निर्वाचनबाट अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष र वडा सदस्य समेत गरी ३६ हजार छ सय ३९ जना निर्वाचित हुने छन् । स्थानीय तह भन्नाले गाउँपालिका, नगरपालिका र जिल्ला समन्वय समिति भन्ने बुझिन्छ ।

आगामी निर्वाचनमा मतदाता शिक्षाका लागि करिब ५५ लाख पोस्टरसहितको नौ प्रकारका मतदाता शैक्षिक सामग्रीको व्यवस्थापन गरी २१ हजार स्वयम्सेवीलाई घरदैलामा खटाउने तयारी भइरहेको छ । आयोगले एक लाख २६ हजार कर्मचारी परिचालन गर्दैछ । निर्वाचनमा खटिने कर्मचारीलाई तालिम प्रदान गर्ने चरणमा अहिले आयोग रहेको छ । विगतको निर्वाचनको अनुभव र हाल लामो समयपछि हुन लागेको हुनाले यस पटकको निर्वाचनमा सबै पदमा गरी झन्डै तीन लाख २६ हजारको हाराहारीमा उम्मेदवार रहने अनुमान छ ।   

सरकारले  निर्वाचनका लागि रु १० अर्ब २९ करोड ६३ लाख ७६ हजार निकासा गरिसकेको छ । स्थानीय तहको निर्वाचनअन्तर्गत आगामी वैशाख १६ गते मनोनयन सुरु भई वैशाख ३१ गते अपरान्ह ५ बजेसम्ममा मतदानको काम पूरा हुनेछ । निकै लामो समयपछि हुन लागेको  स्थानीय तहको निर्वाचनमा कुन दलबाट कुन÷कुन पदमा को उम्मेदवार बन्ने विषयले अहिले गाउँ टोलमा चर्चा पाएको छ । आगामी स्थानीय तहको निर्वाचनबाट परिवर्तनकारी शान्तिकामी नेपालीले घरदैलामै स्थानीय सरकार पाउने छन् ।

निर्वाचन आयोगले आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि मुद्रण गरेको मतदाता शिक्षासम्बन्धी सामग्री जिल्ला पठाउन सुरु गरेको छ । आयोगले यसपटक मतदाता शिक्षाका लागि पाँच प्रकारका पोस्टर, निर्वाचनका सम्बन्धमा बारम्बार सोधिने प्रश्नको जवाफ, हातेपुस्तिका, स्रोत पुस्तिकाजस्ता शैक्षिक सामग्री तयार भएको आयोगका सहसचिव नवराज ढकालले जानकारी दिनुभयो । 

मतदाता शिक्षासम्बन्धी पोस्टरमा निर्वाचन आचारसंहिता किन र कसले पालना गर्नुपर्छ, गाउँसभा र नगरसभामा निर्वाचित हुने पदाधिकारी, मतपत्र लिने, सातवटा अलगअलग चिह्नमा स्वस्तिक चिह्न लगाउने, मतपत्र पट्याउने र खसाल्ने विषय समेटिएको छ । त्यस्तै मतपत्र बदर हुने अवस्था, मतदानको समय, मतदानका लागि लाइनमा बस्ने तरिका, मतदान गर्नुपर्ने कारणलगायतका विषय पनि शैक्षिक सामग्रीमा समेटिएका छन् । 

आयोगले आगामी निर्वाचनका लागि झन्डै ५५ लाख थान मतदाता शिक्षा सामग्री मुद्रण गरिएको जनाएको छ । बाँके, बर्दिया, डोल्पा, मुगु, हुम्ला, जाजरकोट, डडेल्धुरा, अछाम, बाजुरा, बझाङलगायतका जिल्लाका लागि आवश्यक मतदाता शिक्षा सामग्री बोकेका गाडी आयोगबाट प्रस्थान गरिसकेका छन् । 

मुलुकका ५४ जिल्लाका लागि त्यस्ता मतदाता शिक्षासम्बन्धी सबै सामग्री प्याकिङ भइसकेको आयोगले जनाएको छ । ठूलो मतपत्र, निकैपछि हुन लागेको स्थानीय तहको निर्वाचन, एउटै मतपत्रबाट सातजना उम्मेदवारलाई चुन्नुपर्ने अवस्था र मतदाताको अमूल्य मत बदर भएर खेर नजाओस् तथा मतदान गर्ने सन्दर्भमा मतदाता अलमलमा नपरुन् भनेर आयोगले आगामी स्थानीय तहको निर्वाचनमा मतदाता शिक्षा कार्यक्रमलाई घरदैलोमा पु¥याउन लागेको हो । 

मतदाता शिक्षाका लागि यही वैशाख १ गतेदेखि २१ हजार स्वयंसेवक मतदाताको घरदैलोमा खटिने छन् । सो क्रममा एकजना स्वयंसेवीले कम्तीमा पनि ७०० देखि एक हजारसम्मलाई मतदाता शिक्षासम्बन्धी जानकारी गराउनुपर्नेछ ।

स्वच्छ, स्वतन्त्र र भयरहित वातावरणमा निर्वाचन गराउने सिलसिलामा निकै महत्वपूर्ण विषयका रुपमा रहेको मतदाताको परिचयपत्र वितरणको काम आयोगले आगामी वैशाख २८ देखि ३० गतेसम्म सम्बन्धित मतदान केन्द्रबाट गर्ने निर्णय गरेको छ ।

हरेक मतदान केन्द्रबाट मतदातालाई सहज र सरल ढङ्गले मतदाता परिचयपत्र वितरण गर्न चैत २७ गते नै मतदान अधिकृतको टोली मतदान केन्द्रमा पुग्ने व्यवस्था मिलाइनुपर्ने निर्णय आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिनुभयो ।

परिचयपत्र सकेसम्म सम्बन्धित मतदाता आफैँ लिनुपर्ने यदि त्यो हुन नसकेमा परिवारको सदस्यमार्फत भर्पाई गरेर लिन सक्ने व्यवस्था गरिएको उहाँले जानकारी दिनुभयो । 

मतदाता परिचयपत्र वितरण गर्नका लागि स्थानीय राजनीतिक दलका प्रतिनिधि, नागरिक समाजको परामर्शमा वितरणको व्यवस्था मिलाउन पनि आयोगले मतदान अधिृकतलाई निर्देशित गरेको छ । त्यस्तै निर्वाचन आयोगले राजनीतिक दलको आधिकारिक हस्ताक्षर बुझाउने अवधि यही चैत ३० गतेसम्म थप गर्ने निर्णय गरेको छ ।


Rating (Votes: )   
Share     Print


Other Articles:
निर्वाचनविरुद्ध षडयन्त्र हुनथालेको आरोप (03.22.2017)
कञ्चनपुर काण्ड नियोजित रहेको आशंका (03.22.2017)
अवसर र चुनौतीकाबीच स्थानीय निर्वाचन (03.22.2017)
सरकार देशबासी र सीमा रक्षामा उदासिन : भारतलाई क्षमा मगाउने कसले ? (03.14.2017)
राजनीतिक प्रदुषणको विकराल रूप : निर्वाचनविरूद्ध षडयन्त्रै षडयन्त्रको आशङ्का (02.28.2017)
मधेशवादी नेता दलीय प्रतिस्पर्धा गर्न तर्सिए (02.28.2017)
देउवाबिरुद्ध हस्ताक्षर अभियान (02.28.2017)
प्रधानमन्त्री प्रचण्डको स्वीकारोक्ति : मुलुक ठूलै दुर्घटनाको संघारमा (02.15.2017)
पेन्सनको नाममा सुरक्षा घेरा हाल्दै भारत (02.15.2017)
थ्रेसहोल्डको सकसमा साना दल (02.15.2017)
भूमिपुत्रको अधिकार खोस्नेबिरुद्ध मधेशी युवा (01.31.2017)
संशोधन र निर्वाचनको मुद्दा अझै किनारा लागेन (01.31.2017)
नेपाल डुबाउने दीर्घकालीन रणनीति (01.31.2017)
निर्वाचनको हल्लामात्रःराजनीतिक सङ्कट गहिरिने सङ्केत (01.18.2017)
देश टक्र्याउँछु भन्नेलाई कारबाही गर्ने प्रावधान राख (01.18.2017)
पुनःसंरचना प्रतिवेदन अर्को लफडा (01.18.2017)
शिलान्यास गर्ने त्यसपछि चुपचाप... (01.18.2017)
नेपाल नै नबच्ने चिन्ता (01.18.2017)
मुलुकको भविष्य सन्दिग्ध (01.12.2017)
एकता दिवस मनाउनु आवश्यक (01.12.2017)



 
::| Latest News

 
[Page Top]