युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Tuesday, 09.17.2019, 11:50am (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
मुख्य समाचार
 
जनता चुनावको प्रतिक्षामा– नेता टार्न खोज्दै
Tuesday, 04.18.2017, 11:31am (GMT+5.5)

काठमाडौं । देशको मौसममा छिनछिनमा भएको बदली जस्तै राजनीति पनि बदलिंदै कतिबेला के हुने हो पत्तो पाउनै नसकिने भएको छ । कसको कस्तो स्वार्थले कतिबेला काम गर्छ र हुँदाहुँदैको काम बिग्रन्छ त्यो पनि भन्न सकिन्छ । अहिले निर्वाचनको मिति नजिकिंदै गर्दा यसको सम्भावना टर्दै गएको राजनीतिक गतिविधिले देखाएरहेको छ । जनता आफ्नो गाउँठाउँको विकासका लागि आफ्ना प्रतिनिधि छान्ने व्यग्र प्रतिक्षामा रहे पनि नेताहरु निर्वाचन नै टार्न खोजिरहेका त छैनन् भन्ने आशंका उब्जिएको छ । 

जब सरकारले वैशाख ३१ गतेलाई स्थानीय तह निर्वाचन घोषणा गरे त्योसँगै मुलुकमा उत्साहको वातावरण देखिएको थियो र अहिले पनि छ । सर्वसाधारण नेपाली नागरिकको विकास निर्माणप्रतिको उत्कष्ट अभिलाषा एवम् आकाङ्क्षाको प्रतिनिधित्व र परिपूर्ति गर्नका लागि हुने स्थानीय तहको निर्वाचनमा यहाँका मतदाताले मतदानको व्यग्र प्रतीक्षा गरेका छन् ।

संविधान जारी भएको दुई वर्ष पुग्न लागिसकेको छ तर त्यसको कार्यान्वयनमा नै समस्या उत्पन्न भइरहेका छन् । मुलुक संक्रमणकालीन अवस्थावाट बाहिर निस्किन छटपटाइरहेको बेला स्थानीय तह निर्वाचनको घोषणाले देशमा उत्साह थपिएको हो । करिब १९ बर्षको अन्तरालमा यही वैशाख ३१ गते स्थानीय तहको निर्वाचन हुन गइरहेको छ । 

नेपालको संविधान अनुसार २०७४ माघभित्र स्थानीय, प्रादेशिक तथा सङ्घको निर्वाचन सम्पन्न गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य संरचना सुनिश्चित गर्नुपर्ने गुरुत्तर दायित्व राज्यसमक्ष छ । कम्तीमा स्थानीय तहको निर्वाचन तोकिएकै मितिमा हुन सक्यो भने स्थानीयस्तरमा काम हुन थाल्ने र त्यसले मुलुकको समग्र परिस्थितिलाई पनि भिन्न हिसाबले अगाडी बढाउने अपेक्षा लिएको छ । 

नेपाली नागरिकको विकास निर्माणप्रति उत्कष्ट अभिलाषा पुरा गर्न र संविधान कार्यान्वयनका लागि निर्वाचन अपरिहार्य हो । संविधानले स्थानीय तहलाई शक्तिशाली बनाएको छ । निर्वाचनमार्फत अधिकार सम्पन्न ती तहको काम हुन थाल्यो भने त्यसले संविधानलाई दिगो र सुनिश्चित मात्र बनाउने होइन, राजनीतिक स्थायीत्व भई मुलुक विकास र समृद्धितर्फ अगाडी बढ्ने हुँदा आम मतदाताले यो निर्वाचनमा मतदान गर्न आतुर देखिएका छन् । 

“हामी नेपालको इतिहासको एक उत्साहपूर्ण क्षणमा आइपुगेका छौँ” अधिवक्ता कृष्णमुरारी रौनियारले भन्नुभयो, “राजनीतिक स्थायित्व, आर्थिक समृद्धि र समावेशी सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानको कार्यान्वयनसहितको नयाँ नेपाल निर्माणका लागि हुन लागेको यो चुनावलाई सफल र सार्थक बनाउन हामी सबैको साझा प्रयास हुनुपर्छ ।”

“कामको चटारो भए पनि बहुसङ्ख्यक श्रमजीवी जनता स्थानीय चुनावमा सहभागी हुन आतुर देखिएका छन्”, काठमाडौँको घर निर्माणको कार्यमा संलग्न धनुषा चक्कर गाविसका राजकिसोर पण्डितले भन्नुभयो, “काम नगरी खान पाउने अवस्था छैन तर पनि यो चुनाव समावेशी सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानको कार्यान्वयन र समावेशी विकास गर्ने विषयसँग जोडिएकाले यसलाई जसरी भए पनि सफल बनाउनुपर्छ ।”

प्राध्यापक राजेन्द्र कोइरालाले अहिलेको संवेदनशील अवस्थामा अस्थिरता मच्चाउने तत्वले बन्दै गएको निर्वाचनका वातावरणलाई बिथोल्न सक्रिय भएर लाग्न सक्ने भएकाले यसतर्फ हामी सबै गम्भीर हुनुपर्छ भन्नुभयो । 

आसन्न स्थानीय तह निर्वाचनका लागि मुलुकभरी चुनावी प्रचारप्रसारको सरगर्मी बढ्न थालेको पनि देखिन्छ । नेपाली काँग्रेस, नेकपा (एमाले), नेकपा माओवादी (केन्द्र) र राप्रपा नेपाललगायत अन्य पार्टीले पनि चुनावी सभा, सम्मेलन र प्रचारप्रसारलाई तिव्रता दिएपछि सरगर्मी बढेको हो ।

संविधानमा वडा, गाउँ वा नगरपालिका र जिल्ला गरी तीन तहको स्थानीय संरचना व्यवस्था गरिएको छ । गाउँपालिकाको सबै वडाका निर्वाचित अध्यक्ष सहित ५ जना निर्वाचित प्रतिनिधि, अध्यक्ष तथा उपाध्यक्ष र दलित वा अल्पसङ्ख्यक समुदायबाट गाउँसभाले चुन्ने २ जना व्यक्तिको गाउँसभा तथा नगरपालिकाको वडा समितिमा निर्वाचित अध्यक्षसहित ५ जना निर्वाचित प्रतिनिधि, प्रमुख तथा उपप्रमुख र दलित वा अल्पसङ्ख्यक समुदायबाट नगरसभाले चुन्ने ३ जना व्यक्तिको नगरसभा गठन हुने व्यवस्था छ ।

यसरी बन्ने सभामा गाउँपालिकाका अध्यक्ष उक्त गाउँसभाको र नगरपालिकाका प्रमुख उक्त नगरसभाको पदेन अध्यक्ष रहने व्यवस्था छ । त्यस्तै उपाध्यक्ष वा उपप्रमुखको संयोजकत्वमा सम्बन्धित सभाका २ जना सदस्यसहित ३ जनाको न्यायिक समिति बन्ने व्यवस्था छ, जसले स्थानीय तहका तोकिएको विषयका मुद्दा फैसला गर्नेछ । 

यसैगरी जिल्लासभामा जिल्लाभित्रका गाउँ कार्यपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगर कार्यपालिकाका प्रमुख र उपप्रमुख सदस्य रहनेछन् तर सम्बन्धीत जिल्लाभित्रका गाउँ वा नगरसभाका सबै सदस्य जिल्ला समन्वय समितिको कुनै पनि पदका लागि उम्मेदवार हुन योग्य हुनेछन् । जिल्लासभाले एक प्रमुख, एक उपप्रमुख, कम्तिमा तीन जना महिला र कम्तिमा एक जना दलित वा अल्पसङ्ख्यकसहित बढीमा ९ जना सदस्य रहेको जिल्ला समन्वय समिति निर्वाचित गर्नेछ । जिल्ला समन्वय समितिको प्रमुख, उपप्रमुख वा सदस्यको पदमा निर्वाचित भएमा त्यस्तो व्यक्तिको गाउँसभा वा नगरसभाको सदस्य पद स्वतः रिक्त हुनेछ । यसरी गठन हुने यी सभा स्थानीय निकायमा रहेको संसद् वा व्यवस्थापिका प्रकृतिका हुने व्यवस्था छ । 

त्यस्तै गाउँपालिका वा नगरपालिकाको निर्वाचनमा प्रत्येक वडाबाट ५ जना र अध्यक्ष, उपाध्यक्ष वा नगरको हकमा प्रमुख, उपप्रमुख २ गरी ७ जना प्रतिनिधि निर्वाचित हुनेछन् । अन्य प्रतिनिधिको हकमा निर्वाचनको नतिजा प्राप्त भएपछि १५ दिनभित्र गाउँपालिकाबाट निर्वाचितमध्ये ४ जना महिला गाउँसभाले चुन्ने, दलित तथा अल्पसङ्ख्यक समुदायबाट २ जना व्यक्ति गाउँसभाले निर्वाचित गर्ने र नगरपालिकामा ५ जना महिला नगरपालिकाबाट निर्वाचित मध्येबाट नगरसभाले चुन्ने, दलित वा अल्पसङ्ख्यक समुदायबाट ३ जना व्यक्ति नगरसभाले निर्वाचित गर्ने व्यवस्था छ । यसरी मुलुकका ७ सय ४४ निकायमा संलग्न हुने करिब ३६ हजार निर्वाचित प्रतिनिधिका कारण देशमा सकारात्मक वातावरण सृजना हुनेछ । 

स्थानीय तह निर्वाचन ऐन २०७३ मा महिला सहभागिता सम्बन्धमा प्रत्येक वडामा एक दलित महिलासहित २ जना, गाउँपालिकामा अध्यक्ष वा उपाध्यक्षमध्ये एक जना पदाधिकारी, वडामा निर्वाचितमध्येबाट गाउँसभाले निर्वाचित गर्ने ४ जना सदस्य, नगरपालिकामा प्रमुख वा उपप्रमुखमध्ये एक जना पदाधिकारी, वडामा निर्वाचितमध्येबाट नगरसभाले निर्वाचित गर्ने ५ जना सदस्य र जिल्ला समन्वय समितिमा ३ जना महिला सदस्य पद आरक्षण गरिएका छन् तर दल फरक भएमा यो व्यवस्था लागु नहुने व्यवस्था छ ।

यी आरक्षित पद बाहेक पनि महिलाले उम्मेदवारी दिन सक्ने छन् । उल्लेखित व्यवस्था हेर्दा हरेक वडामा ५ पदमा दुई महिला हुनैपर्ने कारणले ४० प्रतिशतसम्म महिला कोटा आरक्षण गरिएको देखिन्छ । यसका साथै उम्मेदवार हुँदा जम्मा गर्नुपर्ने धरौटी रकममा महिला र दलित वा अल्पसङ्ख्यक समुदाय वा आर्थिक रुपले विपन्नलाई ५० प्रतिशत छुटको व्यवस्था पनि छ ।

यसरी समावेशीका आधारमा महत्वपूर्ण मानिएका स्थानीय तहको निर्वाचन प्रक्रियामा सबै मतदातालाई निर्भिक रुपमा सहभागी गराउने वातावरण सृजना गर्नका लागि मधेसका समस्यासमेत सम्वोद्धन गरी चुनाव वैशाख ३१ मै पूरा गर्नेतर्फ दलहरुको ध्यान केन्द्रीत हुनुपर्दछ । चुनावभन्दा सत्ता हेरफेरमा बढ्ता जोड दियो भने त्यसले मुलुकलाई फेरि अधोगतितर्फ लैजाने निश्चित छ ।


Rating (Votes: )   
Share     Print


Other Articles:
मधेशी मोर्चालाई चाहिएको के हो ? (04.18.2017)
संविधान संशोधनको नयाँ नाटक : चुनाव गर्न कि बिथोल्न ? (04.11.2017)
संविधान संशोधनको नयाँ प्रस्ताव के होला ? (04.11.2017)
निर्वाचनमा युवाहरूको चासो (04.11.2017)
निर्वाचनविरुद्ध षडयन्त्र हुनथालेको आरोप (03.22.2017)
कञ्चनपुर काण्ड नियोजित रहेको आशंका (03.22.2017)
अवसर र चुनौतीकाबीच स्थानीय निर्वाचन (03.22.2017)
सरकार देशबासी र सीमा रक्षामा उदासिन : भारतलाई क्षमा मगाउने कसले ? (03.14.2017)
राजनीतिक प्रदुषणको विकराल रूप : निर्वाचनविरूद्ध षडयन्त्रै षडयन्त्रको आशङ्का (02.28.2017)
मधेशवादी नेता दलीय प्रतिस्पर्धा गर्न तर्सिए (02.28.2017)
देउवाबिरुद्ध हस्ताक्षर अभियान (02.28.2017)
प्रधानमन्त्री प्रचण्डको स्वीकारोक्ति : मुलुक ठूलै दुर्घटनाको संघारमा (02.15.2017)
पेन्सनको नाममा सुरक्षा घेरा हाल्दै भारत (02.15.2017)
थ्रेसहोल्डको सकसमा साना दल (02.15.2017)
भूमिपुत्रको अधिकार खोस्नेबिरुद्ध मधेशी युवा (01.31.2017)
संशोधन र निर्वाचनको मुद्दा अझै किनारा लागेन (01.31.2017)
नेपाल डुबाउने दीर्घकालीन रणनीति (01.31.2017)
निर्वाचनको हल्लामात्रःराजनीतिक सङ्कट गहिरिने सङ्केत (01.18.2017)
देश टक्र्याउँछु भन्नेलाई कारबाही गर्ने प्रावधान राख (01.18.2017)
शिलान्यास गर्ने त्यसपछि चुपचाप... (01.18.2017)



 
::| Latest News

 
[Page Top]