युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Sunday, 09.22.2019, 08:19pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
मुख्य समाचार
 
संविधानको कार्यान्वयन धरापमा : निर्वाचनविरूद्ध ठूलो जाल बिच्छ्याइयो
Tuesday, 04.18.2017, 11:31am (GMT+5.5)

काठमाडौं । सिङ्गो मुलुक स्थानीय तहको निर्वाचनको कार्यक्रमले तात्तिएको बेला निर्वाचनविरूद्धका गतिविधिले तीब्रता पाउनथालेको छ । संविधानको कार्यान्वयनका लागि पुनःसंरचित स्थानीय तह र प्रादेशिक एवं केन्द्रिय तहको निर्वाचन निर्धारित समयभित्रै गर्नुपर्ने अनिवार्यता स्वीकार गरेका सत्ताभित्र र बाहिरका दलहरू नै बैशाख ३१ गतेका लागि तोकिएको निर्वाचन हुन नदिने परिस्थितिको सिर्जना गर्न निर्देशित रूपमा लागेका छन् । मधेशी मोर्चामा आबद्ध दलहरूले संविधानप्रति देखाएको निर्देशित असन्तुष्टिले मात्र निर्वाचनको वातावरण धमिल्याउने सम्भावना हटेपछि सत्ताभित्रैबाट निर्वाचनविरूद्ध लक्षित गतिविधि परिचालित हुनथालेका हुन् भन्ने प्रचूर आभास भैरहेको छ । सरकारले नेपालको आन्तरिक राजनीतिमा अवाञ्छित दखल दिँदैआएको भारतलाई रिझाउन र तराईमा जनमत नै गुमाइसकेका केही मधेशी दललाई सन्तुष्ट पार्ने नाममा संसदमा पहिले दर्ता गरेको संविधान संशोधन प्रस्ताव फिर्ता गरेर पुनः परिस्कृत भनिएको नयाँ प्रस्ताव दर्ता गरेपछि निर्वाचनको वातावरण बिथोल्ने षड्यन्त्रात्मक गतिविधिले तीब्रता पाएको छ ।

विश्लेषकहरू भन्दछन्– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले  मधेशी मोर्चा र प्रतिपक्षी दल नेकपा एमालेसंग परामर्श गरी सहमतिकै आधारमा नयाँ संशोधन प्रस्ताव दर्ता गरेको भन्दैआएपनि त्यो प्रस्तावसमेतले निर्वाचनविरूद्ध लक्षित प्रायोजित खेलकै रूप लिएको  परिणामले नै देखाउनथालेको छ । संसदको ठूलो दलको रूपमा रहेको सत्ता साझेदार दल नेपाली कांग्रेसका पछिल्लो चरणका संस्थापक गतिविधिहरू पनि पूरै निर्वाचनविरूद्ध लक्षित देखिएकाले बैशाख ३१ गते स्थानीय तहको निर्वाचन हुनसक्ने सम्भावनाप्रति सन्देह जन्मिइसकेको छ । निर्वाचनविरुद्ध बिच्छ्याइएको जालले मधेशी मोर्चालाई मात्र होइन सत्ताभित्रैका दलहरूलाई पनि बेष्ठित गरिसकेकाले संविधानको कार्यान्वयन धरापमा परेको र निर्वाचनको प्रथम चरणमा नपुग्दै संविधान असफल पार्ने निर्देशित अभियान उत्कर्षमा पुगेको विकसित घटनाक्रमले इङ्गित गरिरहेको छ ।  

समाचार सूत्रहरूका अनुसार देशका सवै स्थानीय निकायमा निर्वाचनको चहलपहलले व्यापकता पाउँदै गएको छ भने मतदाताहरू १९ वर्षपछि आएको मतदानको अवसरलाई समुचित ढंगले प्रयोग गर्न लालायित देखिएका छन् । संविधानले नै जातीय र क्षेत्रीय विभाजन एवं राष्ट्र विखण्डनको बीज रोपेको धारणा बलवती हुँदैगएको भएपनि स्थानीय तहको निर्वाचनप्रतिको जनआकर्षण हरेक क्षेत्रमा बढ्दैगएको छ । मधेशी मोर्चाले आफ्नो एकलौटी क्षेत्र भनेर दावी गरेको इलाकामा पनि भूमिपुत्र रैथाने मधेशीहरू भारतबाट पसेर अंगीकृत नागरिकता लिएकाहरूको हालीमुहाली विरूद्ध संगठित आवाज उठाउँदै उम्मेदवार चयन गर्दा हरेक दलले रैथानेहरूलाई नै मौका दिनुपर्ने आग्रह प्रवाह गरिरहेका छन् । तराईमा पनि निर्वाचनप्रतिको आकर्षण बढिरहेको छ । तर भारतले आफ्नो स्वामित्व विनाको संविधान असफल पार्ने र नेपालमा नियन्त्रित अस्थिरताको वातावरण कायमै गरिरहने रणनीतिक खेल चलाइरहेकाले उसको आशीर्वादमा मौलाएका र सधैं संरक्षणको याचना गर्ने ठूला साना दलहरू विगतका आफ्ना मान्यता, धारणा र बोलीबचनलाई विस्मृतिमा राखेर प्रकारान्तरले निर्वाचन बिथोल्ने षडयन्त्रात्मक योजनामा सरिक हुनथालेका छन् । अहिलेका प्रायोजित गतिविधिले स्थानीय तहको घोषित निर्वाचन र अबको ८ महिनाभित्रै गरिसक्नुपर्ने भनिएको प्रादेशिक एवं केन्द्रिय निर्वाचनलाई मात्रै  धक्कादिने होइन कार्यान्वयनको प्रथमचरणमै रहेको संविधानको विफलता निम्त्याउने र नेपालको भविष्यलाई थप सङ्कटमा पार्ने निश्चित प्रायः देखिएको छ ।

निर्वाचन क्षेत्रमा मतदान केन्द्रहरू स्थापित भैसकेका छन् । राजनीतिक दलहरू हरेक क्षेत्रमा उम्मेदवार चयनको सकसपूर्ण कसरतमा लागेका छन् । ठूला दलहरूभित्र गुटगत चलखेलले पनि उत्तिकै गति लिइरहेको छ । कुनै हालतमा निर्वाचन रोकिन नहुने र निर्वाचन हुनैपर्ने हुँकार पनि प्रतिध्वनित भैरहेको छ । मतदातालाई आकर्षित गर्ने रणनीतिक कसरतमा दलहरू जुटेका छन् । तर निर्वाचनविरुद्धका गतिविधिले भने तीब्रता लिन थालेको छ । सरकारले संविधान संशोधनको नयाँ नाटक मञ्चन गरेपछि नेपाली कांग्रेसले २ नं प्रदेशका पार्टी सभापतिहरूलाई अगाडि सारेर ‘मधेशी मोर्चाका माग आफ्ना पनि माग हुन्’ भन्दै ती माग पूरा नभएसम्म निर्वाचन हुन नसक्ने धारणा सार्वजनिक गरेपछि ’ग्र्याण्ड डिजाइन’को अर्को रुप प्रदर्शित भएको छ । निर्वाचन आयोगका प्रमुख आयुक्तसमेतले सरकार र राजनीतिक दलहरूका गतिविधिले आयोगलाई अप्ठेरो परेको बताउनुलाई पनि अर्थपूर्ण ढंगले हेरिएको छ । मधेशी मोर्चाले आजदेखि निर्वाचनविरोधी आन्दोलन छेड्ने कार्यक्रम सार्वजनिक गरेको छ । कांग्रेसको साथ पाएपछि हौसिएको मोर्चाले मतदान केन्द्रको घेराउदेखि लिएर नेपाल बन्दको कार्यक्रम सार्वजनिक गरेको छ । निर्वाचनको घोषित मितिको पूर्वसन्ध्यामा बैशाख २७ गतेदेखि अनिश्चित कालसम्म नेपालबन्दको कार्यक्रम राखेको छ । हिंसा भड्काउने प्रायोजित खेलको आशंका पनि बढेको छ । मुलुक अन्योल, अस्थिरता र अनिश्चितताले ग्रस्त हुँदै द्वन्द्वको नयाँ चरणमा प्रवेश गर्ने आशंका विश्लेषकहरूले गर्न थालेका छन् ।
राष्ट्रपति विद्या भण्डारी नयाँदिल्लीमा
भारतका राष्ट्रपति प्रणव मुखर्जीको मैत्रीपूर्ण निमन्त्रणामा राष्ट्रपति विद्यादेवी भण्डारी पाँचदिने राजकीय भ्रमणका क्रममा सोमबार भारतको राजधानी नयाँदिल्ली पुग्नुभएको छ । राष्ट्रपति भण्डारीलाई इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतका महिला तथा बाल विकास राज्यमन्त्री कृष्ण राजले स्वागत गर्नुभएको छ । त्यसअघि विमानबाट ओर्लिएलगत्तै भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायले उहाँलाई स्वागत गर्नुभएको थियो । 
राजकीय भ्रमणको परम्पराअनुसार उहाँलाई भारतीय राष्ट्रपति भवनमा राखिनेछ । भण्डारीले मंगलबार भारतीय राष्ट्रपति मुखर्जी र प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने कार्यक्रम छ । अधिकांश भेटवार्ता त्यही दिन हुने भारतीय विदेश मन्त्रालयले जनाएको छ । भारतीय उपराष्ट्रपति हमिद अन्सारी, भारतीय विदेशमन्त्री सुषमा स्वराज, भारतीय गृहमन्त्री राजनाथ सिंह, अर्थमन्त्री अरुण जेट्लीलगायतले भण्डारीसँग मंगलबार भेटवार्ता गर्नुहुनेछ ।
मंगलबार साँझ भारतीय राष्ट्रपतिले भण्डारीको स्टेट ब्यांक्वेट दिने कार्यक्रम छ । मंगलबार नै राष्ट्रपतिले भारतीय उद्योगी र व्यापारीले आयोजना गर्ने बिजनेस इभेन्टमा सहभागिता जनाउने कार्यक्रम छ । दिल्लीपछि राष्ट्रपति भण्डारीले गुजरात र उडिसाको भ्रमण गरी द्वारिका, सोमनाथ र पुरीस्थित मन्दिरमा पूजा अर्चना गर्ने कार्यक्रम छ । दिल्लीस्थित जमुना बायोडाइभर्सिटी पार्कको अवलोकन गर्ने कार्यक्रम तय गरिएको छ ।
यसअघि राष्ट्रपति भण्डारीलाई त्रिभुवन अन्तर्र्रािष्ट्रय विमानस्थलको अतिविशिष्ट कक्षमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख ओनसरी घर्ती, उपप्रधानमन्त्री एवम् संवैधानिक निकायका प्रमुखलगायतले बिदाइ गर्नुभएको थियो ।
राष्ट्रपतिको भ्रमण टोलीमा परराष्ट्रमन्त्री डा प्रकाशशरण महत, सांसद, राष्ट्रपति कार्यालयका विज्ञ सल्लाहकार, परराष्ट्र मन्त्रालयका उच्चपदस्थ अधिकारीलगायतको सहभागिता रहेको छ । राष्ट्रपतिको सम्मानमा नेपाली सेनाले २१ तोपको सलामी दिएकोे थियो । 


Rating (Votes: )   
Share     Print


Other Articles:
मधेशी मोर्चालाई चाहिएको के हो ? (04.18.2017)
संविधान संशोधनको नयाँ नाटक : चुनाव गर्न कि बिथोल्न ? (04.11.2017)
संविधान संशोधनको नयाँ प्रस्ताव के होला ? (04.11.2017)
निर्वाचनमा युवाहरूको चासो (04.11.2017)
निर्वाचनविरुद्ध षडयन्त्र हुनथालेको आरोप (03.22.2017)
कञ्चनपुर काण्ड नियोजित रहेको आशंका (03.22.2017)
अवसर र चुनौतीकाबीच स्थानीय निर्वाचन (03.22.2017)
सरकार देशबासी र सीमा रक्षामा उदासिन : भारतलाई क्षमा मगाउने कसले ? (03.14.2017)
राजनीतिक प्रदुषणको विकराल रूप : निर्वाचनविरूद्ध षडयन्त्रै षडयन्त्रको आशङ्का (02.28.2017)
मधेशवादी नेता दलीय प्रतिस्पर्धा गर्न तर्सिए (02.28.2017)
देउवाबिरुद्ध हस्ताक्षर अभियान (02.28.2017)
प्रधानमन्त्री प्रचण्डको स्वीकारोक्ति : मुलुक ठूलै दुर्घटनाको संघारमा (02.15.2017)
पेन्सनको नाममा सुरक्षा घेरा हाल्दै भारत (02.15.2017)
थ्रेसहोल्डको सकसमा साना दल (02.15.2017)
भूमिपुत्रको अधिकार खोस्नेबिरुद्ध मधेशी युवा (01.31.2017)
संशोधन र निर्वाचनको मुद्दा अझै किनारा लागेन (01.31.2017)
नेपाल डुबाउने दीर्घकालीन रणनीति (01.31.2017)
निर्वाचनको हल्लामात्रःराजनीतिक सङ्कट गहिरिने सङ्केत (01.18.2017)
देश टक्र्याउँछु भन्नेलाई कारबाही गर्ने प्रावधान राख (01.18.2017)
शिलान्यास गर्ने त्यसपछि चुपचाप... (01.18.2017)



 
::| Latest News

 
[Page Top]