युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Tuesday, 11.21.2017, 01:47pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
मुख्य समाचार
 
प्रचण्डले कांग्रेसलाई भोट हाल्दा ...
Wednesday, 05.17.2017, 12:08pm (GMT+5.5)

काठमाडौं । कसैले कल्पना गरेको थिएन होला माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नेपाली कांग्रेसलाई मत दिनुहोला भनेर । तर, राजनीतिमा नहुने केही छैन । यस्तै भयो चितवनको भरतपुर नगरपालिकाको निर्वाचनमा । प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवन जिल्लाको भरतपुर महानगरपालिका वडा नं ४ लङ्कुस्थित लक्ष्मी माध्यमिक विद्यालय मतदान केन्द्रमा बिहान ७ बजे मतदान गर्नुभयो । उहाँले नेपाली कांग्रेससंगको तालमेलको सम्मान गर्दै मेयरमा आफ्नी पुत्री रेणु दाहाल र उपमेयरका लागि कांग्रेसका उम्मेदवारलाई भोट दिनुभयो । एउटा क्रान्तिकारी नेता, दश वर्ष सशस्त्र विद्रोह गरेका नेता, त्यतिबेला सरकार चलाइरहेको पार्टी, जसले टाउकाको मूल्य तोकेको थियो, आइतबार उसैसंगको तालमेलमा कांग्रेसलाई भोट हाल्नु एक कोणबाट सहकार्यको सुखद् सन्दर्भ हो भने आलोचकहरुले भने वैचारिक र सैद्धान्तिक विचलनको समेत संज्ञा दिए । त्यस्तै कांग्रेसका नेताले पनि माओवादीलाई भोट दिए । भरतपुर र पोखरा जस्ता महत्वपूर्ण क्षेत्रमा सत्तारुढ दुई दलको तालमेल छ ।
मुलुकका शीर्ष राजनीतिक नेताहरुले तालमेल र एकल प्रतिस्पर्धा गर्ने आफ्ना उम्मेदवारहरुलाई मतदात गर्नेभयो र गर्नुहुनेछ । स्थानीय तहको निर्वाचनमा राजनीतिक नेतृत्व एवम् उच्च सरकारी पदाधिकारीले कुन मतदान केन्द्रबाट आफ्नो मताधिकार प्रयोग गरे वा गर्दै हुनुहुन्छ भन्ने कुरा आम चासोको रूपमा रहेको छ । यहाँ यस्तै नेताहरुको मतदान केन्द्रको जानकारी दिइनेछ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र एमालेका वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनाल, पूर्वप्रधानमन्त्री एवम् राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता लोकेन्द्रबहादुर चन्दले पहिलो चरणमा मतदान भएन । पूर्वप्रधानमन्त्री एवम् एमाले वरिष्ठ नेता माधवकुमार नेपालको नामावली पनि रौतहट जिल्लामा रहेकाले जेठ ३१ मा हुने निर्वाचनमा मात्र मतदान गर्नुहुनेछ । 
त्यस्तै उपप्रधानमन्त्रीत्रय विजयकुमार गच्छदार, विमलेन्द्र निधि र कृष्णबहादुर महराको मतदाता नामावली रहेको प्रदेशमा दोस्रो चरणमा निर्वाचन हुनेछ । 
यसैगरी, पूर्वप्रधानन्यायाधीश एवम् मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले काठमाडौँ महानगरपालिका वडा नं १० बानेश्वर हाइटस्थित सानोगौचरण पार्क मतदान केन्द्रमा मतदान गर्नुभयो । रेग्मीले आफैँ मन्त्रिपरिषद्को अध्यक्ष भएर गराउनुभएको विसं २०७० मङ्सिर ४ गतेको निर्वाचनमा पनि यही केन्द्रबाट मतदान गर्नुभएको थियो ।
  पूर्वप्रधानमन्त्री एवम् नयाँ शक्ति नेपालका अध्यक्ष डा बाबुराम भट्टराईले गोरखाको पालुङटार नगरपालिका वडा नं १ स्थित अन्नपूर्ण माध्यमिक विद्यालय केन्द्रबाट मतदान गर्नुभयो । काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँको व्यास नगरपालिका वडा नं २ स्थित सत्यवती मावि र महामन्त्री डा शशाङ्क कोइरालाले काठमाडौँ महानगरपालिका वडा नं ३ महाराजगञ्जचोकस्थित भ्याली स्कूल केन्द्रमा मतदान गर्नुभयो ।
पूर्वउपप्रधानमन्त्री एवम् काँग्रेस नेता प्रकाशमान सिंहले महानगरपालिकाको वडा नं १६ पकनाजोलस्थित नेपाल युवक मावि केन्द्रबाट मतदान गर्नुभयो भने पूर्वउपप्रधानमन्त्री एवम् माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले गोरखा जिल्ला सिरानचोक गाउँपालिका वडा नं ८ स्थित जौबारी मतदान केन्द्रबाट मत दिनुभयो । त्यस्तै एमाले महासचिव ईश्वर पोखरेलले काठमाडौँको टोखा नगरपालिका वडा नं ७ धापासीस्थित स्काइलार्क स्कूल केन्द्रबाट मत हाल्नुभयो ।
उता सहरीविकास मन्त्री अर्जुननरसिंह केसीले नुवाकोट ककनी गाउँपालिका वडा नं २ स्थित ओखरपौवा केन्द्र, ऊर्जामन्त्री जनार्दन शर्माले रुकुमको मुसीकोट नगरपालिका वडा नं ६ शेरेगाउँस्थित यमुनानन्द नमुना मावि केन्द्र, परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले नुवाकोट जिल्ला पञ्चकन्या गाउँपालिका वडा नं २ स्थित ठाँटीभञ्ज्याङ केन्द्र, उद्योगमन्त्री नवीन्द्रराज जोशीले महानगरपालिकाको वडा नं १९ ढोकाटोल केन्द्र र स्वास्थ्यमन्त्री गगनकुमार थापाले महानगरपालिका वडा नं ३० मैतीदेवीस्थित मैतीदेवी मन्दिर मतदान केन्द्रबाट मतदान गर्नुभयो । 
वाणिज्य मन्त्री रोमी गौचन थकालीले मुस्ताङको खासाङ गाउँपालिका वडा नं ३ लेतेस्थित जनोदय मावि केन्द्र, वन तथा भू–संरक्षण मन्त्री शङ्कर भण्डारीले तनहुँको भानु नगरपालिका वडा नं ९ स्थित कालिका मावि केन्द्र र महिला बालबालिका तथा समाज कल्याणमन्त्री कुमार खड्काले पोखरा महानगरपालिका वडा नं १६ अमरेस्थित चण्डिका प्रावि मतदान केन्द्रमा मत हाल्नुभयो ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले मकवानपुर जिल्लाको हेटौँडा उपमहानगरपालिका वडा नं ५, पिप्लेस्थित बालज्योति मावि मतदान केन्द्र र वरिष्ठ नेता पशुपतिशम्शेर जबराले सिन्धुपाल्चोक जिल्लाको सुनकोसी गाउँपालिका वडा नं २ महेन्द्रोदय उच्च माध्यमिक विद्यालय केन्द्रमा मतदान गर्नुभयो ।


Rating (Votes: )   
Share     Print


Other Articles:
देशभर निर्वाचनको उल्लास : जेठ १५ अगावै बजेट ल्याउने कसरतमा सरकार (05.11.2017)
स्थानीय तह निर्वाचन लोकतान्त्रिक महोत्सव (05.11.2017)
प्रधान न्यायाधीशको पुनःवहाली अब के ? (05.11.2017)
सत्तापक्षकै गतिविधिले निर्वाचन अनिश्चित (05.02.2017)
सरकारले सावित गर्न खोजेको के ? (05.02.2017)
भ्रष्टाचारबिरुद्ध सर्वोच्चको कदम (05.02.2017)
जनता चुनावको प्रतिक्षामा– नेता टार्न खोज्दै (04.18.2017)
संविधानको कार्यान्वयन धरापमा : निर्वाचनविरूद्ध ठूलो जाल बिच्छ्याइयो (04.18.2017)
मधेशी मोर्चालाई चाहिएको के हो ? (04.18.2017)
संविधान संशोधनको नयाँ नाटक : चुनाव गर्न कि बिथोल्न ? (04.11.2017)
संविधान संशोधनको नयाँ प्रस्ताव के होला ? (04.11.2017)
निर्वाचनमा युवाहरूको चासो (04.11.2017)
निर्वाचनविरुद्ध षडयन्त्र हुनथालेको आरोप (03.22.2017)
कञ्चनपुर काण्ड नियोजित रहेको आशंका (03.22.2017)
अवसर र चुनौतीकाबीच स्थानीय निर्वाचन (03.22.2017)
सरकार देशबासी र सीमा रक्षामा उदासिन : भारतलाई क्षमा मगाउने कसले ? (03.14.2017)
राजनीतिक प्रदुषणको विकराल रूप : निर्वाचनविरूद्ध षडयन्त्रै षडयन्त्रको आशङ्का (02.28.2017)
मधेशवादी नेता दलीय प्रतिस्पर्धा गर्न तर्सिए (02.28.2017)
देउवाबिरुद्ध हस्ताक्षर अभियान (02.28.2017)
प्रधानमन्त्री प्रचण्डको स्वीकारोक्ति : मुलुक ठूलै दुर्घटनाको संघारमा (02.15.2017)



 
::| Latest News

 
[Page Top]