युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Tuesday, 11.21.2017, 01:45pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
मुख्य समाचार
 
निर्वाचन बिथोल्दा मधेशीको हित हुन्छ कि पराईको ?
Wednesday, 05.31.2017, 01:56pm (GMT+5.5)

दोस्रो चरणको निर्वाचनको सबै तयारी भैसकेपछि मधेशवादी दल राष्ट्रिय जनता पार्टीले निर्वाचन सार्न प्रस्ताव गरेको चर्चाले कतै निर्वाचन नै नहुने त हैन भन्ने प्रश्न खडा भएको छ । सरकारले २२ स्थानीय तह थपेको भए पनि उनीहरूको माग सम्बोधन नभएको भन्दै आन्दोलनमा उत्रेको राजपाका नेताहरूले जनसंख्याका आधारमा स्थानीय तह थप्नुपर्ने अडान कायम राखेको र यसका लागि निर्वाचन १० दिन सानुपर्ने प्रस्ताव आइतबारको शीर्ष बैठकमा राखेको समाचार छ ।
आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको प्रमख तीन दल र आन्दोलनरत राष्ट्रिय जनता पार्टी (राजपा)बीचको बैठकमा कुनै सहमति नभए पनि निर्वाचन सर्नसक्ने सम्भावना मधेशवादी नेताहरूले औंल्याएका हुन् । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यथास्थितिमा संविधान संशोधनका पक्षमा दुईतिहाई बहुमत पुग्न कठिन रहेको र स्थानीय तहको दोस्रो निर्वाचनको मिति नजिकै आएकाले निर्वाचनपछि संविधान संशोधन पारित गरेर अघि बढ्ने गरी निर्वाचनमा सहभागी हुन राजपाका नेताहरूलाई आग्रह गर्नुभएको थियो । 
तर, राजपाका नेता राजेन्द्र्र महतोले यथास्थितिमा निर्वाचनमा जान नसकिने बरु एक हप्तादेखि १० दिनसम्म चुनावको वातावरणका लागि मिति सार्ने निष्कर्षमा पुगिएको जानकारी दिनुभयो । उहाँले बैठकमा सभागी एक नेताले संविधान संशोधन र जनसंख्याको आधारमा निर्वाचन क्षेत्र निर्धारण भएपछि मात्र राजपा निर्वाचनमा सहभागी हुने अडान दोहो¥याएको बताउनु भयो । बैठकमा राजपालाई चुनावमा सहभागी गराउने वातावरण तयार पार्न शीर्ष नेताका बीचमा गहन छलफल भएको थियो । उनीहरूले पार्टी दर्ता र निर्वाचन चिन्हको प्रश्न उठाइरहेका छन् ।
मधेशबासी नेपाली यतिबेला निर्वाचनको व्यग्र प्रतिक्षामा छन् । कतै उनीहरूकै नाममा निर्वाचन भाँड्ने खेल सुरु भएको त हैन भन्ने प्रश्न उठेको छ । हुन त उनीहरूले भाग नलिंदैमा निर्वाचन नरोकिएला तर हिंसा भड्कनसक्ने खतरा भने कायम छ । यसले कसको हित गर्छ ? मधेशबासी जनताको कि मधेशलाई छिन्नभिन्न पारेर कमजोर पार्दै गैरनेपालीको बाहुल्य स्थापित गर्न चाहने तत्वको ? यो सोचनीय विषय छ ।
मधेशवादी नेताहरूको मधेशी जनताको हितका लागि के गरे भन्ने प्रश्न अहिले ज्वलन्त छ । तराईको विकासमा कुनै चासो नदिने, तराईको रुढिवादी परम्परा हटाउन कुनै पहल नगर्ने, त्यहाँको शिक्षा, स्वास्थ्य, जनजीविकाका सवालमा मौन रहेर मधेशी जनतामा जागरण फैलाउने काम पटक्कै नगरेर मधेशी जनताको कस्तो हित खोजिएको हो पत्तो छैन ।
नेपालको अन्न भण्डार हो तराई । तर अहिले यही अन्नभण्डार भारतका कारण डुब्दै गएको छ । मधेशी जनतामा भारतीयले आफ्नो खेतबारी कब्जा गर्दा रमिते बनेर बस्नुको विकल्प छैन । हो, यसमा न सिंहदरबारले बोल्यो, न राष्ट्रवादका गगनभेदी नारा लगाउने पार्टीका नेताहरूले नै । भारतको हेपाहा प्रवृत्तिका बिरुद्ध चुँ गर्दा सत्ता र स्वार्थ हडपिने डरले उनीहरू लम्पसारवादी बनेका छन् । वास्तविकता त के हो भने तराई (मधेश)बासी जनताको पीडामा अरुको त कुरै छाडौं, मधेशवादी नेताहरूको ध्यान कहिल्यै गएन । यदि गएको हुन्थ्यो भने आज सीमा अतिक्रमणको यो डरलाग्दो पीडा उनीहरूले भोग्नुपर्ने थिएन । डुबान, सीमापार आपराधिक गतिविधि सहेर बस्नुपर्ने थिएन ।
सीमावर्ती क्षेत्रमा भारतीय सीमा सुरक्षा बल एसएसबीको आडमा नेपाली भूमि अतिक्रमण गरी रातारात घर टहरा बनाउने, सीमा स्तम्भ उखेल्ने, गायब पार्ने, भत्काइदिने लगायत सीमा क्षेत्रमा अनधिकृत रुपमा बाँध बाँध्ने, सडक बनाउने नाममा पानीको वहाव रोकी नेपाली भूमि डुबानमा पार्ने लगायतका काम व्यापक रुपमा हुँदै आएका छन् । यी काम मधेशी जनताकै हितबिरुद्ध भए पनि नेताहरू बोल्दैनन् । सायद नबोल्दा नै उनीहरूको हित हुन्छ र त्यसलाई उनीहरू मधेशी जनताको हित भन्दै प्रचार गर्छन् ।
मधेशमा पुगेर पहाडी मूलका धुर्मुस(सुन्तलीले त्यहाँको आदिवासी तथा अति पिछडिएको मुसहरका लागि एकीकृत बस्ती बनाइदिए । किन कुनै मधेशी नेता अघि सरेन त्यहाँ ? उनीहरूका लागि धुर्मुस सुन्तली भगवान सावित भए तर, कोही मधेशी नेता पुगेनन् । अरुका के कुरा गर्नु ? जनतामा विभाजनको बीउ रोप्न सिपालु नेताहरू जनतालाई एकताको सूत्रमा जोड्ने काममा सधैं अनुदार रहँदै आएका छन् ।
मधेशका गरीब किसानको उठिबास लाग्ने गरी भारतले सीमा क्षेत्रमा जल संचितिका लागि बनाउने तटबन्ध लगायतका संरचनाबाट हुने डुवानको ९५ प्रतिशत भूभाग नेपालमा पर्ने गरेको तर सिंचाई भने १०० प्रतिशत नै भारतमा हुने गरेको छ । भारतले सिंचाई र बाढी नियन्त्रणलाई प्राथमिकता दिंदै आएको र यसका निम्ति भारत सरकारले सो क्षेत्रमा प्रत्येक अर्बौं रकम खर्च गर्ने गरेको छ ।
भारतले नेपालको उब्जाउ भूमि डुबाएर पानी जम्मा गरी भारतमा सिंचाई गरेर उत्पादन बढाउने र नेपाललाई त्यही उत्पादन बेच्ने बजार बनाउने गरेको छ । भारतसंगको व्यापार घाटाको कहालिलाग्दो चित्रसंग सीमा अतिक्रमण, राजनीतिक हस्तक्षेप, बाँध निर्माण लगायतका समस्यालाई पनि केलाएर हेर्नुपर्दछ । नेपालको कृषियोग्य भूमि डुबानमा पार्ने, नेपाली जनतालाई विस्थापित गर्ने अनि भारतीय बजार एकलौटी रुपमा नेपाल भित्र्याएर पूर्णरुपमा भारत निर्भर बनाउने रणनीति अन्तर्गत अनगिन्ती खेलहरू चलिरहेका छन् ।
वर्षायामसंगै डुवान सुरु हुने नेपालका कोशी, गण्डकी, महाकाली, रसियावाल खुर्दलोटन क्षेत्रका जनताहरूलाई हरेक वर्ष वर्षायाम सुरु भएपछि पिरोल्न थाल्छ । नेपाल सरकारको अनुत्तरदायी प्रवृत्ति र भारतको बल मिचाइले गर्दा यी क्षेत्रमा निर्माण भएका विभिन्न बाँधले चरम पीडा दिएको अनुभव पीडित स्थानीय सरोकारवालाहरूको छ ।
यो विषयमा मधेशको मसिहा ठान्ने तर निर्वाचनमा हार्ने नेताहरूले कहिल्यै सोचेका छैनन् । मधेशका दुई शीर्ष नेता विजयकुमार गच्छदार र उपेन्द्र यादवले निर्वाचनमा भाग लिनुको विकल्प छैन भन्दै अरुलाई पनि आव्हान गरिरहेका बेला छवटा पार्टी मिलेर गठन भएको राजपा कसको आड भरोसामा निर्वाचन बिरोधी अभियानमा लागिरहेको छ र यसले मधेशीको हित गर्छ कि अरु कसैको ? गम्भीर प्रश्न खडा भएको छ ।


Rating (Votes: )   
Share     Print


Other Articles:
फिर्ता भो महाअभियोग प्रस्ताव (05.31.2017)
दुई वर्षे बालकको हत्या पनि राजनीति मुद्दा ? (05.24.2017)
सत्तापक्ष नै उत्रियो धाँधलीमा : दोस्रो चरणको निर्वाचनको प्रतिक्षामा आम मतदाता (05.24.2017)
असीमित अधिकार छ जनप्रतिनिधिलाई (05.24.2017)
पहिलो चरणको निर्वाचनमा व्यापक जनसहभागिता : दोस्रो चरणको व्यग्र प्रतिक्षा (05.17.2017)
ऐतिहासिक छ स्थानीय तह निर्वाचन (05.17.2017)
प्रचण्डले कांग्रेसलाई भोट हाल्दा ... (05.17.2017)
देशभर निर्वाचनको उल्लास : जेठ १५ अगावै बजेट ल्याउने कसरतमा सरकार (05.11.2017)
स्थानीय तह निर्वाचन लोकतान्त्रिक महोत्सव (05.11.2017)
प्रधान न्यायाधीशको पुनःवहाली अब के ? (05.11.2017)
सत्तापक्षकै गतिविधिले निर्वाचन अनिश्चित (05.02.2017)
सरकारले सावित गर्न खोजेको के ? (05.02.2017)
भ्रष्टाचारबिरुद्ध सर्वोच्चको कदम (05.02.2017)
जनता चुनावको प्रतिक्षामा– नेता टार्न खोज्दै (04.18.2017)
संविधानको कार्यान्वयन धरापमा : निर्वाचनविरूद्ध ठूलो जाल बिच्छ्याइयो (04.18.2017)
मधेशी मोर्चालाई चाहिएको के हो ? (04.18.2017)
संविधान संशोधनको नयाँ नाटक : चुनाव गर्न कि बिथोल्न ? (04.11.2017)
संविधान संशोधनको नयाँ प्रस्ताव के होला ? (04.11.2017)
निर्वाचनमा युवाहरूको चासो (04.11.2017)
निर्वाचनविरुद्ध षडयन्त्र हुनथालेको आरोप (03.22.2017)



 
::| Latest News

 
[Page Top]