युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Tuesday, 11.21.2017, 01:45pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
मुख्य समाचार
 
राजपाको निर्णय प्रत्यूत्पादक
Thursday, 06.15.2017, 01:03pm (GMT+5.5)

काठमाडौं । माग पूरा गर्ने आश्वासन, माग पूरा हुने संकेत, निर्वाचनमा भाग लिन छिमेकी मित्रको सुझावका वावजूद छवटा मधेशवादी दल मिलेर गठन भएको राष्ट्रिय जनता पार्टी (राजपा) नेतृत्वको संघीय गठबन्धन निर्वाचनमा भाग नलिने निर्णय गरेको छ । शनिबार र आइतबार बसेको सत्तरुढ दल र राजपाको बैठकमा मागका विषयमा सहमति नभएपछि दोस्रो चरणको स्थानीय चुनाव बिथोल्ने गरी आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । संघीय गठबन्धनका संयोजकसमेत रहनुभएका राजपा अध्यक्ष मण्डलका नेता महन्थ ठाकुरले माग पूरा गर्ने नदेखिएपछि आन्दोलनमा जान बाध्य भएको बताउनुभयो ।
राजपाले संविधान संशोधन गर्नुपर्ने, आन्दोलनमा मारिएका सबैलाई शहीद घोषणा गर्नुपर्ने, घाइतेहरूलाई उपचार र क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने, आन्दोलनमा संलग्नहरूमाथि लगाएका मुद्दा फिर्ता लिनुपर्ने, जेलमा रहेका कार्यकर्ता रिहा गर्नुपर्ने माग राखेको थियो । ती माग पूरा गर्ने प्रतिबद्धता नभएकाले चुनावमा जान सक्ने अवस्था नरहेको नेता ठाकुरले बताए ।
गठबन्धनले आजदेखि नै आन्दोलन सुरु हुने बताएको छ । चुनावका लागि उम्मेदवारी दर्ता गर्ने दिन असार २ गते स्थानीय तहका निर्वाचन केन्द्र र निर्वाचन कार्यालयहरूमा तालाबन्दी र लाठी जुलुस गर्ने घोषणा राजपाको छ । 
यसअघि माग सम्बोधन गर्ने आश्वासन पाएपछि प्रधानमन्त्री चुनावमा शेरबहादुर देउवाको पक्षमा मत दिएको राजपाले त्यसको एक सता नबित्दै सरकारलाई अप्ठ्यारो पार्ने गरी चुनाव बिथोल्न अग्रसर भएको हो । आइतबारको बैठकमा प्रधानमन्त्री देउवाले संविधान संशोधनका लागि दुई तिहाइ मत आवश्यक पर्ने भएकाले एमाले तयार नहुँदासम्म अप्ठ्यारो पर्ने र चुनावपछि संशोधन गर्ने बताउनुभएको थियो । तर, प्रधानमन्त्रीको भनाइमा राजपा नेताहरू आश्वस्त भएनन् । उनीहरूले संविधान संशोधन तत्काल सम्भव नभए पनि न्यूनतम स्थानीय तहको संख्या थप हुनुपर्ने अडान राखेका थिए । स्थानीय तहको संख्या थप्ने हो भने चुनावमा जान सकिने उनीहरूको संकेत थियो । अर्कोतिर असार १४ गतेको निर्वाचन पनि सार्नुपर्ने उनीहरुको तर्क थियो ।
राजापाले मुख्य सरोकारका विषयलाई छाडेर कानुनी र प्राविधिक प्रक्रिया मिलाउँदैमा आफूहरू चुनावमा नजाने सत्तारूढ दलका नेताहरूलाई बताएका थिए । प्रधानमन्त्री देउवाले चुनावपछि संविधान संशोधन गर्ने प्रतिबद्धता पटक–पटक दोहो¥याउँदै राजपा नेताहरूलाई चुनावमा दलीय हैसियत दिलाउन राजनीतिक दलसम्बन्धी ऐन संशोधन गर्ने, मधेश आन्दोलनमा मारिएकाहरूलाई सहिद घोषणा गर्ने, झूटा मुद्दा फिर्ता गरी थुनामा रहेकाहरूलाई रिहाइ गर्नेलगायत माग पूरा गर्न सरकारले प्रक्रिया अघि बढाएको जानकारी गराएका थिए । राजपाका नेताहरूसँगको बैठकलगत्तै बसेको मन्त्रिपरिषद् बैठकले राजनीतिक दलसम्बन्धी ऐन संशोधन गर्ने निर्णय लिएको थियो भने त्यसलगत्तै बसेको व्यवस्थापिका संसद्ले प्रक्रिया छोट्याएर आइतबार नै संशोधन विधेयक पारित गरेको थियो । 
राजपा नेताले भने संविधान संशोधन र स्थानीय तहको संख्या बढाउने विषयलाई प्रमुख मुद्दा बनाएका छन् । राजपाका नेता अनिलकुमार झाले संविधान संशोधन र जनसंख्याको अनुपातमा स्थानीय तहको संख्या बढाउने आफूहरूको मुख्य विषय रहेको र त्यसलाई सम्बोधन गर्न सरकार उदासीन देखिएकाले आन्दोलनमा जानुपरेको दाबी गरे । सरकारले यसअघि गरेको दुई महानगरपालिका थप्ने र २२ स्थानीय तहको संख्या बढाउने निर्णय सर्वोच्च अदालतले रोकेको थियो ।
सर्वोच्चको आदेशपछि सिमाना हेरफेर नगरी सरकारले विराटनगर र वीरगन्जलाई महानगरपालिका बनाउने घोषणा गर्दै स्थानीय तहको संख्या थप गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चले दिएको निर्णय निस्तेज (भ्याकेट) गर्न निवेदन दिएको छ । प्रधानमन्त्री देउवाले सर्वोच्चमा निर्णय सच्याउन निवेदन दिइसकेको जानकारी गराउँदै राजपाका नेताहरूलाई चुनावमा जानका लागि अन्य प्राविधिक र कानुनी जटिलता फुकाउन सरकार लागेको बताएका थिए । 
प्रचण्ड नेतृत्वको सरकारकै पालामा उनीहरु निर्वाचनमा आउने वातावरण बनाउन भन्दै जेठ ३१ को साटो असार १४ गते निर्वाचनको नयाँ तिथि घोषणा गरिएको हो । तर, अहिले उनीहरु निर्वाचनमा भाग नलिने मात्रै हैनन बिथोल्ने घोषणा गर्दै आन्दोलनमा जानु उनीहरुकै लागि प्रत्युत्पादक हुने राजनीतिक टिप्पणीकारहरुको कथन छ ।


Rating (Votes: )   
Share     Print


Other Articles:
पुनः मतदानको विवाद र लुरे नजीर (06.15.2017)
निर्वाचन बिथोल्दा मधेशीको हित हुन्छ कि पराईको ? (05.31.2017)
संसदमा १२ खर्ब ७८ अर्ब रुपैयाँको बजेट प्रस्तुत (05.31.2017)
फिर्ता भो महाअभियोग प्रस्ताव (05.31.2017)
दुई वर्षे बालकको हत्या पनि राजनीति मुद्दा ? (05.24.2017)
सत्तापक्ष नै उत्रियो धाँधलीमा : दोस्रो चरणको निर्वाचनको प्रतिक्षामा आम मतदाता (05.24.2017)
असीमित अधिकार छ जनप्रतिनिधिलाई (05.24.2017)
पहिलो चरणको निर्वाचनमा व्यापक जनसहभागिता : दोस्रो चरणको व्यग्र प्रतिक्षा (05.17.2017)
ऐतिहासिक छ स्थानीय तह निर्वाचन (05.17.2017)
प्रचण्डले कांग्रेसलाई भोट हाल्दा ... (05.17.2017)
देशभर निर्वाचनको उल्लास : जेठ १५ अगावै बजेट ल्याउने कसरतमा सरकार (05.11.2017)
स्थानीय तह निर्वाचन लोकतान्त्रिक महोत्सव (05.11.2017)
प्रधान न्यायाधीशको पुनःवहाली अब के ? (05.11.2017)
सत्तापक्षकै गतिविधिले निर्वाचन अनिश्चित (05.02.2017)
सरकारले सावित गर्न खोजेको के ? (05.02.2017)
भ्रष्टाचारबिरुद्ध सर्वोच्चको कदम (05.02.2017)
संविधानको कार्यान्वयन धरापमा : निर्वाचनविरूद्ध ठूलो जाल बिच्छ्याइयो (04.18.2017)
जनता चुनावको प्रतिक्षामा– नेता टार्न खोज्दै (04.18.2017)
मधेशी मोर्चालाई चाहिएको के हो ? (04.18.2017)
संविधान संशोधनको नयाँ नाटक : चुनाव गर्न कि बिथोल्न ? (04.11.2017)



 
::| Latest News

 
[Page Top]