युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Tuesday, 11.21.2017, 01:45pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
मुख्य समाचार
 
“कार्यकर्ता असल छन्, नेतामा हठ छ”
Thursday, 06.22.2017, 12:17pm (GMT+5.5)

काठमाडौं । मुलुकमा दोस्रो चरणको निर्वाचनका लागि प्रदेश नं. १, ५ र ७ मा अस्ति आइतबार मनोनयन सकियो । मधेशवादी दल राष्ट्रिय जनता पार्टीलाई मनाउन भन्दै सरकारले प्रदेश दुईमा निर्वाचन स्थगित गरे पनि उनीहरू निर्वाचनमा आएका छैनन् । निर्वाचन बिथोल्न भन्दै गतिविधि गरिरहेका छन् । यस्तोमा मधेशवादी गठबन्धनमै रहेको तर वैशाख ३१ गतेयता निर्वाचनमा भाग लिइरहेको संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव भने राजपा नेपालले चुनाव भाँड्ने हुति आफूले नदेखेको दाबी गर्नुभएको छ । यादवले निर्वाचनमा भाग नलिएर राजपाले आफ्नो खुट्टामा आफैंले बन्चरो हानेको टिप्पणी गर्दै आफूले मधेशको समग्र हितको लागि काम गरेको दावी समेत गर्नुभएको छ । उहाँले चुनावलाई आफूहरूले उपयोगको रुपमा लिएको र चुनावलगत्तै शक्ति सञ्चय गरेर संविधान संशोधनको लागि लड्ने समेत बताउनुभयो ।
आइतबार सम्पन्न मनोनयनमा फोरमले सबै जिल्लामा उम्मेदवारी दिएको छ । अनि कतिपय ठाउँमा सत्तापक्षसंग र विपक्षी दलसंग तालमेल समेत गरेको छ । उसले नयाँ शक्ति, माओवादी केन्द्रसँग र पहाडमा काँग्रेससँग कहीँ कहीँ तालमेल गरेकोे छ । यादव अहिले राजपाले गरिरहेको गतिविधिप्रति आक्रोशित हुनुहुन्छ । उहाँ २० बर्षपछि जनताले स्थानीय सरकार पाउँदै गरेको र माहोल उत्साहपूर्ण भएको बताउनुभएको छ ।
हुन त यादव र राजपाबीच ठाउँठाउँमा झडप भएको छ । राजपाका नेताहरू यादवमाथि खनिएका छन् । तर, यादवको उत्तर छ– यो संविधानले मुलुक अघि बढ्दैन । संविधान संशोधन प्रस्ताव संसदमा विचाराधिन छ । नेताहरू प्रधानमन्त्री चुनावमा भाग लिने तर जनताले आफ्ना जनप्रतिनिधि छान्ने मौका अवसरबाट बञ्चित गराउने ? यो कहाँको लोकतन्त्र हो ? जनतालाई लात हान्न पाइन्छ ? भन्दै प्रश्न गर्नुहुन्छ ।
यादवको तर्क छ– हाम्रा माग हिजो पनि पुरा भएका थिएनन्, आज पनि भएका छैनन् । हामीले जति प्राप्त गरेका छौँ । त्यति नै लिएर जनताको बीचमा जाने हो । बाँकी अधिकारको लागि लड्दै जाने हो । अधिकारको नाममा घटिया राजनीति गर्ने, फोहोरी खेल खेल्ने, फोरमको कार्यालय जलाउने काम कहाँको राजनीति हो । त्यस्तै यादव भन्नुहुन्छ– “आज दुई नम्बर प्रदेश र जनतालाई पछिपार्ने काम उहाँहरूबाट भएको छ । जनप्रतिनिधिविहीन गराइएको छ । दुई तीन महिनापछि निर्वाचन गर्नु भनेको दुई नम्बर प्रदेशलाई पछि पार्नु हो । यही हो उहाँहरूको उपलब्धि ?
सरकारले दुई नम्बर प्रदेशको चुनाव सारे गल्ती गरेको भन्दै आक्रोशित यादव निर्वाचन सारेर गर्न नहुने काम सरकारले गरेको आरोप लगाउनुहुन्छ । उहाँको तर्क छ– मधेशी जनताको गलामा फन्दा हाल्ने काम भएको छ । यसले देशको पनि हित हुँदैन । दुई नम्बरको त झनै हुँदैन । असोजमा पुर्याइएको छ, यो कार्य देशको हितमा र मधेशको हितमा पनि छैन् ।
निर्वाचनले मधेशी जनताले शक्ति पाउँछन् । अधिकार पाउँछन् । अब यो चुनाव सकिएपछि फेरि लड्ने हो । सशक्तिकरण जनतामा गराएर अनि आफ्नो शक्ति आर्जन गरेर जनताका विकास निर्माणका कार्यहरू सँगै अघि बढाउँदै आफ्ना अधिकार प्राप्तिका लागि लड्ने हो  । संविधान संशोधन लगायतका थुप्रै एजेण्डाहरू छन् । जस्तो, भ्रष्टाचारका विषयहरू छन् । प्रदेशहरूलाई अधिकारसम्पन्न बनाउने एजेण्डा छ । जनसंख्याको आधारमा प्रतिनिधित्व गराउने एजेण्डा छन् । यी सबलाई चुनावपछि उठाउने हो ।
चुनावमा भाग नलिएर राजपाले ठूलो गल्ती गरेको बताउने यादव उनीहरूमाा निर्वाचन विथोल्ने हुती नभएको टिप्पणी गर्नुहुन्छ । उहाँको तर्क छ– “राजपा नेपालले गर्ने भनेको फोरम नेपालको बोर्ड हटाउने मात्रै हो । अनि हिलो छ्याप्ने मात्रै हो । उनीहरूले गर्नसक्ने भनेको त्यति मात्रै हो ।
जनताले चुनाव चाहेका छन् । राजपा नेपालका नेताहरूले प्रधानमन्त्री शेरबहादुरलाई एकाविहानै भेट्नुभएको छ । उहाँहरूले देउवाजीसँग ‘फेस सेभिङको लागि मात्रै आन्दोलन गरेको’ भनेर भनेछन् । यो के हो ? उहाँको टिप्पणी छ– “राजपाका कार्यकर्ताहरू असल छन् । केही नेताहरूमा हठ छ ।”


Rating (Votes: )   
Share     Print


Other Articles:
राजपाको निर्णय प्रत्यूत्पादक (06.15.2017)
निर्वाचन बिथोल्न ‘राजपा’को निर्देशित आन्दोलन : देउवा सरकारमाथि भारतको चर्को दवाव ! (06.15.2017)
पुनः मतदानको विवाद र लुरे नजीर (06.15.2017)
निर्वाचन बिथोल्दा मधेशीको हित हुन्छ कि पराईको ? (05.31.2017)
संसदमा १२ खर्ब ७८ अर्ब रुपैयाँको बजेट प्रस्तुत (05.31.2017)
फिर्ता भो महाअभियोग प्रस्ताव (05.31.2017)
दुई वर्षे बालकको हत्या पनि राजनीति मुद्दा ? (05.24.2017)
सत्तापक्ष नै उत्रियो धाँधलीमा : दोस्रो चरणको निर्वाचनको प्रतिक्षामा आम मतदाता (05.24.2017)
असीमित अधिकार छ जनप्रतिनिधिलाई (05.24.2017)
पहिलो चरणको निर्वाचनमा व्यापक जनसहभागिता : दोस्रो चरणको व्यग्र प्रतिक्षा (05.17.2017)
ऐतिहासिक छ स्थानीय तह निर्वाचन (05.17.2017)
प्रचण्डले कांग्रेसलाई भोट हाल्दा ... (05.17.2017)
देशभर निर्वाचनको उल्लास : जेठ १५ अगावै बजेट ल्याउने कसरतमा सरकार (05.11.2017)
स्थानीय तह निर्वाचन लोकतान्त्रिक महोत्सव (05.11.2017)
प्रधान न्यायाधीशको पुनःवहाली अब के ? (05.11.2017)
सत्तापक्षकै गतिविधिले निर्वाचन अनिश्चित (05.02.2017)
सरकारले सावित गर्न खोजेको के ? (05.02.2017)
भ्रष्टाचारबिरुद्ध सर्वोच्चको कदम (05.02.2017)
जनता चुनावको प्रतिक्षामा– नेता टार्न खोज्दै (04.18.2017)
संविधानको कार्यान्वयन धरापमा : निर्वाचनविरूद्ध ठूलो जाल बिच्छ्याइयो (04.18.2017)



 
::| Latest News

 
[Page Top]