युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Tuesday, 11.21.2017, 01:45pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
मुख्य समाचार
 
कुर्सी हत्याउने तालमेलको नतिजा के होला ?
Wednesday, 06.28.2017, 12:01pm (GMT+5.5)

काठमाडौं । स्थानीय निकायको पहिलो चरणको निर्वाचनमा राजनीतिक दलहरूबीच विभिन्न नगरपालिका तथा महानगरपालिकामा तालमेल मिलाएर उम्मेदवारी दिइए पनि त्यसको नतिजा अपेक्षाकृत आएन । स्थानीय तहमा राजनीतिक दलहरूबीच तालमेल गरेर चुनावमा सहभागी हुनु एउटा राम्रो संस्कारको सुरुवातका रुपमा लिइए पनि त्यो दीर्घकालीन भने रहेन । नेताहरूमा सहकार्यको संस्कृति पनि पाइएन ।
एउटा नगरमा तालमेल गरेर भाषण गर्नेहरूले अर्को नगरमा गएर तालमेल गरेकै दलका बिरुद्ध विषवमन गर्ने प्रवृत्ति कायमै रहेका कारण पनि यो तालमेल स्वच्छ अभ्यासको उपज नभै केवल कुर्सीको स्वार्थबाट मात्र प्रेरित रहेको पाइयो । त्यसैले नतिजा पनि अपेक्षाकृत आएन । मूलतः सत्तासीन नेपाली कांग्रेस र माओवादी केन्द्रको तालमेलले उनीहरूलाई कुनै लाभ दिएन । काठमाडौं, पोखरा र भरतपुर महानगरपालिकामा यी दुई दलको तालमेलले कुनै प्रभाव पार्न सकेन । 
प्रमुख प्रतिपक्षी नेकपा एमालेलाई एक्ल्याउने उद्देश्यले गरिएको तालमेलले स्थानीय तहमा पार्टीपंक्तिमा असन्तुष्टि मात्र जन्मायो । काठमाडौं र पोखरा महानगरपालिकामा एमालेका उम्मेदवार भारी मतका साथ मेयरमा विजयी भए । 
त्यसो त ठूला दलको सामिप्यमा रहेर चुनाव जित्ने साना दलहरूको आकांक्षा पूरा भएन । काठमाडौं र ललितपुरमा एमाले र राप्रपाबीचको तालमलेलले कुनै प्रभाव पारेन । काठमाडौंमा राप्रपाका उपमेयरका उम्मेदवार पराजित भए र उपमेयरमा कांग्रेसले बाजी मार्यो । ललितपुरमा एमाले र राप्रपाको तालमेलले कुनै कमाल गर्न सकेन । ललितपुरको मेयर र उपमेयर कांग्रेसले लग्यो । 
अहिले भरतपुर महानगरपालिका विवादमा छ । माओवादी र कांग्रेसको तालमेलमा पूर्व प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पुत्री रेणु दाहाललाई मेयरमा जिताउन भरमग्दुर प्रयास गर्दा पनि नभएपछि मतपत्र नै च्यात्ने काम भयो । यो क्षेत्रको नतिजा कसरी टुंगो लाग्ने हो पत्तो छैन ।
भोलि अर्थात् असार १४ गते स्थानीय तहको दोस्रो चरणको चुनाव हुँदैछ । प्रदेश नम्बर १, ५ र ७ मा हुने यो चुनावमा पनि पहिलो चरणमा जस्तै विजातीय गठबन्धन भएको छ । कतिपय स्थानमा बिल्कुल फरक राजनीतिक सिद्धान्त बोकेका दलहरूबीच र केन्द्रिय गठजोडको अवधारणा विपरीतका गठबन्धन बनेको छ । 
हालसालै जसकाविरुद्ध आन्दोलनमा उत्रिएको हो उसैसंग गठजोड बनाउनेदेखि लिएर केन्द्रमा सत्तापक्षीय र विपक्षी मोर्चामा रहेका दलबीच पनि स्थानीय तहमा गठवन्धन बनेको छ ।
प्रदेश नम्बर १ मा प्रमुख प्रतिपक्ष एमालेलाई एक्ल्याउने भन्दै सत्तासीन पार्टी र पहिचान पक्षधर भनिएका पार्टीहरूले चुनावी गठवन्धन बनाएका छन् । तेह्रथुम, ताप्लेजुङ, पाँचथर, इलाम, मोरङ्, सुनसरी र भोजपुरका स्थानीय तहको चुनावमा संघीय समाजवादी फोरम, माओवादी केन्द्र र नेपाली कांग्रेस लगायतका अन्य दलहरूबीच तालमेल भएको छ ।
पाँचथरको तुम्बेवा गाउँपालिकामा भने केन्द्रिय गठबन्धन विपरीत माओवादी केन्द्र र एमालेबीच चुनावी तालमेल भएको देखिन्छ । 
केन्द्रमा जेसुकै होस्, पार्टीको सैद्धान्तिक पक्षको वेवास्ता गरेर स्थानीय तहमाा आफ्नो पकड जमाउने उद्देश्यले यसअघि सम्भव नै नलाग्ने गठबन्धन भएका छन् । पकडकै लागि आफ्नो पार्टीको विचार सिद्धान्तलाई पन्छाएर भए पनि दलहरू तालमेलमा उत्रिएका छन् ।
अर्कोतिर सांगठनिक रुपमा कमजोर र जनाधार कम भएको भनिएका पार्टीहरू चुनावपछि पनि आफ्नो साख जोगाउनकै लागि अन्य दलका उम्मेदवारलाई चुनावी तालमेलका नाममा सघाएको कतिपयको विश्लेषण छ । यति हुँदा पनि मत भने ठूला र प्रमुख पार्टीकै पोल्टामा जाने निश्चित छ ।
त्यसो त स्थानीय तहको निर्वाचन कति महत्वपूर्ण छ भन्ने दृष्टान्त छ निर्वाचन वहिस्कार गरेको राष्ट्रिय जनता पार्टीका र नेत्रविक्रम चन्द नेतृत्वको माओवादीका नेताहरूले आफ्नो प्रभाव क्षेत्रमा उम्मेदवारी दिएको सन्दर्भले नै पुष्टि गर्दछ । शीर्ष तहका नेताहरूको तुष्टि पूरा गर्नका लागि स्थानीय तहका नेताहरूले किन बलिदानी दिने भन्ने सोचको विकास पनि भएकोा पाइन्छ । अर्कोतिर राजपाले अब निर्वाचन नबिथोल्ने सोच बनाउनु पनि यो प्रसंगमा निकै महत्वपूर्ण मानिन्छ ।


Rating (Votes: )   
Share     Print


Other Articles:
राजपा जनताबाट तिरस्कृत : पैतीसवटै जिल्लामा निर्वाध उम्मेदवारी दर्ता (06.22.2017)
रोक्न सकेन अबरोध र बिरोधले (06.22.2017)
युगसम्वाद ३०औं वर्षमा प्रवेश (06.22.2017)
“कार्यकर्ता असल छन्, नेतामा हठ छ” (06.22.2017)
राजपाको निर्णय प्रत्यूत्पादक (06.15.2017)
निर्वाचन बिथोल्न ‘राजपा’को निर्देशित आन्दोलन : देउवा सरकारमाथि भारतको चर्को दवाव ! (06.15.2017)
पुनः मतदानको विवाद र लुरे नजीर (06.15.2017)
संसदमा १२ खर्ब ७८ अर्ब रुपैयाँको बजेट प्रस्तुत (05.31.2017)
निर्वाचन बिथोल्दा मधेशीको हित हुन्छ कि पराईको ? (05.31.2017)
फिर्ता भो महाअभियोग प्रस्ताव (05.31.2017)
सत्तापक्ष नै उत्रियो धाँधलीमा : दोस्रो चरणको निर्वाचनको प्रतिक्षामा आम मतदाता (05.24.2017)
दुई वर्षे बालकको हत्या पनि राजनीति मुद्दा ? (05.24.2017)
असीमित अधिकार छ जनप्रतिनिधिलाई (05.24.2017)
पहिलो चरणको निर्वाचनमा व्यापक जनसहभागिता : दोस्रो चरणको व्यग्र प्रतिक्षा (05.17.2017)
ऐतिहासिक छ स्थानीय तह निर्वाचन (05.17.2017)
प्रचण्डले कांग्रेसलाई भोट हाल्दा ... (05.17.2017)
देशभर निर्वाचनको उल्लास : जेठ १५ अगावै बजेट ल्याउने कसरतमा सरकार (05.11.2017)
स्थानीय तह निर्वाचन लोकतान्त्रिक महोत्सव (05.11.2017)
प्रधान न्यायाधीशको पुनःवहाली अब के ? (05.11.2017)
सत्तापक्षकै गतिविधिले निर्वाचन अनिश्चित (05.02.2017)



 
::| Latest News

 
[Page Top]