युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Tuesday, 11.21.2017, 01:45pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
मुख्य समाचार
 
पुनःनिर्माणमा समन्वयको अभाव
Wednesday, 07.26.2017, 03:08pm (GMT+5.5)

काठमाडौं । २०७२ वेशाख १२ गते गएको विनाशकारी भूकम्पपछिको पुनःनिर्माणको काम २७ महिना बितिसक्दा पनि सुस्त नै छ । यसका अनेक कारणमध्ये एउटा कारण सरकारी कर्मचारीबीच समन्वय नहुनु निष्कर्ष निकालिएको छ । 
राष्ट्रिय पुननिर्माण प्राधिकरणको लाभग्राहीको सूचीमा परेका भूकम्प पीडितमध्ये न्यूनलेमात्र घर बनाउन सकेका छन् । प्राधिकरणले प्रस्तुत गरेको तथ्यांकअनुसार दोस्रो किस्ताको अनुदान बुझ्नेको संख्या जम्मा ५५ हजार ५५ र तेस्रो किस्ताको अनुदान रकम लिइसक्नेको संख्या जम्मा २ हजार ७ सय ३४ मात्रै छ । 
ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालले (टिआई) आइतबार आयोजना गरेको ‘भूकम्पपछिको  पुनःनिर्माण र पुनःस्थापनामा सदाचार’ विषयक अन्तरक्रियामा कर्मचारीबीच पुनःनिर्माण गर्नका लागि समन्वय नहुँदा पुनःस्थापनामा चुनौती थपिएको पाइएको हो । टिआईले सञ्चालन गरेको भूकम्पपछिको पुनःनिर्माण र पुनःस्थापनामा सदाचार कार्यक्रममा कर्मचारीबीच समन्वय नहुँदा पुनःनिर्माणमा ढिलाइ भएको पाइएको हो । 
टिआईका अध्यक्ष श्रीहरि अर्यालले भूकम्पपपीडितको गुनासो सुन्न जाँदा कर्मचारीको गुनासो सुन्न पाइएको बताउनुभयो । “पुनःनिर्माण कसरी गर्ने भन्नेमा कर्मचारीको समन्वय भइरहेको छैन”, उहाँले थप्नुभयो, “जसले गर्दा भूकम्पपीडितको पुनःस्थापनामा ढिलाइ भएको छ ।” 
उहाँले सरकारी संयन्त्र एकीकृत रुपमा परिचालन गरेर मात्र भूकम्पपीडितको पुनःस्थापना गर्न सकिने बताउनुभयो । 
राष्ट्रिय भूकम्प प्राधिकरणका कार्यसमिति सदस्य ध्रुवराज शर्माले पुनःनिर्माणको काम द्रुत गतिमा बढिरहेको बताउँदै भूकम्पपीडितका आफ्नै समस्याका कारण पुनःनिर्माणमा ढिलाइ भएको बताउनुभयो । 
काठमाडौँ प्रमुख जिल्ला अधिकारी बालकृष्ण पन्थीले पुनःनिर्माणको काम ढिलाइले भूकम्पपीडितलाई समस्या परेको भन्दै पुनःनिर्माणलाई चाँडो सक्नुपर्ने धारणा व्यक्त गर्नुभयो । टिआईले भूकम्पपछि अति प्रभावित १२ जिल्लामा पुनःनिर्माणमा सरकारले गरिरहेको कामका अध्ययन गरेको थियो । 
टिआईका कार्यक्रम अधिकृत विनोद भट्टराईले अध्ययनका क्रममा करिब एक हजार ५०० भूकम्पसम्बन्धी गुनासा पाइएको जानकारी दिनुभयो । उहाँका अनुसार पुनःनिर्माणका लागि आर्थिक किस्ता पाउन समस्या, बैंकिङ प्रक्रिया झन्झटिलो, सरकारले भूकम्पपीडितलाई आवास निर्माण गर्न नभई सहयोग मात्र गर्न भन्ने कुरा बुझाउन नसकेको, प्राधिकरणले उपलब्ध गराएको घरको नमुनाबाहेक पनि स्थानीयवासीको चाहना र आवश्यकताअनुसार घरको नमुना उपलब्ध गराउन नसकेको, पुनःनिर्माण गर्नका लागि दक्ष जनशक्तिको अभाव जस्ता गुनासा पाइएको छ ।


Rating (Votes: )   
Share     Print


Other Articles:
भोलि स्थानीय तहको दोस्रो चरणको निर्वाचन (06.28.2017)
किन बन्द गरियो ७६ करोड अनियमितताको फायल (06.28.2017)
कुर्सी हत्याउने तालमेलको नतिजा के होला ? (06.28.2017)
राजपा जनताबाट तिरस्कृत : पैतीसवटै जिल्लामा निर्वाध उम्मेदवारी दर्ता (06.22.2017)
रोक्न सकेन अबरोध र बिरोधले (06.22.2017)
युगसम्वाद ३०औं वर्षमा प्रवेश (06.22.2017)
“कार्यकर्ता असल छन्, नेतामा हठ छ” (06.22.2017)
राजपाको निर्णय प्रत्यूत्पादक (06.15.2017)
निर्वाचन बिथोल्न ‘राजपा’को निर्देशित आन्दोलन : देउवा सरकारमाथि भारतको चर्को दवाव ! (06.15.2017)
पुनः मतदानको विवाद र लुरे नजीर (06.15.2017)
संसदमा १२ खर्ब ७८ अर्ब रुपैयाँको बजेट प्रस्तुत (05.31.2017)
निर्वाचन बिथोल्दा मधेशीको हित हुन्छ कि पराईको ? (05.31.2017)
फिर्ता भो महाअभियोग प्रस्ताव (05.31.2017)
सत्तापक्ष नै उत्रियो धाँधलीमा : दोस्रो चरणको निर्वाचनको प्रतिक्षामा आम मतदाता (05.24.2017)
दुई वर्षे बालकको हत्या पनि राजनीति मुद्दा ? (05.24.2017)
असीमित अधिकार छ जनप्रतिनिधिलाई (05.24.2017)
पहिलो चरणको निर्वाचनमा व्यापक जनसहभागिता : दोस्रो चरणको व्यग्र प्रतिक्षा (05.17.2017)
ऐतिहासिक छ स्थानीय तह निर्वाचन (05.17.2017)
प्रचण्डले कांग्रेसलाई भोट हाल्दा ... (05.17.2017)
देशभर निर्वाचनको उल्लास : जेठ १५ अगावै बजेट ल्याउने कसरतमा सरकार (05.11.2017)



 
::| Latest News

 
[Page Top]