युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Tuesday, 11.21.2017, 01:45pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
मुख्य समाचार
 
राप्रपा विभाजनको अठारौं शृङ्खला
Tuesday, 08.08.2017, 06:29pm (GMT+5.5)

काठमाडौं । २०४६ सालको परिवर्तनपछि पंचायतका हस्तीहरु पनि प्रजातान्त्रिक धारमा समाहित हुँदै पार्टी खेले– राष्ट्रिय प्रजातन्त्र पार्टी । त्यही पार्टीको दुईटा संगठन देखियो सूर्यबहादुर थापा र लोकेन्द्रबहादुर चन्दको नाममा । पंचायतका खम्बा मानिएका दुई नेताले दुई पार्टी गठन गरेर पूर्व पञ्चहरुको विभाजित मानसिकतालाई उजागर गरे । एकता र विभाजनकोा लामो शृङ्लखामा राजतन्त्र र गणतन्त्रको सैद्धान्तिक धारबीच भएको एकता ८ महिनापछि पुनः विभाजित भयो ।
पछिल्लो एकतापछि संसदमा बलियो बनेको राप्रपा संविधान संशोधन र सरकारमा सहभागिताको विवादले विभाजित भएको हो । २५ सांसद रहेको राप्रपा नेपाललाई कमजोर तुल्याउँदै पशुपति शमशेर राणाले आइतबार आफ्ना सहित राप्रपा नेपालका समेत सांसद लिएर गएपछि राजनीतिको नयाँ कोर्स सुरु भएको छ ।
शेरबहादुर देउवा सरकारमा जाने कि नजाने, संविधान संशोधनलाई समर्थन गर्ने कि नगर्ने भन्ने विवादले राप्रपा विभाजित भएको हो । पार्टी अध्यक्ष कमल थापा र वरिष्ठ नेता पशुपतिशमशेर राणाबीच सरकारमा सहभागी हुने आआफ्नै दाउले राप्रपा विभाजित भएको हो । फागुन ६ देखि ९ गतेसम्म राजधानीमा एकता महाधिवशेन गरेको राप्रपा विभाजन र एकताको यो १८ औं शृङखला हो ।
कांग्रेस सभापति शरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागिता र संविधान संशोधनको विषयले राप्रपा पुनः विभाजित भएको हो । दुई पार्टी एक भए पनि भित्री रुपमा विभाजनको तुष र नेतृत्वको घमण्ड कायमै रहेका कारण सरकारमा कसले नेतृत्व गर्ने भन्ने विवादका कारण पार्टी विभाजित भयो । महाधिवेशनबाट ऐतिहासिक रुपमा विजयी भएका अध्यक्ष थापाले शेरबहादुर देउवा नेतृत्वको सरकारमा उपप्रधानमन्त्रीसहित आफैंले नेतृत्व गर्न खोज्दा राणा समूहले उपप्रधानमन्त्री पद नदिन सत्ता गठबन्धनलाई दबाब दिएको र आफूले नेतृत्व नपाउने भएपछि थापाले राणा समूहका सांसदलाई सरकारमा जानबाट रोकेपछि विवाद चुलिएको थियो । राणा पक्षका सांसदहरुले थापालाई रोकेर मन्त्री बन्न देखेको सपना पूरा नभएपछि पार्टी विभाजन गरेको थापानिकट नेताहरूको दाबी छ ।
खासमा नेता राणाको नातेदार समेत रहेका प्रधानमन्त्री देउवालाई सघाउने विषय नै विभाजनको प्रमुख कारण र यसमा भारतको समेत हात रहेको बताइन्छ । एकताबाट मजबुत भएको राप्रजालाई कमजोर तुल्याउन विदेशी शक्ति र सत्तापक्षको हात रहेको समेत थापा निकट नेताहरुको आरोप छ । 
वरिष्ठ नेता राणाको नेतृत्वमा आइतबार नै निर्वाचन आयोगमा “राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)” नामसहित नयाँ पार्टी दर्ता भएको छ । राणाको अध्यक्षतामा गठन भएको राप्रपा (प्रजातान्त्रिक)मा राप्रपाका ६६ केन्द्रीय सदस्य र १९ सांसदको हस्ताक्षर छ । यद्यपि, राणा समूहले २२ सांसदको समर्थन रहेको दाबी गरेको छ ।
संसद् सचिवालयमा नयाँ दल दर्ताका लागि दिइएको सूचनामा पनि १९ सांसदको मात्र हस्ताक्षर रहेको सचिवालयले जनाएको छ । साँझ ५ बजे राप्रपा संसदीय दलका उपनेता दीपक बोहराको नेतृत्वमा गएको टोलीले १९ जनाको हस्ताक्षरसहित नयाँ दल दर्ता भएको जानकारी सभामुख ओनसरी घर्ती मगरलाई दिएको थियो । राणा पक्षमा निर्वा्चित सांसदत्रय दीपक बोहरा, सुनीलबहादुर थापा र विक्रमबहादुर पाण्डेको समर्थन छ ।
यस्तै, सांसदहरू आन्नदीदेवी पन्त, इस्तियाक अहमद खान, गीता सिंह, रमेशकुमार लामा, राज्यलक्ष्मी श्रेष्ठ नुवाकोट, लक्ष्मी थापा पासवान, सरोज शर्मा राणा समूहमा छन् । अध्यक्ष थापानिकट सांसदहरू कमलादेवी शर्मा, धानो महरा, रामकुमार सुब्बा, रेशमबहादुर लामा, लीलादेवी श्रेष्ठ, बबिना मोक्तान लावती, विराज विष्ट, शयन्द्र बान्तवा र सीता लुइँटेल ज्ञवालीले पनि पार्टी छाडेका छन् । राणा समूहनिकट भनिएका जयन्त चन्द र परशुराम तामाङले भने नयाँ दल दर्ताको सूचनामा हस्ताक्षर गरेका छैनन् ।
राप्रपाको विभाजनले संसद्को अंकगणितमा हेरफेर हुनेछ । एकीकृत राप्रपाको ३७ सिट थियो भने विभाजनले राणाको पक्षमा १९ र थापाको पक्षमा १८ हुन पुगेको छ । राणा समूहले भने आफ्नो पक्षमा २२ र थापाका पक्षमा १५ सांसद रहेको दाबी गरेको छ । एकताअघिको राप्रपा नेपालका २५ र राप्रपाका १२ सांसद मिलेर ३७ सिट पुगेको थियो ।


Rating (Votes: )   
Share     Print


Other Articles:
राजपाको राजनीतिक बाटो नै अस्पष्ट (08.08.2017)
देउवा सरकार चौतर्फी संकटको घेरामा (07.26.2017)
माओवादी पनि संवैधानिक प्रावधानको विपक्षमा (07.26.2017)
पुनःनिर्माणमा समन्वयको अभाव (07.26.2017)
भोलि स्थानीय तहको दोस्रो चरणको निर्वाचन (06.28.2017)
कुर्सी हत्याउने तालमेलको नतिजा के होला ? (06.28.2017)
किन बन्द गरियो ७६ करोड अनियमितताको फायल (06.28.2017)
राजपा जनताबाट तिरस्कृत : पैतीसवटै जिल्लामा निर्वाध उम्मेदवारी दर्ता (06.22.2017)
युगसम्वाद ३०औं वर्षमा प्रवेश (06.22.2017)
रोक्न सकेन अबरोध र बिरोधले (06.22.2017)
“कार्यकर्ता असल छन्, नेतामा हठ छ” (06.22.2017)
राजपाको निर्णय प्रत्यूत्पादक (06.15.2017)
निर्वाचन बिथोल्न ‘राजपा’को निर्देशित आन्दोलन : देउवा सरकारमाथि भारतको चर्को दवाव ! (06.15.2017)
पुनः मतदानको विवाद र लुरे नजीर (06.15.2017)
निर्वाचन बिथोल्दा मधेशीको हित हुन्छ कि पराईको ? (05.31.2017)
संसदमा १२ खर्ब ७८ अर्ब रुपैयाँको बजेट प्रस्तुत (05.31.2017)
फिर्ता भो महाअभियोग प्रस्ताव (05.31.2017)
सत्तापक्ष नै उत्रियो धाँधलीमा : दोस्रो चरणको निर्वाचनको प्रतिक्षामा आम मतदाता (05.24.2017)
दुई वर्षे बालकको हत्या पनि राजनीति मुद्दा ? (05.24.2017)
असीमित अधिकार छ जनप्रतिनिधिलाई (05.24.2017)



 
::| Latest News

 
[Page Top]