युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Sunday, 12.17.2017, 04:08am (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
मुख्य समाचार
 
संविधान विफल पार्ने खेल रोकिएको छैन
Tuesday, 08.08.2017, 06:31pm (GMT+5.5)

काठमाडौं । भरतपुर महानगरपालिकाको मेयरमा सत्ता गठबन्धन ‘नेकामाके’ उम्मेदवार ‘प्रचण्ड’ पुत्री रेणु दाहाल विजयी भएपछि प्रदेश नं.२ बाहेक ६ वटा प्रदेशका सवै स्थानीय तहको गठन प्रक्रिया पूरा भएको छ । भरतपुर वडा नं.१९ को मतगणनाकै क्रममा मतपत्र च्यातेर पुनः मतदानको माग राखेको पक्षले निर्वाचन आयोग र सर्बोच्च अदालतबाट आफ्नो माग बमोजिमको निर्णय पाएपछि पुनः मतदान गरिँदा प्रतिस्पर्धी नेकपा एमालले आफूले अघिल्लो पटक पाएको मतको सुरक्षा गर्न नसक्दा पराजय भोग्नुपरेको पीडा व्यक्त गरिरहे पनि घोषित नतिजालाई स्वीकार गरेर अब सम्पूर्ण ध्यान असोज २ गते हुने प्रदेश नं. २ को निर्वाचनतिर केन्द्रित गर्न  थालेको छ । पहिलो र दोस्रो चरणको निर्वाचनमा नेकपा एमालले प्राप्त गरेको अग्रताबाट मुर्मुरिएको सत्ताधारी नेपाली कांग्रेस पनि २ नं. प्रदेशबाट क्षतिपूर्ति लिने सपना राखेर ठूलै तयारीमा लागेको छ ।  राष्ट्रिय जनता पार्टी नामक मधेशी मोर्चालाई स्थानीय तहको निर्वाचनमा सहभागी गराउन पटकपटक निर्वाचन मिति सार्न सरकारले निर्णायक भूमिका खेलेको भए पनि सो दललाई निर्वाचनमा सहभागी गराउने वातावरण तयार गर्न सत्ता गठबन्धन पूरै विफल भएको प्रतीत छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले साथ नदिएर संविधान संशोधनको प्रस्ताव पारित हुने अवस्था नरहेको भन्दै दोष जति एमालेको टाउकोमा थोपरेर राजपाको समर्थन र तराईवासीको मत लिने आशा राखेको कांग्रेसले राजपालाई चुनावमा सहभागी गराउन नसक्ने भएपछि वारम्वार निर्वाचन मिति सार्नुको औचित्य नदेखिएको पनि पुष्टि भएको छ । राजपाको सहभागिताविना २ नं. प्रदेशमा हुने निर्वाचनले  जस्को पक्षमा जस्तो नतिजा दिए पनि संविधानको स्वीकार्यता माथिको विवाद जीवितै रहने र त्यसले प्रादेशिक र केन्द्रिय संसदको निर्वाचनलाई पनि धक्का दिने प्रचूर सम्भावना इङ्गित हुनथालेको छ ।    
राष्ट्रिय जनता पार्टीका नेताहरू केही दिनदेखि भावी रणनीतिको तयारीका निम्ति राजधानीमा केन्द्रिय समितिको बैठक गरिरहेका छन् । राजपाभित्र निर्वाचनमा भाग लिने वा नलिने भन्ने सवालमा चर्को विवाद भैरहेको र सिनियर र जुनियरको विवादले पार्टी नै विभाजित हुने अवस्था पनि रहेकाले राजपाको गतिविधिलाई सिङ्गो राजनीतिक क्षेत्रले नियालिरहेको छ ।  मधेशी मोर्चा अरू कसैको निर्देशनमा राजपामा एकीकृत भएको र उसंग आत्मनिर्णयको अधिकार पनि नरहेको विश्वास राख्नेहरू पनि नेपालको राजनीतिक वृत्तमा उत्तिकै छन् । केही दिन अगाडिमात्र भारतीय राजदूतले लैनचौरमा बोलाएर राजपाका नेताहरूलाई निर्वाचनमा भागलिन खुला परामर्श दिएको सूचना प्रवाहित भए पनि भित्रभित्रै राजपाका नेताहरूलाई आफ्ना माग नछोड्न र संविधान संशोधन लगायतका ५ सूत्रीय माग पूरा नभएसम्म चुनावमा भाग नलिन कडा निर्देशन दिएको पनि राजनीतिक कोठे चर्चा भैरहेको छ । २ नं. प्रदेशमा राम्रो नतिजा ल्याएर एमालेको मेखमार्न उद्यत रहेको नेपाली कांग्रेसले राजपा सहभागी हुँदा उसले आफ्नो पक्षमा आउनसक्ने मत गुम्ने भयले राजपालाई चुनावमा सहभागी गराउन बाहिर बाहिर जति कुरा गरे पनि परिणामदायी राजनीतिक पहल भने पटक्कै नगरेको तथ्यबोध राजपाकै नेताहरूले गर्न थालेका छन् । उता राजपाले निर्वाचनमा भाग लिएको खण्डमा उसको पक्षमा उत्साहजनक मत नआउने आङ्कलन गरेर अहिलेसम्मको लगानी पनि खेर जाने र रणनीतिक उपयोग पनि कमजोर हुने भयले राजपालाई चुनाव बाहिरै राख्न दूरस्थनियन्त्रण यन्त्रले काम गरिरहेको राजनीतिक सूत्रहरूको भनाइ छ । संविधान संशोधन गराएर कि त आफ्नो रणनीतिक स्वार्थ अनुकूलको परिस्थिति सिर्जना गर्ने कि त संविधान नै विफल गराइछाड्ने भित्री खेलले अझै पूर्णविराम लिएको छैन ।
राजनीतिक विश्लेषकहरूका अनुसार संविधान संशोधनको मुद्दाले गर्दा नै राष्ट्रिय प्रजातन्त्र पार्टी पनि विभाजित हुनपुगेको हो । मधेशी मोर्चालाई राजपामा एकीकृत गराउन जुन पृष्ठशक्तिले भूमिका खेलेको थियो उही शक्तिले नै राप्रपालाई पनि एकीकृत गराउन परोक्ष भूमिका खेलेको र संविधान संशोधनको सवालमा राप्रपाभित्रै मतमतान्तर देखिएपछि पार्टी एकीकरणको अर्थ नरहेको ठहर गरी सत्ता साझेदारिताको सवालमा विवाद खडा गरी राप्रपा विभाजित भएको तर्क पनि प्रवाहित भैरहेको देखिन्छ । नेपालको आन्तरिक राजनीतिक व्यवस्थामा बाह्यशक्तिको अवाञ्छित चासो र हस्तक्षेपकै कारण अनेक समस्या झ्याङ्गिंदै आएका छन् । नेपालका सानातिना आन्तरिक मामिलामा समेत हस्तक्षेपकारी चासो राखेर चलखेल गर्ने जुन प्रवृत्ति हावी भएको छ त्यसको प्रत्यक्ष असर २ नं.प्रदेशको स्थानीय तहको निर्वाचन सन्दर्भमा पनि पर्ने कुरामा कुनै शंका छैन । नेपालको आन्तरिक राजनीतिमा यदि कसैले राष्ट्रिय हित, राष्ट्रिय स्वार्थ र राष्ट्रिय एकताको पक्षमा आवाज उठायो भने त्यसविरुद्ध निर्देशित रुपमा खनिने परम्परा नै बसेको छ र त्यो परम्पराको बिँडो अहिलेको सत्ता गठबन्धनले धानिरहेको छ । तराईका जिल्लाहरूमा आगन्तुकहरूले भूमिपुत्रहरुको अधिकार र अवसर छिन्दै गैरहेको कटु यथार्थबोध गर्न थालेकाले पनि राजपाको राजनीतिक धरातल खस्किइसकेको छ र राजपा निर्वाचनको बाटोमा आउने सम्भावना क्षीण बन्दैगएको छ । विगतका दुई चरणका निर्वाचनमा एमालेलाई कमजोर पार्न मधेश विरोधीको चर्को नारा उराले पनि तराईमा समेत उसैको अग्रता देखिएकाले २ नं.प्रदेशको चुनावमा पनि उसैले लतार्ने हो कि भन्ने भयले कांग्रेस–माओवादी लगायतका सत्ता गठबन्धनका दलहरूलाई त्रसित बनाइरहेको छ । अबको एक महिनाभित्र के कस्ता राजनीतिक गतिविधि प्रक्षेपित हुने हुन् भनी गौर गरेर हेर्ने क्रम सुरू भएको छ ।


Rating (Votes: )   
Share     Print


Other Articles:
राप्रपा विभाजनको अठारौं शृङ्खला (08.08.2017)
राजपाको राजनीतिक बाटो नै अस्पष्ट (08.08.2017)
देउवा सरकार चौतर्फी संकटको घेरामा (07.26.2017)
माओवादी पनि संवैधानिक प्रावधानको विपक्षमा (07.26.2017)
पुनःनिर्माणमा समन्वयको अभाव (07.26.2017)
भोलि स्थानीय तहको दोस्रो चरणको निर्वाचन (06.28.2017)
किन बन्द गरियो ७६ करोड अनियमितताको फायल (06.28.2017)
कुर्सी हत्याउने तालमेलको नतिजा के होला ? (06.28.2017)
राजपा जनताबाट तिरस्कृत : पैतीसवटै जिल्लामा निर्वाध उम्मेदवारी दर्ता (06.22.2017)
युगसम्वाद ३०औं वर्षमा प्रवेश (06.22.2017)
रोक्न सकेन अबरोध र बिरोधले (06.22.2017)
“कार्यकर्ता असल छन्, नेतामा हठ छ” (06.22.2017)
राजपाको निर्णय प्रत्यूत्पादक (06.15.2017)
निर्वाचन बिथोल्न ‘राजपा’को निर्देशित आन्दोलन : देउवा सरकारमाथि भारतको चर्को दवाव ! (06.15.2017)
पुनः मतदानको विवाद र लुरे नजीर (06.15.2017)
निर्वाचन बिथोल्दा मधेशीको हित हुन्छ कि पराईको ? (05.31.2017)
संसदमा १२ खर्ब ७८ अर्ब रुपैयाँको बजेट प्रस्तुत (05.31.2017)
फिर्ता भो महाअभियोग प्रस्ताव (05.31.2017)
सत्तापक्ष नै उत्रियो धाँधलीमा : दोस्रो चरणको निर्वाचनको प्रतिक्षामा आम मतदाता (05.24.2017)
दुई वर्षे बालकको हत्या पनि राजनीति मुद्दा ? (05.24.2017)



 
::| Latest News

 
[Page Top]