युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Monday, 12.18.2017, 11:51pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
मुख्य समाचार
 
पाँच वर्षपछि चीनबाट शीर्ष भ्रमण : आजदेखि द्विपक्षीय वार्ता
Tuesday, 08.15.2017, 02:45pm (GMT+5.5)

काठमाडौं । नेपालमा लोकतन्त्र–गणतन्त्र स्थापनासंगै चीनबाट उच्चस्तरीय भ्रमणमा कटौती भएका बेला चीनका तत्कालिन प्रधानमन्त्री वेन जियाबाओले पाँच वर्षअघि पाँच घण्टाका लागि नेपाल भ्रमण गरेयता काठमाडौँमा चीनका उपप्रधानमन्त्री वाङ याङ नेतृत्वको उच्चस्तरीय प्रतिनिधिमण्डल चारदिने नेपाल क्रममा हिजो काठमाडौं आइपुगेको छ । उपप्रधानमन्त्री वाङसँग भूकम्पपछिको पुनर्निर्माणमा चीनले गर्दै आएको सहयोग, बेल्ट एण्ड रोड इनिसिएटिभ केरुङ रेलमार्ग लगायतका विषयमा छलफल हुनेछ ।
आजबाट द्विपक्षीय वार्ता हुनेछ । उहाँले आगामी बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । सोही दिन प्रधानमन्त्री शेरबहादुर देउवासँग पनि चिनियाँ उपप्रधानमन्त्रीले शिष्टाचार भेट गर्ने कार्यक्रम छ । चिनियाँ उपप्रधानमन्त्री बाङले उपप्रधानमन्त्री एवम् संघीय मामिला तथा स्थानीय विकासमन्त्री विजयकुमार गच्छदारसँग मंगलबार प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता गर्नुहुनेछ । 
सोही दिन चीनका उपप्रधानमन्त्रीले चीन सरकारको सहयोगमा हुने हनुमानढोका दरबारस्थित नौतले दरबारको जीर्णोद्धारको शुभारम्भ गर्नुहुनेछ । बुधबार उहाँले कीर्तिपुरस्थित राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रको अवलोकन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले आज अपराह्न जारी गरेको विज्ञप्तिमा जनाइएको छ । चिनीया प्रतिनिधिमण्डलको सम्मानमा उपप्रधानमन्त्री गच्छदारले दिवाभोजको आयोजना गर्नुहुने भएको छ । 
पुनर्निर्माण र विकासमा चीनबाट अतिरिक्त सहयोगको घोषणाबारेको जिज्ञासमा उहाँले नेपालको सामाजिक एवं आर्थिक विकासका लागि आगामी दिनमा चीनबाट ‘एक क्षेत्र एक मार्ग’ (ओबिओआर) को दायराअन्तर्गत हुने जानकारी दिँदै द्विपक्षीय वार्तामा चीनसँग विगतमा भएका सम्झौताको कार्यान्वयन तथा भविष्यमा अझ प्रभावकारी ढंगले सबै सन्धि सम्झौतालाई व्यवहारमा रुपान्तरण गर्नेबारेमा विचारविमर्श हुने बताउनुभयो । 
यसैबीच, द्विपक्षीय वार्तामा नेपालको विकाससँग सम्बन्धित मन्त्रालय, निकाय र विभागका उच्च अधिकारी सहभागी हुनेछन् । वार्तामा अर्थ, वाणिज्य, उद्योग, आपूर्ति, स्वास्थ्य, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, ऊर्जा मन्त्रालयका साथै नेपाल पुनर्निर्मााण प्राधिकरणका उच्च अधिकारीले भाग लिनेछन् । चिनियाँ प्रतिनिधिमण्डलमा राज्य र सहायकमन्त्री चारजनासहित विभिन्न मन्त्रालय र विभागका उच्च अधिकारी रहने छन् ।  चिनियाँ प्रतिनिधिमण्डलसँग नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसङ्घ, नेपाल चेम्बर अफ कमर्शका पदाधिकारीले पनि भेटवार्ता गर्ने कार्यक्रम छ । 
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी ओलीसँग चिनियाँ पाहुनाले बेग्लाबेग्लै भेटावार्ता गर्नुहुनेछ । चिनियाँ कम्युनिस्ट पार्टीका वरिष्ठ नेता वाङ प्रधानमन्त्री ली खछ्याङ नेतृत्वको वर्तमान मन्त्रिपरिषद्मा उपप्रधानमन्त्रीका अतिरिक्त कृषि, जल व्यवस्थापन, वाणिज्य, पर्यटन र गरिबी निवारण मन्त्रालयको जिम्मेवारीमा हुनुहुन्छ । 
उहाँलाई चीनमा सुधारवादी नेताका रुपमा मात्र नभई विकासको ‘ग्वाङडोङ’ ढाँचाको प्रवर्तक मानिन्छ । निजी उद्यमशीलता, आर्थिक विकास र नागरिक समाजको बृहत्तर भूमिकाबाटै उक्त ढाँचा सफल भएको बताइएको छ । पाकिस्तानको भ्रमण पूरा गरी चिनियाँ प्रतिनिधिमण्डल नेपाल आउन लागेको हो ।
विदेश मामिला विश्लेषकहरूका अनुसार भूराजनीतिक हिसाबले महत्वपूर्ण समयमा चीनका उपप्रधानमन्त्री वाङ नेपाल आउन लागेका हुन् । चीन र भुटानको सिमा क्षेत्र दोक्लममा भारत र चीनबीचको विवाद उत्कर्षमा रहेका बेला केही सातापछि नै प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणमा जाने कार्यक्रम तय भैसकेको छ । यस सन्दर्भमा पनि उपप्रधानमन्त्री वाङको नेपाल भ्रमण अर्थपूर्ण मानिएको छ । यसका अतिरिक्त नेपाल र चीनबीच विगतमा भएका सम्झौता, लगानी विस्तार तथा जलविद्युत आयोजना तथा रेलमार्ग जस्ता विषयमा छलफल हुने बताइएको छ ।  
कूटनीतिज्ञहरुले भारत र चीनबीचको दोक्लाम विवादमा नेपालले भारतलाई साथ देखोस् भन्ने चाहना राखेको र चीनले नेपाल विवादको मध्यस्थकर्ता बनोस् भन्ने चाहना राखेका बेला वाङको यो भ्रमणले नेपालको तटस्थतालाई अरु जोड दिने बताइन्छ । त्यसैले बेइजिङले रणनीतिक रुपले महत्वपूर्ण समय छनोट गरेर उपप्रधानमन्त्रीको भ्रमण आयोजना गरेको हो । राष्ट्रपतिको भ्रमण हुन नसके पनि कोही न कोही शीर्ष नेता नेपाल आउने बेइजिङले बताउँदै आएको थियो । अक्टोबरमा हुने चिनियाँ कम्युनिष्ट पार्टीको १९औं महाधिवेशनबाट वाङ याङ सात सदस्यीय स्थाई समितिमा आउने अनुमान गरिएको छ, जुन चीनको सत्ता सञ्चालनको सर्वोच्च निकाय हो ।


Rating (Votes: )   
Share     Print


Other Articles:
बाढीपहिरोबाट हालसम्म छदर्जन बढीको मृत्यु (08.15.2017)
संविधान विफल पार्ने खेल रोकिएको छैन (08.08.2017)
राप्रपा विभाजनको अठारौं शृङ्खला (08.08.2017)
राजपाको राजनीतिक बाटो नै अस्पष्ट (08.08.2017)
देउवा सरकार चौतर्फी संकटको घेरामा (07.26.2017)
माओवादी पनि संवैधानिक प्रावधानको विपक्षमा (07.26.2017)
पुनःनिर्माणमा समन्वयको अभाव (07.26.2017)
भोलि स्थानीय तहको दोस्रो चरणको निर्वाचन (06.28.2017)
कुर्सी हत्याउने तालमेलको नतिजा के होला ? (06.28.2017)
किन बन्द गरियो ७६ करोड अनियमितताको फायल (06.28.2017)
राजपा जनताबाट तिरस्कृत : पैतीसवटै जिल्लामा निर्वाध उम्मेदवारी दर्ता (06.22.2017)
युगसम्वाद ३०औं वर्षमा प्रवेश (06.22.2017)
रोक्न सकेन अबरोध र बिरोधले (06.22.2017)
“कार्यकर्ता असल छन्, नेतामा हठ छ” (06.22.2017)
राजपाको निर्णय प्रत्यूत्पादक (06.15.2017)
निर्वाचन बिथोल्न ‘राजपा’को निर्देशित आन्दोलन : देउवा सरकारमाथि भारतको चर्को दवाव ! (06.15.2017)
पुनः मतदानको विवाद र लुरे नजीर (06.15.2017)
निर्वाचन बिथोल्दा मधेशीको हित हुन्छ कि पराईको ? (05.31.2017)
संसदमा १२ खर्ब ७८ अर्ब रुपैयाँको बजेट प्रस्तुत (05.31.2017)
फिर्ता भो महाअभियोग प्रस्ताव (05.31.2017)



 
::| Latest News

 
[Page Top]