युगसम्बाद साप्ताहिक

फैलिदैछ चीनको हात नेपालको विकासमा
Tuesday, 09.12.2017, 11:37am (GMT5.5)

काठमाडौं । नेपालको भौतिक पूर्वाधार विकासमा उत्तरी छिमेकी मुलुक चीनबाट अपेक्षाकृत सहयोग र साझेदारीको सम्भावना बढेको छ । नेपालमा संविधान जारी भएपछि भारतले लगाएको नाकाबन्दीका कारण उत्पन्न परिस्थितिको सामना गर्न र भावी दिनमा त्यस्तो समस्या भोग्न नपर्नाका लागि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणमा व्यापार तथा पारवहन, पेट्रोलियम, रेलमार्ग लगायतका विषयमा भएको सम्झौता तथा सहमति अब कार्यान्वयनतर्फ जाँदैछ ।
अघिल्लो साता मात्र चीनको बहुचर्चित सिमेन्ट कम्पनीले नेपालमा ३६ अर्ब रुपैयाँको लगानी गर्ने सम्झौता गरेर नेपालमा चिनीया लगानीको ढोका खोलेको छ । यो लगानी अहिलेसम्मकै सबैभन्दा ठूलो वैदेशिक लगानी हो । त्यस्तै धेरैले पत्याउन नसकेको रेलमार्गको काम पनि चिनीया पक्षले अगाडि बढाइसकेको जानकारी आएको छ ।
नेपालको आर्थिक विकासमा भारत सधैं अबरोधको रुपमा रहेका बेला चीनले सडक पूर्वाधारm उद्योगकाा साथै जलस्रोतमा समेत लगानीको उच्च चासो देखाइरहेको छ । भारतले आयोजनाको नाममा नदी ओगटेर राख्ने गरिरहेका बेला जलस्रोतमा चिनीया लगानीको प्रवेशलाई सुखद मानिएको छ ।
अहिले नेपालको अन्तर्राष्ट्रिय व्यापारका लागि समुद्रसम्मको पहुँच भारत मात्र रहेको र भारतले बेलाबेलामा अवरोध गर्ने गरेका बेला चीनको सीमाक्षेत्रबाट काठमाडौं, पोखरा हुँदै लुम्बिनीसम्म रेल संचालनका सम्बन्धमा सहमति समेत भैसकेको छ । यसबीचमा चिनीया प्रधानमन्त्री ली खछ्याङले नेपालको सीमासम्म पुग्ने रेललाई चीनले छिट्टै नेपालसम्मै पु¥याउने बताउनुभएको छ । चीनको ६ दिने भ्रमणमा रहेका बेला उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरासँगको भेटमा प्रधानमन्त्री लीले चीनदेखि नेपालसम्म रेल सञ्चालनका लागि प्राविधिक पक्षको अध्ययन भइरहेको समेत जानकारी दिनुभएको छ ।
चिनीया प्रधानमन्त्रीले त्यस अवसरमा नेपालमा रेल पु¥याउने विषयमा राजनीतिक तवरबाट नभई भूगोलको हिसाबले व्यापक अध्ययन गुर्नपर्ने भएकाले लामो प्राविधिक अध्ययनहरू भइरहेको समेत जानकारी दिनुभयो । भेटका क्रममा परराष्ट्रमन्त्री महराले रेल हाम्रो आवश्यकता भइसकेको भन्दै आफ्नो धारणा राख्नेबित्तिकै प्रधानमन्त्री लीले चीनले नेपालसम्मै रेल पु¥याउन गृहकार्य गरिरहेको बताउनुभएको हो ।
चीनले पटक–पटक नेपाललाई दक्षिण एसियाको ढोका भनिरहेको अवस्थामा रेल मार्ग आफैंले जोड्ने विषय उच्च तहबाटै बाहिर आएको हो । सिगात्सेबाट केरुङ ल्याउन लागिएको निर्माणाधीन रेलमार्गलाई पहिलो चरणमा काठमाडौं ल्याउनेबारे अध्ययन भइरहेको र त्यसपछि काठमाडौंबाट पोखरा र लुम्बिनीसम्म लैजानेबारे पनि तत्काल अध्ययन थालिने चीनको भनाइ छ ।
भेटमा प्रधानमन्त्री लिले चीनले नेपाललाई प्राथमिकतामा राखेको र धेरै विषयमा सहयोग गर्न चाहेको स्पष्ट पार्दै सडक सञ्जालदेखि व्यापार, पुनर्निर्माण, ऊर्जा र पर्यटनको क्षेत्रमा समेत सहयोग गर्न लागेको जानकारी दिनुभएको थियो ।
त्यसै गरी उहाँले नेपालमा लगानी गर्न चिनियाँ जनता उत्साहित रहेको भन्दै त्यस्तो वातावरण बनाउनसमेत आग्रह गर्नभएको थियो । केही दिन अघि मात्रै अहिलेसम्कै सबैभन्दा ठूलो विदेशी लगानीका रुपमा चिनीया कम्पनीले सिमेन्ट उद्योग संचालनका लागि लगानी सम्झौता गरेकको थियो । त्यसै गरी दुई मुलुकबीच भएको व्यापार तथा पारवहन सम्झौताको प्रोटोकल चीनले आफ्नो धारणासहित छिट्टै नेपाल सरकारलाई पठाउने जनाएको छ ।
तर, नेपाली पक्ष चिनीया हात समात्ने सवालमा सधै कमजोर भैरहेको छ । भारत रिसाउला कि भन्ने मनोवैज्ञानिक त्रास पालिरहेका हुन्छन् । अहिले चिनीया प्रधानमन्त्रीले नै नेपालसम्म रेल पु¥याउन भौगोलिक अध्ययन भैरहेको बताए पनिन नेपालले अझै ठोस प्रस्ताव दिन नसकेको र तयारी नथालेको देख्दा चीनका लागि पूर्व नेपाली राजदूत डा. महेश मास्के असन्तष्टि व्यक्त गर्नुहुन्छ । उहाँ भन्नुहुन्छ– रेल मार्ग मात्रै हैन, चीनले गरिदिन्छु भनेका र सम्झौता भएका विकास आयोजना अघि बढाउन हामीले गर्ने तयारीमा भर पर्छ । चीन र नेपालको सीमामा रेल आउँछ, त्यो सत्य हो । त्यहाँबाट नेपाल ल्याउने वा आउने विषय हामीले गर्ने तयारी र इच्छाशक्तिमा भर पर्छ । 
हामीले देखेको के हो भने आवश्यकता महसुस गर्ने देशको सक्रिय सहभागितामा मात्र चीन काम गर्न चाहन्छ । बीआरआईबाट यति सहयोग, नेपाल सरकारको यति लगानी र चीनको प्राविधिक सहयोग भन्नेखालको सम्झौता भएर काम अघि नबढेसम्म त्यो राजनीतिक ‘कन्जम्सन’को विषय मात्र रहनेछ । चीनसँग कुनै काम गर्ने विषयमा नेपालमा समझदारी त बन्छ तर कार्यान्वयन हुन सकिरहेको छैन । यो दुस्खद् पाटो हो । हाम्रो विकास अरूले होइन, हामीले नै गर्ने हो । यो धारणा बुझेर हामी अघि बढ्नुपर्छ । तर हामीमा एक प्रकारको मनोवैज्ञानिक त्रास छ, जसले गर्दा निर्णयमा पुग्न ढिलाइ हुन्छ । हामी त्यो त्रस्त मानसिकताबाट माथि उठ्नुपर्छ । 
यसैबीच लामो समयको प्रतिक्षापछि चीनको ग्वान्जाओमा नेपाली महावाणिज्य दूतावास कार्यालय स्थापना भएको छ । उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले आइतबार महावाणिज्य दूताबासको उद्घाटन गर्नुभएको हो ।
त्यस कार्यक्रमलाई सम्बोधन गर्दै नेपालको कार्यालय खोल्न सहयोग गरेकामा चिनियाँ सरकार तथा ग्वान्जाओको प्रान्तीय सरकारलाई धन्यवाद ब्यक्त गर्नुभएको थियो । यो नियोग चीनस्थित नेपालको चौथो कूटनीतिक नियोग भएको उल्लेख गर्दै परराष्ट्रमन्त्री महराले नेपाल–चीनबीचको द्वीपक्षीय सम्बन्धलाई थप सबल बनाउन र वाणिज्यका क्षेत्रमा अझ सम्बन्ध विस्तार गर्न सहयोग पुग्ने विचार व्यक्त गरेका थिए । यो प्रान्तसँग नेपालको व्यापार सम्बन्ध मजबुत रहेको भन्दै उपप्रधानमन्त्री महराले यस कार्यालय स्थापनापछि आर्थिक एवं व्यापारिक गतिविधि थप विस्तार हुने बताउनुभयो । उहाँले आउँदा दिनमा दुई देशका जनताका बीचमा पनि राम्रो सम्बन्ध विस्तार हुने विश्वास ब्यक्त गरे ।
यहाँ झण्डै २०० नेपाली व्यापारी विभिन्न व्यवसायमा संलग्न छन् । उनीहरुका अनुसार महावाणिज्य दूतावास खुलेसँगै व्यापारीलाई आइपर्ने समस्या समाधान हुने छन् ।  
नेपालको विकासमा चीनले जति उच्च चासो र महत्व दिएको छ नेपालले त्यसमा वेवास्ता गर्दैआएको र भारत रिसाउला कि भन्दै तर्सने गरेका बेला केही समययता चीन र नेपालमाा उच्चस्तरीय भ्रमणा आदान प्रदान चलिरहेको छ । चीन र नेपालबीच व्यापार तथा पारवराहसंगै लगानीका अनेक सम्भावनाकाा ढोका खुल्दै जान थालेको छ । यसले नेपाललाई भारतको एकलौटी बजार बनाउने र नेपालको आर्थिक अवस्थालाई सधैं कमजोर पारिरहने भारतको रणनीतिलाई ठूलो धक्का मात्रै हैन कि नेपालमा सहृदयताका साथ लगानी गर्ने बाध्यताको सिर्जना हुनेछ ।


Copyright © 2011 Yugasambad Weekly (Yugasambad.Com.Np). All rights reserved. Powered By Neeraz.Com