युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Monday, 12.18.2017, 11:45pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
मुख्य समाचार
 
कांग्रेसको चाहनामा मधेशी दलको लोप्पा
Wednesday, 10.11.2017, 01:54pm (GMT+5.5)

काठमाडौं । एमाले र माओवादी–नयाँ शक्ति पार्टीबीच एकीकरणको सहमति भएलगत्तै तिल्मिलाएको नेपाली कांग्रेसघोषणा गरेर समिति बनाए पनि सो गठबन्धन संकटमा परेको छ । राप्रपाको दुई समूह, राजपा र संघीय समाजवादी फोरम लगायतका दल मिलाई गठबन्धन गर्ने कांग्रेसको तयारीलाई संघीय समाजवादी फोरम र राजपाबीच अर्को सम्झौता गरेर कांग्रेसलाई हिस्स बनाइदिएका छन् ।
स्थानीय निकायको निर्वाचनन अन्तर्गत प्रदेश नं. २ मा दोस्रो र तेस्रो शक्तिका रुपमा स्थापित दुई दलले कांग्रेससंग कुनै क्षेत्रमा तालमेल हुने भए पनि गठबन्धनमा नबस्ने जनाउ दिए लगत्तै शुक्रबार सहकार्य गरेर अघि बढ्ने निर्णय गरेका हुन् ।
राजपा, नेपालका संयोजक महन्थ ठाकुर र संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले जारी गरेको संयुक्त विज्ञप्तिमा नेपाल एक आपसमा सहकार्य गर्दै आगामी हुने प्रदेश सभा र संसद्को निर्वाचनमा आपसी समझदारीका आधारमा दुवै पार्टीले संयुक्त भई साझा उम्मेदवारको रुपमा चुनावमा भाग लिने, उम्मेदवारी दिने र अन्य राजनीतिक पार्टी–दलहरुसँग मोर्चा वा गठबन्धन तथा तालमेल गर्नुपरेमा दुवै पार्टी संयुक्त रुपले सहभागी हुने वा सहकार्य गर्ने सहमति गरिएको छ, उल्लेख छ ।
संघीय समाजवादी फोरम नेपालले नेपाली कांग्रेसको नेतृत्वमा गठन हुने भनिएको लोकतान्त्रिक गठबन्धनमा सहभागि नहुने भनेर यसअघि नै भनिसकेपछि राजपाले अन्य दलसँग सहमति र तालमेल गर्नुपरे संयुक्त रुपले गर्ने निर्णय गरेपछि गठबन्धन थप संकटमा परेको हो ।
फोरमले आफ्नै नेतृत्वमा तेस्रो ठूलो शक्ति बन्ने प्रयासमा गृहकार्य अघि बढाएको छ । समाजवादी फोरमले ठूला तीन दलले अन्य दलहरुलाई मुर्ख बनाउन बाम गठबन्धन र लोकतान्त्रिक गठबन्धन बनाइरहेको आरोपसमेत लगाएको छ । 
त्यसो त फोरमले प्रमुख प्रतिपक्षी नेकपा एमाले र सत्तारुढ नेकपा माओवादी केन्द्रबीच भएको तालमेलप्रति आश्चर्य प्रकट गर्दै सरकारमा पनि बस्ने प्रतिपक्षीसँगपनि मिल्ने यो कहाँको राजनीतिक संस्कार हो भन्ने प्रश्न समेत उठाएको छ ।
एमाले र माओवादीले चुनावी तालमेलसंगै पार्टी एकताको सहमति गरेर अरु दलहरुलाई पनि तालमेलमा आव्हान गरे लगत्तै फोरमले कुनै पनि गठबन्धनमा नबस्ने बताएको भए पनि समाजवादी फोरमले सत्तारु कांग्रेसको नेतृत्वमा बन्ने भनिएको लोकतान्त्रिक गठबन्धनको कार्यदलमा भने पार्टी प्रतिनिधि पठाएको छ । उसले कार्यदलले तयार गर्ने म्याण्डेड हेरेर आगामी निर्णय लिने बताउँदै आएको छ ।
गत बुधबार प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले आव्हान गरेको बैठकमा संघीय समाजवादी फोरमसहित छ दलले आगामी निर्वाचनमा चुनावी तालमेल गर्ने सम्बन्धमा लोकतन्त्र, राष्ट्रवादी र परिवर्तन पक्षधर शक्तिहरुको गठबन्धन बनाउन कार्यदल गठन गर्ने निर्णय गरेका थिए । आवश्यक गृहकार्य गर्न बनेको कार्यदलमा काँग्रेसबाट नेताहरु विमलेन्द्र निधि, पूर्णबहादुर खड्का र डा मीनेन्द्र रिजाल, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट बुद्धिमान तामाङ, राप्रपा (प्रजातान्त्रिक)बाट विक्रम पाण्डे रहेका छन् ।
यसैबीच नेपाली काँग्रेसले वाम एकता र ध्रुवीकरणले लोकतन्त्र र संविधानमाथि प्रहार भएको निष्कर्ष निकालेको छ । कांग्रेस केन्द्रीय समिति बैठकले नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) को निर्वाचन तालमेलले संविधान कार्यान्वयनका क्रममा स्थानीय तहको निर्वाचन सम्पन्न भएको अवस्थामा विगतको समझदारीविपरीत मुलुकलाई वैचारिक ध्रुवीकरणतर्फ लगेको ठहर गरेको छ ।
कांग्रेसले दलीय सहमतिअनुरुप प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा सबै जुट्नुपर्ने बेला मुलुकलाई आवश्यक नै नभएको वाम एकताले लोकतन्त्रमाथि नै संकटका रुपमा लिएको निष्कर्ष निकालेको छ । साथै, एमाले र माओवादी केन्द्रबीच भएको छ बुँदे सहमतिले सरकारको वर्तमान गठबन्धन निर्माण गर्दा भएको तीनबुँदे सहमति माओवादी केन्द्रले तोडेको ठहर उसको छ ।


Rating (Votes: )   
Share     Print


Other Articles:
प्रदेश र प्रतिनिधिसभाको तयारी सुरु (09.12.2017)
दुई नं. प्रदेशमा आचारसंहिता उल्लंघनको होड (09.12.2017)
फैलिदैछ चीनको हात नेपालको विकासमा (09.12.2017)
अब सवै पक्षको ध्यान २ नं. प्रदेशतिर केन्द्रित- एमाले हराउन कांग्रेस–माओवादीबीच तालमेल (09.06.2017)
कति सुरक्षित गगनचुम्बी भवन (09.06.2017)
आचारसंहिताको व्यापक उल्लंघन, जेल हाल्ने आयोगको तयारी (09.06.2017)
देउवा नै भारतको सर्वाधिक विश्वासको पात्र (08.29.2017)
भारतसामु संविधान संशोधन गर्छु भन्नुपर्ने किन (08.29.2017)
माथिल्लो तामाकोशीको लागत र समय बढ्ने भो (08.29.2017)
लाखौं जनताको बिल्लिबाठ : अवैध बाँधको बितण्डा (08.15.2017)
विदेशीको तालिमले कस्तो ऐन बन्ला (08.15.2017)
पाँच वर्षपछि चीनबाट शीर्ष भ्रमण : आजदेखि द्विपक्षीय वार्ता (08.15.2017)
बाढीपहिरोबाट हालसम्म छदर्जन बढीको मृत्यु (08.15.2017)
संविधान विफल पार्ने खेल रोकिएको छैन (08.08.2017)
राप्रपा विभाजनको अठारौं शृङ्खला (08.08.2017)
राजपाको राजनीतिक बाटो नै अस्पष्ट (08.08.2017)
देउवा सरकार चौतर्फी संकटको घेरामा (07.26.2017)
माओवादी पनि संवैधानिक प्रावधानको विपक्षमा (07.26.2017)
पुनःनिर्माणमा समन्वयको अभाव (07.26.2017)
भोलि स्थानीय तहको दोस्रो चरणको निर्वाचन (06.28.2017)



 
::| Latest News

 
[Page Top]