युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Saturday, 11.25.2017, 11:17am (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
मुख्य समाचार
 
मतदाता फुरुङ्ग पार्दै उम्मेदवारहरु
Wednesday, 11.15.2017, 02:17pm (GMT+5.5)

काठमाडौं । कहिल्यै आदरभावले नबोल्ने नेताहरु घर–खेतमा पुगेर काम सघाएको देख्दा आम जनता चकित छन् । उम्मेदवारहरु खेतमा पुगेर धान काट्ने, बारी खनेर मतदातालाई आकर्षित गरिरहेका छन् । अघिपछि चिनेको नचिने झैँ गर्ने नेता एकाबिहानै विभिन्न साइनो जोडेर एक्कासी ढोका अघिल्तिर हात जोडेर भोट माग्न आएको देख्दा मतदाता फुरुङ पर्ने गरेका दृश्य बाक्लै देखिएको छ । कहिलै चिनजान नभएका व्यक्तिले एक्कासी चिन्नु भो ? भनी साइनो लगाउँदा कतिपय मतदाता त छक्क पर्ने गरेका छन् । 
निर्वाचनको प्रचारप्रसारमा जुटेका नेता, कार्यकता र उम्मेदवार बालिनाली भित्र्याउन व्यस्त रहेका मतदातालाई भेट्न पाखा, पखेरा, र खलामा हुलका साथ पुगिरहेका छन् । कतिपय उम्मेदवारले मत आफ्नो पक्षमा ल्याउन धान काट्ने, कोदो टिप्नेदेखि हलो जोत्ने कार्यमा समेत सहयोग पु¥याउने गरेको भेटिएको छ ।
मतदाताले खासगरी स्थान विशेष खानेपानी, शिक्षा, स्वास्थ्य, सिँचाइ, रोजगारी, सडकका मुद्दा अघि सार्दै त्यसको सुनिश्चित गर्ने उम्मेदवारलाई मतदान गर्ने प्रतिबद्धता जनाएको भेटिएको छ । मुलुकमा पछिल्लो समय दलबीच भएको चुनावी गठबन्धनले आफूहरूलाई खासै असर नपरेको बताउँदै धरैजसो मतदाताले दल विशेषभन्दा पनि जनहितको पक्षमा काम गर्नेलाई मतदान गर्ने जनाउ दिएका छन् ।
भोट माग्ने क्रममा कतिपय नेता तथा उम्मेदवारले पूरा गर्ने नसक्ने आवश्सासन दिइरहेका तथा कतिपयले भने मतदातालाई प्रभाव पार्ने खालका गतिविधि सञ्चालन गरेको विषय आम सञ्चारका माध्यमबाट सार्वजनिक हुँदै आएको छ ।
आगामी प्रतिनिधिसभा र प्रदेशसभाको मतदानको मिति नजिक आइरहेको अवस्थामा मुलुक अहिले निर्वाचनमय भएको छ ।
आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेससभा सदस्यको निर्वाचनको प्रचारप्रसारले अहिले निकै तीव्रता पाएको छ । निर्वाचनको प्रचारप्रसारको समाचारले अहिले अखबारका पाना भरिपूर्ण छन् भने रेडियो, टेलिभिजनका सबैजसो कार्यक्रम र गतिविधि निर्वाचन केन्द्रित रहेको पाइएको छ ।
प्रतिनिधिसभा र प्रदेशसभाका समानुपातिक तथा प्रत्यक्ष दुवै निर्वाचन प्रणालीका ११ हजार २७९ उम्मेदवार मतदातालाई आफू, आफ्नो दल र गठबन्धनको पक्षमा मत तान्न मतदाताको घरदैलो अभियानमा छन् । 
प्रतिनिधिसभाको पहिलो हुने विजयी हुने निर्वाचन प्रणालीतर्फका उम्मेदवारले निर्वाचमा अधिकतम रु २५ लाख खर्च गर्न पाउने गरी खर्चको सीमा तोकिएको छ भने सोही निर्वाचन प्रणालीतर्फ प्रदेशसभाको उम्मेदवारले रु १५ लाख सम्म खर्च गर्न पाउनेछन् ।
त्यसैगरी समानुपातिक निर्वाचन प्रणालीतर्फ राजनीतिक दलले पेश गरेको बन्दसूचीमा उम्मेदवारको संख्या अनुसार प्रतिनिधिसभा उम्मेदवारले रु दुई लाख र प्रदेशसभा सदस्यका उम्मेदवारले प्रति उम्मेदवार रु एक लाख ५० हजार खर्च गर्न पाउने कानूनी व्यवस्था रहेको छ ।
निर्वाचन आयोगले सबै उम्मेदवारले समान ढंगबाट निर्वाचनको प्रचारप्रसारको अवसर प्राप्त होस् र निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र मितव्ययी बनाउने हेतुले निर्वाचन आचारसंहिता उलंघन गर्ने विरुद्ध शून्य सहनशीलताको नीति अपनाउने निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो ।
आगामी प्रतिनिधिसा सदस्य निर्वाचनमा समानुपातिक प्रणालीतर्फ ४९ राजनीतिक दलले उम्मेदवारको बन्दसूची बुझाएका छन् भने प्रत्यक्षतर्फ ८८ राजनीतिक दलले भाग लिएका छन् । आगामी दुवै चरणको निर्वाचनमा मतदान गर्न पाउने मतदाताको संख्या एक करोड ५४ लाख २७ हजार ९३४ रहेको छ ।
पछिल्लो समय खर्च गर्न पाउने सीमाभन्दा निक्कै धरै उम्मेदवारबाट पैसाको चलखेल भएको सूचना पाएको जनाउँदै आयोगले त्यस्ता उम्मेदवारको निगरानी राख्न सरोकारवाला निकायलाई निर्देशन समेत दिइसकेको छ । निर्वाचन आचारसंहिता उलंघन गर्ने उम्मेदवारको उम्मेदवारी रद्दसम्म गर्ने चेतावनी दिँदै निर्वाचनको अनुगमन र कारबाहीलाई चुस्त तुल्याउने अठोट व्यक्त गरेको छ ।


Rating (Votes: )   
Share     Print


Other Articles:
घोषणापत्रमा गम्भीर आरोप–प्रत्यारोप (11.07.2017)
राज्यशक्तिको दुरुपयोग कसरी रोकिएला ? (11.07.2017)
ढुंगेलको जेलचलान वाम गठबन्धनलाई जवाफ ? (11.07.2017)
वाम एकताले स्थायित्व र स्थिर सरकारको सम्भावना (10.11.2017)
कांग्रेसको चाहनामा मधेशी दलको लोप्पा (10.11.2017)
सीमा अतिक्रमण प्रतिकारको बदला लियो : देवनारायण (10.11.2017)
दुई नं. प्रदेशमा आचारसंहिता उल्लंघनको होड (09.12.2017)
प्रदेश र प्रतिनिधिसभाको तयारी सुरु (09.12.2017)
फैलिदैछ चीनको हात नेपालको विकासमा (09.12.2017)
अब सवै पक्षको ध्यान २ नं. प्रदेशतिर केन्द्रित- एमाले हराउन कांग्रेस–माओवादीबीच तालमेल (09.06.2017)
आचारसंहिताको व्यापक उल्लंघन, जेल हाल्ने आयोगको तयारी (09.06.2017)
कति सुरक्षित गगनचुम्बी भवन (09.06.2017)
देउवा नै भारतको सर्वाधिक विश्वासको पात्र (08.29.2017)
भारतसामु संविधान संशोधन गर्छु भन्नुपर्ने किन (08.29.2017)
माथिल्लो तामाकोशीको लागत र समय बढ्ने भो (08.29.2017)
लाखौं जनताको बिल्लिबाठ : अवैध बाँधको बितण्डा (08.15.2017)
विदेशीको तालिमले कस्तो ऐन बन्ला (08.15.2017)
पाँच वर्षपछि चीनबाट शीर्ष भ्रमण : आजदेखि द्विपक्षीय वार्ता (08.15.2017)
बाढीपहिरोबाट हालसम्म छदर्जन बढीको मृत्यु (08.15.2017)
संविधान विफल पार्ने खेल रोकिएको छैन (08.08.2017)



 
::| Latest News

 
[Page Top]