युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Saturday, 11.25.2017, 11:17am (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
मुख्य समाचार
 
एक राष्ट्रवादी नेताको महाप्रस्थान
Wednesday, 11.15.2017, 02:18pm (GMT+5.5)

काठमाडौं । नेपालको प्रखर राष्ट्रवादी चिन्तक एवं राजनीतिज्ञ कीर्तिनिधि बिष्टको गत शनिवार ९१ वर्षको उम्मेरमा आफ्नै निवास ज्ञानेश्वरमा निधन भएको छ ।  पञ्चायतकालमा तीनचोटि प्रधानमन्त्री बन्नुभएका दिवङ्गत बिष्टलाई नेपालको समग्र  बौद्धिक राजनीतिक क्षेत्रले केवल पञ्च नेताको रुपमा नभै एउटा नैतिकवान, उदारमना एवं सरल राजनीतिक व्यक्तित्वका रुपमा अनुभूत गर्दैआएको निर्विवाद छ । उहाँले राजा महेन्द्र, वीरेन्द्र र ज्ञानेन्द्रको सानिध्यमा रहेर काम गरेको इतिहास एकातिर छ भने महेन्द्र कालमा पहिलो पटक प्रधानमन्त्री बनेको बेला नेपालको उत्तरी सीमाका पूर्वदेखि पश्चिमसम्म १८ ठाउँमा  २००८ सालदेखि राखिएका भारतीय सुरक्षा चौकी हटाउने साहसिक कार्य गर्नुभएको अविस्मरणीय अभिलेख छ । स्वतन्त्र र सार्वभौम नेपालको उत्तरी छिमेकी मित्रदेश चीनको सीमा नजिक भारतीय सुरक्षा चौकीले गरिरहेको निगरानी राष्ट्रिय स्वाभिमान विरूद्धको गतिविधि थियो । २०२७ असोज ४ गते उत्तरी सीमाबाट भारतीय सेना हटाउन उहाँ सफल हुनुभएको, सन् १९५० को असमान सन्धि पुनरावलोकन गर्नुपर्ने धारणा पनि सार्वजनिक गर्नुभएको र भारत र चीनबीच नेपालभूमि लिपुलेकलाई द्विदेशीय व्यापार नाका बनाउन सन् २०१५मा गरिएको सम्झौताको तत्काल विरोध गर्नुभएको प्रसंगमा देशभक्त नेपाली जनताले उहाँलाई देशभक्त राष्ट्रवादी राजनीतिज्ञका रूपमा सम्मान गर्दैआएका छन् । उहाँ प्रधानमन्त्री र परराष्ट्र मन्त्री बन्नुभएको बेलामा नेपालको चीनसितको सम्बन्धलाई नयाँ आयाम दिनुभएको र उत्तरी र दक्षिणी दुवै मित्रदेशसंग पञ्चशीलका आधारमा समनिकटताको सन्तुलित कुटनीतिक सम्बन्ध परिचालन गर्नुपर्छ भन्ने मान्यता स्थापित गर्नुभएको  मानिन्छ । 
उहाँको राजनीतिक व्यक्तित्व नैतिकता र इमानले खारिएको अनुभूत हुन्छ भने अवसर पाएको बेला राज्यलाई निजी स्वार्थपूर्तिका लागि दोहन गर्ने प्रवृत्तिका विरूद्ध उहाँ निरन्तर उभिएको देखिन्छ । उहाँको जीवनको सादकीपना उदाहरणीय थियो । उहाँसंग वैचारिक विमति राख्ने प्रजातन्त्रवादीदेखि लिएर वामपन्थी राजनीतिक व्यक्तित्वहरू पनि उहाँसंग निरन्तर सम्पर्क र भेटघाटमा रहनेगरेका अनेक उदाहरणहरू भेटिन्छन् । २०३० सालमा सिंहदरवारमा आगलागी हुँदा उहाँ प्रधानमन्त्री हुनुहुन्थ्यो । राजा वीरेन्द्रले ‘यसमा तिम्रो के दोष ? राजीनामा नगर’ भन्दा पनि नैतिकताका आधारमा उहाँले राजीनामा गर्नुभयो । नैतिकताको खडेरी परेको आजको राजनीतिक सन्दर्भले उहाँको उच्च नैतिक मनोबल र जवाफदेहीताबोधको ऐतिहासिक उदाहरण प्रस्तुत गरेको छ । उपचारका नाममा राज्यकोषको चरम दोहन गर्ने प्रवृत्ति मौलाएको अहिलेको बेला उहाँले क्यान्सर रोगबाट पीडित रहेको अवस्थामा पनि सरकार गुहार्नुभएन भने उपचारका निम्ति राज्यले उपलब्ध गराएको रकमसमेत फर्काएर त्यागको नमूना पेश गर्नुभएको ताजा अभिलेख छ  । 
नेपालको राष्ट्रियता प्रवर्धन र संरक्षणका लागि उहाँले पदमा रहँदा खेल्नुभएको रचनात्मक भूमिकाको सकारात्मक प्रभाव देशभक्त नेपालीले ग्रहण गर्दैआएका छन् भने नेपाललाई वैदेशिक हस्तक्षेपको उर्बरभूमि बनाउन रचिएका प्रपञ्चहरू विरुद्धमा पनि अन्तर्वार्ता र लेख रचनाहरू मार्फत आफ्ना धारणाहरू निरन्तर रुपमा प्रवाह गरी उहाँले सचेत र जिम्मेवार नागरिकका रूपमा खेल्दैआउनुभएको भूमिका पनि उदाहरणीय बनेको छ । भारतले नेपालको जलस्रोत उपयोगका लागि एकपक्षीय लाभको रणनीति बनाई खेलिरहेको दवावपूर्ण भूमिकाको उहाँ सदा आलोचक हुनुहुन्थ्यो भने महाकाली सन्धि प्रकरणमा पनि राष्ट्रघात भएको किटान गर्दै त्यसको कडा विरोध गर्नुभएको थियो । नेपालको वर्तमान संविधान जारी भएपछि त्यसको विरोधमा भारत र बेलायत मिलेर जारी गरेको वक्तव्य उपर  प्रतिक्रियात्मक धारणा  प्रस्तुत गर्दै दुई वर्ष अगाडि मात्र एक लेख लेखेर “नेपाललाई घुँडा टेकाएर देशभक्त नेपालीमाथि अत्याचार गर्न” ती दुई मुलुक उद्यत रहेको खुलाशा गर्नुभएको थियो । भारतले नेपालको ढाड सेक्ने गरी विगतमा गरेको नाकाबन्दीविरूद्ध पनि उहाँले चर्को आवाज उठाउनुभएको थियो । नेपालको राष्ट्रियता, राष्ट्रिय एकता, अखण्डता र सार्वभौमिकताको सच्चा पहरेदारका रूपमा आँफूलाई चिनाएर उहाँ महाप्रस्थानमा जानुभएको छ । उहाँको अवशान राष्ट्रकै अपूरणीय क्षति हो । उहाँले देहावशानपछिको अन्तिम संस्कार सामान्य नागरिक सरह नै गरियोस् र राज्यबाट कुनै सम्मानको तामझाम नगरियोस् भन्ने उहाँको चाहना रहेको र तदनुरूप नै परिवारले अन्तिम संस्कार गरेको जगजाहेर भएको छ ।  नेपालको सार्वभौम अधिकारको रक्षाका लागि निरन्तर सजग रहेर उहाँले प्रवाह गर्नुभएको राष्ट्रिय चिन्तनधारको उपादेयता निर्विवाद छ । कीर्तिबाबुप्रति युगसम्वाद परिवारका तर्फबाट हार्दिक श्रद्धाञ्जली ।


Rating (Votes: )   
Share     Print


Other Articles:
मतदाता फुरुङ्ग पार्दै उम्मेदवारहरु (11.15.2017)
राज्यशक्तिको दुरुपयोग कसरी रोकिएला ? (11.07.2017)
ढुंगेलको जेलचलान वाम गठबन्धनलाई जवाफ ? (11.07.2017)
घोषणापत्रमा गम्भीर आरोप–प्रत्यारोप (11.07.2017)
वाम एकताले स्थायित्व र स्थिर सरकारको सम्भावना (10.11.2017)
सीमा अतिक्रमण प्रतिकारको बदला लियो : देवनारायण (10.11.2017)
कांग्रेसको चाहनामा मधेशी दलको लोप्पा (10.11.2017)
प्रदेश र प्रतिनिधिसभाको तयारी सुरु (09.12.2017)
दुई नं. प्रदेशमा आचारसंहिता उल्लंघनको होड (09.12.2017)
फैलिदैछ चीनको हात नेपालको विकासमा (09.12.2017)
अब सवै पक्षको ध्यान २ नं. प्रदेशतिर केन्द्रित- एमाले हराउन कांग्रेस–माओवादीबीच तालमेल (09.06.2017)
आचारसंहिताको व्यापक उल्लंघन, जेल हाल्ने आयोगको तयारी (09.06.2017)
कति सुरक्षित गगनचुम्बी भवन (09.06.2017)
भारतसामु संविधान संशोधन गर्छु भन्नुपर्ने किन (08.29.2017)
माथिल्लो तामाकोशीको लागत र समय बढ्ने भो (08.29.2017)
देउवा नै भारतको सर्वाधिक विश्वासको पात्र (08.29.2017)
लाखौं जनताको बिल्लिबाठ : अवैध बाँधको बितण्डा (08.15.2017)
विदेशीको तालिमले कस्तो ऐन बन्ला (08.15.2017)
पाँच वर्षपछि चीनबाट शीर्ष भ्रमण : आजदेखि द्विपक्षीय वार्ता (08.15.2017)
बाढीपहिरोबाट हालसम्म छदर्जन बढीको मृत्यु (08.15.2017)



 
::| Latest News

 
[Page Top]