युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Sunday, 12.17.2017, 04:07am (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
मुख्य समाचार
 
चुनावी चर्चा - सातपटक प्रधानमन्त्री हुने देउवाको दावी
Friday, 11.24.2017, 12:53pm (GMT+5.5)

काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूलाई ज्योतिषले सातपटक प्रधानमन्त्री हुने बताएकाले निर्वाचनपछि आफू नै पुनः प्रधानमन्त्री बन्ने दावी गर्नुभएको छ । नेपाल प्रेस युनियनले धनगढीमा गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले सो कुरा बताउनुभएको हो ।
विपक्षी नेताहरुले देउवा काँग्रेसका अन्तिम प्रधानमन्त्री हुन् भनेर दिएको अभिव्यक्तितर्फ टिप्पणी गर्दै देउवाले भन्नुभयो, “उनीहरुले भनेर हुन्छ, ज्योतिषले सातपटक प्रधानमन्त्री हुनुहुन्छ भनेको” भन्दै सो दावी गर्नुभएको हो ।
प्रधानमन्त्री देउवाको दावी थियो, “काँग्रेसले जितेपछि सुदूरपश्चिमबाट प्रधानमन्त्री हुने म नै हुँ, अरु पार्टीका कोही प्रधानमन्त्री हुनेवाला छैनन् । त्यस क्रममा उहाँले जनतालाई सरकार बदल्ने र बनाउने अधिकार भएकाले कसैको डर, त्रास, धम्की, दबाब, लोभलालचमा नलागी चुनावमा सहभागी हुन आह्वान गर्नुभयो । सभापति देउवाले अहिलेको बेला पार्टी एकजुट भएर चुनावमा होमिने बेला आएको उल्लेख गर्दै पार्टीलाई विजयी गराउन सहयोग गरेमा कारबाहीमा परेकाहरुलाई कारबाही फुकुवा हुने बताउनुभयो ।
उहाँले जनता प्रजातन्त्र र विकास चाहने भएकाले सुदूरपश्चिमका जनताले विकास गर्ने पार्टी काँग्रेससलाई निर्वाचनमा रोज्ने उल्लेख गर्नुभयो ।
प्रचार सामग्री बरामद
सप्तरीको राजविराजको मुख्य चोकचोकमा उम्मेदवारले आचारसंहिता विपरीत झुण्ड्याएका चुनावप्रचार सामग्री सप्तरी प्रशासनले बिहीबार साँझदेखि हटाउन थालेको छ ।
निर्वाचन आचारसंहिता विपरीत प्रचार–प्रसार सामग्री सार्वजनिक स्थानमा झुण्ड्याएको व्यापक जनगुनासो आएपछि स्थानीय प्रशासनले हटाउन थालेको हो । उम्मेदवारले आचारसंहिता पालना गर्न चासो नदेखाएपछि प्रमुख जिल्ला जिल्ला अधिकारी भागिरथ पाण्डेयको निर्देशनमा राजविराजस्थित गजेन्द्रचौकमा झुण्ड्याइएका उम्मेदवारका तस्बीरसहित फ्लेक्स ब्यानर र पोस्टरहरु हटाइएको जिल्ला प्रशासन कार्यालय सप्तरीले जनाएको छ ।
त्यस्तै, राजविराजका विभिन्न ठाउँमा लगाएको पोस्टर, पम्प्लेट र चुनाव चिह्न अंकित सामग्रीसमेत बरामद गरिएको प्रजिअ पाण्डेयले बताउनुभयो । जिल्ला निर्वाचन कार्यालय र जिल्ला प्रशासन कार्यालयको संयुक्त टोलीले कारबाहीस्वरुप जिल्लाका सार्वजनिकस्थल, मठमन्दिर, विद्यालय, सरकारी कार्यालय तथा विद्युतीय पोलमा उम्मेदवारले लगाएका पर्चा–पोस्टरसमेत हटाइएको प्रजिअ पाण्डेयले जानकारी दिनुभयो ।

कविता वाचन गर्दागर्दै कांग्रेस कार्यकर्ताको मृत्यु
देशभर निर्वाचन प्रचार तीब्रगतिमा चलिरहेको छ । कवि, कलाकार आआफ्नो आस्था अनुसारको दल तथा उम्मेदवारको पक्षमा प्रचारमा जुटेका छन् । प्रचारकै क्रममा केही अप्रिय घटना घटेका छन् । कांग्रेस नेता रामचन्द्र पौडेलको तनहुँको भानु नगरपालिका १२ मा बिहीबार चुनावी सभामा कविता बाचन गर्दै गर्दा एक कार्यकर्ताको मृत्यु भएको छ ।
पौडेलले सभालाई सम्बोधन गरिसकेपछि उदघोषकले कांग्रेस कार्यकर्ता श्रीभद्र पण्डितलाई मञ्चमा बोलाए । पण्डित माइक समातेर कविता वाचन गर्न थाले । ‘जबसम्म खोला बगिरहन्छ कांग्रेस रहिरहन्छ, म बाँचुञ्जेल कांग्रेस रहिरहन्छु’ भावको कविताका केही अंश मात्रै के वाचन गर्न भ्याएका थिए, उनी ढले ।
उनलाई कांग्रेस कार्यकर्ताहरुले उपचारका लागि डुम्रेको अस्पतालमा त पुर्याए । तर, उनलाई कार्यकर्ताहरुले बचाउन सकेनन् । केही समयअघि आफैंले वाचन गरेको कवितामा भनेझैं उनले कांग्रेस भएरै धर्ती छाडे । कांग्रेस तनहुँले दिएको जानकारी अनुसार, ५६ वर्षीय पण्डितको शुक्रबार तार्कुघाटमा अन्त्येष्टि गरिएको छ ।

काठमाडौं १ को चर्चा सबभन्दा बढी
मुलुकको राजधानी र महानगरपालिका समेटिएको काठमाडौं क्षेत्र नं. १ को निर्वाचन प्रतिस्प्र्धा देश विदेशमा चर्चाको शिखरमा छ । यो क्षेत्रमा तीन उम्मेदवारको आआफ्नो दावी छ । सामाजिक संजालहरुमा बिबिसीबाट पत्रकारिता गर्दै ख्याति कमाएका रविन्द्र मिश्रको चर्चा बढी छ । उहाँको प्रतिस्पर्धा स्थापित राजनीतिज्ञ प्रकाशमान सिंहसंग छ भने वाम गठबन्धनका अनिल शर्मा अर्का प्रतिस्पर्धी हुन् । 
मिश्रको चुनावी प्रचार शैली अरुकोभन्दा फरक छ । अन्य ठूला दलको जस्तो तामझाम नभए पनि माइकिङ गर्दै आफ्नो घोषणापत्र बाँडिरहँदा मिश्रले जनतालाई आफू निर्वा्चित भए देशको हालको अवस्थामा आमूल परिवर्तन गरी सुशासन र समृद्वि ल्याउने, भ्रष्टाचार हटाउने र नेपाली युवा विदेशिनुपर्ने अवस्थाको अन्त्य गर्न लागिपर्नेमा आश्वस्त पार्दै प्रचार गरिरहनुभएको छ ।
मिश्र यस क्षेत्रमा तुलनात्मक रुपमा शिक्षित, चेतनशील नागरिक बस्ने हुँदा उहाँहरुको हामीजस्ता इमान भएका प्रतिबद्व मानिस राजनीतिमा आइदिऊन् भन्ने चाहना भएकाले र आफूले लेखेका, बोलेका कुराहरु र मेरा परोपकारी, गतिविधिहरुसँग परिचित भएकाले आफूले नै मत पाई विजयी हुने बताउनुभयो ।
क्षेत्र नं १ का अर्का चर्चित उम्मेदवार पूर्वप्रधानमन्त्री तथा नेपाली काँग्रेसका प्रभावशाली नेता प्रकाशमान सिंह भन्नुहुन्छ, “यस क्षेत्रमा खास गरी खानेपानीको समस्या, बाटोघाटो फराकिलो गर्नुपर्ने काममा ढिलासुस्ती, मेलम्ची आयोजनाका कारण धुलो उड्ने समस्या आदिको अन्त्य गर्नुपर्ने अवस्था छ । अर्को कुरा यहाँका जनता विकृति–विसंगति हटोस्, सुशासन कायम होस् भन्ने पनि चाहन्छन् ।”
सिंह आफू यस क्षेत्रका जनतासँग घुलमिल भई हरेक समस्यामा साथ दिएको, धेरै सामुदायिक विद्यालयमा भवन, खानेपानी, पूर्वाधार आदिमा सहयोग गरेको, पद्मकन्या कलेजमा आफ्नै पहलमा मंगलादेवी छात्रावास बन्दै गरेको आदि कारणले म जनतामाझ परिचित रहेकाल जित्नेमा विश्वस्त देखिनुहुन्छ । 
त्यस्तै क्षेत्र नं १ मा वाम गठबन्धनका साझा उम्मेदवार तथा नेकपा माओवादी केन्द्रका नेता अनिल शर्मायहाँका जनताको बाटोघाटो, ढल अस्तव्यस्त हुनु, खानेपानीको समस्या आदि देखिएका छन् । मूलकुरा राजनीतिक स्थिरता, स्थायित्व हो भने बागमती करिडोर, सुकुम्वासी समस्या, फोहर व्यवस्थापन आदि नै यहाँका समस्या भएको र जनताको चाहनालाई सम्बोधन गर्न र राजनीतिक स्थायित्व दिन वाम गठबन्धनले मात्र सक्ने हुँदा आफू विजयी हुने बताउनुहुन्छ ।

नयाँ मतदातालाई परिचयपत्र वितरण गर्ने
निर्वाचन आयोगले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि स्थानीय तह निर्वाचनमा परिचयपत्र बुझ्न बाँकी तथा नयाँ मतदातालाई परिचयपत्र वितरण गर्ने भएको छ । 
स्थानीय तहको निर्वाचनमा मतदाता परिचयपत्र प्राप्त गरिसकेका मतदाताले सोही परिचयपत्रबाट मतदान गर्न पाउनु हुने निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो ।
प्रवक्ता ढकालका अनुसार २०७४ भदौ ३ गतेसम्म मतदाता नामावलीमा नाम दर्ता गरेका, स्थानीय तहको निर्वाचनको अवसरमा वितरण गरिएको अवस्थामा मतदाता परिचयपत्र नलिएका तथा गत भदौ ५ गतेसम्ममा १८ वर्ष उमेर पूरा गरेका एवं नामावली सार्न र सच्चाउन निवेदन दिएका मतदाताले नयाँ परिचय पत्र पाउने छन् ।
पहिलो चरणको निर्वाचन हुने ३२ जिल्लामा मंसिर ८ र ९ गते तथा दोस्रो चरणमा मतदान हुने ४५ जिल्लामा मंसिर १९ र २० गते सोही जिल्लाको सम्बन्धित मतदान केन्द्रमा मतदान कार्यमा खटिएका कर्मचारीबाट मतदाता परिचयपत्र वितरण गरिने व्यवस्था गरिएको छ ।

वामपन्थी एकताबाट काँग्रेस आत्तिनु पर्दैन
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एमाले र नेकपा (माओवादी केन्द्र) को एकता देखेर दक्षिणपन्थी शक्ति अत्तालिएको बताउनुभएको छ । एक चुनावीसभालाई सम्बोधन गर्दै नेता ओलीले ‘वामपन्थी एकताबाट आत्तिएको’ नेपाली काँग्रेसले कम्युनिष्ट सत्तामा आएपछि अधिनायकवाद आउँछ भनेर भ्रम फैलाएको आरोप लगाउनुभयो । गठबन्धनले निर्वाचन जितेपछि मुलुकमा शान्ति, सुशासन, विकास र समृद्धि ल्याइने बताउँदै नेता ओलीले भन्नुभयो, “देशले खोजेको लोकतन्त्र, शान्ति, विकास, सुशासन र समृद्धि सबै वाम गठबन्धनले दिन्छ ।”
काँग्रेसले मुलुकलाई विप्रेषणबाट चलाउन खोजेको आरोप लगाउँदै पूर्वप्रधानमन्त्री ओलीले चालीस लाख युवालाई स्वदेशमै रोजगारी सिर्जना गर्न र राजनीतिक, आर्थिक, सामाजिक स्थायित्व दिन वाम गठबन्धनको सरकार आवश्यक रहेको जिकिर गर्नुभयो । 
अध्यक्ष ओलीले आफू प्रधानमन्त्री हुँदा मुस्ताङ र चीनको तिब्बत जोड्ने कोरला नाका पुग्ने बाटाका लागि रु तीन अर्ब ६० करोड बजेट विनियोजन गरिएको स्मरण गराउँदै वामपन्थी सरकार बनेमा तीन वर्षभित्र उक्त सडक कालोपत्रे गरिसकिने बताउनुभयो । मध्यपहाडी लोकमार्ग निर्माण भएपछि यस क्षेत्रको आर्थिक र सामाजिक क्षेत्रमा ठूलो परिवर्तन ल्याइने बताउँदै उहाँल वामपन्थी सरकार आएमा काठमाडौँदेखि पोखरासम्म आउने रेललाई कुस्मा हुँदै बेनी पु¥याइने वचन दिनुभयो । 
त्यस्तै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको हित र समृद्धिका लागि एमाले र माओवादी केन्द्रबीच एकता हुन लागेको बताउनुभएको छ । सोही चुनावीसभालाई सम्बोधन गर्दै उहाँले विभाजित भएर निर्वाचनमा जाँदा कुनै पनि शक्तिको बहुमत नआउने देखिएर दुई पार्टीबीच गठबन्धन गरिएको स्पष्ट गर्नुभयो । लामो समयदेखि एमाले र माओवादीबीच एकता गर्ने विषयमा छलफल भए पनि सम्भव नभएको बताउँदै दाहालले अहिले दुई दलबीच परिपक्व अवस्था आएकाले गठबन्धन भएको धारणा व्यक्त गर्नुभयो ।

मधेस केन्द्रित शक्ति विजयी हुनुपर्ने
संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेसी समुदायको मुक्तिका लागि राजपा–फोरम गठबन्धनका उम्मेदवार विजयी हुनुपर्ने बताउनुभएको छ ।
फोरम नेपाल र राजपा गठबन्धनले राजविराज नगरपालिका–८ बागेश्वरी मन्दिर परिषरमा बुधबार आयोजना गरेको संयुक्त चुनावीसभालाई सम्बोधन गर्दै उहाँले २ नं प्रदेशमा मधेश सरकार नबनेसम्म मधेशी जनताले मुक्ति नपाउने बताउनुभयो । मधेश प्रदेशको निर्माणले मात्र मधेश मुक्तिको ढोका खुल्ने उहाँको भनाइ थियो ।
संघीयता, गणतन्त्र, समावेशीकरण, समानुपातिक प्रतिनिधित्वलगायत उपलब्धि मधेश आन्दोलनकै देन हो भन्दै उहाँले चुनावलाई संघर्ष र अवसरका रुपमा लिन पार्टी पंक्ति र आमजनसमुदायलाई आहवान गर्नुभयो ।

एउटै जिल्लामा छजना मन्त्रीको प्रतिस्पर्धा
मंसिर २१ गते हुने निर्वाचनका क्रममा उम्मेदवारीका रोचक दृश्यहरु देखिएका छ् । एउटै जिल्लामा पूर्व र वहालवाला गरी छजना मन्त्री चुनावी प्रतिस्पर्धामा छन् । चुनावी मैदानमा एकजना वर्तमान मन्त्री, दुईजना पूर्व मन्त्री तथा तीनजना पूर्व राज्यमन्त्री गरी ६ मन्त्रीले प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा मतदाता आकर्षित गर्न लागि परेका छन् ।
नेकपा माओवादी केन्द्रका नेता एवं बिना विभागीय मन्त्री प्रभु साह वाम गठबन्धनको तर्फबाट रौतहट क्षेत्र नं ३ बाट चुनावमा छन् । लगातार दुईपटक चुनाव जितेका मन्त्री साह तेस्रो पटक चुनावी प्रतिस्पर्धामा छन् ।
नेपाली कांग्रेसका प्रभावशाली नेता एवं पूर्व मन्त्री महम्मद आफताब आलमको प्रतिस्पर्धा वाम गठबन्धनका उम्मेदवार तथा पूर्व राज्यमन्त्री महम्मद मुस्ताक राजासँग हुँदैछ । सबैभन्दा बढी मुस्लिम समुदायको उपस्थिति रहेको रौतहट क्षेत्र नं २ मा दुवैजनाबिच रोचक प्रतिस्पर्धा हुने विश्वास गरिएको छ ।
रौतहट क्षेत्र नं १ मा पूर्व मन्त्री एवं राजपा नेपालको अध्यक्ष मन्डलका सदस्य अनिल कुमार झाको वाम गठबन्धनका संयुक्त उम्मेदवार तथा पूर्व राज्यमन्त्री सत्यनारायण मुखिया बीनसँग चुनावी प्रतिस्पर्धा हुँदैछ ।
रौतहट क्षेत्र नं ४ मा पूर्व राज्यमन्त्री डा वंशीधर मिश्र प्रतिनिधिसभाका लागि वाम गठबन्धनको तर्फबाट संयुक्त उम्मेदवार बन्नुभएको छ भने रौतहट क्षेत्र नं ३ क बाट राजपा नेपालका केन्द्रीय उपाध्यक्ष एवं पूर्व राज्यमन्त्री गोविन्द चौधरी प्रदेशसभाका लागि चुनावी मैदानमा छन् ।


Rating (Votes: )   
Share     Print


Other Articles:
मतदाता प्रभावत पार्ने आआफ्नै दाउमा दलहरु : आर्थिक प्रलोभनमा पार्ने कसरत जारी (11.15.2017)
एक राष्ट्रवादी नेताको महाप्रस्थान (11.15.2017)
मतदाता फुरुङ्ग पार्दै उम्मेदवारहरु (11.15.2017)
घोषणापत्रमा गम्भीर आरोप–प्रत्यारोप (11.07.2017)
ढुंगेलको जेलचलान वाम गठबन्धनलाई जवाफ ? (11.07.2017)
राज्यशक्तिको दुरुपयोग कसरी रोकिएला ? (11.07.2017)
वाम एकताले स्थायित्व र स्थिर सरकारको सम्भावना (10.11.2017)
कांग्रेसको चाहनामा मधेशी दलको लोप्पा (10.11.2017)
सीमा अतिक्रमण प्रतिकारको बदला लियो : देवनारायण (10.11.2017)
प्रदेश र प्रतिनिधिसभाको तयारी सुरु (09.12.2017)
दुई नं. प्रदेशमा आचारसंहिता उल्लंघनको होड (09.12.2017)
फैलिदैछ चीनको हात नेपालको विकासमा (09.12.2017)
अब सवै पक्षको ध्यान २ नं. प्रदेशतिर केन्द्रित- एमाले हराउन कांग्रेस–माओवादीबीच तालमेल (09.06.2017)
आचारसंहिताको व्यापक उल्लंघन, जेल हाल्ने आयोगको तयारी (09.06.2017)
कति सुरक्षित गगनचुम्बी भवन (09.06.2017)
भारतसामु संविधान संशोधन गर्छु भन्नुपर्ने किन (08.29.2017)
माथिल्लो तामाकोशीको लागत र समय बढ्ने भो (08.29.2017)
देउवा नै भारतको सर्वाधिक विश्वासको पात्र (08.29.2017)
लाखौं जनताको बिल्लिबाठ : अवैध बाँधको बितण्डा (08.15.2017)
विदेशीको तालिमले कस्तो ऐन बन्ला (08.15.2017)



 
::| Latest News

 
[Page Top]