युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Sunday, 12.17.2017, 04:07am (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
मुख्य समाचार
 
उम्मेदवार र मतदातालाई जोगिनै गाह्रो
Friday, 11.24.2017, 12:57pm (GMT+5.5)

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभाको पहिलो चरणको निर्वाचनको मिति नजिकिंदै गर्दा उम्मेदवारहरु लक्षित बम आक्रमणका घटना बढ्न थालेका छन् । प्रमुख दलका शीर्ष नेताहरु लक्षित बम आक्रमणका घटनाले आम मतदातालाई त्रस्त हुन थालेका छन् । नेता लक्षित मात्र हैन कार्यकर्ता लक्षित बम आक्रमण हुन थालेपछि असुरक्षा अरु बढेको हो ।
शनिबार रौतहटको चन्द्रनिगाहपुर नगरपालिका–५ स्थित राधाकृष्ण मन्दिर नजिकै बम विस्फोट हुँदा ११ जना घाइते भए । वाम गठबन्धनको ५ नं वडा भेलाबाट सहभागी बाहिरिने क्रममा अज्ञात समूहले राखेको बम विस्फोट भएको हो । घाइतेमध्ये यमुना र गोपालको चन्द्रनिगाहपुर अस्पतालमा उपचार भइरहेको छ । गम्भीर अवस्थामा रहेका अन्य घाइतेलाई थप उपचारका लागि चितवन पठाइएको इलाका प्रहरी कार्यालय, चन्द्रनिगाहपुरले जनाएको छ । 
त्यस्तै ओखलढुंगामा कांग्रेस र वाम गठबन्धनका कार्यकर्ता चढेको सवारी साधनमा बम हान्दा केही घाइते भए । यसअघि शुक्रबार रोल्पामा पूर्वसभामुख ओनसरी घर्ती मगर लगायत माओवादी केन्द्रका नेताहरुलाई लक्षित गरी बम प्रहार भयो । माओवादी नेताहरु कृष्णबहादुर महरा र बर्षमान पुन चढेको गाडीलाई लक्षित गरी दुईवटा बम प्रहार भएको हो । लिवाङमा वाम गठबन्धनले आयोजना गरेको जनसभालाई सम्बोधन गर्न जाँदै गर्दा लिवाङ र सादोबाटोको बीचमा पर्ने भदौरे जंगलबाट बम प्रहार भएको थयो । 
नुवाकोट प्रतिनिधिसभा सदस्य क्षेत्र नं १ का काँग्रेसका उम्मेदवार डा रामशरण महत र प्रदेश नं २ का उम्मेदवार रमेशकुमार महतलाई लक्षित गर्दै बम विस्फोट गराइयो । विस्फोटनबाट पाँचजना काँग्रेस कार्यकर्ता घाइते भए । चुनावी प्रचार अभियानका क्रममा मतदाताको घरदैलो कार्यक्रम भइरहेका बेलामा ककनी गाउँपालिका वडा नं ५ काउलेथानामा शुक्रबार बिहान १० बजे प्रेसरकुकुर बम विस्फोट गराइएको थियो । 
बम विस्फोटनबाट काँग्रेसका कार्यकर्ताहरू उपेन्द्र मिश्र, भेषकुमार तामाङ, सवीन लामा, रमेश राईलगायत घाइते भएका छन् । शरीरको विभिन्न भागमा चोट लागेकाले घाइते भएकामध्ये केहीको अवस्था गम्भीर छ । उनीहरूलाई उपचारका लागि काठमाडाँँतर्फ लगिएको छ । 
उम्मेदवार महतद्वय चढेको बा१४च ७०४१ नं को गाडीलाई लक्षित गरी प्रेसरकुकुर बम विस्फोट गराए पनि उक्त गाडी अघि बढिसकेकाले कार्यकर्ता चढेको बा१६च ६६५ नं गाडीमा बम लागेको थियो । 
बिहिबार मात्र दुई स्थानमा उम्मेदवार लक्षित बम हानियो । गोरखामा पूर्व उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठलाई लक्षितत गरी बम हानियो । चुनावी अभियानका लागि गोरखा नगरपालिका–१० को सिर्दी खोला नजिक उनको गाडीलाई लक्षित गरी बम विष्फोट भएको हो ।  यो समेत एक हप्ताभित्र पाँचजन उम्मेदवार माथि बम प्रहार भईसकेको छ ।
बिहिबार नै रोल्पामा सिंचाई राज्यमन्त्री अमरसिंह पुनलाई लक्षित गरी बम प्रहार भयो । चुनावी अभियानका लागि घोडागाउँहुँदै सभास्थल जाने क्रममा पुगेका मन्त्री पुनमाथि बम प्रहार भएको हो ।
यसअघि माओवादी नेता वर्षमान पुनमाथि रोल्पामा एकपटक एम्बुस र अर्कोपटक गोली प्रहार भएको थियो । त्यस्तै रुकुममा मन्त्री जनार्दन शर्मामाथि बम प्रहार भएको थियो भने भोजपुरमा पूर्वमन्त्री शेरधन राईमाथि बम हानिएको थियो । उहााँ अंगरक्षक घाइते भए ।
लमजुङ सदरमुकाम बेँसीशहर–८, अस्पताल चोकमा फेला परेको बमलाई नेपाली सेनाले निष्क्रिय पारेको छ । लमजुङ जिल्ला सामुदायिक अस्पताल छेउ सडक नालीमा शंकास्पद वस्तु देखिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । उक्त बमलाई नेपाली सेनाको श्रीजङ गणबाट आएको बम डिस्पोजल टोलीले निष्क्रिय पारेका थिए । 
नेपाली सेनाका अनुसार सिलौटको कित्लीभित्र सुतली बम भेटिएको थियो । दुई पटकको प्रयास गरेपछि बम निष्क्रिय पारिएको श्रीजङ गणका प्रमुख सेनानी माधव थापाले जानकारी दिनुभयो । 
यसअघि शनिबार बिहानै बँेसीशहर नजिकैको वनमा पनि बम पड्काइएको थियो । बिहान करिब ६ बजे चर्को आवाजमा बम पड्किएपछि सर्वसाधारण आतंकित भएका थिए । 
देशका विभिन्न भागमा बम प्रहारका घटना बढिरहेका छन् । निर्वाचनको मिति नजिकिंदै गर्दा भएका यस्ता घटनाले सर्वसाधारण आतंकित हुनुका साथै निर्वाचनमाथि गम्भीर षड्यन्त्र भैरहेको आशंका पनि गरिएको छ । 
विभिन्न स्थानमा भएका बम बिस्फोटका कतिपय घटनाको जिम्मेवारी नेत्र विक्रम चन्द नेतृत्व माओवादीले लिएको छ भनेन कतिपयमा छैन । सुरक्षा निकायले चन्द र तराईका सशस्त्र समूह सुरक्षा चुनौतिका रुपमा रहेको बताइरहँदा घटेका यी घटनाले आम जनतामा भय व्याप्त छ ।


Rating (Votes: )   
Share     Print


Other Articles:
चुनावी चर्चा - सातपटक प्रधानमन्त्री हुने देउवाको दावी (11.24.2017)
मतदाता प्रभावत पार्ने आआफ्नै दाउमा दलहरु : आर्थिक प्रलोभनमा पार्ने कसरत जारी (11.15.2017)
एक राष्ट्रवादी नेताको महाप्रस्थान (11.15.2017)
मतदाता फुरुङ्ग पार्दै उम्मेदवारहरु (11.15.2017)
राज्यशक्तिको दुरुपयोग कसरी रोकिएला ? (11.07.2017)
घोषणापत्रमा गम्भीर आरोप–प्रत्यारोप (11.07.2017)
ढुंगेलको जेलचलान वाम गठबन्धनलाई जवाफ ? (11.07.2017)
वाम एकताले स्थायित्व र स्थिर सरकारको सम्भावना (10.11.2017)
कांग्रेसको चाहनामा मधेशी दलको लोप्पा (10.11.2017)
सीमा अतिक्रमण प्रतिकारको बदला लियो : देवनारायण (10.11.2017)
प्रदेश र प्रतिनिधिसभाको तयारी सुरु (09.12.2017)
दुई नं. प्रदेशमा आचारसंहिता उल्लंघनको होड (09.12.2017)
फैलिदैछ चीनको हात नेपालको विकासमा (09.12.2017)
अब सवै पक्षको ध्यान २ नं. प्रदेशतिर केन्द्रित- एमाले हराउन कांग्रेस–माओवादीबीच तालमेल (09.06.2017)
आचारसंहिताको व्यापक उल्लंघन, जेल हाल्ने आयोगको तयारी (09.06.2017)
कति सुरक्षित गगनचुम्बी भवन (09.06.2017)
भारतसामु संविधान संशोधन गर्छु भन्नुपर्ने किन (08.29.2017)
माथिल्लो तामाकोशीको लागत र समय बढ्ने भो (08.29.2017)
देउवा नै भारतको सर्वाधिक विश्वासको पात्र (08.29.2017)
लाखौं जनताको बिल्लिबाठ : अवैध बाँधको बितण्डा (08.15.2017)



 
::| Latest News

 
[Page Top]