युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Sunday, 12.17.2017, 04:02am (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
मुख्य समाचार
 
निर्वाचन बिथोल्ने प्रायोजित गतिविधि विस्तार : आशंका र भय एकसाथ उत्पन्न
Friday, 11.24.2017, 12:58pm (GMT+5.5)

काठमाडौं । निर्वाचनको तिथि नजिकिँदै गएकाले देशव्यापी रुपमा राजनीतिक सरगर्मी बढेको छ । प्रतिनिधिसभा र प्रदेशसभाका लागि पहिलो चरणमा हुने मतदानको दिन आउन अब चार दिनमात्र बाँकी छ । देशका विभिन्न भागमा उम्मेदवारहरूलाई लक्षित गरी बम बिष्फोटन र आक्रमणका घटना बढिरहेका छन् । निर्वाचन हुन नदिने र देशव्यापी रुपमा आतंकित वातावरण सिर्जना गने प्रायोजित गतिविधिको विस्तारले दुवै चरणका मतदानको क्षण आइपुग्दासम्म के कस्तो स्थिति सिर्जना हुने हो भन्ने आशंका उत्पन्न भैरहेको छ । विपक्षी गठबन्धन सरकारले सुरक्षाको प्रत्याभूति दिन नखोजेको र सुरक्षा प्रबन्ध मिलाउन विफल हुँदैगएको आरोप लगाइरहेको छ भने आक्रमणको निशानामा परेका सत्ताधारी दलका नेताहरू विपक्षी प्रतिस्पर्धीतिर औंलो ठड्याउन अग्रसर छन् । बिष्फोटनका शृङ्खलाबद्ध घटनाहरूको जिम्मा कसैले नलिए पनि यो निर्वाचनको विरोध गरिरहेको विप्लव कम्युनिष्ट पार्टीले नै यो सवै बिस्फोट गराएको आशङ्का गरेर सरकारले सो दलका दुई सयभन्दा बढी कार्यकर्तालाई गिरफ्तार गरिसकेको खवर सूत्रहरूले बताएका छन् । गृह मन्त्रालयसमेत आफ्नै मातहतमा राख्नुभएका प्रधानमन्त्री शेरबहादुर देउवाले चुनौतीपूर्ण बन्दैगएको आफ्नो निर्वाचन क्षेत्रबाट फर्किनासाथ सुरक्षा प्रबन्ध कडा गर्न निर्देशन दिन्छु भनेर खडा भएको सुरक्षा चुनौतीलाई हल्का रुपमा लिएको प्रतीत भएको छ । निर्वाचनका लागि भयरहित वातावरणको सिर्जना जति अपेक्षित छ उत्ति नै जटिल बन्दैगएको अनुभूत भैरहेको छ । अर्का्तिर निर्वाचन क्षेत्रहरूका दैनिक गतिविधि हेर्दा निर्वाचन आचारसंहिताको घोर उलङ्घन भैरहेको र  निर्वाचनको स्वस्थता धुमिल हुँदैगएको समाचार सूत्रहरूले जानकारी दिएका छन् ।
स्वतन्त्र पर्यवेक्षकहरूका अनुसार चुनाव प्रचारको प्रतिस्पर्धाले दलीय सङ्गठन बाहिरका मतदाताहरूको ठूलो पंक्तितलाई धेरै अन्योलमा पारिरहेको छ । चुनावी मैदानमा प्रतिस्पर्धा गरिरहेका प्रमुख दलकै उम्मेदवारहरूले राज्यका स्रोतहरूले नै नभ्याउने गरी विना योजनाका विकास र निर्माणका काम फटाफट गरिदिने भ्रम फैलाइरहेका छन् । आफ्नै दलको घोषणापत्रविपरीतका झूट्टा आश्वासन बाड्ने महारोगले निर्वाचन वातावरण नै धमिलिएको छ । मतदाताहरू फेरि पनि भ्रमात्मक प्रचारको शिकार बन्ने अवस्था सिर्जित भएको छ । उम्मेदवार चयनमा देखिएको धनवाद र डनवादको प्रभाव चुनाव क्षेत्रमा विस्तारित छ । राजनीतिक विचार र संस्कार विपरीतका गतिविधिको विस्तारले यो निर्वाचनले राजनीतिक शुद्धीकरणको बाटो समात्ला कि भनी गरिएको अपेक्षा धुमिल हुँदैगएको छ ।  निर्वाचनका बेला संविधानको कार्यान्वयन, पूर्ण बहुमतको दिगो सरकार, विकास र समृद्धिको प्रत्याभूति र लोकतन्त्रको रक्षाका आकर्षक नारा लगाइरहे पनि पारस्परिक विश्वास, सद्भाव र सहयोगको वातावरण विना कुनै उपलब्धि हाँसिल नहुने गाँठी कुरालाई अँध्यारोमै राखेका छन् । निर्वाचनमा सरकारी साधन स्रोतको भरपुर उपयोग गरिरहेका सत्ताधारी दलका नेताहरू एकातिर पराजयमुखी मनोभयले ग्रस्त बनेको आभास दिइरहेका छन् भने अर्कातिर निर्वाचनपछिको सरकार पनि आफ्नै दलले बनाउने गरी बहुमत आउँने अविश्वसनीय आँकडा प्रक्षेपण गरिरहेका छन् । स्थानीय निर्वाचनमा प्राप्त मतको आँकडालाई आधार मानेर पाँच वर्ष सत्ता चलाउने स्थायी सरकारका लागि पूर्ण बहुमत मात्रै होइन दुईतिहाइ स्थानमा नै जित हाँसिल गर्ने आत्मविश्वासका साथ वाम गठबन्धनका नेताहरू अगाडि बढिरहेका छन् । वाम गठबन्धनले ल्याएको राजनीतिक लहरको देशव्यापी प्रभाव मतपेटिकामा कति मुखरित हुने हो भन्ने कुतुहलता सर्वत्र व्याप्त छ ।
सत्ताधारीहरू राज्यका साधन–स्रोतको अधिकतम दुरुपयोग गरेर चुनावमा जित हाँसिल गर्ने अनि झूटतन्त्र र लुटतन्त्रलाई निरन्तरता दिने दिवास्वप्न राखेर मैदानमा सक्रिय भएको प्रतीत छ भने विगतमा सत्ताको स्वाद चाखेर बाहिरिएकाहरू पनि पुनः सत्तागमनको सुनिश्चितता कायम गर्न अहोरात्र कम्मरकसेर जोरजुलुम गरिरहेका छन् । स्वतन्त्र र निष्पक्ष निर्वाचनका लागि भयरहित वातावरणको अनिवार्यता अपरिहार्य रहे पनि ठाउँ ठाउँमा शृङ्खलाबद्ध रुपमा उम्मेदवारहरूलाई निशाना बनाएर भैरहेका बिष्फोटनका घटनाले सुरक्षा चुनौती भयावह बन्दैगएको आभास दइरहेको छ । विशालकायको कामचलाउ सरकार निर्वाचनका लागि पूर्ण सुरक्षाको प्रत्याभूतिका लागि काम गर्नतिर नलागी निर्वाचन आचारसंहिताको धज्जी उडाउँदै राज्यकोषबाट करोडौं रकम कार्यकर्तालाई बाड्न, कर्मचारीहरूको सरूवा–बढुवा गर्न र दीर्घकालीन महत्वका आयोजनाहरूको भविष्यमाथि खेलबाड गर्न अग्रसर देखिएको छ । यस्ता असङ्गतिपूर्ण गतिविधिका दुष्परिणाम मुलुकले कुन रुपमा भोग्नुपर्ने हो भन्ने चिन्ताजन्य गम्भीर प्रश्न खडा भएको छ । जवाफदेहितापूर्ण राजनीतिक संस्कार निर्माणका लागि शालिन राजनीतिक प्रतिस्पर्धा अपरिहार्य छ । यहाँ त चुनावको बेला हो जसले जे बोले पनि हुन्छ– जसले जे गरे पनि हुन्छ भनेजस्तो भएको छ ।
प्रतिनिधिसभाका ३७ र प्रदेशसभाका ७४ स्थानका लागि मंसिर १० गते हुने पहिलो चरणको निर्वाचनको प्रचार अभियान अन्तिम चरणमा पुगेको छ ।  प्रतिनिधिसभाका १२८ र प्रदेशसभाका २५६ स्थानका लागि मंसिर २१ गते  हुने दोस्रो चरणको निर्वाचनपछिमात्र मतगणना प्रारम्भ हुने भएकाले यो महिनाको अन्तिमसम्ममा मात्र भावी सरकार कस्को र कस्तो बन्ने भन्ने निर्क्यौल हुनेछ । परम्परागत मतको भरमा अग्रता हाँसिल गर्दैआएको नेपाली काङ्ग्रेसलाई यस पटक एकीकृत वाममतले ठूलो धक्का दिने निश्चित प्रायः देखिए पनि पूर्ण बहुमतको वाम सरकार बन्न सक्छ सक्दैन भन्ने कुतुहलता जताततै व्याप्त छ । यो निर्वाचनपछि संसदमा साना दलहरूको प्रवेशलाई ३ प्रतिशतको थ्रेस होल्ड र प्रतिनिधिसभामा १ सदस्यको अनिवार्यताको प्रावधानले रोक्ने निश्चित नै छ । संविधानसभामा भएको समानुपातिक प्रतिनिधित्वको खुकुलो प्रावधानले ३१–३२ दललाई प्रवेश दिएको भए पनि अब त्यो सम्भव छैन । अब पनि पूर्ण बहुमतको स्थायी सरकार बन्न र चल्न नदिन समानुपातिक प्रतिनिधित्व बाधक बन्नसक्ने सम्भावना बाँकी नै छ । यस्ता तर्कनाहरू पनि राजनीतिक वृत्तमा चल्न थालेका छन् । नेपाली जनताले निरन्तरको राजनीतिक अस्थिरता र दलीय गठबन्धनका निहित स्वार्थप्रेरित अलपकालिन सरकार नै  विकास र समृद्धिका लागि बाधक बन्दैआएको कटु अनुभव गरिरहेकाले यस पटकको निर्वाचनले राजनीतिक स्थायित्वको प्रत्याभूति हुने गरी पूर्ण बहुमतको स्थीर सरकार बनोस् भन्ने चाहना राखेका छन् भन्ने निचोडमा विश्लेषकहरू पुगेका छन् ।       

पूर्व प्रधानमन्त्री प्रचण्डलाई पुत्र शोक
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पुत्रशोक परेको छ । तीनवर्ष अघि पुत्री ज्ञानु केसीको शोक व्यहोर्नुभएका प्रचण्डका एकमात्र पुत्र प्रकाश दाहालको आइतबार बिहान आकस्मिक हृदयाघातका कारण मृत्यु भएको छ । अध्यक्ष प्रचण्डको राजनीतिक गतिविधिमा ठूलो सघाउ पु¥याउँदै आएका प्रकाशको असामयिक निधनले सिंगो राजनीतिक वृत्त स्तब्ध भएको छ । युगसम्वाद साप्ताहिक वंगत आत्माको चीर शान्तिको कामना गर्दै शोकाकुल परिवारमा समवेदना प्रकट गर्दछ ।






Rating (Votes: )   
Share     Print


Other Articles:
उम्मेदवार र मतदातालाई जोगिनै गाह्रो (11.24.2017)
सुरक्षा रणनीति चुहिएर चुनौति थपियो (11.24.2017)
चुनावी चर्चा - सातपटक प्रधानमन्त्री हुने देउवाको दावी (11.24.2017)
मतदाता प्रभावत पार्ने आआफ्नै दाउमा दलहरु : आर्थिक प्रलोभनमा पार्ने कसरत जारी (11.15.2017)
एक राष्ट्रवादी नेताको महाप्रस्थान (11.15.2017)
मतदाता फुरुङ्ग पार्दै उम्मेदवारहरु (11.15.2017)
राज्यशक्तिको दुरुपयोग कसरी रोकिएला ? (11.07.2017)
ढुंगेलको जेलचलान वाम गठबन्धनलाई जवाफ ? (11.07.2017)
घोषणापत्रमा गम्भीर आरोप–प्रत्यारोप (11.07.2017)
वाम एकताले स्थायित्व र स्थिर सरकारको सम्भावना (10.11.2017)
सीमा अतिक्रमण प्रतिकारको बदला लियो : देवनारायण (10.11.2017)
कांग्रेसको चाहनामा मधेशी दलको लोप्पा (10.11.2017)
प्रदेश र प्रतिनिधिसभाको तयारी सुरु (09.12.2017)
दुई नं. प्रदेशमा आचारसंहिता उल्लंघनको होड (09.12.2017)
फैलिदैछ चीनको हात नेपालको विकासमा (09.12.2017)
अब सवै पक्षको ध्यान २ नं. प्रदेशतिर केन्द्रित- एमाले हराउन कांग्रेस–माओवादीबीच तालमेल (09.06.2017)
आचारसंहिताको व्यापक उल्लंघन, जेल हाल्ने आयोगको तयारी (09.06.2017)
कति सुरक्षित गगनचुम्बी भवन (09.06.2017)
भारतसामु संविधान संशोधन गर्छु भन्नुपर्ने किन (08.29.2017)
माथिल्लो तामाकोशीको लागत र समय बढ्ने भो (08.29.2017)



 
::| Latest News

 
[Page Top]