युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Sunday, 12.17.2017, 04:06am (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
मुख्य समाचार
 
बाम गठबन्धन वेनाम लोकतान्त्रिक गठबन्धन
Tuesday, 11.28.2017, 11:18am (GMT+5.5)

प्रदेश र प्रतिनिधिसभा निर्वाचन यसअघिकोभन्दा नितान्त फरक छ । मुलुकले पाएको नयाँ संविधानको नयाँ संरचना अनुसार हुने यो निर्वाचनमा मुलुकका प्रमुख दुई राजनीतिक धार लोकतान्त्रिक र वाम शक्तिहरु गठबन्धन गरेर चुनावी मैदानमा होमिएका छन् । नेकपा एमाले र माओवादी केन्द्र पार्टी एकीकरणको सहमति सहित चुनावी तालमेल गरेर अघि बढेपछि नेपाली कांग्रेस लोकतान्त्रिक गठबन्धन बनाएर निर्वाचनमा होमिएको छ । दुबै पक्षले आआफ्नो बहुमत आउने दावी गरिरहेका छन् । अनि एकले अर्कोलाई गम्भीर आरोप पनि लगाइरहेका छन् ।
लोकतान्त्रिक गठबन्धनले वाम गठबन्धनले चुनाव जितेमा मुलुकमा अधिनायकवाद आउने प्रचार गरिरहेको छ भने वाम गठबन्धनले मुलुकको समृद्धिका लागि स्थिर सरकार आवश्यक परेकाले त्यसैका लागि गठबन्धन गरेको भनिरहेको छ । दुबै पक्षका शीर्ष नेताहरु चुनावी दौडाहामा छन् । र दुबै पक्षको आरोप एक अर्कामाथि हुने गरेको छ । जनताको आकांक्षाभन्दा जनतालाई भुलभुलैसामा पार्न खोजेको धेरैको तर्क पनि छ । 
चुनाव प्रचारकै क्रममा नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले एमाले र माओवादी मिलेर कम्युनिस्ट शासन भनिरहेको कुरामा घोर आपत्ती जनाउँदै ‘कम्युनिस्ट शासन भनेको अधिनायकवादको अर्को रुप भएको दावी गरिरहनुभएको छ । उहाँले यसैका बिरुद्ध नेपाली कांग्रेसले चुनाव जित्नुपर्ने र कांग्रेसले जिते मात्र देशमा शान्ति र लोकतन्त्रको संरक्षण हुन्छ भन्नुहुन्छ । कांग्रेसका अन्य नेताहरुको पनि यस्तै दावा छ । लोकतन्त्र र अधिनायकवादको एजेण्डा बोकेर कांग्रेस चुनावी मैदानमा उत्रिरहेका बेला वामम गठबन्धन भने समृद्धि र विकासको नारा बोकेर कांग्रेसबिरुद्ध खनिएको छ ।
चुनाव प्रचारमा सक्रिय नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आसन्न चुनावपछि देश नयाँ युगतर्फ अघि बढ्ने बताउँदै चुनावपछि स्थिर सरकार बन्ने भएकाले देशमा नयाँ युगको सुरुआत हुने दावी गर्नुभएको हो । ओलीले वामपन्थीको सरकार देश र जनताका लागि आवश्यक रहेको भन्दै जनतालाई अधिकार सम्पन्न बनाउन स्थिर सरकार आवश्यक भएको औँल्याउँदै चुनाव पछि पाँच वर्षका लागि स्थिर सरकार बन्छ त्यो सरकारले मुलुकको कायापलट गर्ने उहाँको दावी थियो ।

प्रचण्ड चुनावी प्रचारमा सक्रिय
आइतबार एक मात्र छोरा प्रकाश दाहालको असामयिक निधनपछि चुनावी अभियान स्थगन गर्नुभएका माओवादी केन्द्रका अध्यक्ष दाहाल प्रचण्डले गत शुक्रबारदेखि आफ्नो निर्वाचन क्षेत्रमा हुने चुनावी कार्यक्रममा सहभागी हुनुभयो । निर्वाचन क्षेत्रमा चुनावी अभियान धेरै बाँकी रहेकाले शुक्रबारदेखि घरदैलोसहित सानासाना चुनावी कार्यक्रममा सहभागी हुनुभएको हो .

रोकिएन बम बिस्फोटका घटना
केही साता यता निर्वाचन बिथोल्ने उद्देश्यले उम्मेदवारमाथि बम तथा गोली प्रहारका घटना बढ्न थालेको छ । एक साताको बीचमा पूर्व मन्त्री र बहालवाला मन्त्रीमाथि बम प्रहार भएको छ । धनकुटामा उद्योग मन्त्री तथा प्रतिनिधिसभाका उम्मेदवार सुनिलबहादुर थापालाई लक्षित गरी बम प्रहार भयो । चुनावी अभियानका लागि साप्तिङटार जाँदै गरेका थापालाई धनकुटाको खाल्सा छिन्ताङ सहिद भूमी गाउँपालिकाको साप्तिङटार नजिक फक्सिङ खोलामा अज्ञात समूहले विष्फोट गराएको हो ।
उता नवलपरासी पूर्व नवलपुर क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार तथा नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालाको चुनावी प्रचार कार्यालय अगाडि प्रेसरकुकर बम फेला प¥यो । 
नवलपसारी बर्दघाट नगरपालिका २ मा रहेको चौधरी उद्योग अगाडि रहेको कांग्रेसको पार्टी कार्यालय अगाडि कुकर बम भेटिएको हो । राति करिब २, ३ बजेको समयमा राखिएको बम बिहान ५ बजेतिर गाउँलेले प्रहरीलाई खबर गरेका थिए ।

एक बोरा सुतली बम फेला
गोरखाको सिरानचोक गाउँपालिका–७ श्रीनाथकोटको पाण्डे गाउँस्थित गणेश पाण्डेको घरमा एक बोरा सुतली बम भेटियो । बोरामा तारसहित शंकास्पद वस्तु देखेपछि स्थानीयले बिहिबार दिउँसो प्रहरीलाई खबर गरेका थिए । पूराना भाँडा गालेर मूर्ति बनाउने क्रममाः बोरामा फेला परेको सो बम नेपाली सेनाको टोलीले शुक्रबार निष्क्रिय बनायो ।

चुनाव बिथोल्ने गतिविधिमा तिब्बती शरणार्थी
निर्वाचन बिथोल्न विभिन्न स्थानमा बम बिस्फोट गराउँदै आएको नेत्रविक्रम चन्द नेतृत्वको माओवादीको गतिविधिमा तिब्बती शरणार्थी पनि सक्रिय रहेको खुलेको छ । पोखरामा विप्लव माओवादीका कार्यकर्तासँग मिली निर्वाचन बिथोल्न लबिङ गर्दै हिँडेका तासी वाङदुङलाई नाम गरेका एक तिब्बती शरणार्थी पक्राउ परेपछि माओवादी र तिब्बती शरणार्थीबीचको सम्बन्ध खुलेको हो । प्रहरीले उनीमाथि सार्वजनिक मुद्दा लगाएको छ । उनी स्पष्ट नेपाली बोल्न सक्छन् । यो काममा उनी एक्लै हुन् या अन्य तिब्बती शरणार्थी पनि विप्लवका कार्यकर्तासँग नजिकिएका छन् भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।
पोखराडाँडाको नाक क्षेत्रमा विप्लवका कार्यकर्तासँग निर्वाचनविरोधी गतिविधिमा संलग्न भएको सूचनाका आधारमा प्रहरीले तिब्बती शरणार्थी वाङदुङलाई पक्रेको हो । वाङदुङको विप्लवका कार्यकर्तासँग गहिरो र पुरानो सम्बन्ध रहेको पाइएको प्रहरीले जनाएको छ । 
विगतमा पनि वाङदोङ पोखरा र काठमाडौंमा हुने विप्लव नेतृत्वको कम्युनिस्ट पार्टीले गर्ने कार्यक्रममा सक्रिय सहभागी हुन्थे । उनले गोप्य रूपमा निर्वाचन विरोधी गतिविधि लेखिएका पर्चा, पम्प्लेटलगायत बाँड्दै हिँडेका थिए ।

स्वामी पनि निर्वाचन बिथोल्ने काममा 
बेलबेलामा विवादास्पद अभिव्यक्ति दिएर  चर्चामा आउने उच्च राजनीतिक पहुँच भएका स्वामी कमलनयनसहित पाँचजनालाई निर्वाचन विरोधी गतिविधिमा संलग्न रहेको आरोपमा प्रहरीले झापाको बिर्तामोडबाट बिहीबार पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा स्वामीसहित नेपाल राष्ट्रवादी संयुक्त मोर्चाका केन्द्रीय अध्यक्ष रामचन्द्र बाँनिया ९क्षेत्री०, महासचिव सुरेन्द्र कार्की, जिल्ला अध्यक्ष कृष्णप्रसाद चुडाल, उपाध्यक्ष महेन्द्र भट्टराई रहेका छन् ।
बिर्तामोडस्थित साई पार्टी प्यालेसमा पत्रकार सम्मेलन गरेर चुनावमा आफूहरू सहभागी नहुने र चुनाव तत्काल स्थगन गर्न उनीहरूले माग गरेका थिए । पत्रकारसम्मेलन सकिएको केहीबेरमै उनीहरूलाई प्रहरीले सोही प्यालेसबाट प्रेस विज्ञप्ति, मोर्चाको घोषणापत्रसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
पक्राउ परेका सबैलाई इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखेर अनुसन्धान भइरहेको प्रहरी निरीक्षक प्रकाश जबेगुले जानकारी दिए । पक्राउ परेकामध्ये स्वामी कमलनयन मोर्चाका धार्मिक प्रवक्ता रहेको बताइएको छ ।

दुलहीलाई सुनको मंगलसूत्र
राष्ट्रिय जनता पार्टी (राजपा)ले आफ्नो चुनावी घोषणापत्रमा प्लस टु पढेका र उमेर पुगेर विवाह गर्ने महिलालाई आधा तोला सुनको मंगलसूत्र दिने बताएको छ । तराईमा अन्य राष्ट्रिय पार्टीहरुले दाइजोको विरोध गरिरहेका बेला राजपाले भने विवाहको समयमा महिलालाई आधा तोला सून दिने अनौठो घोषणा गरेको हो । उसले कानुनले निषेध गरेको दाइजो प्रथालाई अन्त्य गर्न यो योजना ल्याएको बताएको छ ।
राजपाले प्रदेश र प्रतिनिधिसभा चुनावका लागि बिहीबार घोषणापत्र सार्वजनिक गरेको छ, जसमा भनिएको छ, ‘कम्तिमा १० जोड २ सम्मको शिक्षा प्राप्त गरेका र उमेर पुगेका विवाहयोग्य महिलालाई विवाहको समयमा आधा तोला सुनको मंगलसुत्र वा सो बराबरको रकम प्रदान गरिनेछ ।’
राजपाले महिलाका लागि हरेक उच्च शिक्षा निःशुल्क गर्ने बताएको छ । नवजात बालिका जन्मनासाथ उसको सुरक्षित भविश्यका लागि आमाको संरक्षकत्वमा बालिकाको नाममा दीर्घकालीन मुद्दती खाता खाल्ने र १० हजार रुपैयाँ अनुदान दिने राजपाले बताएको छ । यो रकम बालिका १८ बर्ष पुगेपछि आवश्यकता अनुसार व्याजसहित एकमुस्ट प्रयोग गर्न सकिनेछ ।


Rating (Votes: )   
Share     Print


Other Articles:
निर्वाचन बिथोल्ने प्रायोजित गतिविधि विस्तार : आशंका र भय एकसाथ उत्पन्न (11.24.2017)
उम्मेदवार र मतदातालाई जोगिनै गाह्रो (11.24.2017)
सुरक्षा रणनीति चुहिएर चुनौति थपियो (11.24.2017)
चुनावी चर्चा - सातपटक प्रधानमन्त्री हुने देउवाको दावी (11.24.2017)
मतदाता प्रभावत पार्ने आआफ्नै दाउमा दलहरु : आर्थिक प्रलोभनमा पार्ने कसरत जारी (11.15.2017)
एक राष्ट्रवादी नेताको महाप्रस्थान (11.15.2017)
मतदाता फुरुङ्ग पार्दै उम्मेदवारहरु (11.15.2017)
राज्यशक्तिको दुरुपयोग कसरी रोकिएला ? (11.07.2017)
ढुंगेलको जेलचलान वाम गठबन्धनलाई जवाफ ? (11.07.2017)
घोषणापत्रमा गम्भीर आरोप–प्रत्यारोप (11.07.2017)
वाम एकताले स्थायित्व र स्थिर सरकारको सम्भावना (10.11.2017)
सीमा अतिक्रमण प्रतिकारको बदला लियो : देवनारायण (10.11.2017)
कांग्रेसको चाहनामा मधेशी दलको लोप्पा (10.11.2017)
दुई नं. प्रदेशमा आचारसंहिता उल्लंघनको होड (09.12.2017)
प्रदेश र प्रतिनिधिसभाको तयारी सुरु (09.12.2017)
फैलिदैछ चीनको हात नेपालको विकासमा (09.12.2017)
अब सवै पक्षको ध्यान २ नं. प्रदेशतिर केन्द्रित- एमाले हराउन कांग्रेस–माओवादीबीच तालमेल (09.06.2017)
आचारसंहिताको व्यापक उल्लंघन, जेल हाल्ने आयोगको तयारी (09.06.2017)
कति सुरक्षित गगनचुम्बी भवन (09.06.2017)
भारतसामु संविधान संशोधन गर्छु भन्नुपर्ने किन (08.29.2017)



 
::| Latest News

 
[Page Top]