युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Sunday, 12.17.2017, 04:04am (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
मुख्य समाचार
 
मौन अवधि, के गर्नु हुँदैन ?
Tuesday, 12.05.2017, 03:50pm (GMT+5.5)

काठमाडौं । पर्सी २१ गते हुने प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत दोस्रो चरणको मौन अवधि सोमबार मध्यरातिबाट शुरु भएको छ । निर्वाचन हुने ४५ जिल्लामा चुनावको मौन अवधि मध्यराति १२ बजेबाट शुरु भएको हो ।
मौन अवधि शुरु भएपछि मतदान नसकिएसम्म निर्वाचन प्रचार प्रसार गर्न र कुनै पनि माध्यमबाट भोट माग्न पाइँदैन । एसएमएस, भाइबर, फेसबुक लगायत कुनै पनि माध्यमबाट भोट माग्न नपाइने निर्वाचन आयोगले जनाएको छ । मौन अवधिमा चुनाव प्रचार गरेमा वा कसैले भोट मागेमा एक लाख रुपैयाँ जरिवानादेखि उम्मेदवारी रद्ध गर्नेसम्म अधिकार निर्वाचन आयोगलाई छ ।
साथै मतदान केन्द्रको तीन सय मिटर वरिपरि राखिएका आआफ्ना निर्वाचन चिहृन र प्रचार सामग्री पनि दलहरुले हटाएको हुनुपर्ने आयोगले जनाएको छ ।
सोमबार मध्यरातपछि भोट माग्न नपाइने भएकाले दलहरु अन्तिम दिनको चुनाव प्रचारमा व्यस्त रहे । उनीहरुलाई मतदातासम्म पुग्न भ्याइनभ्याइ थियो । कांग्रेस, एमाले र माओवादीका नेताहरु आआफ्नो निर्वाचन क्षेत्रमा परिचालित छन् ।
दोस्रो चरणको निर्वाचनबाट १२८ र प्रदेशसभाका लागि २५६ सांसद चुनिने छन् । प्रतिनिधिसभा सदस्यतर्फ १ हजार ६६३ तथा प्रदेश सभातर्फ २ हजार ८१९ उम्मेवार प्रतिस्पर्धामा छन् । दोस्रो चरणको निर्वाचन हुने ४५ जिल्लामा १ करोड २२ लाख ३५ हजार ९ सय ९३ मतदाता छन् ।
दोस्रो चरणको चुनाव सकिएलगत्तै पहिलो चरणको चुनावको मतगणना पनि सँगसँगै हुनेछ । पहिलो चरणको चुनाव भने ३२ जिल्लामा मंसिर १० गते नै सम्पन्न भएको थियो ।


Rating (Votes: )   
Share     Print


Other Articles:
पहिलो चरणको निर्वाचन सकियो : अस्वस्थ प्रतिस्पर्धा- लोकतन्त्रलाई ठूलो चुनौती (11.28.2017)
किन भयो कम मतदान ? (11.28.2017)
किन बजाए प्रकाशको मृत्युमा काखी (11.28.2017)
बाम गठबन्धन वेनाम लोकतान्त्रिक गठबन्धन (11.28.2017)
निर्वाचन बिथोल्ने प्रायोजित गतिविधि विस्तार : आशंका र भय एकसाथ उत्पन्न (11.24.2017)
उम्मेदवार र मतदातालाई जोगिनै गाह्रो (11.24.2017)
सुरक्षा रणनीति चुहिएर चुनौति थपियो (11.24.2017)
चुनावी चर्चा - सातपटक प्रधानमन्त्री हुने देउवाको दावी (11.24.2017)
मतदाता प्रभावत पार्ने आआफ्नै दाउमा दलहरु : आर्थिक प्रलोभनमा पार्ने कसरत जारी (11.15.2017)
एक राष्ट्रवादी नेताको महाप्रस्थान (11.15.2017)
मतदाता फुरुङ्ग पार्दै उम्मेदवारहरु (11.15.2017)
राज्यशक्तिको दुरुपयोग कसरी रोकिएला ? (11.07.2017)
घोषणापत्रमा गम्भीर आरोप–प्रत्यारोप (11.07.2017)
ढुंगेलको जेलचलान वाम गठबन्धनलाई जवाफ ? (11.07.2017)
वाम एकताले स्थायित्व र स्थिर सरकारको सम्भावना (10.11.2017)
कांग्रेसको चाहनामा मधेशी दलको लोप्पा (10.11.2017)
सीमा अतिक्रमण प्रतिकारको बदला लियो : देवनारायण (10.11.2017)
प्रदेश र प्रतिनिधिसभाको तयारी सुरु (09.12.2017)
दुई नं. प्रदेशमा आचारसंहिता उल्लंघनको होड (09.12.2017)
फैलिदैछ चीनको हात नेपालको विकासमा (09.12.2017)



 
::| Latest News

 
[Page Top]