युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Sunday, 12.17.2017, 04:03am (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
मुख्य समाचार
 
अस्थिरता मच्चाउने बाहिरी षड्यन्त्र !
Tuesday, 12.05.2017, 03:51pm (GMT+5.5)

काठमाडौं । प्रदेश र प्रतिनिधिसभाको पहिलो चरणको निर्वाचनको केही दिन अघिदेखि विभिन्न क्षेत्रमा उम्मेदवार लक्षित बम बिस्फोटका घटनाको जिम्मेवारी आधिकारिक रुपमा कसैले लिएको छैन । सरकार र सुरक्षा निकायले नेत्रविक्रम चन्द ‘विप्लव’ले नेतृत्व गरेको माओवादीले बिस्फोट गराएको भनेर उसका कार्यकर्ता पक्राउ गरे पनि आधिकारिक रुपमा त्यसको पुष्टि भएको छैन । बम पड्काएको आरोप लागेको चन्द माओवादीले पनि मुख खोलेको छैन भने सरकारले पनि प्रमाण प्रस्तुत गर्न सकेको छैन ।
ठाउँठाउँमा बम डिस्पोज गरिएको छ । एकै दिन कैयौं ठाउँमा बिस्फोट भैरहेका छन्, तर यस विषयलाई कसैले पनि गम्भीरतापूर्वक लिएका छैनन् । शीर्ष नेताहरुलाई लक्षित गरी बम बिस्फोट गरिएका घटनाले कुनै पनि बेला जोसुकैलाई निशाना बनाउन सकिन्छ भन्ने संकेत गरेको छ । तापनि सुरक्षा निकायले प्रभावकारी कदम चाल्न सकेको पाइँदैन । सरकार बम बिस्फोट गराउने समूहको पहिचान गर्न उत्सुक नहुने, बम बिस्फोट भैरहने, उम्मेदवार र पार्टीका कार्यकर्ता घाइते भैरहने अवस्थामा निर्वाचनको विश्वसनीयतामाथि नै प्रश्नचिन्ह खडा हुने स्थिति अहिले उत्पन्न भएको छ । 
मुलुक राजनीतिक स्थिरतातर्फ अग्रसर हुने संकेत गरिरहेकै बेला निर्वाचनको माहोल बिथोल्ने गरी भएको बिस्फोटले मतदाता त्रस्त छन् । स्थानीय निकायको निर्वाचनको तुलनामा झण्डै १० प्रतिशत मत कम खस्यो पहिलो चरणको प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा । मंसिर २१ गते हुने निर्वाचनमाा योभन्दा कम मत खस्न आशंका गर्न थालिएको छ । बाम गठबन्धनले राष्ट्रिय–अन्तर्राष्ट्रिय शक्तिहरुलाई झस्काइरहेको छ । एमाले र माओवादी केन्द्रको पार्टी एकतासहितको चुनावली तालमेल र कांग्रेसको लोकतान्त्रिक गठबन्धनबीच चलेको तीब्र प्रतिस्पर्धाकाबीच अन्तर्राष्ट्रिय शक्तिहरुले खेल्न खोजेको विश्लेषण पनि विश्लेषकहरुको छ । यदि मतदान अपेक्षाकृत कम भयो भने त्यसले दिने नतिजा सर्वमान्य होला कि नहोला ? ५० प्रतिशतभन्दा कम मतदान भयो भने त्यसको वैधानिकतामा प्रश्न उठाउने तयारी अन्तर्राष्ट्रिय शक्ति केन्द्रहरुको छ । 
नेपाललाई निरन्तर अस्थिरताको जञ्जीरमा जकडिरहने र आफ्नो स्वार्थ पूरा गर्न चाहने शक्तिहरुको गम्भीर षड्यन्त्र भैरहेको छ । शुक्रबार काँकडभिट्टाबाट काठमाडौं आउँदै गरेको यात्रुबाहक बसमा दुई भारतीय नागरिकलाई ठूलो मात्रामा बम बनाउने सामग्रीसहित पक्राउ गरिएको घटनाले यसलाई पुष्टि गर्न सकिन्छ । त्यो घटनापछि निर्वाचनका दिन ठूलै धमाका मच्चाउने योजना बनिरहेको बुझ्न कठिन छैन । संविधान जारी नगर्न दिइएको उर्दी अस्वीकार गरेर नेताहरुले जसरी संविधान जारी गरे त्यसको परिणाम नाकाबन्दीका रुपमा निस्कियो । मधेशवादीहरुको माग पूरा नगरी निर्वाचन नगराउनु भन्ने उर्दी पनि असफल भयो । नेताहरुले बेलाबेलामा बाहिरी शक्तिको दवाव र निर्देशन विपरीत मुलुकको हितमा काम गर्दैआएका छन् । निर्वाचन पनि त्यसैको एउटा कडी हो । माघ ७ गतेभित्र सबै निर्वाचन सम्पन्न भएन भने संविधान असफल हुन्छ र बाहिरी शक्तिले त्यही चाहेको हो ।
उनीहरुको चाहना विपरीत संविधान जारी हुनु र संविधान कार्यान्वयनका लागि निर्वाचनको अन्तिम चरणमा मुलुक प्रवेश गर्दैगर्दा यसलाई बिथोल्न नसके पनि असफल बनाउने र विश्व मञ्चमा नेपालको निर्वाचनको वैधानिकतामाथि प्रश्न उठाउने गम्भीर षड्यन्त्र यसभित्र लुकेको छ । यति गम्भीर विषय कसैले नबुझेको पक्कै हैन, तर विप्लवलाई दोष थुपारेर अघोषित रुपमा बाहिरी षड्यन्त्रलाई मलजल गर्ने काम त कतै भैरहेको छैन भन्ने प्रश्न उठेको छ ।
बिस्फोटकाबीच भएका निर्वाचनलाई अन्तर्राष्ट्रिय जगतले मान्यता नदिएका थुप्रै उदाहरण छन् । नेपालको निर्वाचनलाई पनि त्यस्तै बनाउन खोजिएको हो । बमको धमाकाकाबीच भएको चुनाव कसरी शान्तिपूर्ण हुन्छ भन्दै मान्यता नदिने र मुलुकलाई असफल बनाउने खेल यहाँ भैरहेको छैन भन्न सकिने स्पष्ट आधार छैन । यदि भोलि कुनै पनि पक्षले बहुमत ल्याएमा अर्कोलाई उचालेर अशान्तिपूर्ण निर्वाचन मानिंदैन, जित्नेले नै बम पड्काएको भनेर उकास्दै सडकमा उत्रन उक्साउँदैनन् भन्न सकिन्न ।
“बमको धमाकाबीच भएको चुनाव कसरी शान्तिपूर्ण हुन्छ भन्ने प्रश्न उठाउँदै कांग्रेस, माओवादी र एमालेलाई आपसमा भिडाएर नेपाललाई असफल राष्ट्र पार्ने खेल चलिरहेको छ । अहिले पड्केको बम देशभित्रबाट हैन बाहिरबाट आएको हो । जसरी संविधान ‘नबनाउ नबनाउ’ भन्दाभन्दा उछिट्टिएर बन्यो निर्वाचन पनि ‘नगर नगर’ भन्दाभन्दै हुन गैरहेको छ । यो सब नेपाललाई अस्थिर बनाउने खेल हो ।” राजनीतिक विश्लेषक तथा पूर्व महान्यायाधीवक्ता युवराज संग्रौलाको विश्लषण हो यो ।
हुन पनि, बम पड्काउनेको पहिचान नहुनु, जसले पड्काएको भनिएको छ उसले अस्वीकार गर्नु, सरकारले गिरफ्तार गर्न नसक्नु जस्ता पक्षहरुले आम जनतालाई गम्भीर बनाएको छ । उम्मेदवार लक्षित बमले मतदातालाई त्रस्त बनाएको छ । पहिलो चरणको निर्वाचनमा यो दृश्य देखिएकै हो । अब मतदानमा कम सहभागिता गराएर अशान्त निर्वाचनको हौवा दिंदै मुलुक असफल पार्ने खेल जुन चलिरहेको छ त्यसलाई चिर्न सबै एकजुट हुनुको विकल्प छैन ।
नेत्रविक्रमलाई दोष दिएर बाहिरी शक्तिले जुन खेल खेलिरहेको छ त्यसका बिरुद्ध सम्पूर्ण नेपाली एकजुट भएर राष्ट्रिय स्वाधीनता र समृद्धिको चाहना पूरा गर्न कटिबद्ध हुनु नै अहिलेको एकमात्र आवश्यकता हो । 



Rating (Votes: )   
Share     Print


Other Articles:
मौन अवधि, के गर्नु हुँदैन ? (12.05.2017)
पहिलो चरणको निर्वाचन सकियो : अस्वस्थ प्रतिस्पर्धा- लोकतन्त्रलाई ठूलो चुनौती (11.28.2017)
किन भयो कम मतदान ? (11.28.2017)
किन बजाए प्रकाशको मृत्युमा काखी (11.28.2017)
बाम गठबन्धन वेनाम लोकतान्त्रिक गठबन्धन (11.28.2017)
निर्वाचन बिथोल्ने प्रायोजित गतिविधि विस्तार : आशंका र भय एकसाथ उत्पन्न (11.24.2017)
उम्मेदवार र मतदातालाई जोगिनै गाह्रो (11.24.2017)
सुरक्षा रणनीति चुहिएर चुनौति थपियो (11.24.2017)
चुनावी चर्चा - सातपटक प्रधानमन्त्री हुने देउवाको दावी (11.24.2017)
मतदाता प्रभावत पार्ने आआफ्नै दाउमा दलहरु : आर्थिक प्रलोभनमा पार्ने कसरत जारी (11.15.2017)
एक राष्ट्रवादी नेताको महाप्रस्थान (11.15.2017)
मतदाता फुरुङ्ग पार्दै उम्मेदवारहरु (11.15.2017)
राज्यशक्तिको दुरुपयोग कसरी रोकिएला ? (11.07.2017)
ढुंगेलको जेलचलान वाम गठबन्धनलाई जवाफ ? (11.07.2017)
घोषणापत्रमा गम्भीर आरोप–प्रत्यारोप (11.07.2017)
वाम एकताले स्थायित्व र स्थिर सरकारको सम्भावना (10.11.2017)
सीमा अतिक्रमण प्रतिकारको बदला लियो : देवनारायण (10.11.2017)
कांग्रेसको चाहनामा मधेशी दलको लोप्पा (10.11.2017)
दुई नं. प्रदेशमा आचारसंहिता उल्लंघनको होड (09.12.2017)
प्रदेश र प्रतिनिधिसभाको तयारी सुरु (09.12.2017)



 
::| Latest News

 
[Page Top]