युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Sunday, 12.17.2017, 04:02am (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
मुख्य समाचार
 
वाम बहुमतको सरकार बन्न नदिन ठूलै चलखेल
Tuesday, 12.05.2017, 03:51pm (GMT+5.5)

काठमाडौं । बहुप्रतिक्षाको घडीमा रहेको मंसिर २१ गते आउन अब दुई दिनमात्र बाँकी छ । द्विसदनात्मक संघीय संसदको तल्लो सदन प्रतिनिधिसभाका १६५ र समानुपातिकका ११० सदस्यका लागि मंसिर १० गते पहिलो चरणको मतदान कार्य पूरा भैसकेको छ भने पर्सी २१ गते दोस्रो चरणको मतदान हुँदैछ । निर्वाचनको पूर्वसन्ध्यामा प्रधानमन्त्री, मन्त्री र बिभिन्न दलका शीर्ष नेताहरूदेखि लिएर कतिपय उम्मेदवारहरूका निवास, बाहन र आमसभालाई लक्षित गरी  बिष्फोटनका शृङ्खलाबद्ध घटना दोहोरिँदै आएकाले सुरक्षाको पूर्ण प्रत्याभूति नरहे पनि निर्वाचन प्रक्रिया सहजरुपमा अगाडि बढेको छ । निर्वाचनको पर्यवेक्षण स्वदेशी, विदेशी र सरकारी–गैरसरकारी अनेक निकायबाट भैरहे पनि आचारसंहिताको उल्लंघन अनियन्त्रित रुपमा भैरहेको र निर्वाचन आयोगले मागेको प्रष्टिकरणको पनि कुनै प्रभाव नदेखिएको सर्वत्र अनुभव गरिएको छ । प्रतिस्पर्धात्मक रुपमा चलेको प्रचार अभियानले २ नं प्रदेशलाई छोडेर मुख्य प्रतिस्पर्धा वाम गठबन्धनका उम्मेदवार र नेपाली कांग्रेसका उम्मेदवारबीच नै केन्द्रित रहेको पाइएको छ । तराईका केही निर्वाचन क्षेत्रमा भने वाम, कांग्रेस र संसफो–राजपा गठबन्धनबीच त्रिपक्षीय प्रतिस्पर्धा रहेको खवरसूत्रहरूले बताएका छन् ।
स्वतन्त्र पर्यवेक्षकका अनुसार विभिन्न जिल्लाको आन्तरिक स्थिति ओवलोकन गर्दा वाम गठबन्धनले चुनावी लहर ल्याएको र प्रचारकहरूमा आत्मविश्वास बढी नै देखिएको छ भने नेपाली कांग्रेस अधिकांश ठाउँमा प्रतिरक्षात्मक देखिएको छ । स्थानीय तहको निर्वाचनमा परेको मत विचलित हुन नदिन र विजयमुखी अवस्थाको आभास दिएर थप मत आकर्षित गर्नेदेखि लिएर पार्टी प्रवेशको लहर चलाई दुईतिहाई बहुमत ल्याउने विश्वास जगाउन वाम गठबन्धन सक्रिय देखिन्छ भने वाम गठबन्धनबाट एमाले र माओवादीका स्थानीय कार्यकर्ता रुष्ट रहेको प्रचार गर्दै स्थानीय तहमा वामपक्षमा ओइरिएको मत विचलित भएर आफ्नो पक्षमा आउने र बहुमतको नजिक पुग्ने झिनो आशामुखी प्रचारमा कांग्रेस केन्द्रित रहेको देखिन्छ । मतपेटिकाको निर्णयबाटै सत्ताको शिखरमा पुग्ने विश्वास राखेर लोकतान्त्रिक प्रणालीमा होमिएका वाम दलहरूको सम्भाव्य सत्तागमन रोक्न कांग्रेसले लोकतन्त्र नै समाप्त हुने भन्दै फैलाएको अफवाहको मतदाताहरूबीच खासै असर परेको देखिएको छैन भने वाम तालमेलले वाम झुकावका मतदातालाई झनै उत्साहित बनाएको पाइएको छ । प्रमुख प्रतिस्पर्धी दलहरूले अन्य दलका नेता कार्यकर्तालाई आफ्नो दलमा प्रवेश गराउने र टिकटसमेत दिने गरेका र अनेक प्रलोभन दिएर पार्टी प्रवेश गराउने होडबाजी चलेकाले मतदानमा त्यसको प्रभाव सामान्य रुपमा पर्ने देखिएको छ । जसरी पनि चुनाव जित्ने दुराशाले अवसरवादी दलबदलु चरित्रलाई ठूला दलका नेताहरूले प्रोत्साहन गर्ने र सत्ताका लागि जोसंग पनि गठबन्धन गर्ने प्रवृति मौलाएकाले सिद्धान्त र विचारप्रतिको निष्ठा हराएको र त्यागी र समर्पित कार्यकर्ता निराश भैरहेको पनि देखिएको छ । यसको असर मतदानमा कति पर्छ र क्रस भोटिङ् कति हुन्छ भन्ने पनि कुनै लेखाजोखा छैन ।
निर्वाचनको पूर्वसन्ध्यामा भारतका सञ्चार माध्यमले भाबी सरकार पनि काग्रेसकै नेतृत्वमा अरू दलहरूसंग गठबन्धन गरेर बन्नसक्ने इङ्गित गरेर भारतीय सत्ताको मनशायलाई उजागर गरेको प्रसङ्ग पनि राजनीतिक विश्लेषकहरूका बीच चर्चाको विषय बनेको छ । एमाले र माओवादीबीच पार्टी एकता हुन नदिने र अहिलेको चुनावी तालमेललाई निर्वाचनमा मात्रै सीमित गराउने खेल पनि चर्कै रहेको सङ्केत पनि ती माध्यमले दिएका छन् । प्रचण्डले एमालेसंगको तालमेलबाट ३५ सिट जिते भने प्रचण्ड किङ्मेकर बन्ने र कांग्रेस माओवादीको गठबन्धन सरकार बन्ने सम्भावना देखाएर नेपालका लागि भारतका पूर्व राजदूत राकेश सूदले ‘दि हिन्दू’ मार्फत प्रक्षेपण गरेको धारणाभित्र लुकेको षडयन्त्र र दुराशयलाई चुनावी तालमेल गरेर अगाडि बढेका र निकट भविष्यमा नै पार्टी एकता हुने सन्देश दिएका एमाले(माओवादीको नेतृत्वले कुन रुपमा लाएका छन् भन्ने कुरा जानकारीमा नआए पनि वामबहुमतको सरकार बन्न नदिन र नेपालमा भारतको प्रभाव हरहालतमा जोगाइराख्न सुनियोजित खेल चलिरहेको राजनीतिक विश्लेषकहरूले इङ्गित गरेका छन् । 


Rating (Votes: )   
Share     Print


Other Articles:
मौन अवधि, के गर्नु हुँदैन ? (12.05.2017)
पहिलो चरणको निर्वाचन सकियो : अस्वस्थ प्रतिस्पर्धा- लोकतन्त्रलाई ठूलो चुनौती (11.28.2017)
किन भयो कम मतदान ? (11.28.2017)
किन बजाए प्रकाशको मृत्युमा काखी (11.28.2017)
बाम गठबन्धन वेनाम लोकतान्त्रिक गठबन्धन (11.28.2017)
निर्वाचन बिथोल्ने प्रायोजित गतिविधि विस्तार : आशंका र भय एकसाथ उत्पन्न (11.24.2017)
उम्मेदवार र मतदातालाई जोगिनै गाह्रो (11.24.2017)
सुरक्षा रणनीति चुहिएर चुनौति थपियो (11.24.2017)
चुनावी चर्चा - सातपटक प्रधानमन्त्री हुने देउवाको दावी (11.24.2017)
मतदाता प्रभावत पार्ने आआफ्नै दाउमा दलहरु : आर्थिक प्रलोभनमा पार्ने कसरत जारी (11.15.2017)
एक राष्ट्रवादी नेताको महाप्रस्थान (11.15.2017)
मतदाता फुरुङ्ग पार्दै उम्मेदवारहरु (11.15.2017)
राज्यशक्तिको दुरुपयोग कसरी रोकिएला ? (11.07.2017)
ढुंगेलको जेलचलान वाम गठबन्धनलाई जवाफ ? (11.07.2017)
घोषणापत्रमा गम्भीर आरोप–प्रत्यारोप (11.07.2017)
वाम एकताले स्थायित्व र स्थिर सरकारको सम्भावना (10.11.2017)
सीमा अतिक्रमण प्रतिकारको बदला लियो : देवनारायण (10.11.2017)
कांग्रेसको चाहनामा मधेशी दलको लोप्पा (10.11.2017)
दुई नं. प्रदेशमा आचारसंहिता उल्लंघनको होड (09.12.2017)
प्रदेश र प्रतिनिधिसभाको तयारी सुरु (09.12.2017)



 
::| Latest News

 
[Page Top]