युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Wednesday, 08.22.2018, 01:14pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
मुख्य समाचार
 
देउवाको यो जीतको के अर्थ ?
Tuesday, 12.12.2017, 02:50pm (GMT+5.5)

काठमाडौं । मंसिर १० र २१ गते सम्पन्न निर्वाचनमा नेपाली कांग्रेस इतिहासमै सबैभन्दा कमजोर देखिए पनि सो पार्टीका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले भने जीतको दोहोरो ह्याट्रिक गर्नुभएको छ । सभापति देउवाको व्यक्तिगत इतिहास रचिए पनि पार्टी भने उहाँकै कार्यकालमा उहाँको इतिहास निर्माणसंगैसबैभन्दा नाजुक मोडमा पुगेको छ । देउवाले यसपटक पनि विजय प्राप्त गरेसंगै दोहोरो ह्याट्रिक पूरा गर्नुभएको छ ।
देउवाले सम्पन्न निर्वाचनमा विजय प्राप्त गरेसंगै दोहोरो ह्याट्रिक पूरा गर्नुभएको छ । २०४८ सालको संसदीय निर्वाचनदेखि लगातार अपराजित रहँदै आउनुभएका प्रधानमन्त्री शेरबहादुर देउवा यसपटक पनि डडेल्धुराबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभयो ।
उहाँले वाम गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका सचिवालय सदस्य खगराज भट्टलाई हराउनुभयो । भट्ट यसअघि दुईपटक देउवासंग हारिसक्नुभएको थियो ।
देउवाले २८ हजार ४४ मत प्राप्त गर्दै जित हात पार्नुभयो भने भट्टले २१ हजार ११५ मत ल्याउुभयो । ०४८, ०५१ र ०५६ सालको निर्वाचनमा विजयी हुनुभएका देउवा पहिलो संविधानसभाको निर्वाचन ०६४, दोस्रो संविधानसभाको निर्वाचन ०७० र प्रतिनिधिसभा निर्वाचन ०७४ मा पनि विजयी भएर डबल हृयाट्रिक गर्नुभयो । पहिलो संविधानसभा निर्वाचन ०६४ बाट देउवासंग प्रतिस्पर्धामा आउनुभएएका भट्ट ०७४ सालसम्म आउँदा तीनवटा निर्वाचनमा देउवासँगै पराजित हुनुभयो ।
देउवाले पहिलो संविधानसभा निर्वाचन ०६४ मा भट्टलाई झिनो मतले पराजित गर्नुभएको थिए भने ०७० सालको निर्वाचनमा भट्ट देउवासँग दोब्बर मत अन्तरमा पराजित हुनुभयो र यस पटकको निर्वाचनमा पनि देउवाले फराकिलो अन्तरमा भट्टलाई हराउनुभयो ।
त्यस्तै यसपटकको निर्वाचनमा कास्की क्षेत्र नं. २ का रविन्द्र अधिकारीले पनि ह्याट्रिक पूरा गर्नुभयो । उहाँ २०६४ र २०७० को संविधानसभामा निर्वा्िचत हुनुभएको थियो । यसपटक बाम गठबन्धनका साझा उम्मेदवारका रुपमा अधिकारीले आफ्ना प्रतिद्वन्द्वीलाई ९ हजार मत अन्तरले पराजित गरी ह्याट्रिक गर्नुभयो । माओवादी केन्द्रका गिरिराजमणि पोखरेलले पनि ह्याट्रिक गर्नुभो ।


Rating (Votes: )   
Share     Print


Other Articles:
वाम बहुमतको सरकार बन्न नदिन ठूलै चलखेल (12.05.2017)
अस्थिरता मच्चाउने बाहिरी षड्यन्त्र ! (12.05.2017)
मौन अवधि, के गर्नु हुँदैन ? (12.05.2017)
पहिलो चरणको निर्वाचन सकियो : अस्वस्थ प्रतिस्पर्धा- लोकतन्त्रलाई ठूलो चुनौती (11.28.2017)
किन भयो कम मतदान ? (11.28.2017)
किन बजाए प्रकाशको मृत्युमा काखी (11.28.2017)
बाम गठबन्धन वेनाम लोकतान्त्रिक गठबन्धन (11.28.2017)
निर्वाचन बिथोल्ने प्रायोजित गतिविधि विस्तार : आशंका र भय एकसाथ उत्पन्न (11.24.2017)
उम्मेदवार र मतदातालाई जोगिनै गाह्रो (11.24.2017)
सुरक्षा रणनीति चुहिएर चुनौति थपियो (11.24.2017)
चुनावी चर्चा - सातपटक प्रधानमन्त्री हुने देउवाको दावी (11.24.2017)
मतदाता प्रभावत पार्ने आआफ्नै दाउमा दलहरु : आर्थिक प्रलोभनमा पार्ने कसरत जारी (11.15.2017)
एक राष्ट्रवादी नेताको महाप्रस्थान (11.15.2017)
मतदाता फुरुङ्ग पार्दै उम्मेदवारहरु (11.15.2017)
राज्यशक्तिको दुरुपयोग कसरी रोकिएला ? (11.07.2017)
ढुंगेलको जेलचलान वाम गठबन्धनलाई जवाफ ? (11.07.2017)
घोषणापत्रमा गम्भीर आरोप–प्रत्यारोप (11.07.2017)
वाम एकताले स्थायित्व र स्थिर सरकारको सम्भावना (10.11.2017)
सीमा अतिक्रमण प्रतिकारको बदला लियो : देवनारायण (10.11.2017)
कांग्रेसको चाहनामा मधेशी दलको लोप्पा (10.11.2017)



 
::| Latest News

 
[Page Top]