युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Sunday, 06.24.2018, 04:24pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
मुख्य समाचार
 
यी नेता हुन्, जसले मतान्तरमा इतिहास रचे
Tuesday, 12.12.2017, 02:51pm (GMT+5.5)

काठमाडौं । मंसिर १० र २१ गते भएको प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा विभिन्न जिल्लाका उम्मेदवारहरुले आफ्ना प्रतिस्पर्धीलाई निकै धेरै मत अन्तरले पराजित गरेका छन् । यसरी पराजित गर्नेहरु बामगठबन्धनका उम्मेदवारहरु रहेका छन् । 
हालसम्मको परिणाम अनुसार दोलखा र रुकुम पश्चिमका उम्मेदवार प्रतिस्पर्धीभन्दा धेरै मतान्तरले विजयी भएका छन् ।  प्रतिनिधिसभा निर्वाचनमा सबैभन्दा बढी मतान्तरले विजयी भएर इतिहास कायम गर्ने उम्मेदवारमा दोलखाका पार्वत गुरुङ देखिनु भएको छ । नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)का संयुक्त उम्मेदवार गुरुङले प्रतिस्पर्धीभन्दा ३० हजार १५३ मतले विजयी भएर रेकर्ड कायम गर्नुभएको हो । 
एमाले अध्यक्ष केपी सबैभन्दा बढी मत पाउने उम्मेदवार बन्नुभएको छ । उहाँले ५७ हजारभन्दा बढी मत पाउनुभएको छ । मतान्तर भने उहाँको गुरुङकोभन्दा कम छ । 
झापा क्षेत्र नं.३ मा राप्रपाका राजेन्द्र लिङदेनले नेपाली कांग्रेसमा तेस्रो धारतको नेतत्व गर्ने दावी गर्दै आउनुभएका कृष्ण सिटौलालाई १३ हजारभन्दा बढी मतान्तरले हराइदिनु सबैभन्दा आश्चर्यको नतिजा बनेको छ । २०६२।०६३ को आन्दोलनपछि राजसंस्थाको अन्त्य र धर्मनिरपेक्षताको प्रस्ताव सुटुक्क भित्र्याउने सिटौलालाई राजसंस्था  हिन्दु राष्ट्रको नारा बोकेर चुनावी मैदानमा उत्रिएका लिङदेनबाट पराजित हुनु आफैंमा चकित पार्ने पक्ष बनेको छ ।
यस्तै रुकुम पश्चिममा प्रतिनिधिसभाका उम्मेदवार जनार्दन शर्मा पनि प्रतिस्पर्धीभन्दा झण्डै दोब्बर बढी मतले विजयी बन्नुभएको छ । दोलखामा गुरुङले ५५ हजार २५४ मत प्राप्त गर्नुभएको छ । उहाँले आफ्ना निकटतम प्रतिस्पर्धी काँग्रेसका रुद्रबहादुर खड्कालाई ३० हजार १५३ मतले पछाडि पार्दै विजयको झण्डा फहराउनुभएको हो । खड्काले २५ हजार ८०१ मत प्राप्त गर्नुभएको हो ।  
यसभन्दा अगाडि पहिलो संविधानसभा निर्वाचनमा तत्कालीन नेकपा माओवादीका तर्फबाट गोरखा २ बाट उम्मेदवार बनेका डा बाबुराम भट्टराईले ल्याउनुभएको थियो । 
त्यस्तै प्रदेशसभा (क) मा वाम गठबन्धनका उम्मेदवार तथा नेकपा (माओवादी केन्द्र)का नेता विशाल खड्काले २८ हजार ३५० मत प्राप्त गरी विजयी भएका छन् भने काँग्रेसका बर्मा लामाले १२ हजार ९५६ मत प्राप्त गरेका छन् । यो मतान्तर पनि प्रतिस्पर्धी भन्दा धेरै हो । 
प्रदेशसभा (ख) मा वाम गठबन्धनका उम्मेदवार तथा एमाले पोलिटब्यूरो सदस्य पशुपति चौलागाईँले २३ हजार ३८ मत प्राप्त गरी विजयी भएका छन् भने काँग्रेसका केशव चौलागाईंले १० हजार ८८० मत प्राप्त गरेका छन् । 
रुकुम पश्चिममा शर्माले ३४ हजार ४०२ मत ल्याएर विजयी हुनुभएको हो । उहाँका प्रतिद्वन्द्वी काँग्रेसका उम्मेदवार गोपालजी जंग शाहले १५ हजार ६५९ मत प्राप्त गर्नुभएको हो । शर्मा र शाहबीच १८ हजार ७४३ मतान्तर रहेको छ । रुकुम पश्चिममा ५५ हजार ३ सय ८५ मत खसेको ५१ हजार ९१५ मत सदर र ३ हजार ४७० मत बदर भएको छ । 
रुकुमका जनताले आफूलाई पटकपटक धेरै मतान्तरले विजयी गराएकामा खुसी व्यक्त गर्दै उहाँले भन्नुभयो, “पश्चिम रुकुममा जनताले सधैँ परिवर्तनकारी शक्तिलाई विश्वास गर्दै आएका छन् । यसपटक पनि माओवादी केन्द्र र वाम गठन्धनलाई विश्वास गरे । जनताको यो विश्वासलाई केन्द्रमा राखेर हामी अगाडि बढ्छौँ ।”
यस्तै सिन्धुपाल्चोक क्षेत्र नं १ मा माओवादी केन्द्रका उम्मेदवार अग्नि सापकोटाले पनि प्रतिस्पर्धी भन्दा १० हजार बढी मतान्तरले विजयी हुनु भएको छ । पूर्वसञ्चारमन्त्री समेत रहनुभएका सापकोटाले बहालवाला सञ्चारमन्त्री काँग्रेसका मोहनबहादुर बस्नेतलाई १० हजार ७०६ मत अन्तरले पराजित गर्नुभएको हो ।
सापकोटाले ४० हजार ५०४ मत पाउँदा बस्नेत २९ हजार ७९८ मत प्राप्त गर्नुभएको थियो । उहाँले आफू र आफ्नो गठबन्धनलाई विजयी गराउने सिन्धुबासी जनताको भावनालाई सधैँ सम्मान गरेर जाने संक्षिप्त प्रतिक्रिया दिनुभयो । 
यस्तै धेरै मतान्तरसहित लमजुङ प्रदेशसभा (ख) बाट वामगठबन्धनका उम्मेदवार पृथ्वीसुब्बा गुरुङ विजयी हुनु भएको छ । एमाले सचिवसमेत रहेका गुरुङले २३ हजार १८८ मत ल्याई काँग्रेस उम्मेदवार कृष्णप्रसाद कोइरालालाई पराजित गरेका हुन् । कोइरालाले १५ हजार १२२ मत पाएका छन् ।
विसं २०६४ को संविधानसभा चुनावमा सोही क्षेत्रबाट विजय हासिल गर्नुभएको थियो । उहाँ एमालेको तर्फबाट प्रदेश नं ४ को मुख्यमन्त्रीका दाबेदारसमेत हुनुहुन्छ । 
यस्तै संघीय समाजवादी फोरम नेपालका अध्यक्षसमेत रहुन भएका उपेन्द्र यादवले पनि प्रतिस्पर्धीभन्दा दोब्बर बढी मत ल्याएर विजयी हुनु भएको छ । अध्यक्ष यादवले माओवादी केन्द्रका उमेश यादवलाई सप्तरी २ बाट पराजित गर्दै प्रतिनिधिसभामा विजयी हुनुभएको हो । यादवले २१ हजार ६२० मत प्राप्त गर्नुभएको छ भने निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका उमेश यादवले ११ हजार ५८४ मत पाएका छन् । उपेन्द्रलाई नेपाली काँग्रेस, राजपाले समर्थन गरेको थियो । 
यस्तै काठमाडौँ २ मा पूर्वप्रधानमन्त्री तथा एमालेका माधवकुमार नेपाल पनि प्रतिस्पर्धी भन्दा झण्डै ११ हजार मतान्तरले विजयी हुनुभएको छ । उहाँले २५ हजार ६३३ मत ल्याउनु भएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका दीपकप्रसाद कुईँकेलले १४ हजार २०७ मत प्राप्त गर्नुभयो । 
यसैगरी धादिङमा पनि वाम गठबन्धनका भूमि त्रिपाठीले ४९ हजार १२१ मतका साथ विजयी हुनु भएको छ । यो मतान्तर दोब्बर बढी हो । उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका विश्वप्रसाद अर्यालले २१ हजार ९६८ मत ल्याउनुभएको छ । एक लाख १८ हजार १५० मतदाता रहेको क्षेत्र नं १ मा ७९ हजार ४२३ मत खसेको थियो । 
प्रतिनिधिसभा क्षेत्र नं १ अन्तर्गत प्रदेश (क)मा वाम गठबन्धनका राजेन्द्रप्रसाद पाण्डे २७ हजार ३३२ मतसहित विजयी हुनुभएको छ । उहाँ काग्रेसका मधुकुमार श्रेष्ठभन्दा १३ हजार ६८५ मत बढी ल्याएर विजयी हुनुभएको हो । पैंसठ्ठी हजार ४५८ मतदाता रहेको सो प्रदेशमा ४३ हजार ५६४ मत खसेको थियो । यसैगरी सो क्षेत्रको प्रदेशसभा(ख)मा वाम गठबन्धनबाट नेकपा (माओवादी केन्द्र)का शालिकराम जम्मरकट्टेल २३ हजार ३८२ मतसहित विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्दी काँग्रेसका प्रभातकिरण सुवेदीले १० हजार ४०७ मत ल्याउनुभएको छ । बाउन्न हजार ६९२ मतदाता रहेको सो प्रदेशमा ३५ हजार ८५९ जनाले मतदान गरेका थिए । 


Rating (Votes: )   
Share     Print


Other Articles:
देउवाको यो जीतको के अर्थ ? (12.12.2017)
वाम बहुमतको सरकार बन्न नदिन ठूलै चलखेल (12.05.2017)
अस्थिरता मच्चाउने बाहिरी षड्यन्त्र ! (12.05.2017)
मौन अवधि, के गर्नु हुँदैन ? (12.05.2017)
पहिलो चरणको निर्वाचन सकियो : अस्वस्थ प्रतिस्पर्धा- लोकतन्त्रलाई ठूलो चुनौती (11.28.2017)
किन भयो कम मतदान ? (11.28.2017)
किन बजाए प्रकाशको मृत्युमा काखी (11.28.2017)
बाम गठबन्धन वेनाम लोकतान्त्रिक गठबन्धन (11.28.2017)
निर्वाचन बिथोल्ने प्रायोजित गतिविधि विस्तार : आशंका र भय एकसाथ उत्पन्न (11.24.2017)
सुरक्षा रणनीति चुहिएर चुनौति थपियो (11.24.2017)
उम्मेदवार र मतदातालाई जोगिनै गाह्रो (11.24.2017)
चुनावी चर्चा - सातपटक प्रधानमन्त्री हुने देउवाको दावी (11.24.2017)
मतदाता प्रभावत पार्ने आआफ्नै दाउमा दलहरु : आर्थिक प्रलोभनमा पार्ने कसरत जारी (11.15.2017)
एक राष्ट्रवादी नेताको महाप्रस्थान (11.15.2017)
मतदाता फुरुङ्ग पार्दै उम्मेदवारहरु (11.15.2017)
घोषणापत्रमा गम्भीर आरोप–प्रत्यारोप (11.07.2017)
राज्यशक्तिको दुरुपयोग कसरी रोकिएला ? (11.07.2017)
ढुंगेलको जेलचलान वाम गठबन्धनलाई जवाफ ? (11.07.2017)
वाम एकताले स्थायित्व र स्थिर सरकारको सम्भावना (10.11.2017)
कांग्रेसको चाहनामा मधेशी दलको लोप्पा (10.11.2017)



 
::| Latest News

 
[Page Top]