युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Sunday, 06.24.2018, 04:21pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
मुख्य समाचार
 
गुरुकुल जोगाउन अभियान
Tuesday, 12.19.2017, 01:06pm (GMT+5.5)

काठमाडौं । देशकै सबभन्दा ठूलो, व्यवस्थित र वैदिक शास्त्रको अध्यापन गराइने, अभ्यास गराइने तनहुँको देवघाटस्थित महेश संस्कृत गुरुकुल अहिले आर्थिक संकटमा छ । यो गुरुकुललाई संचालनका लागि आर्थिक संकलनको अभियान चलिरहेको छ र दाताहरुबाट सहयोग पनि प्राप्त भैरहेको छ ।
विसं २०५० सालमा जिल्ला प्रशासन कार्यालय तनहूँमा संघ संस्था दर्ता ऐन अन्तर्गत दर्ता भएको यस आश्रमको उद्देश्य अनुरूप आश्रमका संस्थापक अध्यक्ष पौरस्त्य वाङमयका प्रखर विद्वान् विद्यावारिधि डा स्वामी रामानन्द गिरिको संकल्पद्वारा विसं २०५२ सालमा शैक्षिक संस्थाको रूपमा महेश संस्कृत गुरुकुलको स्थापना भएको थियो ।
यस गुरुकुलमा प्राचीन गुरुकुलको मर्यादालाई अनुसरण गर्दै वेद वेदांग लगायत पौरस्त्यविद्याको शिक्षा दिने व्यवस्था गरिएको छ । अहिले यसका संस्थाक डा गिरिको देहावसान भएपछि गुरुकुल संचालनमा कठिनाई उत्पन्न भैरहेको छ । गुरुकुललाई निरन्तरता दिन अहिले संस्कृत विद्वानहरुले अभियान चलाइरहेका छन् ।
नेपालको चिनारी र गौरबको विषय रहेको संस्कृत शिक्षा अनि वैदिक ज्ञान प्रदान गर्ने निकायहरु धराशायी हुँदै जानु विडम्बना नै हो । किन भने आज नेपाल अनौठो मोडमा छ । कथित आधुनिकता र सामन्तवादको अवशेष भन्दै लत्याइएको परम्परा बीच त्रिशंकुका रुपमा रहेको छ । यो मुलुक वैदिक ज्ञानको स्रोत भए पनि आज त्यसको जरै मास्ने षड्यन्त्र भैरहरहेको छ । त्यतिबेला हतियारले कब्जा गर्न नसकिएको नेपाल साढे दुई सय वर्षपछि धार्मिक रुपमा गर्ने दुस्साह भैहेको छ ।
मुलुक धर्म निरपेक्ष घोषणा भयो । यो एउटा पाटो हो तर यसको अर्थ वैदिक सनातन धर्म संस्कृति मासेर आयातित धर्मसंस्कृति थोपर्नु पक्कै हैन । यसमा नेपाल धेरै चुकेको छ । संस्कृत शिक्षालाई सामन्ती शिक्षा, संस्कृत भाषामा लेखिएका, ज्ञान, विज्ञानका अथाह भण्डारलाई सामन्ती राजा र बाहुनको शिक्षा भनेर आगो लगाउने काम भयो ।
पश्चिमाले त्यही संस्कृत पढेर व्यवहारमा उतारे अनि संस्कृत वाङमयमा उल्लेख भएका पक्षलाई वैज्ञानिक छ भनेर प्रमाणित गरिसके तर हामी भने संस्कृतलाई अझै दुत्कारीरहेका छौं । संस्कृति विश्वका सम्पूर्ण भाषाहरुको स्रोत हो भन्ने पनि पुष्टि भैसकेको छ, तर संस्कृतका पुस्तक जलाइरहेका छौं । आजकल शास्त्र जलाएर शस्त्र भित्र्याइयो अनि वेद मासेर बाइबल छापियो ।
नेपाल धार्मिक सहिष्णुतापूर्ण मुलुक हो र यो मुलुकमा कहिल्यै धार्मिक भेदभाव र वैमनस्यता उत्पन्न भएन । तर, अहिले समस्या आएको छ । संस्कृत भाषा, संस्कृति वाङमय अनि वैदिक सनातन धर्ममाथि चारैतिरबाट प्रहार भएको छ । यो प्रहार रोक्न, वैदिक सनातन धर्मप्रति फैलाइएको भ्रम चिर्न गुरुकुलीय शिक्षा आवश्यक पर्दछ । यस्तै आवश्यकता बोध गर्दै राष्ट्रियता, मानवता र विश्ववन्धुत्वको विकासका लागि सनातन धर्म र आर्य संस्कृतिको संरक्षण संवद्र्धन गर्न संस्कृत शिक्षाको आवश्यकतालाई हृदयंगम गर्ने उद्देश्यका साथ देवघाटधाममा एक शैक्षिक संस्थाको रुपमा महेश संस्कृत गुरुकुलको स्थापना गरिएको थियो ।
आज गुरुकुल आर्थिक समस्यामा छ र गुरुकुलीय शिक्षालाई अघि बढाउन अभियान चलिरहेको छ । महेश संस्कृत गुरुकुल संचालनार्थ आर्थिक सहयोग जुटाउने अभियानकारीमध्ये एक आचार्य कपिलदेव सुवेदी यस्तै भन्नुहुन्छ उहाँ आफैंमा पूर्वीय वांगमयका ज्ञाता हुनुहुन्छ । उहाँ भन्नुहून्छ “भाषा र संस्कृति मासिए हामी कहींका पनि रहने छैनौं ।
धर्म संस्कृति मासिंदै गएको छ । धर्म परिवर्तनका लागि विदेशीहरुले अर्बौं(अर्ब खर्च गरिरहेका छन् भने हाम्रो धर्म, संस्कृति र सभ्यताको अध्यापन गराइने शिक्षालयहरु धराशायी हुने क्रममा छन् । सरकारको दायित्व हो, नेपाली सभ्यता, संस्कृति र शिक्षा अनि भाषाको संरक्षण गर्नु । संस्कृत शिक्षा कुनै जात वा सम्प्रदाय विशेषको नभएर सिंगो राष्ट्रको हो । अनि समाजमा स्थापित धनीमानिहरुले पनि यस्ता निकायलाई सहयोग गर्नु उत्तिकै आवश्यक छ । आफ्नोपन मासिंदै गयो भने हामी धार्मिक, सांस्कृतिक रुपमा पराधिन हुनेछौं ।


Rating (Votes: )   
Share     Print


Other Articles:
यी नेता हुन्, जसले मतान्तरमा इतिहास रचे (12.12.2017)
चुनाव हार्ने ‘हेवीवेट’हरु (12.12.2017)
भारतभक्तिले कांग्रेसलाई डुबायो ! वाम दललाई देश जोगाउने र बनाउने ठूलो अवसर (12.12.2017)
देउवाको यो जीतको के अर्थ ? (12.12.2017)
वाम बहुमतको सरकार बन्न नदिन ठूलै चलखेल (12.05.2017)
अस्थिरता मच्चाउने बाहिरी षड्यन्त्र ! (12.05.2017)
मौन अवधि, के गर्नु हुँदैन ? (12.05.2017)
पहिलो चरणको निर्वाचन सकियो : अस्वस्थ प्रतिस्पर्धा- लोकतन्त्रलाई ठूलो चुनौती (11.28.2017)
किन भयो कम मतदान ? (11.28.2017)
किन बजाए प्रकाशको मृत्युमा काखी (11.28.2017)
बाम गठबन्धन वेनाम लोकतान्त्रिक गठबन्धन (11.28.2017)
निर्वाचन बिथोल्ने प्रायोजित गतिविधि विस्तार : आशंका र भय एकसाथ उत्पन्न (11.24.2017)
उम्मेदवार र मतदातालाई जोगिनै गाह्रो (11.24.2017)
सुरक्षा रणनीति चुहिएर चुनौति थपियो (11.24.2017)
चुनावी चर्चा - सातपटक प्रधानमन्त्री हुने देउवाको दावी (11.24.2017)
मतदाता प्रभावत पार्ने आआफ्नै दाउमा दलहरु : आर्थिक प्रलोभनमा पार्ने कसरत जारी (11.15.2017)
एक राष्ट्रवादी नेताको महाप्रस्थान (11.15.2017)
मतदाता फुरुङ्ग पार्दै उम्मेदवारहरु (11.15.2017)
घोषणापत्रमा गम्भीर आरोप–प्रत्यारोप (11.07.2017)
ढुंगेलको जेलचलान वाम गठबन्धनलाई जवाफ ? (11.07.2017)



 
::| Latest News

 
[Page Top]