युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Thursday, 11.15.2018, 02:33pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
मुख्य समाचार
 
सरकार गठनमा नियोजित बिलम्ब : बहुमतको सरकार बन्न नदिन ठूलो चलखेल
Tuesday, 01.02.2018, 01:50pm (GMT+5.5)

काठमाडौं । नेपालमा स्थिर सरकार बन्न नदिन भारतले अहिले पनि ठूलो चाल चलिरहेको खुलाशा भैरहेको छ । विगत लामो समयदेखि गर्दैआएको अनपेक्षित चलखेलका दुष्परिणामहरू नेपालले निरन्तर भोग्दैआएको भए पनि त्यसलाई मनन गरेर हस्तक्षेप मुक्त आन्तरिक राजनीतिक वातावरण बनाउन प्रमुख राजनीतिक दलहरू सचेत देखिएका छैनन् । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पछिल्लो चरणमा विकसित भएको समझदारी र पार्टी एकीकरण गर्दै स्थिर सरकार बनाउन ताजा जनमतले प्रष्ट दिशा निर्देश गरेको भए पनि भारतले नेपाल आफ्नो प्रभाव क्षेत्रबाट बाहिरिन लागेको र वाम बहुमतको सरकार भारतको हितमा नहुने प्रभूत्ववादी सोच राखेर एमाले र माओवादीबीच पार्टी एकीकरण हुन नदिन र वामबहुमतको सरकार बन्न नदिन ठूलो चलखेल गरिरहेको भारतीय राजदूतका पछिल्ला गतिविधिले समेत प्रष्ट इङ्गित गरिरहेका छन् । जनमत गुमाएर पनि राजिनामा नगर्ने र संवैधानिक जटिलतालाई अगाडि तस्र्याउने एवं कानूनी छिद्र खोजेर सत्ता लम्व्याउने अनि काम चलाउ सरकारले गर्नै नहुने भनिएका असङ्गत कामहरू धमाधम गरिरहने यस्तो प्रवृत्तिले नेपालको लोकतन्त्रलाई कुन दिशातिर धकेल्ने हो भन्ने आशङ्का खडा भएको छ । ‘प्रजातन्त्रवादी’ कांग्रेसका नेताहरू दिल्ली निर्देशित भाषा बोलेर ओली र प्रचण्डलाई कुनै हालतमा मिल्न दिन नहुने हुँकार गरिरहेका छन् । विगतमा बहुमतको कांग्रेस सरकारलाई पनि सो दलभित्रै खेलेर पूरा समय चल्न नदिने र कृष्णप्रसाद भट्टराई र गणेशमान सिंह जस्ता संस्थापक र शीर्ष नेताहरूलाई पनि पार्टीमा अट्ननसक्ने स्थिति सिर्जना गराउने बाह्यशक्तिले नेपालमा स्थिर सरकार बन्न र चल्न नदिने साजिस गर्दैआएको ऐतिहासिक तथ्यलाई बिर्सेर नेपाली कांग्रेसका नेताहरू अझै पनि भारतीय रणनीतिको उपयोगमा आउनुले नेपालको राजनीतिक भविष्य अझै पनि अन्यौलपूर्ण हुनसक्ने आशङ्का खडा भएको छ ।
राजनीतिक संवाद सूत्रहरूका अनुसार देउवा सरकार र निर्वाचन आयोगका वर्तमान गतिविधि अन्योन्याश्रित रहेका र यसमा भारतको दवाव र प्रभाव मुखरित भएको आम बुझाइ छ । राष्ट्रियसभा गठनको बाटो विवादास्पद अध्यादेशको स्वीकृतिबाट खुलेको भए पनि सरकारले निर्वाचनको मिति तोक्न ढिलाइ गर्नु र निर्वाचन आयोगले समानुपातिक मतगणनाको नतिजा सार्वजनिक नगर्नुदेखि लिएर दल दर्ता गर्न गरेको आव्हान एवं प्रक्रिया पूरा गर्न झण्डेै डेढ महिना लाग्ने अनौपचारिक सन्देश प्रवाह गरेर जति समय लम्ब्याउन सक्यो उत्ति एमाले र माओवादीबीच फाटो सिर्जना गर्न सकिने विश्वास राखेको आशङ्का घनीभूत भैरहेको छ । वाम तालमेल र एमाले–माओवादीबीच एकताको सन्देशले राष्ट्रियताको संरक्षण–सम्वर्धन एवं स्थिरता, शान्ति र समृद्धिको ढोका खुल्ने विश्वास जगाएकाले नै प्रतिनिधिसभा र प्रदेशसभा दुवैतिर वाम गठबन्धनले प्रत्यक्ष र समानुपातिक दुवैतिर आशातीत सफलता पाएको हो । नेपाली जनताको यो सार्वभौम निर्णयलाई भारत विरोधी ठान्ने र चीनतिर नेपाल लहसिएको ठहर गर्ने दरिद्र मानसिकता पनि यसबीचमा निर्देशित रुपमा नै प्रदर्शित भएको छ । भारतसंगको एकल निर्भरता र अवाञ्छित हस्तक्षेपले नेपाललाई सधैं सकसमा पार्ने गरेको तथ्यबोध पटक पटकका नाकाबन्दीले गराएको तथ्यबोध गरेर नै नेपाली जनताले वैकल्पिक बाटोका लागि वामबहुमतको सरकार बन्ने गरी जनादेश दिएका हुन् । ओली र प्रचण्डको संयुक्त नेतृत्वले नेपाली जनताको पछिल्लो अभिमतलाई सम्मान गर्न अलिकति मात्र चुक्यो भने पनि पुनस् लथालिङ्गको स्थिति सिर्जना हुने भय छ । सरकार गठनमा नियोजित बिलम्ब षडयन्त्रमूलक र समग्रतामा मुलुकको अहितमा लक्षित रहेकोमा कुनै सन्देह छैन ।  
राजनीतिक संवाद सूत्रहरू भन्दछन्– हालै सम्पन्न निर्वाचनले नेपाली कांग्रेसलाई पुनर्जीवित गराउन सैद्धान्तिक धार परिमार्जन गर्नुपर्ने र संगठनात्मक शुद्धीकरण गर्नुपर्ने जोडदार आवाज उठिरहे पनि सरकार र पार्टीको वर्तमान नेतृत्व भारतीय रणनीतिकै गोटी बनिरहेकोमा नेपाली कांग्रेसभित्रै व्यापक असन्तुष्टि जागृत भएको छ । नेपाली कांग्रेसका  युवा नेताहरू नेतृत्त्व परिवर्तनको पक्षमा खुलेरै लाग्नथालेका छन् भने प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवा चुनावी हारको नैतिक जिम्मेवारी लिनसमेत तयार हुनुहुन्न । नेपाल विद्यार्थी संघ लगायतका भातृ संगठनहरूमा पनि गुटगत समानान्तर गतिविधि बढेका छन् । उता भारतीय राजदूत मञ्जिभ सिंह पुरीले कांग्रेसको आन्तरिक बैठक चलेकै बेला देउवालाई बैठक स्थगित गर्न लगाएर पार्टी र सरकारको नेतृत्व नछोड्न कडा दवाव दिएको आशंकाले युवा कांग्रेसीहरूको मनमा चीसो पसेको छ । कांग्रेसभित्र कुटनीतिक नियोगको नियमित सम्पर्कमा नबस्ने र निर्देशन नमान्नेहरूलाई पाखापार्दै जाने क्रम हिजो पनि थियो र  पनि छ भन्नेसम्मका धारणा कांग्रेसी वृत्तमा व्याप्त छ । सार्वभौम जनताको अभिमतको तत्काल सम्मान गर्नुपर्छ र बाह्य रणनीतिक स्वार्थको गोटी नेपाली कांग्रेस बन्नुहुन्न भन्ने धारणाबाट अभिप्रेरित कांग्रेसीहरूको जमात ठूलै भए पनि त्यसले पार्टीलाई पुनर्जीवन दिन र वैचारिक निष्ठाको राजनीतिमा पार्टीलाई फर्काउन कति कसरत गर्छ भन्नेतिर उत्तिकै चासो बढेको छ ।   



Rating (Votes: )   
Share     Print


Other Articles:
गठबन्धन टुटाउने षड्यन्त्रमा सरकार (01.02.2018)
राजनीतिक विवादको गाँठो फुक्यो तर अलमल कायमै (01.02.2018)
सरकार गठन प्रक्रिया अबरुद्ध ! (12.26.2017)
पार्टी एकीकरण नभए स्थायित्व असम्भव (12.26.2017)
राष्ट्रियसभा गठनमा दलीय रोदन (12.26.2017)
ताजा जनादेशको अवमूल्यन गर्ने धृष्टता (12.19.2017)
अस्थिरताका जडहरु पाखा लागे (12.19.2017)
स्वार्थको परिणाम भोग्यो राप्रपाले (12.19.2017)
गुरुकुल जोगाउन अभियान (12.19.2017)
भारतभक्तिले कांग्रेसलाई डुबायो ! वाम दललाई देश जोगाउने र बनाउने ठूलो अवसर (12.12.2017)
यी नेता हुन्, जसले मतान्तरमा इतिहास रचे (12.12.2017)
चुनाव हार्ने ‘हेवीवेट’हरु (12.12.2017)
देउवाको यो जीतको के अर्थ ? (12.12.2017)
वाम बहुमतको सरकार बन्न नदिन ठूलै चलखेल (12.05.2017)
अस्थिरता मच्चाउने बाहिरी षड्यन्त्र ! (12.05.2017)
मौन अवधि, के गर्नु हुँदैन ? (12.05.2017)
पहिलो चरणको निर्वाचन सकियो : अस्वस्थ प्रतिस्पर्धा- लोकतन्त्रलाई ठूलो चुनौती (11.28.2017)
किन भयो कम मतदान ? (11.28.2017)
किन बजाए प्रकाशको मृत्युमा काखी (11.28.2017)
बाम गठबन्धन वेनाम लोकतान्त्रिक गठबन्धन (11.28.2017)



 
::| Latest News

 
[Page Top]