युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Tuesday, 10.23.2018, 02:45am (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
मुख्य समाचार
 
के के ग¥यो कांग्रेस सरकारले ?
Tuesday, 02.20.2018, 11:01am (GMT+5.5)

काठमाडौं । आलोचना, आरोप, बिरोधकाबीच शेरबहादुर देउवा नेतृत्वको सरकारले बिदा लिएर नयाँ सरकार गठन भएको छ । नेपाली कांग्रेसको नेतृत्वमा माओवादी, राप्रपा सम्मिलित सो सरकारले तमाम अपजसका बीच एउटा ऐतिहासिक काम भने सम्पन्न गरेको छ । सरकारले संविधानतः निश्चित अवधिमा सम्पन्न गर्नुपर्ने तीनवटै तहको निर्वाचन सम्पन्न गरेर ढिला भए पनि सत्ता हस्तान्तरण गरेको छ । 
यो एउटा सुखद पक्ष हो भने कांग्रेस सरकारले केही राम्रा काम पनि गरेको छ । जाँदाजाँदै बेला प्रचार शैलीमा वृद्धभत्ता वृद्धि र भूकम्प पीडितलाई थप एक लाख अनुदानको निर्णय राम्रो मानिए पनि यसले राजनीतिक रुपमा भावी सरकारलाई अप्ठ्यारोमा पार्नेछ । अर्कोतिर देउवाले आफ्नो नाममा यसअघि कायम गरेको सबभन्दा ठूलो मन्त्रीमण्डलको कीर्तिमानमा नयाँ कीर्ति थपे । २०५२ सालमा ५२ सदस्यीय मन्त्रीमण्डल बनाएका देउवाले यसपट ६४ सदस्यीय मन्त्रीमण्डल बनाए । यो अहिलेसम्मकै सबभन्दा ठूलो मन्त्रीमण्डल हो ।
त्यस्तै निर्वाचन आचारसंहिता उल्लंघन देउवा सरकारको कीर्तिमान नै हो । यो लोकतान्त्रिक पार्टीका लागि पटक्कै सुहाउने काम हैन । त्यस्तै सदाचारको घोषणा गरेर  सबभन्दा बढी विदेश भ्रमणमा पसा खर्च गर्ने देउवा सरकार हो भने आर्थिक सहायताका नाममा कार्यकर्ता पोस्ने काम पनि उपद्रैसंग भयो । विदेश भ्रमण र आर्थिक सहायताका लागि मात्र देउवाले ५८ करोड रुपैयाँ खर्च गरे । भूकम्प पीडित र वृद्धभत्ताबढाउने घोषणा गरेर देउवाले भावी सरकारलाई ६ अर्ब रुपैयाँ भार थपिदिए ।
यो सबै चुनाव हारेको आक्रोश मात्र हो । आर्थिक सहायता र विदेश भ्रमणमा धेरै थोरै होलाा जुनसुकै सरकारले पैसा खर्च गर्छन् । मन्त्रिमण्डल सरकार टिकाउन बन्ने नै भयो । बाम गठबन्धनकै कति सदस्यीय मन्त्रिमण्डल बन्छ भन्ने यक्किन छैन । दुई पार्टीको भागवण्डा मिलाउदा ठूलै मन्त्रिमण्डल बन्नसक्छ । 
यी सबकाबीच अब कांग्रेसलाई सरकारले कसरी साथ लिन्छ यो महत्वपूर्ण विषय छ । राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख निर्वाचन बाँकी नै छ । विभिन्न समितिहरुको सभापति चयन पनि बाँकी नै छ । कांग्रेसलाई संसदभित्रै कायम राख्न सरकारपक्षले के गर्छ भन्ने अहिले महत्वपूर्ण विषय बनेको छ ।
चुनावअघि भनिएजस्तो व्यवहार सत्तापक्षका नेताहरुले देखाए भने मुलुकमा राजनीतिक असहिष्णुताको पराकाष्ठा नाघ्नेछ । चुनावका बेला बाम गठबन्धनका नेताहरुले भन्ने गर्थे, “अब यो देशबाट कांग्रेस मेटियो । कांग्रेस बुढो भयो उसलाई पन्छाउनुपर्छ ।” किनभने ाजनीतिमा दुश्मन र सत्रु स्थायी हुँदैनन्, अहिले बाम गठबन्धनको लगभग दुई तिहाई मत छ । स्थानीय तहदेखि प्रदेश र प्रतिनिधिसभा हुँदै राष्ट्रियसभामा पनि उनीहरुको हैसियत उच्च छ । मुलुकको सबभन्दा ठूलो दल नेपाली कांग्रेस संख्यात्मक रुपमा निकै साँघुरिएको छ । अब कांग्रेसले के गर्छ र कांग्रेसलाई भावी, सरकार, भावी संसदले कसरी समेट्छ भन्ने जिज्ञासा उत्पन्न भएको छ । पछिल्ला समाचारहरुमा कांग्रेस सडक तताउने मुडमा देखिएको छ । उसको सरकारले गरेका निर्णयहरु नउल्ट्याउन चेतावनी दिइसकेको छ ।
कांग्रेस सरकारमा जाँदैन, उसले सरकारमा जाने दावी गर्नु पनि हुँदैन । तर उसलाई संसदमा भूमिका दिने कि नदिने ? केन्द्रदेखि प्रदेश संसदमा कांग्रेसलाई भूमिका दिएर सन्तुलन कायम गर्नुपर्छ । खासमा कांग्रेसलाई संसदीय समिति र उपसभामुखमा भूमिका दिनुपर्ने माग कांग्रेस नेताहरुकै रहेको छ ।
बाम गठबन्धनले पार्टी एकता गर्ने भएकाले सभामुख र उपसभामुख फरक पार्टी र लिंगको हुनुपर्ने मान्यतामा रहेकाले उपसभामुखमा बाम गठबन्धनले नै अफर नै गर्नु पर्ने उनीहरुको माग छ । 
अहिले प्रचण्ड बहुमतको दम्भमा बाम गठबन्धनले नेपाली कांग्रेसलाई माखो मिल्काएजस्तो गरे यसले असल राजनीतिक संस्कार सिकाउँदैन । असल राजनीतिक संस्कारको विकास भएन भने राजनीतिक स्थिरता पनि हुँदैन । पाँच वर्ष सरकार चलाउने गठबन्धनले म्याण्डेट पाए पनि विपक्षीलाई सधैं सडकमा पसारो पर्न छोड्ने हो भने पाँच वर्ष होहल्ला र हुलहुज्जडमै बित्ने निश्चित छ ।
सबभन्दा महत्वपूर्ण कुरा के हो भने अहिले आफूले गर्ने व्यवहार नै भावी दिनमा आफूले पाउने हो । राजनीतिमा सधैं एउटै दलको वा समूहको वर्चश्व रहँदैन र एउटै दलले मात्रै सबैथोक गर्छु भनेर पनि सक्दैन । सदनदेखि सडकसम्मबाट सहयोग चाहिन्छ ।
मुलुकको समृद्धिको नारा घन्काएर प्रचण्ड बहुमत हाँसिल गरेका बाम गठबन्धनले पार्टी एकतापछि नेपाली कांग्रेसलाई प्रमुख प्रतिपक्षीको भूमिकामा इमानदारपूर्वक लाग्ने वातावरण बनादिनुपर्छ । हैन, पार्टी एकता भएन भने पनि कांगेसलाई अवमूल्यन गरेर जान सकिंदैन । वर्तमान राजनीतिको कटु यथार्थ हो यो ।


Rating (Votes: )   
Share     Print


Other Articles:
प्रदेश सरकारमा बाम गठबन्धनको सहमति : केन्द्रीय सरकार बन्नु अघि नै पार्टी एकता (01.30.2018)
सीमा अतिक्रमण : सबैले देख्ने, सरकारले नदेख्ने (01.30.2018)
शहीदको भण्डार बन्दै देश (01.30.2018)
आर्थिक संकट आउनसक्ने चेतावनी (01.30.2018)
दुराशयपूर्ण भित्री खेल रोकिएको छैन : राष्ट्रियसभा र प्रदेश सरकारतिर ध्यान केन्द्रित (01.25.2018)
प्रदेश प्रणालीको अभ्यास शुरु, राजधानीको विवादले उग्ररुप (01.25.2018)
गम्भीर रोगका औषधिको मूल्यमा मनोमानी (01.25.2018)
वाम सरकारको बाटो छेक्ने प्रयास जारी (01.09.2018)
प्रदेश राजधानीको ववण्डर (01.09.2018)
राष्ट्रियसभामा बाम गठबन्धनको ४३ सिट (01.09.2018)
भाइरलका बिरामीलाई धामीझाँक्री, नौजनाको ज्यान गयो, पुगेनन् स्वास्थ्यकर्मी (01.09.2018)
सरकार गठनमा नियोजित बिलम्ब : बहुमतको सरकार बन्न नदिन ठूलो चलखेल (01.02.2018)
गठबन्धन टुटाउने षड्यन्त्रमा सरकार (01.02.2018)
राजनीतिक विवादको गाँठो फुक्यो तर अलमल कायमै (01.02.2018)
सरकार गठन प्रक्रिया अबरुद्ध ! (12.26.2017)
राष्ट्रियसभा गठनमा दलीय रोदन (12.26.2017)
पार्टी एकीकरण नभए स्थायित्व असम्भव (12.26.2017)
ताजा जनादेशको अवमूल्यन गर्ने धृष्टता (12.19.2017)
अस्थिरताका जडहरु पाखा लागे (12.19.2017)
स्वार्थको परिणाम भोग्यो राप्रपाले (12.19.2017)



 
::| Latest News

 
[Page Top]