युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Sunday, 05.27.2018, 12:40am (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
मुख्य समाचार
 
दुई पार्टीबीच एकताको सहमति मन्त्रिमण्डल विस्तारको ढोका खुल्यो
Tuesday, 02.20.2018, 11:02am (GMT+5.5)

काठमाडौं । नेकपा एमालेका अध्यक्ष खड्गप्रसाद ओलीले पदभार ग्रहण गरेको भोलि एकहप्ता पुग्दैछ । लामो कसरतपछि पनि एमाले र माओवादी केन्द्रबीच पार्टी एकताको साइत नजुरेपछि मन्त्रिमण्डलसमेत विस्तार भैरहेको विलम्ब पनि हटेको छ । सोमबार साँझ दुई पार्टीबीच एकताको ७ बुँदे सहमति भएको छ । यो सहमतिले उत्पन्न अनेक आशंका चिरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको दुई दलको एकता संयोजक समितिको बैठकले नयाँ पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी राख्ने निर्णय गरेको हो । एकतामा भएको विलम्बले सरकारको पूर्णतामा समेत अनेक आशंका भैरहेको थियो । किनभने सातवटै प्रदेशमा मुख्यमन्त्री, सभामुख र उपसभामुखको चयन भैसकेको र मन्त्रीहरूसमेत नियुक्त हुँदैगरेको अवस्था छ । भौतिक पूर्वाधारविनाका प्रदेश सरकारहरूका लागि कर्मचारीहरूको बन्दोबस्तसमेत अपुरै छ । अधिकार सम्पन्न स्थानीय सरकारका रूपमा व्याख्या गरिएका स्थानीय तहहरूले समेत निश्चित मार्ग अवलम्बन गर्न सकेका छैनन् । यो पृष्टभूमिमा जतिसक्यो चाँडो केन्द्र सरकारलाई पूर्णता दिएर तिनै हतका सरकारका बीच समन्वय कायम गरेर मुलुकलाई विकास र समृद्धिको बाटोतिर अग्रसर गराउनु अपरिहार्य छ ।  प्रतिनिधिसभाका २७५ सदस्यमध्ये १७४ सदस्यको समर्थन प्राप्तगरी पूर्ण बहुमतको सरकार चलाउने अवसर प्रधानमन्त्री ओलीलाई मिलेको छ । यतिखेर एमाले र माओवादी केन्द्र मिलेर बहुमतको सरकार बनेको प्रतीत भए पनि निकट भविष्यमै पार्टी एकता हुनासाथ एउटै दलको बहुमतमा सरकार स्थापित हुने निश्चित प्रायः नै छ । एमाले र माओवादी केन्द्रबीच पार्टी एकताको घोषणा नहुँदासम्म माओवादी सरकारमा सामेल नहुने लक्षण देखिएको र पार्टी एकतामा पनि बिलम्ब देखिएको अवस्थाले राजनीतिक क्षितिजमा कालो बादल अझै पनि मडारिइरहेको संकेत गरे पनि राजनीतिक संवाद सूत्रहरूले पार्टी एकता र सरकार विस्तारले एकसाथ गतिलिने विश्वास व्यक्तगरेका छन् । नेपालको आन्तरिक राजनीतिक व्यवस्थापनमा परचक्रीहरूले देखाउने गरेको चासो र चलखेलका कारण ठोस् नतिजा नआएसम्म भरविश्वास गर्न नसकिने आशंका भने अझै निवारण हुनसकेको छैन ।
राजनीतिक विश्लेषकहरू भन्दछन्– निर्वाचनको नतिजा आउनासाथ ताजा जनादेश अनुरूपको सरकार तत्काल बन्नुपर्ने लोकतान्त्रिक मान्याता र संस्कार विपरीत अनेक चलखेल भएकै हुन् । बिलम्ब नै भए पनि जनादेशअनुसारको सरकार अब सुनिश्चित भैसकेको छ । तर पार्टी एकता र पूर्ण बहुमतको वाम सरकार निर्माणका पक्षमा देखिएको जनउभारलाई पदीय भागबण्डा र नेताहरूको अहंतुष्टिकै कारणले उपेक्षा गरियो भने मुलुक पुनः भयावह राजनीतिक संकटको भूमरीमा पर्ने निश्चित नै छ । नेपालको आन्तरिक राजनीतिक व्यवस्थापनमा अनपेक्षित चासो देखाएर चलखेल गर्ने र राजनीतिक शक्तिहरूका बीचमा खेलेर अन्तर्विरोध चर्काई अस्थिरता र अनिश्चितताको वातावरण सिर्जना गरी निर्देशनात्मक भूमिकालाई निरन्तरता दिने बाह्यशक्तिको जुन चाहना मुखरित हुँदैआएको छ त्यसबाट बच्नसकेमात्र पार्टी एकता र सरकार विस्तारको बाटो फराकिलो बन्नसक्छ । एमाले र माओवादी केन्द्रको शीर्ष नेतृत्वले वारम्वार सकारात्मक सन्देश प्रवाह गर्दैआएको भएपनि निर्वाचनको नतिजा आएको झण्डै तीन महिनाको समयावधिभित्रमा पनि पार्टी एकता र सरकार निर्माणको गृहकार्य पूरागर्न नसक्नुको कारण के हो भन्ने कुतुहलता सर्वत्र व्याप्त छ । सतहमा हेर्दा नेपालको राजनीतिक भविष्य निर्धारणमा जनताको प्रत्यक्ष सहभागिता रहेको सतहमा देखिए पनि यथार्थमा बाहयशक्तिका रणनीतिक चलखेल नै निर्णायक बन्दैआएको कटु अनुभूति  व्याप्त नै छ । जनादेश प्राप्त बहुमतको वाम सरकार बन्न नदिन गरिएका प्रयासहरू अहिले विफल देखिए तापनि ओली नेतृत्वको वाम सरकारसंग सहकार्य गर्न प्रतिक्षारत रहेको सन्देश प्रवाह गर्न लालायित शक्तिले कथित सहयोग र विश्वासको भूमरीमा पार्ने जाल विच्छाइरहेकाले त्यसको प्रभाव पार्टी एकता, सरकार विस्तार र भावी दिशा निर्धारणमा कुन रूपमा पर्ने हो भन्ने चासो बढ्दैगएको छ । सरकार विस्तार र पार्टी एकीकरणमा भैरहेको विलम्बले उब्जाइरहेको आशङ्काको निवारण तत्काल कसरी हुने हो भन्नेतिर आम चासो बढिरहेको छ ।
संवाद सूत्रहरूका अनुसार  प्रधानमन्त्री ओलीका सामु मन्त्रिमण्डल विस्तार पनि जटिल समस्या बनिरहेको छ । एमाले र माओवादी दुवै दलभित्रबाट आफ्नो प्रभाव र पहुँचमा रहेका व्यक्तिहरूलाई महत्वपूर्ण मन्त्रालयका मन्त्री बनाउन भित्रभित्रै विभिन्न व्यक्तिमार्फत चर्को लबिङ् भैरहेको छ । परिवर्तित सन्दर्भमा नेपालसंग सहकार्य गर्न भारत र चीन दुवै छिमेकीले खुला रूपमा चासो देखाइरहेका छन् । २० महिनापछि पुनः सत्ताको बागडोर समाल्ने अवसर पाउनुभएको प्रधानमन्त्री ओलीले आफ्नो अघिल्लो कार्यकालमा भारतले  नाकाबन्दी गर्दै कठोर यातना दिएर नेपाललाई घुँडा टेकाउन खोजेको बेला चीनसित गरेको १० बुँदे सम्झौतालाई कार्यान्वयन हुन नदिन विगत सरकारलाई भारतले जुन रूपमा दवाव दिएको थियो त्यस्तो दवाव ओली सरकारमाथि पनि पर्न सक्छ । उता चीनले पनि पूर्व सम्झौता र सहमतिको कार्यान्वयनका साथै सहकार्यको क्षेत्र विस्तारमा उत्तिकै चासो देखाइरहेको पनि उत्तिकै सत्य छ । भारतीय हस्तक्षेप र हैकमवादको विरोधलाई चीन परस्त धारणा र चिनीया प्रभावको भ्रम फैलाएर नेपालमा आफ्नो एकल प्रभाव कायम गरिरहने भारतीय चाहना जगजाहेर हुँदैआएको कुरा हो । चीनसित अधिक नाका खोल्नुपर्छ र रेल र तेल ल्याउने वातावरण सिर्जना गर्नुपर्छ भन्ने आमअभिमत छ । नेपालको आर्थिक विकासका लागि चिनिया लगानी वृद्धि अपरिहार्य बन्दैगएको तथ्यलाई अब भारतले पनि इन्कार गरिरहनसक्ने अवस्था छैन । भारत निर्भरताको जञ्जिरबाट नेपाल मुक्तहुनसक्ने बाटो खुलिसकेको छ । पार्टी एकतालाई निर्णायक स्थितिमा पु¥याएर एकल पार्टी बहुमतको सरकारको प्रत्याभूति दिने र दुवै छिमेकी देशहरूसंग सहअस्तित्वका आधारमा समनिकटताको सम्बन्ध अनुभूत हुने वातावरण सिर्जना गर्नुको अर्को विकल्प छैन । अबिलम्ब पार्टी एकता, मन्त्रिमण्डलको विस्तार र चुनावी घोषणापत्र अनुरूपको परिणामदायी कार्य योजनाको तर्जुमा नै जनमतले निर्धारण गरेको मूलबाटो हो, यसमा कुनै विचलन नआवस् भन्ने आमधारणा छ ।  


Rating (Votes: )   
Share     Print


Other Articles:
के के ग¥यो कांग्रेस सरकारले ? (02.20.2018)
प्रदेश सरकारमा बाम गठबन्धनको सहमति : केन्द्रीय सरकार बन्नु अघि नै पार्टी एकता (01.30.2018)
सीमा अतिक्रमण : सबैले देख्ने, सरकारले नदेख्ने (01.30.2018)
आर्थिक संकट आउनसक्ने चेतावनी (01.30.2018)
शहीदको भण्डार बन्दै देश (01.30.2018)
दुराशयपूर्ण भित्री खेल रोकिएको छैन : राष्ट्रियसभा र प्रदेश सरकारतिर ध्यान केन्द्रित (01.25.2018)
प्रदेश प्रणालीको अभ्यास शुरु, राजधानीको विवादले उग्ररुप (01.25.2018)
गम्भीर रोगका औषधिको मूल्यमा मनोमानी (01.25.2018)
वाम सरकारको बाटो छेक्ने प्रयास जारी (01.09.2018)
प्रदेश राजधानीको ववण्डर (01.09.2018)
राष्ट्रियसभामा बाम गठबन्धनको ४३ सिट (01.09.2018)
भाइरलका बिरामीलाई धामीझाँक्री, नौजनाको ज्यान गयो, पुगेनन् स्वास्थ्यकर्मी (01.09.2018)
सरकार गठनमा नियोजित बिलम्ब : बहुमतको सरकार बन्न नदिन ठूलो चलखेल (01.02.2018)
गठबन्धन टुटाउने षड्यन्त्रमा सरकार (01.02.2018)
राजनीतिक विवादको गाँठो फुक्यो तर अलमल कायमै (01.02.2018)
सरकार गठन प्रक्रिया अबरुद्ध ! (12.26.2017)
राष्ट्रियसभा गठनमा दलीय रोदन (12.26.2017)
पार्टी एकीकरण नभए स्थायित्व असम्भव (12.26.2017)
ताजा जनादेशको अवमूल्यन गर्ने धृष्टता (12.19.2017)
अस्थिरताका जडहरु पाखा लागे (12.19.2017)



 
::| Latest News

 
[Page Top]