युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Tuesday, 08.21.2018, 03:13pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
मुख्य समाचार
 
कांग्रेसमा देउवाको एकलौटी
Tuesday, 03.06.2018, 02:46pm (GMT+5.5)

काठमाडौं । आफ्नै नेतृत्वको सरकारले गराएको स्थानीय, प्रदेश र संघीय निर्वाचनमा नराम्रोसंग पछारिएपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नैतिकता प्रदर्शन गर्दै नेतृत्वबाट विदा लिनुपर्ने माग उहाँका विपक्षमा रहेका नेताहरुबाट आए पनि अन्ततः उहाँको एकलौटी कायमै रहेको छ ।
सोमबार सम्पन्न कांग्रेस संसदीय दलको नेतामा शेरबहादुर देउवा निर्वापचत हुनुभएको छ । उहाँले आफ्ना प्रत्यासी प्रकाशमानन सिंहलाई २५ मत अन्तरले पराजित गर्नुभएको हो । पार्टीभित्र परिवर्तनको चाहना गर्दै पूर्वमहामन्त्री प्रकाशमान सिंहले संसदीय दलको नेतामा उम्मेदवारी दिनुभएको थियो । सिंहले अपेक्षाकृत मत पाउन सक्नुभएन ।
मत गणनामा सभापति देउवाले ४४ मत पाउनुभयो भने सिंहले १९ मत पाउनुभएको छ । प्रतिनिधिसभामा कांग्रेसका ६३ सांसद छन् । देउवा अब प्रमुख विपक्षी दलको नेता बन्नुहुनेछ । संसदीय दलको नेताको उम्मेदवारका लागि आइतबार फागुन २० गते अपराह्न ६ बजेदेखि साँझ ७ः३० बजेसम्म मनोनयन दर्ता गर्ने समय तोकिएको थियो । 
कुल २७५ सदस्यीय प्रतिनिधिसभामा काँग्रेसका प्रत्यक्ष निर्वाचित २३ र समानुपातिक ४० गरी ६३ जना सांसद छन् । नेपालको संविधान जारी भएपछि प्रतिनिधिसभाको निर्वाचन गत मंसिर १० र २१ गते दुई चरणमा सम्पन्न भएको थियो । 
उम्मेदवारीको दरखास्त साथ दाखिल हुनुपर्ने शुल्क रु ४१ हजार तोकिएको थियो । सोमबार बिहान १० देखि दिनको १ बजेसम्म काँग्रेस संसदीय दलको कार्यालय परिसर, सिंहदरबारमा मतदान समाप्त भएलगत्तै मतगणना शुरु भएको थियो ।
पार्टीको संसदीय दलको विधानअनुसार संसदीय दल कार्यसमिति २६ सदस्यीय हुनेछ । राष्ट्रियसभामा दलको नेता प्रतिनिधिसभाको संसदीय दलको नेताले नै तोक्ने काँग्रेस संसदीय दलको विधानमा उल्लेख छ । त्यस्तै राष्ट्रियसभाको प्रमुख सचेतक प्रतिनिधिसभाको प्रमुख सचेतकको सिफारिशमा संसदीय दलको नेताले नै चयन गर्ने व्यवस्था रहेको सांसद बद्री पाण्डेले बताउनुभयो । 
उनन्साठी सदस्यीय राष्ट्रियसभामा काँग्रेसका १३ सांसद छन् । संघीय संसद्को माथिल्लो सदन राष्ट्रियसभा निर्वाचन गत माघ २४ गते सम्पन्न भएको थियो । 


Rating (Votes: )   
Share     Print


Other Articles:
दुई पार्टीबीच एकताको सहमति मन्त्रिमण्डल विस्तारको ढोका खुल्यो (02.20.2018)
देउवाले कसैलाई नछोड्ने (02.20.2018)
के के ग¥यो कांग्रेस सरकारले ? (02.20.2018)
प्रदेश सरकारमा बाम गठबन्धनको सहमति : केन्द्रीय सरकार बन्नु अघि नै पार्टी एकता (01.30.2018)
सीमा अतिक्रमण : सबैले देख्ने, सरकारले नदेख्ने (01.30.2018)
शहीदको भण्डार बन्दै देश (01.30.2018)
आर्थिक संकट आउनसक्ने चेतावनी (01.30.2018)
दुराशयपूर्ण भित्री खेल रोकिएको छैन : राष्ट्रियसभा र प्रदेश सरकारतिर ध्यान केन्द्रित (01.25.2018)
प्रदेश प्रणालीको अभ्यास शुरु, राजधानीको विवादले उग्ररुप (01.25.2018)
गम्भीर रोगका औषधिको मूल्यमा मनोमानी (01.25.2018)
वाम सरकारको बाटो छेक्ने प्रयास जारी (01.09.2018)
प्रदेश राजधानीको ववण्डर (01.09.2018)
राष्ट्रियसभामा बाम गठबन्धनको ४३ सिट (01.09.2018)
भाइरलका बिरामीलाई धामीझाँक्री, नौजनाको ज्यान गयो, पुगेनन् स्वास्थ्यकर्मी (01.09.2018)
सरकार गठनमा नियोजित बिलम्ब : बहुमतको सरकार बन्न नदिन ठूलो चलखेल (01.02.2018)
गठबन्धन टुटाउने षड्यन्त्रमा सरकार (01.02.2018)
राजनीतिक विवादको गाँठो फुक्यो तर अलमल कायमै (01.02.2018)
सरकार गठन प्रक्रिया अबरुद्ध ! (12.26.2017)
पार्टी एकीकरण नभए स्थायित्व असम्भव (12.26.2017)
राष्ट्रियसभा गठनमा दलीय रोदन (12.26.2017)



 
::| Latest News

 
[Page Top]