युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Tuesday, 08.21.2018, 03:13pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
मुख्य समाचार
 
महाकालीमा भारतको अर्को बलमिच्याई
Tuesday, 03.06.2018, 02:46pm (GMT+5.5)

काठमाडौं । सुदूरपश्चिमको दार्चुलामा नेपाली भूमि मिचेर सैन्य पोष्ट खडा गरेको भारतले अब सोही जिल्लामा सडक र पुल बनाएर अतिक्रमणको नयाँ चरण सुरु गरेको छ । नेपालमा नयाँ सरकारले आकार लिंदै गर्दा भारतबाट नेपाली भूमि अतिक्रमण गर्दै पुल र सडक बनाइरहेको छ । यो सडक कालापानीमा अतिक्रमित भूमिलाई वैधता दिने गरी सोही स्थानसम्म बनाउन लागिएको हो ।
समाचार अनुसार सुदूरपश्चिमका दार्चुलाको उत्तरी क्षेत्रमा भारतले नेपालसँग अनुमति नै नलिई बाटो र महाकाली नदीमा पुल बनाएको हो । जिल्लाको ब्यास गाउँपालिका–२, ताम्बाकु घाटबगर र दोपखे क्षेत्रमा तीनवटा काठेपुल र बाटो बनाएको छ । सो क्षेत्रमा बस्ती छैन भने यहाँबाट चार घन्टाको दूरी दक्षिणमा रहेको दुम्लिङमा नेपाल प्रहरीको पोस्ट छ । यो क्षेत्रको महाकाली नदीमा पानीको बहाव न्यून रहेकाले काठेपुलको नै प्रयोग हुँदै आएको छ ।
भारतले धार्चुलाबाट महाकालीको पश्चिम किनारैकिनार लिपुलेक पुग्ने सडक निर्माण गरिरहेको छ । भारतको लखनपुरदेखि बँदीसम्मको २५ किलोमिटर क्षेत्रमा सडक निर्माणका लागि आवश्यक उपकरण लग्न भारततर्फको बाटो बन्द भएपछि नेपालको बाटो प्रयोग गरिएको स्थानीबासिन्दाले बताएका छन् ।
नेपालको अनुमतिबिनै भारतले डोजर ल्याएर डेढ सय मिटर सडक र चारवटा काठे पुल बनाइसकेको छ । भारतले एकतर्फी रुपमा सडक र पुल बनाउन थाले पनि नेपाली प्रशासनले सुइँकोसम्म पाएन ।
प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले ‘कहिले निर्माण गरेको रहेछ, बुझ्दै छौं,’ भन्दै कुन मितिमा पुल र बाटो निर्माण गरिएको भन्नेबारे आफूहरूलाई यकिन जानकारी नभएको बताउनुभएको छ । उहाँले अनुमतिबिनै सडक बनाइएकोबारे गृह मन्त्रालयमा जानकारी गराइसकेको पनि बताउनुभएयो ।
नेपाल प्रहरीको दुम्लिङस्थित अस्थायी पोस्टले सीमाक्षेत्रमा पुल र बाटो निर्माण भइरहेको थाहा पाएपछि फागुन १० गते नेपाल प्रहरी र सशस्त्रको संयुक्त टोली यथार्थ बुझ्न खटिएको थियो । त्यस क्रममा भारतीय पक्षले महाकाली तारेर करिब डेढ सय मिटर परबाट ३ वटा डोजर भारतीय क्षेत्रमा र्पुयाइसकेको देखियो । जबकि दुम्लिङबाट उक्त ठाउँ दुई घण्टाको पैदल दूरीभन्दा कम छ ।
सन् २०१८ भित्र लिपुलेकसम्म सडक पु¥याउने लक्ष्यअनुसार निर्माणलाई तीव्रता दिइरहेको भारतले उक्त खण्डमा आफ्नातर्फ कडा चट्टान भएकाले हेभी इक्विपमेन्ट र सामग्री ढुवानीमा नेपाली भूमि प्रयोग गर्न चाहिरहेको छ ।
त्यसो त भारतीय पक्षले आफ्नातर्फ पहिरोका कारण कैलाश मानसरोवर पैदल मार्ग विभिन्न ठाउँमा अवरुद्ध भएकाले सामग्री ढुवानीका लागि नेपाली भूमि प्रयोगको अनुमति माग्दै गत फेब्रुअरी ३ मा पत्र पठाएको जिल्ला प्रशासनले जनाएको छ ।
प्रशासनले अन्तर्राष्ट्रिय सीमाको विषय भएकाले आफूले निर्णय लिन नसक्ने भन्दै मागबारे माघ २१ मा गृह मन्त्रालयलाई जानकारी गराएको थियो । गृहबाट अनुमति प्राप्त नभइकनै भारतीय पक्षले काम थालिसकेको हो ।
त्यसो त दार्चुलाको कालापानी क्षेत्रमा भारतले दशकौंदेखि अतिक्रमण गरी सैन्य पोष्ट खडा गरेको छ । यो विषय नेपालको सत्ता राजनीतिमा निकै ठूलो विषय छ । कालापानीबाट भारतीय सेना हटाउनुपर्ने माग सडकमा जति लाग्ने गरेको छ । सत्तामा पुग्नेहरुबाट त्यसको पहल हुन सकेको छैन ।
नेपाल भारतको सीमा अतिक्रमणबाट आक्रान्त छ । सुगौली सन्धिका कारण नेपालको एक तिहाई भूभाग भारतमा गाभिएको छ । पुरानो नेपालको नक्सा अनुसार नेपालको सीमाना भूटान र बंगलादेशसंग जोडिएको छ । नेपाली पक्षले यस विषयमा भारतसंग कुनै कुरा राखेको छैन ।
सन् १९५० पछि भारतकै कारण नेपालले हालसम्म ६५ हजार हेक्टर भूमि गुमाउनु परेको छ । भारतले नेपालको २४ जिल्लाको ६५ स्थानमा सीमा मिचेको छ । भारतले कालापानीमा एकै स्थानमा ३७ हजार हेक्टर भूमि मिचेको छ भने नवलपरासीको सुस्तामा १४ हजार हेक्टर भूमि हडपेको छ ।
हालै मात्र वीरगञ्जको छप्कैयामा ५० विघाभन्दा बढी भूमि मिचेर सीमा स्तम्भ गाडिएको थियो । अहिले कालापानी क्षेत्रमा सडक र पुल बनाएर नेपाली भूमि अतिक्रमण थालेको छ । यसलाई समयमै नरोक्ने हो भने अर्को कालापानी वा सुस्ताको नियति दोहोरिन सक्छ ।


Rating (Votes: )   
Share     Print


Other Articles:
दुई पार्टीबीच एकताको सहमति मन्त्रिमण्डल विस्तारको ढोका खुल्यो (02.20.2018)
देउवाले कसैलाई नछोड्ने (02.20.2018)
के के ग¥यो कांग्रेस सरकारले ? (02.20.2018)
प्रदेश सरकारमा बाम गठबन्धनको सहमति : केन्द्रीय सरकार बन्नु अघि नै पार्टी एकता (01.30.2018)
सीमा अतिक्रमण : सबैले देख्ने, सरकारले नदेख्ने (01.30.2018)
शहीदको भण्डार बन्दै देश (01.30.2018)
आर्थिक संकट आउनसक्ने चेतावनी (01.30.2018)
दुराशयपूर्ण भित्री खेल रोकिएको छैन : राष्ट्रियसभा र प्रदेश सरकारतिर ध्यान केन्द्रित (01.25.2018)
प्रदेश प्रणालीको अभ्यास शुरु, राजधानीको विवादले उग्ररुप (01.25.2018)
गम्भीर रोगका औषधिको मूल्यमा मनोमानी (01.25.2018)
वाम सरकारको बाटो छेक्ने प्रयास जारी (01.09.2018)
प्रदेश राजधानीको ववण्डर (01.09.2018)
राष्ट्रियसभामा बाम गठबन्धनको ४३ सिट (01.09.2018)
भाइरलका बिरामीलाई धामीझाँक्री, नौजनाको ज्यान गयो, पुगेनन् स्वास्थ्यकर्मी (01.09.2018)
सरकार गठनमा नियोजित बिलम्ब : बहुमतको सरकार बन्न नदिन ठूलो चलखेल (01.02.2018)
गठबन्धन टुटाउने षड्यन्त्रमा सरकार (01.02.2018)
राजनीतिक विवादको गाँठो फुक्यो तर अलमल कायमै (01.02.2018)
सरकार गठन प्रक्रिया अबरुद्ध ! (12.26.2017)
पार्टी एकीकरण नभए स्थायित्व असम्भव (12.26.2017)
राष्ट्रियसभा गठनमा दलीय रोदन (12.26.2017)



 
::| Latest News

 
[Page Top]