युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Tuesday, 04.24.2018, 02:31pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
मुख्य समाचार
 
बाम गठबन्धनको मधेश मोहको रहस्य
Tuesday, 03.20.2018, 11:04am (GMT+5.5)

काठमाडौं । ‘राजनीतिमा असम्भव भन्ने केही हुँदैन’ भन्ने कथन चरितार्थ गर्दै मधेशवादी दलहरूले बामगठबन्धनलाई विश्वासको मत दिएर दुई तिहाई पु¥याइदियो । यो सन्दर्भलाई निकै प्रश्नात्मक रूपमा हेरियो । सरकारले आफ्नै स्पष्ट बहुमत हुँदाहुँदै किन दुई तिहाई चाहियो भन्ने प्रश्न पनि उठे । यद्यपि जसरी जुन रूपमा मधेशवादीहरू एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपीको नाम समेत सुन्न चाहँदैनथे, अहिले परिस्थिति बदलिएको छ । उनीहरू सत्तारूढ हुन उत्ताउलिएर बसेका छन्, आन्तरिक गृहकार्यमा जुटेका छन् ।
एकताका यस्तो समय थियो, जतिबेला मधेशवादी दलहरू ओली मधेश बिरोधी भएको भन्दै उहाँलाई तराईमा छिर्नै नदिने अडानमा थिए । स्थानीय तहको निर्वाचनताका ओली उपस्थित हुने कार्यक्रममा आक्रमण नै भयो । सुरक्षाकर्मीले गोली चलाउँदा केहीको मृत्यु भयो । कारण थियो, ओलीले मधेशवादी दलको सबै माग पूरा गरेर संविधान संशोधन गरे मुलुकको स्वाधिनता नै समाप्त हुने अडान राख्दै संविधान संशोधन हुन दिनुभएन । मधेशवादीको आकांक्षा पूरा भएन ।
तर समयले यसरी कोल्टे फे¥यो कि उनीहरू तिनै ओलीसंग मधेशवादी दलहरू टास्सिएका छन् । प्रधानमन्त्रीलाई विश्वासको मत दिएर राजनीतिको ‘यू टर्न’ उनीहरूले गरेका छन् । यसको कारण के हो ? कुतुहलताको विषय बनेको छ ।  मधेशवादी दल विशेष गरी राष्ट्रिय जनता पार्टीका नेताहरूले प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिने क्रममा विगतमा ओलीले कडा अडान राखेका आफ्ना मागमा अब उनी लचिलो हुँदै संविधान संशोधन गर्ने अपेक्षामा समर्थन गरेको टिप्पणी गरे ।
तर, प्रधानमन्त्री ओलीले सबै समुदायलाई सक्दो समेट्ने वाचा संसदमा गरे पनि संविधान संशोधनको प्रतिबद्धता भने जनाउनुभएन । तराई केन्द्रित दलहरूले ओलीलाई दिएको साथमा चाहिँ प्रदेश २ मा सरकारलाई वाम गठबन्धनले गरेको समर्थनको राजनीतिक विनिमय झल्कन्थ्यो ।
त्यसैले त संसदमा बोल्दै राजपा अध्यक्ष मण्डलका एक सदस्य महिन्द्र राय यादवले विगतमा भएका सहमति अब कार्यान्वयन हुने विश्वासको वातावरण बनाउनुपर्छ भन्दै त्यो विश्वासको वातावरण प्रदेश २ मा सरकारलाई वाम गठबन्धनको समर्थनले जगाएको बताउनुभयो । त्यस्तै अपेक्षातर्फ संकेत गर्दै संसदमा ओलीदेखि लिएर प्रचण्ड, माधव नेपाल लगायतका वाम गठबन्धनका शीर्षस्थ नेताले सकेसम्म सबैलाई समेट्ने प्रयासको चर्चा गरे पनि संविधान संशोधनको प्रष्ट वाचा कसैले गरेनन् ।
किनभने रापजा र संघीय समाजवादी फोरमको एकसूत्रीय अडान वा माग संविधान संशोधन हो र संविधान संशोधनको प्रतिबद्धता ओली सरकारले अर्थात् बाम गठबन्धनले जनाइसकेको भन्दै उनीहरूले सरकारमा जाने तयारी गरिसकेको छ । यद्यपि संविधान संशोधन आवश्यकता अनुसार हुने भन्दै प्रधानमन्त्री ओलीले उनीहरूको माग अनुसार नै संशोधन नहुने बताउँदै आउनुभएको छ । तैपनि राजपा ओलीको समर्थनमा किन उभियो भन्ने प्रश्न महत्वपूर्ण छ । भारतले पनि बाम गठबन्धनको दुई तिहाईभन्दा बढी समर्थन रहेको ओली सरकारलाई चाहिनेभन्दा बढी समर्थन गरेको छ । उसैको चाहना अनुसार राजपाले समर्थन गरेको टिप्पणी राजनीतिक वृत्तमा छ ।
अर्कोतिर मधेशवादी नेताहरूलाई अब राजनीतिकभन्दा विकास केन्द्रित हुनुपर्ने दवाव छ । यसका लागि शक्तिशाली सरकारको साथ चाहिन्छ । तराईमा विकास छोडेर आआफ्ना स्वार्थका लागिमात्र नेताहरू लागेको आरोप उनीहरूमाथि छ । अब राजनीतिक मुद्दाभन्दा पनि विकासमा केन्द्रित हुनुपर्ने आवाज प्रदेश २ भित्र जोडदार रूपमा उठिरहेको पाइन्छ । अनि सो प्रदेशमा आफ्नै हातमा डाडूपन्यू रहेको रकाम गरेर देखाउनुपर्ने चुनौती तराई केन्द्रित दलहरूलाई छ । त्यसका लागि केन्द्रमा सत्तासीन वाम गठबन्धन, खासगरी प्रधानमन्त्री ओलीसँग सम्बन्ध सुधार्दा फोरम र राजपालाई फाइदा हुने आँकलन गरिएका छन् ।
अर्कोतिर प्रचण्ड बहुमत हुँदाहँदै ओलीले किन दुई तिहाईको समर्थन खोज्नुभो भन्ने प्रश्न एक्लो प्रतिपक्षी नेपाली कांग्रेसका नेताहरूको छ । संसदमा बोल्दै कांग्रेस सांसद गगन थापाले दुई तिहाईको दिव्य शक्ति के हो भन्ने प्रश्न उठाउनुभयो । उहाँको आशंका विदेशी शक्तिको दवावतिर लक्षित थियो कि प्रधानमन्त्री ओली सर्वशक्तिमान बन्ने होडमा लागेकोतिर हो त्यो उहाँले नै विश्लेषण गर्ने विषय हो ।
तर, एउटा सत्य के हो भने भारतको क्रिपापात्र रहेको भनिएका राजपाका नेताहरूले सरकारलाई समर्थन गर्नु उनीहरूको रणनीतिक दाउ मात्र नहुनसक्छ । भारतकै निर्देशनमा भएको भनेर आरोपित गर्न पनि हतार नै हुन्छ । जेजस्ता मुद्दाहरूमा विगत लामो समयदेखि मुलुक अल्झिरह्यो अब पनि त्यस्तै मुद्दामा रूल्मुलिइरहने हो भने मुलुक कहीं पुग्दैन । जनताले विकास र समृद्धि चाहेका छन् । राजनीतिक नारा सुन्नै नचाहने अवस्थामा जनता छन् । मधेशवादीहरूका लागि यो ठूलो चुनौति हो । उनीहरूले विगतमा लामो समय सरकारमा रहेर के गरे भन्ने प्रश्न उठिरहेको छ । अब समृद्धि राजनीतिक मुद्दा एकसाथ अघि बढाउन पनि उनीहरूलाई शक्तिशाली सरकारको साथ चाहिन्छ ।
हामीमा एउटा ठूलो भ्रम र समस्या छ, त्यो भ्रम भनेको भारतको इच्छाबिना कोही पनि सत्तामा टिक्न सक्दैन, अनि भारतको क्रिपा नहुँदासम्म देश विकास हुँदैन । जबसम्म यो भ्रम तोडेर राष्ट्रिय स्वाभिमानपूर्वक मुलुक अगाडि बढाउने प्रण हुँदैन तबसम्म जतिसुकै राम्रो सोचले कदम चालिएको भए पनि शंका उब्जिइरहन्छ । यो विगतले देखाएको यथार्थ हो ।
अब, समयले कोल्टे फेरेको छ । मधेशवादीलाई भारतको स्वार्थमा प्रयोग भैरहेको मात्रै भनिरहने, बामपन्थीलाई चीनको प्रभावमा परेको भनिरहने, राष्ट्र्रियताका अडानलाई महेन्द्रवादी चिन्तन भन्दै आलोचना मात्रै गरिरहने हो भने हामी कहीं पुग्दैनौं । मुलुक दिनप्रतिदिन कमजोर, झन कमजोर मात्रै बन्दै जानेछ ।
तसर्थ सकारात्मक सोचले विश्लेषण गर्ने हो भने विगतको तीतो, आगो सबै बिर्सेर समृद्धिको दिशातिर अग्रसर हुनकै लागि राजपाले प्रधानमन्त्री ओलीलाई समर्थन गरेको हो भन्दा अहिले गलत नहोला । बाँकी कुरा विस्तारै देखिंदै जानेछ ।


Rating (Votes: )   
Share     Print


Other Articles:
दुईतिहाइको आशमा सरकार विस्तारमा विलम्ब ! संघीय संसदको अधिवेशन प्रारम्भ (03.06.2018)
कांग्रेसमा देउवाको एकलौटी (03.06.2018)
महाकालीमा भारतको अर्को बलमिच्याई (03.06.2018)
दुई पार्टीबीच एकताको सहमति मन्त्रिमण्डल विस्तारको ढोका खुल्यो (02.20.2018)
देउवाले कसैलाई नछोड्ने (02.20.2018)
के के ग¥यो कांग्रेस सरकारले ? (02.20.2018)
प्रदेश सरकारमा बाम गठबन्धनको सहमति : केन्द्रीय सरकार बन्नु अघि नै पार्टी एकता (01.30.2018)
सीमा अतिक्रमण : सबैले देख्ने, सरकारले नदेख्ने (01.30.2018)
शहीदको भण्डार बन्दै देश (01.30.2018)
आर्थिक संकट आउनसक्ने चेतावनी (01.30.2018)
दुराशयपूर्ण भित्री खेल रोकिएको छैन : राष्ट्रियसभा र प्रदेश सरकारतिर ध्यान केन्द्रित (01.25.2018)
प्रदेश प्रणालीको अभ्यास शुरु, राजधानीको विवादले उग्ररुप (01.25.2018)
गम्भीर रोगका औषधिको मूल्यमा मनोमानी (01.25.2018)
वाम सरकारको बाटो छेक्ने प्रयास जारी (01.09.2018)
प्रदेश राजधानीको ववण्डर (01.09.2018)
राष्ट्रियसभामा बाम गठबन्धनको ४३ सिट (01.09.2018)
भाइरलका बिरामीलाई धामीझाँक्री, नौजनाको ज्यान गयो, पुगेनन् स्वास्थ्यकर्मी (01.09.2018)
सरकार गठनमा नियोजित बिलम्ब : बहुमतको सरकार बन्न नदिन ठूलो चलखेल (01.02.2018)
गठबन्धन टुटाउने षड्यन्त्रमा सरकार (01.02.2018)
राजनीतिक विवादको गाँठो फुक्यो तर अलमल कायमै (01.02.2018)



 
::| Latest News

 
[Page Top]