युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Monday, 07.23.2018, 04:59pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
मुख्य समाचार
 
“अझै दुई महिना पार्टी एकता हुँदैन”
Tuesday, 04.24.2018, 01:23pm (GMT+5.5)

काठमाडौं । मुलुकका दुई ठूला कम्युनिष्ट पार्टी नेकपा एमाले र माओवादी केन्द्रले मंसिरमा सम्पन्न प्रदेश र संघीय संसदको निर्वाचन अघि पार्टी एकताको घोषणा गर्दै संयुक्त रुपमा निर्वाचनमा भाग गरेका नेकपा एमाले र माओवादी केन्द्रबीच अझै कुरा मिलेको छैन । दुई पार्टीका नेतृत्व पंक्तिमा रहेका नेताहरु र अध्यक्षद्वयबीच पटकपटक छलफल भए पनि पार्टी एकताको कुरा अलमलमै छ ।
आइतबार कम्युनिष्ट पार्टी स्थापना दिवसको दिन पार्टी एकताको मिति घोषणा हुने दुबै दलका अध्यक्षले बताउँदै आएका थिए । तर, पार्टीका नेताहरुले आआफूलाई सुरक्षित राख्न नखोजेका कारण पार्टी एकताा घोषणमा ढिलाई भैरहेको छ । एमालेका थरिथरिका नेताले थरिथरिका अभिव्यक्ति दिइरहेका छन् । उता माओवादी केन्द्रका नेताहरुबाट पनि त्यस्तै अभिव्यक्ति आउने गरेको छ । पार्टी एकतामा मूलतः तीन विषयमा सहमति हुन सकेको छैन । पार्टीको सिद्धान्त, पदीय बाँडफाड र जनयुद्धलाई समावेश गर्ने कि नगर्ने भन्ने छ ।
जनताले दुई पार्टी एक भएर मुलुकमा स्थायित्व कायम हुने आशाका साथ बाम गठबन्धनलाई प्रचण्ड बहुमत दिएका थिए । अहिलेसम्म पार्टी एकता हुन नसक्दा जनतामा निराशा उत्पन्न हुन थालेको छ । पार्टी एकतासंग मुलुकको स्थायित्व र समृद्धिको सपना साँचेका जनताका लागि पार्टी एकताका विषयमा उत्पन्न विवादसंगै देशी–विदेशी शक्तिले खेल्न थालेको आवाज पनि नेताहरुले उठाइरहेका छन् । तैपनि पार्टी एकताबाट पछि हट्नै नसक्ने दुबै दलका अध्यक्षको प्रतिबद्धता छ । आइतबार १४८ औं लेनिन जयन्ती तथा नेपाल कम्युनिष्ट पार्टीको ६९ औँ स्थापना दिवस (२२ अप्रिल) का अवसरमा पार्टी एकता संयोजन समितिले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै दुवै पार्टीका अध्यक्षले पार्टी एकतालाई सम्मानजनक, समानतामा आधारित र न्यायोचित प्रारुपमा अगाडि बढाउने सहमति भएको जानकारी पनि दिएका छन् ।
प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताका विषयमा सन्देह नगर्न आग्रह गर्दै एकता हुन रोक्नुपर्ने कुरा छैन, एकता रोक्नुपर्ने कारण र तर्क केही पनि छैन भन्दै विगतमा भएका गल्ती नदोहो¥याउने प्रतिबद्धता व्यक्त गर्दै एकता निकट भविष्यमा हुने र एकताबाट पछाडि फर्कने होइन कि नयाँ ढंगले अगाडि बढ्ने प्रतिबद्धता जनाउनुभयो 
सोही अवसरमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सम्मानजनक, समानतामा आधारित र न्यायोचित परिस्थितिमा पार्टी एकता गर्ने अध्यक्ष ओली र आफूबीच सहमति भएको खुलासा गर्नुभयो । एकताको ढाँचा तयार गरेर अगाडि बढेको जानकारी दिँदै पार्टी एकता महत्वपूर्ण विषय हो, त्यसैले सबैको ध्यान त्यसतर्फ छ, यस विषयमा एकअर्काले सम्मान गर्नैपर्छ भन्दै पार्टी एकता नतोकिएको मितिमा हुने दावी समेत गर्नुभयो ।
दुबै पार्टी एकताका लागि भन्दै अनेक बैठक र योजना बनाइरहे पनि दुबै पार्टीमा एकता तत्काल हुन नसक्ने निष्कर्षमा पुगेका छन् । पार्टी एकताको मिति आज र भोलि भन्दै अहिलेसम्म अलमल भैरहेका बेला आइतबार माओवादीको बैठकले एमालेसंग कुरा नमिलिसकेका कारण अझै एक दुई महिना पार्टी एकताको मिति तोक्न समय लाग्ने निष्कर्ष निकालेको छ । अध्यक्ष प्रचण्डको निवास खुमलटारमा बसेको बैठकले पार्टी एकताका लागि अग्रिम मिति तोक्नु उपयुक्त नहुने निष्कर्ष निकालेको बैठकपछि प्रवक्ता पम्फा भुसालले जानकारी दिनुभएको छ ।
बैठकमा अध्यक्ष प्रचण्डले एमाले नेताहरुसँग एकताको विषयमा भइरहेको छलफलको प्रगतिबारे जानकारी गराउँदै सैद्धान्तिक, राजनीतिक र संगठनिक विषयमा विषयमा सहमति र समझदारी कायम गर्ने कुरामा सकारात्मक ढंगले कुराकानी अगाडि बढेको बताउनुभएको थियो ।
अध्यक्ष प्रचण्डले बैठकमा दुवै पार्टीका नेता, कार्यकर्ता र नेपाली जनताले अनुमोदन गरेको अहिलेको राष्टको आवश्यकता पार्टीको एकता सम्पन्न गर्ने कुरा सुनिश्चित रहेको र त्यो पार्टी एकता सिद्धान्तनिष्ठ, समानता, सम्मानजनक र न्यायोचित आधारमा एकता सम्पन्न हुने बताउनुभएको थियो । बैठकमा पार्टी एकताका विषयमा एमालेका नेताहरुको फरक फरक धारणाका सम्बन्धमा पनि चर्चा चलेको थियो । सहभागी अर्का एक नेताका अनुसार एमालेकै नेताहरुबीच कुरा मिल्न बाँकी रहेकाले एकता प्रक्रियाले अझै केही समय लिने प्रचण्ड लगायतका नेताहरुको निष्कर्ष छ ।
बैठकमा प्रायः सबै नेताहरुले पार्टी एकता आवश्यक भएको बताएका थिए । जवाफमा प्रचण्डले नेताहरुको व्यवस्थापन नभएर एकता रोकिएको भन्ने कुरा सही नभएको बताएका थिए । एमालेभित्र पनि यस्तै अवस्था छ । शीर्ष नेताहरुको समायोजन नै प्रमुख समस्या रहेको अनि पार्टी एकतामा हैसियतको प्रश्न अझै कायम छ । 


Rating (Votes: )   
Share     Print


Other Articles:
स्थानीय तहलाई अधिकार, कानुनको अभावमा अलपत्र (04.24.2018)
प्रधानमन्त्री ओली भारत भ्रमणबाट सन्तुष्ट : सम्बन्ध सुधारमा परिणामको प्रतिक्षा (04.12.2018)
बाइस वर्षसम्म के हेरेर बस्यौ ? (04.12.2018)
लेनिन दिवसमा पार्टी एकता घोषणा ! (04.12.2018)
ईयूको चलखेलप्रति गिरिजाको आक्रोश र ओलीको अडान (04.03.2018)
नयाँ दिल्लीमा कसरी प्रकट होला नेपालको अडान ? (04.03.2018)
ओलीले मोदीलाई दिएको त्यो जवाफ (04.03.2018)
जटिल सम्बन्धका कसिला गाँठाहरू फुकाउने कसरत (03.27.2018)
मोदी नेपाल कहीले आउलान् ? (03.27.2018)
कि प्रतिवेदन सच्याउ, कि नेपाल छाड (03.27.2018)
दुईतिहाइको दौडमा निर्देशित अवरोध ! (03.20.2018)
किन सेलायो पार्टी एकता ? (03.20.2018)
बाम गठबन्धनको मधेश मोहको रहस्य (03.20.2018)
दुईतिहाइको आशमा सरकार विस्तारमा विलम्ब ! संघीय संसदको अधिवेशन प्रारम्भ (03.06.2018)
कांग्रेसमा देउवाको एकलौटी (03.06.2018)
महाकालीमा भारतको अर्को बलमिच्याई (03.06.2018)
दुई पार्टीबीच एकताको सहमति मन्त्रिमण्डल विस्तारको ढोका खुल्यो (02.20.2018)
देउवाले कसैलाई नछोड्ने (02.20.2018)
के के ग¥यो कांग्रेस सरकारले ? (02.20.2018)
सीमा अतिक्रमण : सबैले देख्ने, सरकारले नदेख्ने (01.30.2018)



 
::| Latest News

 
[Page Top]