युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Monday, 07.23.2018, 05:15pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
मुख्य समाचार
 
मोदी नेपाल आउँदै– नाकाबन्दीको पीडा बिर्साउन के गर्लान् ?
Tuesday, 05.08.2018, 11:05am (GMT+5.5)

काठमाडौं  । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपालको औपचारिक भ्रमण यही वैशाख २८ गते शुक्रबारबाट सुरु हुनेछ  । प्रधानमन्त्री केपी ओलीको भारत भ्रमण लगत्तै हुन लागेको मोदीको भ्रमणलाई विशेष महत्वका साथ हेरिएको छ  । संविधान जारी भएपछि भारतले लगाएको नाकाबन्दीपछि विग्रिएको दुई देशको सम्बन्धलाई अरु सुदृढ बनाउने उद्देश्यका साथ मोदीको भ्रमण हुन लागेको बताइन्छ  । घोषित कार्यतालिका विपरीत मोदीबाट नयाँ र आकर्षक घोषणा हुने अपेक्षा धेरैको छ  । नेपाल र भारतबीच कायम रहेको ऐतिहासिक–पौराणिक सम्बन्ध आधुनिक कालमा आएर त्यति सुखद् हुन नसकेको आम नेपालीले अनुभूत गरेको सन्दर्भमा प्रधानमन्त्री मोदीको हुन लागेको नेपाल भ्रमण त्यस्तो भावना हटाउन सहायक सिद्ध हुने विश्वास छ  । नेपालका हरेक प्रधानमन्त्री भारत जाने तर भारतबाट नआउने गरेको सन्दर्भमा मोदी प्रधानमन्त्री भएपछि यो तेस्रो नेपाल भ्रमण हुनेछ  ।
नेपाल र भारतबीच धार्मिक–सांस्कृतिक सम्बन्ध अनि जनताबीचको सम्बन्ध जति सुमधुर छ राजनीतिक रुपमा त्यस्तो छैन  । नेपालमा जहिले पनि हस्तक्षेपकारी भूमिका खेल्दैआएको भारतको पछिल्लो सत्ताले पनि नेपालमा नाकाबन्दी गरेसंगै छिमेकी मुलुकप्रतिको नीति र दृष्टिकोण बदलिएको सुरुको संकेत धुमिल भएको थियो  । नेपालमा नाकाबन्दी गरेर विश्वव्यापी रुपमा नेपालको संविधानको कुप्रचार गर्दैआएको भारतका लागि अन्ततः त्यो उसैका लागि प्रतित्यूपादक सावित भयो  । भारत यसैकारण पनि नेपालसंगको सम्बन्ध सुधार्न चाहन्छ  । प्रधानमन्त्री ओलीको सम्पन्न भारत भ्रमणका क्रममा राजनीतिक छलफल नहुनु सम्बन्ध सुधारको प्रमुख संकेत हो  । भारत भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले भारतले प्रतिबद्धता जनाएका कुनै पनि आयोजना पूरा नगरेको फेहरिस्त बताउँदा मोदी नतमस्तक भएका थिए  । विशेष गरी ऊर्जा र भौतिक पूर्वाधार विकासमा भारतले लामो समयदेखि आयोजना ओगटेर राखिरहेको छ  । अरुण–३ बल्ल शिलान्यास हुनेछ  । 
मोदीले नेपालको पहिलो भ्रमणका क्रममा नेपालको शान्ति र विकास नै आफ्नो चाहना भएको भन्दै संसदमा सम्बोधन गर्दा मोदीले एमाओवादी अध्यक्ष पष्पकमल दाहाललाई ‘सम्राट अशोक’संग तुलना गर्दै “बुद्धको भूमिबाट विश्व शान्तिका लागि नयाँ सन्देश जानेवाला छ र त्यसका लागि तपाईंहरुले सोही अनुसारको संविधान निर्माण गर्नुहुनेछ” भन्दै संविधानको मूल मर्म, भावना र उसको गुणलाई नबिर्सन आव्हान गर्नुभयो  । तर, संविधान जारी भएपछि तिनै मोदी ‘खलनायक’ बन्दै नाकाबन्दी गरे  । त्यतिबेला नेपालको विकास कृषि, जलस्रोत, जडिबटी र पर्यटनबाट मात्रै हुने स्पष्ट धारणा नेपालका विधायकहरुको बीचमा राख्नुभएका मोदीले नेपालको सार्वभौमसत्ता, राष्ट्रिय अखण्डता र स्वतन्त्रताको उच्च सम्मान गरेको बताउनुभयो  । तर, हस्तक्षेपकारी नीतिमा परिवर्तन ल्याउनुभएन  । अहिले त्यही विगतको तीतो बिर्साउन मोदीले नेपालमा रहँदा भरपूर प्रयास गर्ने अपेक्षा छ  । 
प्रधानमन्त्री केपी शर्मा ओलीको निमन्त्रणमा नेपालको दुई दिने राजकीय भ्रमणमा आउनुहुने मोदी बिहारको राजधानी पटनाबाट जनकपुर आउने र त्यहाँ नागरिक अभिनन्दन कार्यक्रम हुनेछ  । मोदीले जनकपुरमा जानकी मन्दिरमा पूजा गर्ने र त्यहाँबाट भारतीय सेनाको हेलिकोप्टर प्रयोग गरी मुक्तिनाथ पुग्नुहुनेछ  । मुक्तिनाथको दर्शनपछि उहाँ काठमाडौं फर्कनुहुनेछ  । मोदीको सम्मानमा २८ गते साँझ नै टुँडिखेलमा नेपाली सेनाको टुकडीले ‘गार्ड अफ अनर’ प्रदान गर्ने छ  । सोही दिन प्रधानमन्त्री केपी आली र मोदीबीच द्वीपक्षीय छलफल हुनेछ  ।
त्यस्तै प्रधानमन्त्री मोदीको सम्मानमा काठमाडौँ महानगरपालिकाले नागरिक अभिनन्दन समेत आयोजना गर्ने कार्यक्रम रहेको छ  । परराष्ट्र मन्त्रालयका अनुसार महानगरपालिकाले काठमाडौँमा मोदीको सम्मानमा नागरिक अभिनन्दनको कार्यक्रम आयोजन गरेको छ  । त्यस्तै भारतीय प्रधानमन्त्री मोदीले राष्ट्रपति विद्यादेवि भण्डारी, उपरराष्ट्रपति नन्दबहादुर पुनसँग छुट्टाछुट्टै शिष्टाचार भेट गर्ने कार्यक्रम समेत तय भएको छ  । त्यस्तै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले समेत भारतीय प्रधानमन्त्री मोदीसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ  । यसैबीच मोदीको दुई दिने भ्रमणका क्रममा अरुण तेस्रोको शिलान्यास हुने छ  । ९०० मेगावाट क्षमताको परियोजनाको काठमाडौँबाटै दुई प्रधानमन्त्रीले शिलान्यास गर्ने कार्यक्रम रहेको छ  । परराष्ट्र मन्त्रालयका अनुसार २९ गते काठमाडौँबाट दुवै प्रधानमन्त्रीले काठमाडौँबाट भिडियो कन्फ्रेन्स मार्फत् अरुण तेस्रोको शिलान्यास गर्नेछन्  । त्यसका लागि लगानी बोर्डले अरुण तेस्रो जलविद्युत् आयोजनाको प्रवर्धक एसजेभिएन नेपाललाई विद्युत् उत्पादन अनुमतिपत्र समेत प्रदान गरिसकेको छ  ।
नेपाल–भारत सम्बन्ध जुन चरणमा पुगेको छ र भारतले नेपाली जनतालाई जसरी दुःख दिएको छ त्यो भारतीय शासका मीठा शब्दले मात्र पूर्ति हुँदैन  । नेपालले भारतसंग भोगिरहेको व्यापार घाटा, नेपालको सीमित निर्यातलाई खडा गरेको अनेक अबरोध, सीमा अतिक्रमण, डुबान समस्याको समाधानमा भारतले जहिले पनि आनाकानी गर्दैआएको छ  । यसपटक ती समस्या समाधानमा के कस्तो प्रयास र प्रतिबद्धता हुन्छ त्यो हेर्न बाँकी नै छ  । 


Rating (Votes: )   
Share     Print


Other Articles:
एकताको अलमल नेताहरुको व्यवस्थापन (05.08.2018)
जनअपेक्षा विपरीत राजनीतिक वातावरण धुमिल बन्दै- पार्टी एकतामा शंकाको कालो बादल (04.24.2018)
“अझै दुई महिना पार्टी एकता हुँदैन” (04.24.2018)
स्थानीय तहलाई अधिकार, कानुनको अभावमा अलपत्र (04.24.2018)
प्रधानमन्त्री ओली भारत भ्रमणबाट सन्तुष्ट : सम्बन्ध सुधारमा परिणामको प्रतिक्षा (04.12.2018)
बाइस वर्षसम्म के हेरेर बस्यौ ? (04.12.2018)
लेनिन दिवसमा पार्टी एकता घोषणा ! (04.12.2018)
नयाँ दिल्लीमा कसरी प्रकट होला नेपालको अडान ? (04.03.2018)
ईयूको चलखेलप्रति गिरिजाको आक्रोश र ओलीको अडान (04.03.2018)
ओलीले मोदीलाई दिएको त्यो जवाफ (04.03.2018)
जटिल सम्बन्धका कसिला गाँठाहरू फुकाउने कसरत (03.27.2018)
मोदी नेपाल कहीले आउलान् ? (03.27.2018)
कि प्रतिवेदन सच्याउ, कि नेपाल छाड (03.27.2018)
किन सेलायो पार्टी एकता ? (03.20.2018)
दुईतिहाइको दौडमा निर्देशित अवरोध ! (03.20.2018)
बाम गठबन्धनको मधेश मोहको रहस्य (03.20.2018)
दुईतिहाइको आशमा सरकार विस्तारमा विलम्ब ! संघीय संसदको अधिवेशन प्रारम्भ (03.06.2018)
कांग्रेसमा देउवाको एकलौटी (03.06.2018)
महाकालीमा भारतको अर्को बलमिच्याई (03.06.2018)
देउवाले कसैलाई नछोड्ने (02.20.2018)



 
::| Latest News

 
[Page Top]