युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Wednesday, 12.19.2018, 10:54am (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
मुख्य समाचार
 
कांग्रेस महासमिति बैठक अहिलेदेखि नै आआफ्नै दाउ
Tuesday, 08.28.2018, 01:23pm (GMT+5.5)

काठमाडौं । मुलुकको सबभन्दा पुरानो राजनीतिक दल नेपाली कांग्रेसले आगामी मंसिरमा महासमितिको बैठक बोलाएको छ । शनिबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले मंसिर ५ देखि ९ गतेसम्म महासमिति बैठक गर्ने निर्णय गरेको हो । बैठक स्थलको भने टुंगो लागेको छैन ।
स्थानीय, प्रदेश र संघीय संसदको निर्वाचनपछि तेस्रो शक्तिमा झरेको कांग्रेसभित्र यतिबेला नेतृत्वको आलोचना गर्दै कसरी पार्टी कब्जा गर्ने भन्ने रणनीति चलिरहेको छ । पार्टीभित्र वंशवादकै निरन्तरता खोजिएको बताइन्छ । पार्टीलाई जनताको बीचमा कसरी पु¥याउने भन्दा पनि कसरी नेतृत्व हत्याउने र कसरी आफ्नो पकड कायम राखिराख्ने दाउमा अहिले कांग्रेसका तीनपक्ष सक्रिय छन् । सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल स्पष्ट दुई खेमाको नेतृत्व गर्दै आफूलाई बलियो बनाउने ध्याउन्नमा छन् । यी दुईको भीडन्तमा दाउपार्ने सुरुमा कृष्ण सिटौला छन् ।
महासमिति बैठकसंगै विशेष महाधिवेशन बोलाउनुपर्ने दवाव सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवालाई नेताहरूले दिंदै आएका थिए । उनीहरूले देउवालाई महासमिति टार्न खोजेको आरोप लगाउँदै आएका थिए । अन्ततः देउवाले पदाधिकारीहरूलाई भदौभित्रै बैठक गर्ने तयारी गर्न निर्देशन दिएका थियो । तर, विधान मस्यौदा समितिका सदस्यहरूले समय नपुग्ने बताएको र शीर्ष नेताहरू पनि सहमत भएका हुन् ।
केन्द्रीय कार्यसमितिको बैठकमा भने उपसभापति विमलेन्द्र निधिले प्रस्ताव राखेका थिए । केही नेताले धेरे ढिला सारिएको गुनासो गरेपछि केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले आफूहरूको सहमतिमै प्रस्ताव आएको बताएका थिए ।
बैठकले महासमिति बैठकको तयारीका लागि विभिन्न समितिहरू बनाएको छ । पार्टी सभापति शेरबहादुर देउवा नेतृत्वको मूल तयारी समिति गठन भएको छ भने उपसभापति विमलेन्द्र निधिले राजनीतिक, महामन्त्री शशांक कोइरालाको नेतृत्वमा सांगठनिक र कोषाध्यक्ष सीतादेवी यादवले आर्थिक प्रतिवेदन बनाउने छन् ।
पार्टीको अर्थ नीतिसम्बन्धि धारणा तय गर्न डा. प्रकाशरण महत नेतृत्वको समिति गठन गरेको छ । बैठकले विधान संशोधनका लागि महामन्त्री पूर्णबहादुर खड्का नेतृत्वको गठित विधान संशोधन मस्यौदा समितिलाई अनुमोदन गरेको छ ।
नेताहरूका अनुसार जिल्ला दुई सभापतिलाई स्थायी आमन्त्रित सदस्य बनाउने सहमति भएको छ । समिति गठन हुँदा उनीहरू आमन्त्रित मात्र थिए । तर, रामचन्द्र पौडेलले जिल्ला सभापतिहरूलाई राख्नुपर्ने अडान लिएका थिए ।
कांग्रेसमा महाधिवेशनपछिको सबैभन्दा ठूलो पार्टी कार्यक्रम महासमिति बैठक हो । कांग्रेसको ७१ वर्षे इतिहासमा १३ वटा महाधिवेशन हुँदा ९ वटा महासमिति बैठक भएका छन् । विधानतः महाधिवेशन भए बाहेक हरेक वर्ष एकपटक महासमिति बस्ने र यसले पदाधिकारी तथा केन्द्रीय समितिको निर्वाचनबाहेक अरू विषयमा निर्णय गर्न सक्नेछ । यसकारण पनि यो शक्तिशाली पार्टी बैठक हो । 
महासमितिको बैठक निश्चित भएपछि वरिष्ठ नेता रामचन्द्र पौडेल संस्थापनलाई कमजोर पार्ने छिद्र खोज्दै हुनुहुन्छ भने कृष्णप्रसाद सिटौला युवा नेताहरूलाई लिएर अर्को रणनीतिमा हुनुहुन्छ । उहाँ दुबैको दाउ संस्थापनलाई कमजोर तुल्याउने हुनेछ । त्यसो त पौडेल पक्षसँग केन्द्रीय समिति, महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य कहीँ पनि बहुमत छैन । तर, निर्वाचनमा बेहोरेको पराजय, कमजोर पार्टी संरचना र नीतिगत विषयलाई उठाउँदै संस्थापन पक्षलाई थप गलाउने रणनीतिमा छ । 
उता गगन थापा, प्रदीप पौडेल, गुरुराज घिमिरे, सहितका नेताहरू चुनावी समीक्षा बैठकमा पेश गरेको समीक्षा र भावी राजनीतिक कार्यक्रमले राम्रो प्रतिक्रिया पाएपछि हौसिएका सिटौला युवाहरूलाई अगाडी लगाएर पार्टीमा फरक धार निर्माणको रणनीतिमा हुनुहुन्छ  । 
महासमितिमा पुरानो २४० निर्वाचन क्षेत्रबाट ५–५ जनाका दरले १२ सय, केन्द्रीय कार्यसमितिका ८५, विभिन्न १९ देशबाट ३–३ जनाको दरले ५७ जना, २६ भातृ र शुभेच्छुक संस्थाबाट ३–३ जनाका दरले ७८ सहित कूल १५ सय बढी सहभागी हुनेछन् । महासमिति सदस्य १३ औं महाधिवेशनका क्रममा भएको क्षेत्रीय अधिवेशनबाटै छानिइसकेका छन् ।


Rating (Votes: )   
Share     Print


Other Articles:
सरकारप्रतिको विश्वास र भरोशा स्खलित हुने क्रममा ! (08.14.2018)
देवानी तथा फौजदारी संहिता : चिकित्सकहरु थर्कमान (08.14.2018)
संघीयता त २२ से २४ से जस्तो पो भयो (08.14.2018)
सरकारका पाँच महीना के के भयो यो अवधिमा ? (08.14.2018)
डा. केसीलाई नेतृत्व लिन प्रधानमन्त्रीको प्रस्ताव (08.14.2018)
डा.के.सी.को अनशनले दुईतिहाइको सरकार थर्कायो (07.25.2018)
निजी मेडिकल कलेज राष्ट्रियकरण गर्न माग (07.25.2018)
बीपी र पुष्पलाल- स्मृति दिवसमै सीमित (07.25.2018)
सत्तापक्ष र प्रतिपक्ष आआफ्नै डम्फु बजाउने होडमा (07.10.2018)
जनप्रतिनिधिले खिल्ली उडाए जनमतको (07.10.2018)
सलाम सुस्ताबासीको हिम्मतलाई (07.10.2018)
प्रधानमन्त्रीको आसन्न चीन भ्रमणबारे व्यापक उत्सुकता : चरम व्यापार घाटाले सरकारलाई ठूलो चुनौती (06.12.2018)
तेल तस्करी रोक्न सरकारी संयन्त्र असफल- नेविसंघको मूल्यवृद्धि बिरुद्ध प्रदर्शन (06.12.2018)
मातृभूमिको माया यसरी दर्शाए डा. देवकोटाले (06.12.2018)
हामी हाम्रो निर्णय आफैं गर्न सक्छौं ः प्रधानमन्त्री ओली (06.12.2018)
ट्रम्प र किम शिखर वार्ता (06.12.2018)
खोतल्नुपर्ने दुई षड्यन्त्रात्मक हत्या काण्ड (05.30.2018)
आज संघीय सरकारको पहिलो बजेट (05.30.2018)
यही हो भारतको सदासयता र सहयोग ! (05.30.2018)
डुवानका विषयमा किन गहन कुरा भएन ? (05.15.2018)



 
::| Latest News

 
[Page Top]