युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Saturday, 09.22.2018, 06:42am (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
मुख्य समाचार
 
डरलाग्दो छ बलात्कारका घटना
Tuesday, 09.04.2018, 12:44pm (GMT+5.5)

काठमाडौं । केही समययता बालिका बलात्कार र हत्याका घटनाहरु एकपछि अर्को गर्दै सार्वजनिक हुन थालेको छ । बालिका तथा महिला हिंसाको यो प्रकरणलाई केलाउँदा कहालिलाग्दो तथ्यांक सार्वजनिक भएको छ । पाँच वर्षमा झण्डै एक हजार बलात्कारका घटना प्रहरीमा दर्ता हुनु नेपालीसमाज कति भयावह बन्दैछ भन्ने प्रश्न उठ्छ । पाँच वर्षमा एक हजार बलात्कारका घटना प्रहरीमा दर्ता हुनु भएको सहज रुपमा लिन सकिने विषय हैन ।
१० भदौ ०७० देखि ९ भदौ ०७५ सम्मका १००० वटा घट्ना नियाल्दा समाज साँच्चै विद्रुप बन्दै गएको देखिन्छ । समान्यतयाः विश्वासै गर्न नसक्ने घटनाहरु फेला परेका छन् । आफन्त, विरामी, अपाङ्गता भएका, गर्भवती, दूधे शिशुदेखि हजुरआमासम्म यो अपराधको शिकार भएका छन् । नेपाल प्रहरीले संकलन गरेको तथ्यमा आधारित अध्ययनमा समेटिएका एक हजार घटनाका १०३४ पीडितमध्ये ६० प्रतिशत १५ वर्षभन्दा कम उमेरका छन् । त्यसमा पनि सबैभन्दा बढी ११–१५ वर्ष बीचका छन् । त्यो उमेर समूहका पीडित २६७ जना छन् ।
दोस्रो बढी पीडितको उमेर समूह हो, ६–१० वर्ष । उनीहरूको संख्या २३८ छ । वार्षिक तथ्यांक हेर्दा ०७० र ०७३ सालमा यो उमेर समूह सबैभन्दा बढी पीडित बनेका थिए । पाँच वर्ष नपुग्दै यस्तो घीनलाग्दो अपराधको शिकार भएका अवोधहरूको संख्या ११५ छ ।
१६–२० वर्षका पीडितहरू १५० जना छन् । उमेरको ग्राफ बढ्दै जाँदा पीडितको संख्या कम हुँदै गएको देखिन्छ । तर समग्र घटनाहरू हेर्दा यसबीचमा एउटा सम्य नागरिकले कल्पनासमेत गर्न नसक्ने खालका अमानवीय घटना भएका छन् ।
कतिसम्म भने एक वर्ष, १३ महिना, १७ महिना, २३ महिनाका दूधे शिशुमाथि यौन दुव्र्यवहार भएको घटनामा विभिन्न जिल्लाबाट एक दर्जनभन्दा बढीलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौंको तार्केश्वर नगरपालिका–१, कुन्तिपखलका २८ वर्षीय कृष्ण तामाङलाई बलात्कारको आरोपमा प्रहरीले पक्राउ ग¥यो । २८ फागुन ०७४ मा पक्राउ परेका तामाङमाथि ९२ वर्षीया महिलालाई जवरजस्ती करणी गरेको अभियोग छ । यसअघि ०७३ मा साल्मे(९, नुवाकोटमा, ७८ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको थियो । त्यस्तै बैजापुर–९ बाँकेमा ७२ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा २५ वर्षीय अर्जुन पुन पक्राउ परे ।
कतिपय पीडकहरूको उमेर पनि विश्वासै नलाग्ने खालका छन् । जस्तो– बलात्कार आरोपमा पक्राउ परेका शान्तिनगर–९, झापाका योगनाथ खतिवडा । ७७ वर्षीय खतिवडाले कृष्ण प्रणामी मन्दिर परिसरमा चार वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अनुसन्धानबाट पत्ता लागेको प्रहरी अभिलेख छ ।
त्यसो त बलात्कारीले पुरुष र तेस्रो लिंगीलाई पनि छाडेको छैन । गएको २७ असारमा पक्राउ परेका कपिलवस्तुको कृष्णनगर–९, अमौलीका समीम मुसलवानमाथि १३ वर्षीय बालकलाई जबरजस्ती करणी गरेको आरोप छ । मुसलवानले बाख्रा चराउन गएको बेला पीडित बालकलाई गुदद्वार मैथुन गरेका थिए । कपिलवस्तुकै शिवराज–१२, महुलीका २६ वर्षीय ताहुर हुसेन मियाँले ६ वर्षीय बालकलाई बलात्कार गरेको पीडित पक्षले उजुरीमा उल्लेख गरेका छन् ।
यस्तै, ५ माघ ०७४ मा चन्द्रागिरी–१३, नैकापका ३५ वर्षीय रमेश केसी ८ वर्षीय बालक र बनेपा २, देवीटारका फुर्वा लामा ३ वर्षीय बालकलाई मलद्वारमा जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका थिए । पुरुषमाथि पुरुषले सामुहिक बलात्कार गरेको उजुरीसमेत प्रहरीमा दर्ता भएको छ । नाङलिवाङ–९, पर्वतका पुजन गिरी, सञ्जय गिरी, नारायण कसी, रोसन केसी र अर्जुन केसीलाई १५ वर्षीय किशोरलाई सामूहिक बलात्कार गरेको भन्दै प्रहरीले पक्राउ गरेको थियो । पीडितलाई आफ्ना दाजुले बाग्लुङ अंचल अस्पतालमा लगेर उपचार गराएका थिए ।
गत २५ बैशाखमा चन्द्रनिगाहपुर–२, रौतहटका ३६ वर्षीय राजु परियार र २५ वर्षीय भरत मानन्धरमाथि बलात्कारको आरोप छ । यो घटनाका पीडित मध्येका एक तेस्रो लिंगी भएको प्रहरीले जनाएको छ । आरोपीहरू काठमाडौं, चन्द्रागिरीबाट पक्राउ परेका हुन ।
अर्कोतिर जबरजस्ती करणीका घटनामा महिला नै पीडित हुँदै आएका छन् । तर, महिलाले बलात्कार गरेको छिटफुट घटना पनि नभएका भने होइनन् । साविक श्रीगाउँ–६, दाङकी १६ वर्षीया एक युवतीमाथि ६ वर्षीय बालकलाई बलात्कार गरेको आरोप लागेको छ । बलात्कृत बालकलाई राप्ती उपक्षेत्रीय अस्पताल हिंसा संकट केन्द्रमा उपचार गरिएको थियो । आरोपीले कोठामा लगेर बलात्कार गरेका बालक बिरामी भएर अस्पताल लगेपछि घटनाको रहस्य बाहिर आएको थियो ।
बसामडी–५, मकवानपुर स्थायी घर भएकी ५८ वर्षीय एक महिलालाई प्रहरी वृत्त थानकोटले पक्राउ ग¥यो । थानकोट–७ मा डेरा गरी बस्ने उनलाई झारफुकको बहानामा २४ वर्षीया युवतीलाई बलात्कार गरेको भन्दै प्रहरीले पक्राउ गरेको हो ।
प्रतिकार पनि भएका छन्
कानूनले व्यक्तिलाई असल नियतले निजी रक्षा प्रयोगको अधिकार दिएको छ । प्रतिकार गर्नसक्ने केही महिला, बलात्कारीको चंगुलबाट बच्न सफल पनि भएका छन् । गत ९ बैशाखमा दाङको तुलसीपुर उपमहानगरपालिका–१५ मा एक ६४ वर्षीय पुरुषको शव फेला प¥यो । बिहान साढे ४ बजे जबरजस्ती करणी गर्न खोजेपछि आफूले प्रतिकार गर्दा मृत्यु भएको एक महिलाले प्रहरीलाई दिएको बयानमा उल्लेख छ । ३७ वर्षीया महिलाले प्रतिकारको क्रममा अण्डकोषमा लागेर मृत्यु भएको बयान दिएकी हुन् ।
जनकपुरस्थित जानकी मेडिकेयर अस्पतालमा ०७१ फागुनमा संवेदनशील अंग दुई टुक्रा भएको २२ वर्षीय युवकलाई भर्ना गरियो । उनको अंग धारिलो हतियारले काटिएको थियो । जनकपुर उपमहानगरपालिका–१७ की २८ वर्षीया महिलाले आफूलाई जरबजस्ती करणी गर्न खोजेपछि युवकको अंग काटेको स्वीकार गरेकी थिइन् ।
धनुषाकै एकराही–४ का २२ वर्षीय युवकको संवेदनशील अंग ३२ वर्षीया महिलाले चुलेसीले काटी दिइएकी थिइन् । सिराहाको भवानीपुर–६ की ३२ वर्षीय महिलाले आफूलाई बलात्कार गर्न लागेको भन्दै २३ वर्षीय युवाको संवेदनशील अंग छिनाइदिएकी थिइन् । सप्तरी, जोगनियाका ५० वर्षीय पुरुषको संवेदनशील अंग ३६ वर्षीया महिलाले ब्लेडले काटिदिएकी थिइन् ।
यी घटनाहरूमा २८ देखि ३६ वर्षका महिला प्रतिकार गर्न सफल भएको देखिन्छ । यो उमेर समूहका पीडितको संख्या अन्यको तुलनामा कम छ । यो उमेरका अधिकांश पीडितहरू शारीरिक वा मानसिक अपाङ्गता भएका बढी छन् ।


Rating (Votes: )   
Share     Print


Other Articles:
अनन्तरामले राखे विश्वमा सबैभन्दा लामो समयसम्म बोल्ने कीर्तिमान (09.04.2018)
बिमस्टेक सम्मेलनको ‘कस्मेटिक’ तयारी ! (08.28.2018)
अपराधको बिरोध गर्दा पनि गोली खानुपर्ने ? (08.28.2018)
कांग्रेस महासमिति बैठक अहिलेदेखि नै आआफ्नै दाउ (08.28.2018)
सरकारप्रतिको विश्वास र भरोशा स्खलित हुने क्रममा ! (08.14.2018)
देवानी तथा फौजदारी संहिता : चिकित्सकहरु थर्कमान (08.14.2018)
संघीयता त २२ से २४ से जस्तो पो भयो (08.14.2018)
सरकारका पाँच महीना के के भयो यो अवधिमा ? (08.14.2018)
डा. केसीलाई नेतृत्व लिन प्रधानमन्त्रीको प्रस्ताव (08.14.2018)
डा.के.सी.को अनशनले दुईतिहाइको सरकार थर्कायो (07.25.2018)
बीपी र पुष्पलाल- स्मृति दिवसमै सीमित (07.25.2018)
निजी मेडिकल कलेज राष्ट्रियकरण गर्न माग (07.25.2018)
सत्तापक्ष र प्रतिपक्ष आआफ्नै डम्फु बजाउने होडमा (07.10.2018)
जनप्रतिनिधिले खिल्ली उडाए जनमतको (07.10.2018)
सलाम सुस्ताबासीको हिम्मतलाई (07.10.2018)
प्रधानमन्त्रीको आसन्न चीन भ्रमणबारे व्यापक उत्सुकता : चरम व्यापार घाटाले सरकारलाई ठूलो चुनौती (06.12.2018)
मातृभूमिको माया यसरी दर्शाए डा. देवकोटाले (06.12.2018)
तेल तस्करी रोक्न सरकारी संयन्त्र असफल- नेविसंघको मूल्यवृद्धि बिरुद्ध प्रदर्शन (06.12.2018)
हामी हाम्रो निर्णय आफैं गर्न सक्छौं ः प्रधानमन्त्री ओली (06.12.2018)
ट्रम्प र किम शिखर वार्ता (06.12.2018)



 
::| Latest News

 
[Page Top]