युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Tuesday, 11.20.2018, 05:24pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
मुख्य समाचार
 
कुनै दिन सुस्ता पनि हराउँछ नक्साबाट
Tuesday, 09.11.2018, 12:31pm (GMT+5.5)

काठमाडौं । नेपालको निशानाछापमा कालापानी क्षेत्रको छ हजारदेखि सात हजार हेक्टर भूमि गायब गरेर नेपालको नक्सा बनाएर प्रचलनमा ल्याइयो । भारतको अतिक्रमणमा परेको नेपाली भूमि आफ्नै नक्साबाट गायब हुनु प्राविधिक त्रुटी मान्ने कि मिचिएको भूमि भारतलाई बुझाउने खेल मान्ने ? गम्भीर प्रश्न खडा भएको छ । नेपाल र भारतबीच लामो समयदेखि सीमा विवाद छ । एक किसिमले भन्ने हो भने विवाद नभएर भारतको अतिक्रमणमा परेको छ नेपाली भूमि र यो क्रम अहिले पनि जारी छ । नेपाल विभिन्न जिल्लामा सीमा स्तम्भ सार्नेदेखि मिल्काउने र दशगजामा बस्ती बसाउने काम भारतीय पक्षबाट पटकपटक हुँदैआएको छ भने सुदूरपश्चिमको दार्चुलास्थित कालापानीमा त भारतले सैन्य क्यनाम्प नै खडा गरेको छ ।
भारतले अतिक्रमण गरेको सबैभन्दा धेरै भूमि कालापानी नै हो । त्यसपछि नवलपरासीको सुस्ता पर्न आउँछ । सुस्ता र कालापानी बाहेक अन्यत्र सीमा समस्या नरहेको भन्दै भारतले एक दशक अघि नै नक्सा तयार गरेर नेपाललाई हस्ताक्षरका लागि पठाएको थियो । भारतका तत्कालीन विदेशमन्त्री (हाल पूर्व राष्ट्रपति) प्रणव मुखर्जीले नेपाल र भारतबीच रहेका सीमा विवाद ९८ प्रतिशत समाधान भएको र यसको नक्सांकन गर्ने कार्य पनि अन्तिम चरणमा पुगेको बताएर सो नक्सामा हस्ताक्षर गर्न पटकपटक दवाव दिएका थिए । तर नेपालमा यसको व्यापक बिरोध भएपछि रोकियो ।
अहिले भने सरकारले निशाना छापमै कालापानीको भूमि गाब गरेर नेपालको नक्सा बनाएको पाइएको छ । सरकारले भारतले चाहेजस्तै नक्सा किन बनायो भन्ने प्रश्न अहिले तातो बहसमा छ । भारतले सुस्ताको १६ हजार हेक्टरमध्ये १४ हजार हेक्टर भूमि भारतले अतिक्रमण गरेको छ । कालापानीमा ३७ हजार हेक्टर भूमि अतिक्रमण गरेको छ । यस्तोमा सरकारले नै राखेका अधिकांश नक्सामा दार्चुलाको कालापानी छुटाएको पाइनु सो भूमि भारतलाई बुझाउने खेल त हैन भन्न सकिने स्थिति छैन । 
नापी विभागका उपमहानिर्देशक सुरेशमान श्रेष्ठले देशको निसानी मानिने निसान छापमा राखिएको नक्सै त्रुटिपूर्ण रहेको भन्दै पहिलाको नक्साबाट कालापानीको ठूलो भू–भाग हटाइएको पष्टि गर्नुभएको छ । यतिमात्र हैन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको वेब साइटमै अपूरो नक्सासहितको निसान छाप राखिएको छ । हेलो सरकार, गृहमन्त्रालय र परराष्ट्र मन्त्रालयका ट्वीटरमा पनि त्यही छ ।
ती नक्साबाट वैज्ञानिक मापन गर्दा कालापानीको ६ हजार हेक्टरभन्दा बढी भूमि गायब छ । कुनै साइटमा सात हजार ९ सय हेक्टरसम्म गायब भएको नक्सा प्रयोग गरिएको छ । श्रेष्ठका अनुसार कतिपय नक्सामा सुस्तामा पनि समस्या छ । 
पछिल्लो समय नेपाल र भारतका प्रबुद्ध वर्गको अन्तिम बैठकले दुई देशबीचका सीमा विवाद लगायत सन्धि, सम्झौता र सहमतिहरुको कार्यान्वयनका लागि दुबै देशका प्रधानमन्त्रीहरुलाई प्रतिवेदन बुझाउने तयारी गरिरहेका बेला नेपालको निशाना छापमै कालापानी हराउनु आश्चर्यको विषय बनेको छ । 
दुई देशका प्रबुद्ध व्यक्तिबीच भएको बैठकहरुमा नेपालले सीमा क्षेत्रमा बनेका अवैध संरचनाहरु हटाउन माग गर्दैआएको थियो । भारतले सीमा क्षेत्रमा बनाएका अबैध बाँधका कारण वर्षेनी हजारौं हेक्टर नेपाली भूमि डुबानमा पर्दैआएको छ । त्यस्तै भारतले सडकको नाममा पनि पानी निकास थुन्ने संरचना बनाउन छाडेको छैन । यसका अतिरिक्त नेपालले कालापानी र सुस्ताको सीमा विवाद सदाका लागि अन्त्य गर्नुपर्ने मत राख्दै आएको भए पनि भारतीय पक्षले यसमा खासै चासो दिएको छैन । अब समूहको प्रतिवेदनकै प्रतिक्षा गर्नुपर्छ । 
कालापानीलाई भारतले षड्यन्त्रपूर्वक आफ्नो भूमि बताउँदै आएको छ । सुगौली सन्धिमा नेपालको पश्चिमी सिमाना काली नदी भनी उल्लेख गरिएको छ । पुरानो नक्शामा लिम्पियाधुराबाट निस्किएको नदीलाई काली नदी भनिएको छ । यो वास्तविक काली नदीलाई सीमा मान्दा त्योभन्दा पूर्व कालापानी पर्छ र कालीपानीभन्दा पनि पूर्व लिपुलेक भञ्जाङ पर्दछ । त्यसैले काली नदी पूर्वको त्यो ठूलो पहाडी भूभाग नेपालमा पर्दछ । तर भारतले काली नदीभन्दा धेरै पूर्व काली देवीको सानो मन्दिर बनाएको छ । त्यहाँबाट एउटा सानो सोता निस्किएको छ । भारतले यसैलाई काली नदी हो भनी व्याख्या गर्ने गरेको छ । यो गलत व्याख्या गर्दै नेपालको ३७ हजार हेक्टर भूभाग भारतले अतिक्रमण गरेको छ ।
यस्तै अपव्याख्याको शिकार भएको छ सुस्ता । सुगौली सन्धि भएको बेला नारायणी नदीले सीमाको काम गरेको थियो । तर पछि आएर नारायणी नदीले धार परिवर्तन ग¥यो । यो नेपालको भूभागबाट बहन थाल्यो । नदीपारि भारततिर रहेको भूभाग माथि भारतले आफ्नो भनी दाबी गर्न थाल्यो । वि.स. २०११ मा नारायणीमा सबैभन्दा ठूलो बाढी आएपछि नारायणी नदी नेपालको भूभाग भित्र घुस्यो । २०३२ सालको भेलबाढीले नेपालको ठूलो भूभाग बगाएर लग्यो । नारायणी नदीले यसरी नेपालका ठूला ठूला भूभागहरु भारततिर छोडेर नेपालतिर प्रवेश ग¥यो ।
स्मरणीय के छ भने– सन्धि भएको बेलामा नदी जुन ठाउँबाट बहेको थियो, त्यसैलाई नै सीमा मान्ने अन्तर्राष्ट्रिय मान्यता रहिआएको छ । यो नेपालको लागि पनि लागू हुन्छ । नदी उत्तर बगोस् वा दक्षिण, सीमा परिवर्तन हुँदैन । त्यसैले सन् १८१६ मा नारायणी नदी जहाँ बगेको थियो, त्यही नै नेपाल भारतको सीमाना हो । पुरानो नक्लामा महाकाली नदी जुन हो त्यही यथार्थ हो । भारतको बलमिच्याइबिरुद्ध एकजुट भएर लाग्नुपर्ने बेलामा सरकारले नै निशानाछापमा आफ्नै भूमि गायब गरेर प्रकाशन गर्नु गम्भीर राष्ट्रघात हो ।


Rating (Votes: )   
Share     Print


Other Articles:
दुई गलत निर्णय र गलत सन्देश (09.11.2018)
परराष्ट्रनीतिमा असन्तुलन र विचलनको खतरा (09.04.2018)
के भयो बिम्स्टेक शिखर बैठकमा ? (09.04.2018)
डरलाग्दो छ बलात्कारका घटना (09.04.2018)
अनन्तरामले राखे विश्वमा सबैभन्दा लामो समयसम्म बोल्ने कीर्तिमान (09.04.2018)
बिमस्टेक सम्मेलनको ‘कस्मेटिक’ तयारी ! (08.28.2018)
अपराधको बिरोध गर्दा पनि गोली खानुपर्ने ? (08.28.2018)
कांग्रेस महासमिति बैठक अहिलेदेखि नै आआफ्नै दाउ (08.28.2018)
सरकारप्रतिको विश्वास र भरोशा स्खलित हुने क्रममा ! (08.14.2018)
देवानी तथा फौजदारी संहिता : चिकित्सकहरु थर्कमान (08.14.2018)
संघीयता त २२ से २४ से जस्तो पो भयो (08.14.2018)
सरकारका पाँच महीना के के भयो यो अवधिमा ? (08.14.2018)
डा. केसीलाई नेतृत्व लिन प्रधानमन्त्रीको प्रस्ताव (08.14.2018)
डा.के.सी.को अनशनले दुईतिहाइको सरकार थर्कायो (07.25.2018)
बीपी र पुष्पलाल- स्मृति दिवसमै सीमित (07.25.2018)
निजी मेडिकल कलेज राष्ट्रियकरण गर्न माग (07.25.2018)
सत्तापक्ष र प्रतिपक्ष आआफ्नै डम्फु बजाउने होडमा (07.10.2018)
जनप्रतिनिधिले खिल्ली उडाए जनमतको (07.10.2018)
सलाम सुस्ताबासीको हिम्मतलाई (07.10.2018)
प्रधानमन्त्रीको आसन्न चीन भ्रमणबारे व्यापक उत्सुकता : चरम व्यापार घाटाले सरकारलाई ठूलो चुनौती (06.12.2018)



 
::| Latest News

 
[Page Top]