युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Sunday, 12.16.2018, 01:03am (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
मुख्य समाचार
 
विजय जैलीको विषवमन
Tuesday, 09.25.2018, 12:27pm (GMT+5.5)

काठमाडौं । नेपालले भारतबाट सहयोग जति पाएको छ, सम्बन्ध जति प्रगाढ छ भनिए पनि भारतबाट उत्तिकै पीडा र हस्तक्षेप खेपिरहेको छ । सीमा अतिक्रमण, अवैध बाँधका कारण उत्पन्न डुबान, भारतीय सीमा सुरक्षा बलको ज्यादतीसंगै नेपाललाई एकाधिकार बजार बनाएको भारतले नेपालको आन्तरिक सुरक्षामा समेत दख्खल दिने गरी पटकपटक गतिविधि गर्दैआएको छ ।
पछिल्लो समय नेपाल र भारतबीचको सम्बन्ध इतिहासमै सबैभन्दा राम्रो रहेको दावी भैरहेका बेला भारतीय संचार माध्यम र भारतीय नेताहरुले नेपालको स्वतन्त्र अस्तित्वमाथि धावा बोल्ने गरी अभिव्यक्ति दिइरहेका छन् । बिमस्टेक सैन्य अभ्यासमा नेपालले सहभागिता नजनाएपछि भारतमा नेपालका विषयमा अनेक टिप्पणी भैरहेको छ । अझ सत्तारुढ भाजपाका वरिष्ठ नेताले त नेपालको पर्यटन र हवार्य उड्डनलाई नै तहसनहस पार्ने गरी प्रेस विज्ञप्ति जारी गरेका छन् । भारतीय जनता पार्टीका वरिष्ठ नेता विजय जैलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अन्तर्राष्ट्रिय उडानका लागि अयोग्य रहेको भन्दै लामोा विज्ञप्ति जारी गरेका छन् । 
नेपालको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षाको जिम्मा समेत भारतले लिन चाहेको विगतको दृष्टान्त केलाउँदा जैलीको अभिव्यक्ति त्यसैलाई मुखरित गर्नेगरी आएको छ । यस विषयमा नेपाल सरकारबाट कुनै प्रतिक्रिया जनाइएको छैन ।
त्रिभुवन विमानस्थलमा भारतले लामै समयदेखि सुरक्षा चासो भन्दै पकड कायम गर्न खोजेको थियो । कहिले सुरक्षाको जिम्मा लिने, कहिले उसका विमानहरुमा एयर मार्सल थप्ने जस्ता काम गर्दै आएकोमा पछिल्लो सो विमानीथल अन्तर्राष्ट्रिय उडान गर्न अयोग्य रहेको भन्दै विषवमन गरेका छन् ।
२१ सेप्टेम्बरका दिन एक प्रेस विज्ञप्ति जारी गरी जैलीले नेपालको एकमात्र अन्तर्राष्ट्रिय बिमानस्थल खतरनाक भएको र यस विषयमा नेपालका प्रधानमन्त्रीलाई आफूले चिठ्ठी लेखेको भन्दै विज्ञप्ति मार्फत खुलासा गरेका हुन । अर्को महत्वपूर्ण कुरा के छ भने भारतले भदौ अन्तिम सातादेखि भारतबाट काठमाडौं आउने विमानहरुमा विशेष सुरक्षा दस्ता (एयर मार्सल)को संख्यामा बृद्धि गरेको छ । भारतीय सुरक्षा एजेन्सी र हवाई सेवा सम्बन्धी निकायहरुलाई प्राप्त विमान अपहरण हुनसक्ने गोप्य सूचनाको आधारमा मार्सलको संख्या बढाइएको भारतीय अंग्रेजी दैनिक हिन्दुस्तान टाइम्सले जनाएको थियो ।
नेपालले सनु २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको र भारतीय पर्यटकको पनि यसमा सम्भावना बढिरहेका बेला भारतीय सत्तारुढ दलका नेताबाट जारी गरिएको यस्तो विज्ञप्तिले नकारात्मक सन्देश दिने स्पष्ट नै छ । नेपाल भ्रमण गर्ने पर्यटकमा नकारात्मक सन्देश पुग्ने गरी जैलीले विमानस्थलका कारण ठूला दुर्घटना भएको र यसको बारेमा नेपालको नागरिक उड्यन प्राधिकरणलाई पटक पटक जानकारी गराउँदा समेत बेवास्ता गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफूले चिठ्ठी लेखेर काठमाडौ एयरपोर्टको बारेमा जानकारी गराएको भन्दै बिवादास्पद बिज्ञप्ती सार्वजनिक गर्नुको मूल कारण विमानस्थल सुरक्षा र सुधारका नाममा पडक जमाउने नै रहेको बताइन्छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका विषेश सल्लाहकार समेत रहेका जौलीले हिन्दी भाषा र अंग्रेजी भाषामा प्रकाशित गरिएको उक्त बिज्ञप्तीमा त्रिभुवन बिमानस्थलको खराव मैदानका कारण युएस बांग्लाको बिमान दुर्घटना भई ४९ जना यात्रु मारिएको र टर्किस एयरलाईन्सको बिमान दुर्घटना भएको भन्दै नेपालमाथि गम्भिर आरोप लगाइएको छ । जौलीले जारी गरेको बिज्ञप्तीमा २०१२ सालमा बनेको बिमानस्थल ६३ बर्ष बितिसक्दा पनि अहिलेसम्म मर्मत नभएका कारण जुनसुकै बेला पनि जस्तोसुकै दुर्घटना हुने चेतावनी दिदा पनि नेपालको नागरिक उड्यन प्राधिकरणको आँखा खुल्न नसकेको आरोप समेत लगाइएको छ ।
भारतले नेपाललाई अझै फकाउन नसकेको र नेपालले नाकाबन्दीको पीडा अझै नभुलेका कारण चीनतिर बढी निकट हुँदै गएको भन्दै यसले भारतलाई खतरा बढेको कतिपय भारतीय विश्लेषकहरुको टिप्पणी भैरहेका बेला नेपालको आर्थिक क्षेत्र नै तहसनहस पार्ने गरी भारतीय नेताबाट आएको अभिव्यक्तिको गम्भीर पाटोतिर नेपाली पक्षले ध्यान नै दिएका छैनन् । बिमस्टेक सैन्य अभ्यासबाट नेपाल बाहिरिनु, चीनसंग व्यापार तथा पारवहन सन्धिको प्रोटोकल तयार भएपछि भारतीयहरु अत्तालिएका छन् । भारतीय विश्लेषकहरुले नेपालको भारत निर्भरता हटाउन चाहेको र चीनले सहयोग गरिरहेको भन्दै भारतलाई सचेत रहन सुझाव समेत दिइरहेका छन् ।
यस्तैमा जैलीको पछिल्लो अभिव्यक्तिले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप मात्र गरेको नभै नेपालप्रति विश्व समुदायमा नकारात्मक सन्देश फैलाउने काम समेत गरेको छ । यसप्रति नेपाल सरकारले तत्काल कडाभन्दा कडा कदम चाल्नुपर्ने आम टिप्पणी छ । 
पर्यटन प्रबद्र्धनमा लागेको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले यस विषयमा तत्काल खण्डन गर्न आवश्यक छ ।


Rating (Votes: )   
Share     Print


Other Articles:
कुनै दिन सुस्ता पनि हराउँछ नक्साबाट (09.11.2018)
भारत निर्भरता अन्त्य हुने बाटो खुल्यो : केन्द्र र प्रदेश सरकारहीबीच चर्को मतभेद (09.11.2018)
दुई गलत निर्णय र गलत सन्देश (09.11.2018)
परराष्ट्रनीतिमा असन्तुलन र विचलनको खतरा (09.04.2018)
के भयो बिम्स्टेक शिखर बैठकमा ? (09.04.2018)
डरलाग्दो छ बलात्कारका घटना (09.04.2018)
अनन्तरामले राखे विश्वमा सबैभन्दा लामो समयसम्म बोल्ने कीर्तिमान (09.04.2018)
बिमस्टेक सम्मेलनको ‘कस्मेटिक’ तयारी ! (08.28.2018)
अपराधको बिरोध गर्दा पनि गोली खानुपर्ने ? (08.28.2018)
कांग्रेस महासमिति बैठक अहिलेदेखि नै आआफ्नै दाउ (08.28.2018)
सरकारप्रतिको विश्वास र भरोशा स्खलित हुने क्रममा ! (08.14.2018)
देवानी तथा फौजदारी संहिता : चिकित्सकहरु थर्कमान (08.14.2018)
संघीयता त २२ से २४ से जस्तो पो भयो (08.14.2018)
सरकारका पाँच महीना के के भयो यो अवधिमा ? (08.14.2018)
डा. केसीलाई नेतृत्व लिन प्रधानमन्त्रीको प्रस्ताव (08.14.2018)
डा.के.सी.को अनशनले दुईतिहाइको सरकार थर्कायो (07.25.2018)
बीपी र पुष्पलाल- स्मृति दिवसमै सीमित (07.25.2018)
निजी मेडिकल कलेज राष्ट्रियकरण गर्न माग (07.25.2018)
सत्तापक्ष र प्रतिपक्ष आआफ्नै डम्फु बजाउने होडमा (07.10.2018)
जनप्रतिनिधिले खिल्ली उडाए जनमतको (07.10.2018)



 
::| Latest News

 
[Page Top]