युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Sunday, 12.16.2018, 12:09am (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
मुख्य समाचार
 
राष्ट्रकवि घिमिरे सयवर्षमा प्रवेश
Tuesday, 09.25.2018, 12:32pm (GMT+5.5)

काठमाडौं । राष्ट्रकवि माधवप्रसाद घिमिरे असोज ७ गतेदेखि १०० औं वर्षमा प्रवेश गर्नुभएको छ । लमजुङको बाहुनडाँडा– पुस्तुन गाउँमा १९७६ साल असोज ७ गते जन्मनुभएका नेपाली जनहृदयवासी कविवर घिमिरे शतवर्ष प्रवेशका दिन राष्ट्रपति विद्यादेवी भण्डारीदेखि लिएर विभिन्न क्षेत्रका लब्धप्रतिष्ठित व्यक्तित्व एवं सर्वसाधारण व्यक्तिहरूको ठूलो जमातले उहाँको निवास र शुभकामना प्रदानका लागि आयोजित कार्यक्रमस्थलमा पुगेर उहाँलाई प्रत्यक्ष भेटघाट गरी आशीर्बचन लिँदै उहाँको सुस्वास्थ र दीर्घायुको हार्दिक कामना गरेका थिए । बिहानैदेखि पूजा अर्चनाबाट सुरूभएको भेटघाट कार्यक्रम साँझसम्मै चलेको थियो भने उहाँको हँसिलो मुहार र सुमधुर वाणी प्रवाह गर्दै हरेक आगन्तुकसंग भेटघाट गर्न सक्षम देखिनुभएको थियो । नेपाली साहित्यको इतिहासमा नै सर्वा्धिक लामो जीवन जिउनुभएका अथक स्रष्टा राष्ट्रकवि सयवर्षको उमेरमा पनि साहित्य सिर्जनामै कृतसङ्कल्पित हुनुहुन्छ र उहाँको पछिल्लो रचना ‘ऋतम्भरा’ महाकाव्य पूरा गर्ने आकांक्षा प्रेरित हुनुहुन्छ ।
परिस्कृत छन्द र लय मिलाएर काव्यमा जीवन, प्रकृति, दर्शन र देशभक्तिको भावना प्रवाहित गर्ने उहाँको विलक्षण क्षमताकै कारण उहाँका यावत रचनाहरू कालजयी बनेका छन् । राष्ट्रनिर्माण, राष्ट्रिय एकता, स्वतन्त्रता र स्वाभिमानको सुसेली हाल्दै  अमर काव्यकृतिहरू रचना गर्दैआउनुभएका कविवर घिमिरेले पत्नी वियोगको पीडालाई काव्यरचनाका माध्यमबाट सार्वजनिक गरेपछि नै राष्ट्रकविको उच्चाइमा पुग्ने ढोका खुलेको मानिन्छ । ‘गाउँछ गीत नेपाली’, ‘नेपाली हामी रहौंला कहाँ नेपालै नरहे’ जस्ता अनेकौं कालजयी एवं लोकप्रिय राष्ट्रिय गीतहरू नेपालीमनमा सदा गुञ्जित छन् । मानवतावाद र विश्वशान्तिको पक्षमा उहाँले काव्य सिर्जनामार्फत उठाउनु भएको आवाज सिङ्गो मानव समुदायका लागि प्रेरणाप्रद छ ।  प्रकृति र जीवनको अन्तर्सम्बन्ध देखाउन उहाँका सिर्जनाहरू लक्षित छन् । उहाँ नेपालको राष्ट्रिय गौरव बढाउने विशिष्ट सर्जक हो ।
जीवनलाई भगवानको वरदान मान्ने राष्ट्रकवि घिमिरे यसको सदुपयोग गर्नसके सवै सपना पूरा हुन्छन् भन्ने धारणा राख्नुहुन्छ । आफ्नो दीर्घ जीवनको मूल आधार सकारात्मक चिन्तन, सिर्जनशिलता, सन्तुलित भोजन, योग र नियमित शारीरिक अभ्यास’ नै भएको उहाँको दृढ मान्यता छ । मानवोपयोगी सिर्जनात्मकताले उहाँको जीवनलाई सार्थक बनाएको छ । उहाँको रचनामुखी सिर्जनशिल व्यक्तित्वले उहाँलाई दीर्घ जीवन दिनुका अतिरिक्त सिद्ध पुरुषको श्रेणीमा उहाँलाई अवतरित गराएको छ । उहाँबाट अझै पनि नेपाली समाजले कालजयी विशिष्ठ रचनाको अपेक्षा गरिरहेको छ । सयवर्ष प्रवेशका अवसरमा हार्दिक नमन गर्दै उहाँको सुदीर्घ जीवन र सुस्वास्थको युगसम्वाद परिवार हार्दिक कामना गर्दछ ।


Rating (Votes: )   
Share     Print


Other Articles:
विजय जैलीको विषवमन (09.25.2018)
भारत निर्भरता अन्त्य हुने बाटो खुल्यो : केन्द्र र प्रदेश सरकारहीबीच चर्को मतभेद (09.11.2018)
कुनै दिन सुस्ता पनि हराउँछ नक्साबाट (09.11.2018)
दुई गलत निर्णय र गलत सन्देश (09.11.2018)
परराष्ट्रनीतिमा असन्तुलन र विचलनको खतरा (09.04.2018)
के भयो बिम्स्टेक शिखर बैठकमा ? (09.04.2018)
डरलाग्दो छ बलात्कारका घटना (09.04.2018)
अनन्तरामले राखे विश्वमा सबैभन्दा लामो समयसम्म बोल्ने कीर्तिमान (09.04.2018)
बिमस्टेक सम्मेलनको ‘कस्मेटिक’ तयारी ! (08.28.2018)
अपराधको बिरोध गर्दा पनि गोली खानुपर्ने ? (08.28.2018)
कांग्रेस महासमिति बैठक अहिलेदेखि नै आआफ्नै दाउ (08.28.2018)
सरकारप्रतिको विश्वास र भरोशा स्खलित हुने क्रममा ! (08.14.2018)
देवानी तथा फौजदारी संहिता : चिकित्सकहरु थर्कमान (08.14.2018)
संघीयता त २२ से २४ से जस्तो पो भयो (08.14.2018)
सरकारका पाँच महीना के के भयो यो अवधिमा ? (08.14.2018)
डा. केसीलाई नेतृत्व लिन प्रधानमन्त्रीको प्रस्ताव (08.14.2018)
डा.के.सी.को अनशनले दुईतिहाइको सरकार थर्कायो (07.25.2018)
निजी मेडिकल कलेज राष्ट्रियकरण गर्न माग (07.25.2018)
बीपी र पुष्पलाल- स्मृति दिवसमै सीमित (07.25.2018)
सत्तापक्ष र प्रतिपक्ष आआफ्नै डम्फु बजाउने होडमा (07.10.2018)



 
::| Latest News

 
[Page Top]