युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Sunday, 04.05.2020, 09:49pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
मुख्य समाचार
 
एयर बस विमान दिन तयार
Monday, 01.23.2012, 03:13pm (GMT+5.5)

काठमाडौं । अनेक काण्ड र भ्रष्टाचारले उठ्नै नसक्ने गरी थलापरेको राष्ट्रिय ध्वजवाहक नेपाल वायुसेवा निगमका लागि युरोपेली जहाज निर्माता कम्पनी एयर बसले नेपाललाई दुइटा जहाज पुरानै मूल्यमा बेच्ने प्रस्ताव गर्दै पत्राचार गरेको समाचार छ ।
एयर बसले खरिद समझदारी रोकिएको दुई वर्षपछि सोही सम्झौता अनुसार जहाज दिनसकिने भन्दै काठमाडौंस्ििथत फ्रान्सेली दूतावासमार्फत् परराष्ट्र र पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई पत्र पठएको हो । पर्यटन मन्त्रालयका एक उच्च अधिकारीका अनुसार फ्रान्सेली दूतावासबाट गत पुस १४ मा उक्त पत्र आएको र पत्रमा एयर बसका जहाज पुरानै मूल्यमा दिन र विगतमै भएको खरिद समझदारी प्रक्रियालाई निरन्तरता दिइने उल्लेख छ ।
दुई वर्ष अघि पनि संसदको सार्वजनिक लेखा समितिले एयर बसबाट नेपाल वायुसेवा निगमका लागि जहाज किन्न गरिएको समझदारी रद्द गर्न निर्देशन दिएपछि हच्किएका पर्यटन उच्च अधिकारीहरू अब आएको पत्रबाट उत्साहित भएका छन् ।
पर्यटनका ती अधिकारीका अनुसार लामो छलफलपछि एयर बसको नयाँ प्रस्ताव सहितको पत्रबारे कसरी अगाडि बढ्ने भन्ने विषयमा लेखा समिति, संसदका अन्य समिति, अर्थ मन्त्रालय, हवाई विज्ञ लगायतसंग व्यापक परामर्श गर्ने तयारी भइरहेको छ ।
एयर बसले निगमलाई जहाज बेच्न हालेको टेन्डरमा जति मूल्य उल्लेख गरेको थियो, अहिले पनि त्यतिमै दिनसक्ने प्रस्ताव गरेको छ । सरोकारवालासंग परामर्श र छलफल सकारात्मक भयो भने खरीद प्रक्रिया अगाडि बढ्ने र एयरबससंग वार्ता अगाडि बढे आगामी पाँच महिनाभित्र जहाज काठमाडौं आउने निश्चित रहेको पर्यटन मन्त्रालय स्रोतले बताएको छ ।



Rating (Votes: )   
Share     Print


Other Articles:
शुल्क बढाउने तयारी (01.23.2012)
चिनीया प्रधानमन्त्रीको नेपाल भ्रमण : द्विपक्षीय सम्बन्ध विस्तारका लागि नयाँ अवसर (01.16.2012)
सरकार जोगाउन बाहिरी शक्तिको चलखेल : वैद्य पक्ष अडानबाट पछि नहट्ने (01.16.2012)
मन्त्रालय टुक्र्याउने संकेत (01.16.2012)
शीर्ष दलहरूको आय–व्यय अपारदर्शी (01.16.2012)
एसएसबीको ज्यादति (01.16.2012)
दलहरू संविधान नबनाउने बाटोतिर (01.09.2012)
योजनाबद्ध रुपमा भारतीय स्वार्थ हावी : सडक र संचारमा ठूलो चलखेल (01.09.2012)
दलहरूले दोहोर्याए विगतकै प्रवृत्ति (01.09.2012)
संघीयताविरुद्ध नबोल्न धम्की (01.09.2012)
शान्ति र संविधानका तगाराहरू यथावत् (01.02.2012)
दलहरूको इमान्दारीताप्रति चौतर्फी प्रश्न (01.02.2012)
शान्ति र क्रान्तिमा को बालियो ? (01.02.2012)
शान्ति क्षेत्र प्रस्ताव अहिले पनि सान्दर्भिक (01.02.2012)
हिजो मिल्यो, आज विवाद (01.02.2012)
शान्ति प्रक्रिया र संविधान लेखन कार्यतालिका अबरुद्ध : संकट गहिर्याउन सरकार नै अग्रसर (12.26.2011)
कार्यतालिका अनुसार काम भएन (12.26.2011)
अप्राकृतिक गठबन्धनको रहस्य खुल्दै (12.26.2011)
माओवादीले के गर्ला ? (12.26.2011)
गच्छेदार चीनमा (12.26.2011)



 
::| Latest News

 
[Page Top]