युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Monday, 10.22.2018, 11:45pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
मुख्य समाचार
 
दशैं हिन्दुको हैन सबैको चाड हो
Wednesday, 10.10.2018, 02:05pm (GMT+5.5)

काठमाडौं । भोलिदेखि नेपालीहरुको महान चाड बडा दशैं सुरु हुँदैछ घटस्थापना गरेर । दशैं नेपालीहरुको ठूलो चाड हो । एक दशकयता नेपाल धर्मनिरपेक्ष राष्ट्र घोषणा गरिएपछि दशैंलाई बाहुन–क्षेत्री वा हिन्दुहरुको मात्र चाड भन्दै बिरोध गर्न थालिएको छ । यो बिरोध केही त्यस्ता व्यक्तिहरुले गरिरहेका छन्, जसले आफ्नो संस्कृति बुझेकै छैनन् । आफ्नोपनप्रतिको अज्ञानताले दशैंको बिरोध गरिएको हो । दशैंको महिमा, महत्व र यसले मानव जीवनमा पार्ने महत्वबारे दशैं मान्नेहरुलाई समेत त्यति धेरै ज्ञात छैन । 
नेपाली समाजको सुन्दरता भनेको नै विविधताबीचको एकता नै हो । नेपाल भाषिक, सांस्कृतिक, धार्मिक र भौगोलिक विविधतायुक्त मुलुक भएर पनि आपसी सद्भाव, सहयोग र विश्वासमा एकताको आधार मजबुत बनाएर आफ्नो सार्वभौमिक स्वतन्त्रता जोगाएर अडिएको मुलुक हो । मूलतः सनातन हिन्दु धर्म र संस्कृतिबाट अनुप्राणित नेपाली समाजमा अरू धर्म र संस्कृतिको रक्षा पनि सबल पक्षका रुपमा रहिआएको छ । सहिष्णुताको आदर्श संस्कारलाई अनुप्राणित गर्दैआएको हिन्दुधर्म र संस्कृतिकै छहारीमा अन्य संस्कृति र धर्मको संरक्षण हुँदैआएको तथ्य नेपालको गौरवमय इतिहासले नै इंगित गरेको छ । 
सनातनदेखि चल्दैआएको हिन्दु संस्कृतिको प्रभाव नेपालभित्र अस्तित्वमा रहेका हरेक संस्कृति र धर्म एवं जीवन पद्धतिमा मुखरित रहेको तथ्यले बडा दशैं जस्तो धार्मिक सांस्कृतिक चाड पर्वलाई सम्पूर्ण नेपालीले राष्ट्रिय चाडका रुपमा मनाउँदैआएका छन् । यो पर्वले अन्यायमाथि न्यायको विजय, खरावमाथि असलको विजय, अविश्वासमाथि विश्वासको विजय , वैमनस्य र कलहमाथि सद्भाव र मेलमिलापको विजयको सन्देश प्रवाह गर्दैआएको  छ । कुनै पनि धर्म र संस्कृतिका अनुयायीहरूले यो राष्ट्रिय चाडपर्वबाट प्रवाहित भैरहेको यो सन्देशलाई मनन र ग्रहणबाट निरन्तर लाभान्वित हुनसक्ने कुरामा कुनै सन्देह छैन । यो विशेषता नै बडा दशैंको महानतम गौरवमय पक्ष हो ।
नेपालमा यतिखेर सांस्कृतिक विचलनको नराम्रो चपेटामा पर्दैगएको अनपेक्षित वास्तविकता पनि उजागर भैरहेको छ । ऐतिहासिक कालदेखि नै राष्ट्रिय संस्कृतिको मौलिक पहिचान कायम गरेको बडादशैं खास खास जातिको धर्म र संस्कृतितिर मात्र परिलक्षित भएको झूठो एवं कलुषित धारणा सुनियोजित रूपमा प्रक्षेपित गरेर नेपालको राष्टिय गौरव, मर्यादा र राष्ट्रिय एकतामाथि घातक प्रहार गर्ने अनेक प्रकृतिका प्रपञ्चहरू बाहिरी दुनियाबाट रचिँदैआएका छन् । 
नेपाललाई आफ्नो निहित स्वार्थको खेल मैदान बनाउने र कुन कुचक्रमा पारेर कमजोर बनाई यस्को अस्मिता लुट्न सकिन्छ भन्ने दुराशय राख्नेहरूले धर्म र संस्कृतिको क्षेत्रलाई नै प्रहारको निशाना बनाएका छन् । नेपालभित्रका संकीर्ण स्वार्थमा लिप्त व्यक्तिदेखि लिएर विभिन्न क्षेत्रमा क्रियाशील अनेक समूहलाई यथेष्ट उपयोग गरेर नेपालको मौलिक पहिचान समाप्त गर्ने दुराशयपूर्ण गतिविधिहरू निरन्तर प्रायोजित हुने गरेका छन् । यस्तो आसुरी प्रवृत्तिको चेपमा परेर नेपालको मौलिक संस्कृति मात्रै होइन सिंगो नेपाल राष्ट्र नै संकटको दुष्चक्रमा फस्दैगएको कटुबोध हुनथालेको छ । अर्कातिर यो राष्ट्रिय चाडपर्वलाई विलाशिता प्रदर्शनको अवसरमा उपयोग गर्ने अवाञ्छित होड पनि चलिरहेको देखिन्छ । 
नेपालले समानुपातिक आर्थिक विकासको वाञ्छित गति लिन नसकेकाले नेपाली समाजमा हुने र नहुनेबीच ठूलो खाडल बन्दैगएको छ । न्यून आय भएका सीमान्तकृत नागरिकहरूका निम्ति बडा दशैं र तिहार जस्ता राष्ट्रिय चाडपर्व मनाउन पनि धौ धौ पर्ने गरेको देखिन्छ भने धनाड्य र नवधनाड्य वर्गका लागि यो विलाशिता प्रदर्शन गर्ने र तडकभडक देखाउने अवसर बन्ने गरेको पाइन्छ । सामाजिक सद्भाव, पारस्परिक सहयोग र मेलमिलापका आदर्श पक्षहरू नितान्त ओझेलमा पर्ने अनपेक्षित अवस्था सिर्जित भैरहेको तीतो यथार्थ उजागर भैरहेको छ । विकृतिजन्य आसुरी प्रवृत्तिका अनेक गतिविधिको प्रायोजन गरेर नेपालको गौरवमय संस्कृति नष्ट गर्ने सुनियोजित प्रपञ्चविरुद्ध राष्ट्रिय सांस्कृतिक जागरणको अपरिहार्यता नेपाली समाजले महशुस गर्न थालेको आभास छ ।


Rating (Votes: )   
Share     Print


Other Articles:
पुनःअस्थिरता सिर्जनाको अशुभ सङ्केत ! (10.02.2018)
बलात्कार पनि पूँजीवादको उपज (10.02.2018)
संसद अन्त्य बहुचर्चित चिकित्सा विधेयक पेश भएन (10.02.2018)
अस्थिरतावादी शक्तिहरू पुनः जुर्मुराउन थाले- ‘बलियो’ सरकारको निरीहता जताततै उदाङ्ग ! (09.25.2018)
राष्ट्रकवि घिमिरे सयवर्षमा प्रवेश (09.25.2018)
विजय जैलीको विषवमन (09.25.2018)
कुनै दिन सुस्ता पनि हराउँछ नक्साबाट (09.11.2018)
भारत निर्भरता अन्त्य हुने बाटो खुल्यो : केन्द्र र प्रदेश सरकारहीबीच चर्को मतभेद (09.11.2018)
दुई गलत निर्णय र गलत सन्देश (09.11.2018)
परराष्ट्रनीतिमा असन्तुलन र विचलनको खतरा (09.04.2018)
के भयो बिम्स्टेक शिखर बैठकमा ? (09.04.2018)
डरलाग्दो छ बलात्कारका घटना (09.04.2018)
अनन्तरामले राखे विश्वमा सबैभन्दा लामो समयसम्म बोल्ने कीर्तिमान (09.04.2018)
बिमस्टेक सम्मेलनको ‘कस्मेटिक’ तयारी ! (08.28.2018)
अपराधको बिरोध गर्दा पनि गोली खानुपर्ने ? (08.28.2018)
कांग्रेस महासमिति बैठक अहिलेदेखि नै आआफ्नै दाउ (08.28.2018)
सरकारप्रतिको विश्वास र भरोशा स्खलित हुने क्रममा ! (08.14.2018)
देवानी तथा फौजदारी संहिता : चिकित्सकहरु थर्कमान (08.14.2018)
संघीयता त २२ से २४ से जस्तो पो भयो (08.14.2018)
सरकारका पाँच महीना के के भयो यो अवधिमा ? (08.14.2018)



 
::| Latest News

 
[Page Top]