युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Wednesday, 12.19.2018, 10:36am (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
मुख्य समाचार
 
सत्तारुढ र प्रमुख प्रतिपक्षी दलमा फैलदो असन्तोष
Tuesday, 11.20.2018, 11:46am (GMT+5.5)

काठमाडौं । मुलुकका दुई प्रमुख राजनीतिक दल सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसभित्र फैलिएको व्यापक असन्तुष्टिले सरकार र प्रतिपक्षा दुबै प्रभावहिन देखिएका छन् । दुबै दलका शीर्ष पंक्तिका नेताहरु एकले अर्कोको आलोचनामै व्यस्त रहँदा राजनीतिक विषयवस्तुले प्राथमिकता पाउन सकेको छैन ।
एमाले र माओवादी एकीकरण भएपछि ठूलै आशा जागेको थियो तर, पार्टीको सबै तह एकीकृत नहुँदा असन्तोष बढाइरहेको छ । नेकपाले मंसिरको केही दिनमै सबै तहका कमिटी एकीकरण टुंग्याउने तयारी गरेको भनिन्छ । एकीकरणको सबै प्रक्रिया टुंग्याएर सातवटै प्रदेशमा सभामार्फत घोषणा गरिने प्रस्ताव छ । पार्टीको शीर्ष तह एकीकृत भए पनि तल्लो तहमा एकीकरण नहुँदा निकै समस्या उत्पन्न भैरहेको छ । त्यस्तै सबै तह समायोजन हुन नसक्दा नेताहरुबीच गुटबन्दी समेत चुलिन थालेको छ । सरकारको कामकारबाहीलाई लिएर विपक्षीले मात्र हैन नेकपाकै शीर्ष नेताहरुले आलोचना गरिरहेका छन् ।
यसका लागि सचिवालय बैठक बस्ने तयारी भए पनि त्यसको मिति तय भइसकेको छैन तर, मंसिर ६ गतेदेखि बैठक बोलाउन अध्यक्षद्धय केपी शर्मा ओली र प्रचण्डसँग कुराकानी भएको महासचिव बिष्णु पौडेलले जानकारी दिनुभए पनि त्यसको टुंगो भने छैन । सचिवालय बैठकमा पार्टी एकीकरणका सबै मोडल र प्रस्तावहरुमाथि छलफल हुने र त्यस लगत्तै स्थायी कमिटी बैठक बसेर एकीकरण अघि बढाइने पौडेलको भनाइ छ ।
हुन त पार्टीमा एकीकरण प्रस्ताव तयार भैसकेको छ । सचिवय बैठकले त्यसलाई पारित गरेलगतै प्रदेश, जिल्ला र जनवर्गीय संगठनहरुको एकीकरण अघि बढाइनेछ । स्थानीय तह र वडा तथा प्रारम्भिक कमिटीहरुको एकीकरण भने प्रदेश र जिल्ला कमिटीहरुले गर्नेछन् । सचिवालय बैठकले एकीकरणको सबै प्रस्ताव तयार गरेर लगत्तै स्थायी कमिटी बैठक बोलाइने र स्थायी कमिटीबाट सबै तहको एकीकरण टुंगो लाग्ने बताइएको छ । यसै महिनाभित्र वडादेखि प्रदेशसम्म र जनसंगठनहरुको एकीकरण सकेर नेकपाले देशब्यापी जनपरिचालन अभियान संचालन गर्ने तयारी थालेको छ ।
सरकार र पार्टीको विरुद्धमा सबैखाले शक्तिहरु एकजुट भएर गलत प्रचार गरिरहेको तर पार्टी एकीकरण नभएका कारण आफूहरु रक्षात्मक हुनु परेको भन्दै नेकपाका अध्यक्ष प्रचण्डले कम्तिमा एक महिना अभियान सन्चालन गर्ने प्रस्ताव अनौपचारिक रुपमा राख्नुभएको छ । उहाँले एकीकरणको सन्देश दिने गरि मेचीदेखि महाकालीसम्म कार्यकर्ता परिचालन गरेर शीर्ष नेताको सहभागितामा विशेष योजना सहित अभियान सन्चालन गर्ने प्रस्ताव राख्नुभएको छ ।
महासचिव विष्णु पौडेल र सचिवालय सदस्य रामवहादुर थापा बादल रहेको कार्यदलले केन्द्रीय सदस्यहरुको कार्य विभाजन, प्रदेश कमिटी सदस्यहरुको नाम र जिल्ला कमिटीहरु एकीकरणको प्रस्ताव पेश गर्नेछ । पौडेल र बादल नेतृत्वको कार्यदलले केन्द्रीय कमिटीका सदस्यहरुको कार्यविभाजन टुंगो लगाएको छ । केन्द्रीय सचिवालय र स्थायी कमिटीका सदस्यहरुलाई महत्वपूर्ण बिभाग प्रमुख तथा प्रदेश इन्चार्ज बनाइने भएको छ । यस्तै स्थायी कमिटीमा नरहेका तर, बरिष्ठ नेताहरु (पोलिटव्यूरो)लाई पनि बिभागीय प्रमुखको जिम्मेवारी दिने तयारी छ । संघीय सरकारका मन्त्रीहरुलाई भने पार्टीमा विभागीय प्रमुख नबनाइने भएको छ । त्यस्तै मुख्य मन्त्रीहरुलाई पनि पार्टीमा कार्यकारी जिम्मा नदिन दबाब छ ।
यसअघि प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल र गण्डकी प्रदेशका पृथ्वीसुब्बा गुरुङलाई प्रदेश इन्चार्ज बनाइएकोमा माधव नेपाल लगायतका नेताहरु असन्तुष्ट छन् । उनीहरुले सो निर्णय फिर्ता लिन अझै पनि दबाव दिइरहेका छन् । पोलिटव्यूरो र केन्द्रीय कमिटीका सदस्यहरुलाई जिल्ला इन्चार्जको जिम्मा दिइने भएको छ ।
त्यसो त पार्टी पोलिटव्यूरो गठनको बारेमा छलफल भइरहे पनि निर्णय हुने नहुने निश्चित छैन । नेकपाको केन्द्रमा सचिवालय, स्थायी कमिटी, पोलिटव्यूरो र केन्द्रीय कमिटी रहने बिधानमा व्यवस्था छ । त्यस्तै राष्ट्रिय परिषद पनि रहनेछ । राष्ट्रिय परिषदमा अधिकांश पदेन सदस्य हुनेछन् । बिधान अनुसार केन्द्रीय कमिटीको एक तिहाई सदस्यको पोलिटव्यूरो हुनुपर्छ । ४४३ सदस्यीय नेकपा केन्द्रीय कमिटीको एक तिहाई पोलिटव्यूरो बनाउँदा बढीमा १४७ सदस्यीय हुनेछ ।
पार्टी एकीकरणको बेलामा सिद्धान्त अनुसार नै ५५ प्रतिशत तत्कालिन एमालेबाट र ४५ प्रतिशत तत्कालिन माओवादीबाट पोलिटव्यूरो सदस्य छानिने सम्भावना छ । एकीकरण प्रक्रिया टुंगोमा नपुग्दा अध्यक्षद्वय ओली र प्रचण्डले एकताको भावना विपरित एकलौटी रुपमा सांगठनिक एकता प्रक्रिया टुंगो लगाउन खोजेको भन्दै शुरु भएको विवादको कारणले गर्दा यति लामो समय बितिसक्दा समेत एकताले गति लिन सकेको छैन ।
पार्टी एकता भएपछि गठित कार्यालयले बुझाएको प्रतिवेदनमाथि सचिवालयभित्र नै विवाद भएपछि प्रदेशको सांगठानिक एकता र केन्द्रीय सदस्यहरुको कार्यविभाजन गर्ने गरी सचिवालयको बैठकले महासचिव विष्णु पौडेल र नेता रामबहादुर थापाको सदस्य रहेको दुई सदस्यीय कार्यदल गठन गरेको थियो । सचिवालयको बैठक बसे पनि आन्तरिक किचलोको समस्या समाधान गर्न नै अध्यक्षद्वयलाई बढी समय लागेको बताइएको छ ।
सचिवालयको बैठकले सांगठानिक एकता प्रक्रियाको टुंगो लाग्ने भाका सार्दै आएको छ । एकता प्रक्रियामा अध्यक्षद्वयले पेलेर अगाडि बढन खोजेको भन्दै वरिष्ठ नेता माधवकुमार नेपालले असन्तुष्ट नेताहरुको नेतृत्व गर्दै सचिवालयको बैठकमा दबाब सिजना गरिरहनुभएको छ । केन्द्रीय सदस्यहरुको कार्यविभाजन हुन नसक्दा अझ अन्योल थपिएको छ ।


Rating (Votes: )   
Share     Print


Other Articles:
इपीजी प्रतिवेदनप्रति भारतको आपत्ति (11.20.2018)
सर्वसाधारण जनता बिलखबन्दको स्थितिमा- दशैंको मौकामा कालो बजार मौलायो ! (10.10.2018)
दशैं हिन्दुको हैन सबैको चाड हो (10.10.2018)
गठबन्धन र एकताको उल्लास हरायो ! (10.10.2018)
पुनःअस्थिरता सिर्जनाको अशुभ सङ्केत ! (10.02.2018)
संसद अन्त्य बहुचर्चित चिकित्सा विधेयक पेश भएन (10.02.2018)
बलात्कार पनि पूँजीवादको उपज (10.02.2018)
अस्थिरतावादी शक्तिहरू पुनः जुर्मुराउन थाले- ‘बलियो’ सरकारको निरीहता जताततै उदाङ्ग ! (09.25.2018)
राष्ट्रकवि घिमिरे सयवर्षमा प्रवेश (09.25.2018)
विजय जैलीको विषवमन (09.25.2018)
कुनै दिन सुस्ता पनि हराउँछ नक्साबाट (09.11.2018)
भारत निर्भरता अन्त्य हुने बाटो खुल्यो : केन्द्र र प्रदेश सरकारहीबीच चर्को मतभेद (09.11.2018)
दुई गलत निर्णय र गलत सन्देश (09.11.2018)
के भयो बिम्स्टेक शिखर बैठकमा ? (09.04.2018)
परराष्ट्रनीतिमा असन्तुलन र विचलनको खतरा (09.04.2018)
डरलाग्दो छ बलात्कारका घटना (09.04.2018)
अनन्तरामले राखे विश्वमा सबैभन्दा लामो समयसम्म बोल्ने कीर्तिमान (09.04.2018)
बिमस्टेक सम्मेलनको ‘कस्मेटिक’ तयारी ! (08.28.2018)
कांग्रेस महासमिति बैठक अहिलेदेखि नै आआफ्नै दाउ (08.28.2018)
अपराधको बिरोध गर्दा पनि गोली खानुपर्ने ? (08.28.2018)



 
::| Latest News

 
[Page Top]