युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Friday, 01.18.2019, 02:27am (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
मुख्य समाचार
 
कहिलेसम्म सहेर बसिरहने सीमामा हस्तक्षेप ?
Tuesday, 12.11.2018, 01:33pm (GMT+5.5)

काठमाडौं । नेपालको कति सीमा अतिक्रमण भएको छ र कति ठाउँमा विवाद छ भन्ने यक्किन जानकारी र तथ्यांक सरकारसंग छैन । नेपाल–भारत सीमा विवादलाई सरकार र राजनीतिक दलहरु उच्चारण गर्न समेत चाहँदैनन् जसले गर्दा भारतको मनोबल बढिरहेको छ । अन्तर्राष्ट्रिय नियम–कानुन मिचेर भारतले नेपाली भूमिमाथि भौतिक संरचना निर्माण गरिरहेको छ । सरकार केही बोल्दैन । अनि सीमाक्षेत्रका बासिन्दा भारतको दादागिरीबिरुद्ध लडिरहेका छन् । आफ्नो सीमानाको रक्षा गर्दा भारतीय सुरक्षाकर्मीको गोलीबाट कैयौं नेपालीले ज्यान गुमाएका छन् । सुस्ताको कुरा छाडौं मध्यदेखि सुदूरपश्चिमसम्म सीमारक्षक नेपालीहरु भारतीय गोलीको शिकार भएका छन् ।
पछिल्लो एक वर्षयता सुदूरपश्चिमको कञ्चनपुर, दार्चुला लगायतका क्षेत्रमा भारतको ज्यादति बढेको बढ्यै छ । कञ्चनपुरको पुनर्बासमा नेपाल–भारत सिमाना नजिक आफ्नै भूमिमा कल्र्भट निर्माणको विषयलाई लिएर डेढ वर्षअघि पुनर्वास नगरपालिकाका गोविन्द गौतमले ज्यान गुमाउनु प¥यो । दुबै देशले तत्काल समस्या समाधान गर्ने भने पनि आनन्द बजार नाका अझै सञ्चालनमा आउन सकेको छैन । 
नेपाल–भारत संयुक्त सर्वे टिमले सिमा विवाद समाधान गरी कल्भर्ट विवादको समाधान खोजिने बताए पनि अहिलेसम्म त्यसको टुङ्गो लाग्न सकेको छैन । घटनाको झण्डै वर्षदिनपछि स्थानीयवासी र सीमापारीका भारतीय नागरिक कल्भर्ट छलेर सीमामा ओहोरदोहोर गरिरहेका छन् । उक्त सीमा नाका सञ्चालन गर्न विभिन्न ठाउँबाट गरिए पनि अझै खुल्न सकेको छैन । भारतीय सुरक्षाकर्मीको गोली लागेर शहादत प्राप्त गरेका गौतमको विषयमा भारत अझै केही बोलेको छैन । भारतीय सुरक्षाकर्मीकै गोली लागि गौतमको मृत्यु भए पनि भारतले उक्त घटनामा आफ्नो संलग्नता स्विकारेको छैन । 
आनन्द बजारको कल्भर्ट निर्माण क्षेत्र भारतले आफ्नो भएको दाबी गर्दै आएको छ । पुनर्वास नगरपालिका–९ बीचफाटामा गत वैशाखमा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले तारजाली हाल्दा  अवरोध पु¥यायो । बीचफाटाका स्थानीयवासीले उक्त विद्युतीय तारजाली भारतीय जङ्गलबाट आउने वन्यजन्तु रोक्न लगाएका थिए । उक्त विषयमा विवाद हुँदा केही दिन तनाव भयो । विवाद अघि सहमतिमै भारतीय दुधुवा राष्ट्रिय निकुञ्जबाट आउने जङ्गली जनावर नियन्त्रण गर्न बीचफाटामा दुई हजार ९०० मिटर क्षेत्रमा तार जडान गरिएको थियो ।  
“तारजाली सहमतिमै जडान गरिएको थियो”, पुनर्वासका स्थानीय पत्रकार दीपेन्द्र बस्नेतले भन्नुभयो । सोही क्षेत्रमा रहेको प्यारातालको विषय पनि लामो समयदेखि विवादित छ । पुनर्वास नगरपालिकाको बीचफाटामा विवाद गरेको चार महीनापछि भारतले भीमदत्तनगरपालिका–९ ब्रह्मदेवमा एकलौटीरुपमा नेपाल–भारत सीमाक्षेत्रमा पक्की सडक निर्माण अघि बढायो । यहाँको मुख्य सीमास्तम्भ नं ३ छेउछाउमा करीब १३ सय मिटर वर (नेपालतर्फ) भारतले ठेक्कामार्फत सडक निर्माण थालेपछि ब्रह्मदेवका स्थानीयवासीले अवरोध पु¥याएका थिए ।  
जिल्लास्तरबाट उक्त क्षेत्रको सीमा विवाद समाधान भएपछि काम अघि बढाउने मौखिक सहमतिपछि भारतले उक्त निर्माण रोकेको छ । ब्रह्मदेव क्षेत्रमा पनि लामो समयदेखि दुई देशबीच सीमा विवाद यथावत छ । सीमा विवाद सधैँ भइरहने ब्रह्मदेवका स्थानीयवासी बताउँछन् । मङ्गलबार भीमदत्तनगरपालिकाको गड्डाचौकी, जिमुवा हुँदै ब्रह्मदेव जोड्ने सडक निर्माणमा भारतीय सुरक्षाकर्मीले अवरोध पु¥याएका छन् । भीमदत्तनगरपालिकाले सडक बनाउन पठाएको जेसिभी भारतीय एसएसबीले दशगजा क्षेत्रमा सडक बनाउन लागेको दाबी गर्दै नेपाली पक्षलाई अवरोध पु¥याएका थिए । स्थानीयवासीका अनुसार उक्त जग्गा नेपाली भूमिमै पर्छ ।
सशस्त्र प्रहरी बल ३५ नं गण हेडक्वाटरका गणपति सशस्त्र प्रहरी उपरीक्षक विनोदराज श्रेष्ठले जिमुवा सडक निर्माणमा भएको अवरोधका विषयमा स्थानीय प्रशासनमा छलफल भइरहेको बताउनुभयो । “हामीले एसएसबीसित उक्त विषयमा समन्वय गरिरहेका छौँ”, उहाँले भन्नुभयो, “छलफल सकिएपछि भारतीय पक्षसित पनि थप समन्वय हुन्छ ।” उहाँले नेपाली भूमिमा सडक निर्माण हुँदा भारतीय पक्षले अवरोध गर्न नमिल्ने बताउनुभयो ।
सीमाबारे जानकार कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाका मानसिंह भण्डारीले भारतीय पक्षको हेपाहा प्रवृत्ति बेलाबखत देखिने गरेको बताउनुभयो । “यहाँ धेरै ठाउँमा विवाद यथावत छ,” उहाँले भन्नुभयो, “प्यारातालदेखि, सडकघाट हँुदै ब्रह्मदेवसम्म विवाद नै छ ।” नेपाल–भारत सीमा स्तम्भ सर्वेक्षण, मर्मत सम्भार, नयाँ सीमा स्तम्भ निर्माण तथा पुनःनिर्माणको जिम्मेवारी पाएको प्राविधिकसहितको संयुक्त टोलीले संयुक्त बैठकपछि निर्णय गर्र्दै फिल्डमा काम गर्ने तयारी गरेको छ ।
टोलीले अघिल्लो आर्थिक वर्षमा केही स्थानमा सीमा स्तम्भ जीर्णोद्धारलगायत सर्वेको काम गरेको थियो । संयुक्त टोलीमा रहनुभएका प्रमुख नापी अधिकृत जनकराज भट्टले केही दिनभित्रै संयुक्त टिमको बैठक बसेर काम थालिने बताउनुभयो । उहाँले बैठक भारतमा बस्ने सहमति भएको र फिल्ड सर्वे टिम हाल धनगढीमा रहेको जानकारी दिनुुभयो । “हामीलाई कञ्चनपुर र कैलालीको सीमा क्षेत्रको कामको जिम्मेवारी दिइएको छ”, उहाँले भन्नुभयो, “नेपाल–भारत दुवैको सहमतिमा यहाँका सीमा स्तम्भ निर्माण तथा पुनःनिर्माण थालेका छौँ ।”


Rating (Votes: )   
Share     Print


Other Articles:
ओली सरकारको नौ महिना निराशाजनक (11.20.2018)
सत्तारुढ र प्रमुख प्रतिपक्षी दलमा फैलदो असन्तोष (11.20.2018)
इपीजी प्रतिवेदनप्रति भारतको आपत्ति (11.20.2018)
सर्वसाधारण जनता बिलखबन्दको स्थितिमा- दशैंको मौकामा कालो बजार मौलायो ! (10.10.2018)
दशैं हिन्दुको हैन सबैको चाड हो (10.10.2018)
गठबन्धन र एकताको उल्लास हरायो ! (10.10.2018)
पुनःअस्थिरता सिर्जनाको अशुभ सङ्केत ! (10.02.2018)
संसद अन्त्य बहुचर्चित चिकित्सा विधेयक पेश भएन (10.02.2018)
बलात्कार पनि पूँजीवादको उपज (10.02.2018)
अस्थिरतावादी शक्तिहरू पुनः जुर्मुराउन थाले- ‘बलियो’ सरकारको निरीहता जताततै उदाङ्ग ! (09.25.2018)
राष्ट्रकवि घिमिरे सयवर्षमा प्रवेश (09.25.2018)
विजय जैलीको विषवमन (09.25.2018)
भारत निर्भरता अन्त्य हुने बाटो खुल्यो : केन्द्र र प्रदेश सरकारहीबीच चर्को मतभेद (09.11.2018)
कुनै दिन सुस्ता पनि हराउँछ नक्साबाट (09.11.2018)
दुई गलत निर्णय र गलत सन्देश (09.11.2018)
के भयो बिम्स्टेक शिखर बैठकमा ? (09.04.2018)
परराष्ट्रनीतिमा असन्तुलन र विचलनको खतरा (09.04.2018)
डरलाग्दो छ बलात्कारका घटना (09.04.2018)
अनन्तरामले राखे विश्वमा सबैभन्दा लामो समयसम्म बोल्ने कीर्तिमान (09.04.2018)
बिमस्टेक सम्मेलनको ‘कस्मेटिक’ तयारी ! (08.28.2018)



 
::| Latest News

 
[Page Top]