युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Wednesday, 05.22.2019, 07:10pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
मुख्य समाचार
 
दुई तिहाईको सरकार, गुटबन्दीको शिकार
Tuesday, 12.11.2018, 01:34pm (GMT+5.5)

काठमाडौं । दुई तिहाई बहुमतको सरकारको १० महिना सित्तैमा गएको छ । सरकारले नारा र योजना जति सार्वजनिक ग¥यो त्यो अनुसारको कामको सिन्को पनि भाँचिएको छैन । सत्तारुढ दलका नेताहरु नै सरकारको चर्को आलोचना गर्न दत्तचित्त भएर लागेका छन् । अझ कतिसम्म भने नेताहरु बैठक नै वहिस्कार गर्ने स्थितिमा पुगेका छन् । शीर्ष नेताहरूबीच असमझदारी दिन प्रतिदिन चुलिंदै गएको छ । पार्टीका वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ तथा बामदेव गौतमले शनिबार बोलाइएको सचिवालय बैठक नै वहिस्कार गरेपछि यसले निकै चर्को विवादलाई छताछुल्ल पारेको छ । ती नेताहरुले दुई अध्यक्ष केपी ओली र पुष्पकमल दाहालको कार्यशैलीप्रति विमति जनाउँदै आएका छन् । 
चार सदस्यले बैठक छाडेर हिंडेपछि पार्टीका दुई अध्यक्षसहित महासचिव विष्णु पौडेल र सचिवालय सदस्यद्वय ईश्वर पोखरेल र रामबहादुर थापाको बैठक बसेको थियो । कतिसम्म भने नेता खनालले आइतबार एक कार्यक्रममा ‘एउटा रोगीका कारण बैठक रोकिने गरेको’ भनेर प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीप्रति कटाक्ष गर्नुभयो । 
पार्टी एकीकरणपछि पूर्व एमालेका केही नेताहरुलाई आफ्नो हैसियतको ठूलो चिन्ता परिरहेको छ । नेता खनाल तथा नेपाललाई आफूहरु कसरी पार्टीमा स्थापित हुने भन्ने ध्याउन्नले नयाँ गुट खडा भएको छ । अहिले खनाल, नेपाल र गौतमको गुटमा पूर्व माओवादी नेता नारायणकाजी श्रेष्ठ समेत सामेल हुनुभएको छ । यी चार नेताहरुकै पक्षमा रहेका झण्डै दुई दर्जन पूर्व एमालेमा रहेका केन्द्रीय सदस्यहरुले पार्टी अध्यक्षद्वयलाई ६ बुँदे ज्ञापनपत्र पनि बुझाएका थिए । 
उनीहरुले नेकपामा सचिवालयलाई सर्वाधिकार सम्पन्न बनाएको, संगठनात्मक तथा राजनीतिक निर्णय दुई अध्यक्षमा मात्र केन्द्रित गरेको र पार्टी अन्तरिम विधान अनुसार पार्टीका नियमित बैठक नबोलाएको भन्दै उनीहरुले ज्ञापनपत्र बुझाएका थिए ।
यिनै असन्तुष्टि र ज्ञापनपत्र तथा नेताहरुबीचको आरोप प्रत्यारोपका कारण न सरकारले गति लिन सकेको छ न त पार्टी एकीकरणको सबै प्रक्रिया नै पूरा भएको छ । नेताहरु एकमत नहुँदा पार्टीको तल्लो तहमा एकीकरणले पूर्णता पाउन सकेको छैन । मंसिर ७ यता निरन्तर सचिवालय बैठक बसेर संगठनात्मक कामको प्रस्ताव टुंगो लगाउने, स्थायी समिति बैठक बोलाई निर्णय लिने र सरकारको समीक्षा गर्ने कार्यसूची तय भएको थियो । तर नेताहरु बैठक छाडेर हिंडन थालेका छन् ।
हुन त चार नेताको बैठक वहिस्कारलाई समयको पालना सम्बन्धी पार्टीको नीतिको पालना गरेको नेता श्रेष्ठको दावी छ । शनिबारको बैठक आफूहरुले वहिस्कार गरेको नभै समय पालना सम्बन्धी पार्टी नीतिलाई पछ्याएको बताउनुहुन्छ । उहाँको तर्क थियो– “सचिवालयको बैठक भनी बोलाइएको समयमै बालुवाटार पुगियो, १५÷२० मिनेट कुरियो । बैठक सुरु भएन । बैठक के कारणले ढिला हुन्छ भन्ने खबर पनि आएन । यसअगाडि समय पालना सम्बन्धमा पार्टीले निर्णय गरेको थियो । त्यसको स्मरण गराउन र पार्टीलाई पद्धतिमा सञ्चालन गर्ने कुरामा सचेत गराउन हामीले बैठक छाडेका हौं ।”
यस विषयमा नेकपा सचिवालयले साउन पहिलो साता एजेन्डा बनाएर निर्णय गरेको थियो । अध्यक्षद्वय व्यस्त भए बैठक बस्नुअघि नै सदस्यहरूलाई अनिवार्य जानकारी दिनुपर्ने, नभए बैठकको निर्धारित समयभन्दा बढीमा १५ मिनेटभित्र बैठक सञ्चालन गर्नुपर्ने सचिवालयको निर्णय छ । 
नेकपा स्थायी समिति बैठक २१ असारयता बसेको छैन । कात्तिक १२ र १३ गतेका लागि बोलाइएको बैठक पाँचौ पटक स्थगित भएपछि अनिश्चित बनेको थियो । अध्यक्ष ओली प्रधानमन्त्री भएयता उनको सरकारी निवास बालुवाटारमै नेकपाका बैठक बस्ने गरेका थिए । प्रधानमन्त्री निवासमा पार्टी बैठक बोलाएकोमा पनि नेकपाको आलोचना हँुदै आएको छ 
शनिबार चार नेताको वहिस्कारपछि पाँच नेताको मात्र बैठक बस्यो र त्यो बैठकले स्थायी समिति बैठक आह्वान गरेको छ । नेता खनाल, नेपाल, गौतम र श्रेष्ठको पहिस्कारपछि अध्यक्षद्वय केपी शर्मा ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगै रामबहादुर थापा ‘बादल’, ईश्वर पोखरेल र महासचिव विष्णु पौडेल सहभागी बैठकले स्थायी समिति बैठक आह्वान गरेको हो । सो बैठक मंसिर २९ गते दिउँसो १ बजेका लागि बोलाउने निर्णय भएको छ । 
पछिल्लो समय नेकपा नेतृत्वमा चर्को गुटबन्दी देखापरेको छ । यसले सरकार संचालनदेखि पार्टीको तल्लो तहसम्म नकारात्मक प्रभाव परिरहेको छ । यति मात्र हैन, यो सरकार असफल भयो भने मुलुक कुन दिशातिर मोडिने हो भन्ने चिन्ता समेत व्याप्त छ । सरकारको असफलता नेकपासंग मात्रत्र जोडिएको नभएर मुलुकको भविष्यसंग गाँसिएको हुँदा जिम्मेवार नेताहरुले आआफ्नो व्यक्तिगत आकांक्षालाई प्राथमिकता नदिनुपर्ने हो तर नेपालमा पार्टी र देशभन्दा व्यक्ति प्रभावशाली रहँदै आएको स्थिति छ ।
सत्तापक्षको जस्तो हालत त विपक्षी दल नेपाली कांग्रेसको पनि त्यस्तै छ । सरकारले काम गर्न नसकेकोमा खबरदारी गराउन समेत प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस असमर्थ छ । कांग्रेसका शीर्ष नेताहरु कसरी नेतृत्वलाई पन्छाउने, कसरी नेतृत्वमा बसिरहने भन्ने चिन्तामै रुल्मुलिएका छन् । देशका दुई प्रमुख राजनीतिक शक्तिहरु यसरी आन्तरिक किचलोमै अल्झिरहँदा विकास र समृद्धिको नारा केवल नारामै सीमित हुने लगभग निश्चित छ ।


Rating (Votes: )   
Share     Print


Other Articles:
कहिलेसम्म सहेर बसिरहने सीमामा हस्तक्षेप ? (12.11.2018)
सत्तारुढ र प्रमुख प्रतिपक्षी दलमा फैलदो असन्तोष (11.20.2018)
ओली सरकारको नौ महिना निराशाजनक (11.20.2018)
इपीजी प्रतिवेदनप्रति भारतको आपत्ति (11.20.2018)
सर्वसाधारण जनता बिलखबन्दको स्थितिमा- दशैंको मौकामा कालो बजार मौलायो ! (10.10.2018)
गठबन्धन र एकताको उल्लास हरायो ! (10.10.2018)
दशैं हिन्दुको हैन सबैको चाड हो (10.10.2018)
पुनःअस्थिरता सिर्जनाको अशुभ सङ्केत ! (10.02.2018)
संसद अन्त्य बहुचर्चित चिकित्सा विधेयक पेश भएन (10.02.2018)
बलात्कार पनि पूँजीवादको उपज (10.02.2018)
अस्थिरतावादी शक्तिहरू पुनः जुर्मुराउन थाले- ‘बलियो’ सरकारको निरीहता जताततै उदाङ्ग ! (09.25.2018)
राष्ट्रकवि घिमिरे सयवर्षमा प्रवेश (09.25.2018)
विजय जैलीको विषवमन (09.25.2018)
कुनै दिन सुस्ता पनि हराउँछ नक्साबाट (09.11.2018)
भारत निर्भरता अन्त्य हुने बाटो खुल्यो : केन्द्र र प्रदेश सरकारहीबीच चर्को मतभेद (09.11.2018)
दुई गलत निर्णय र गलत सन्देश (09.11.2018)
के भयो बिम्स्टेक शिखर बैठकमा ? (09.04.2018)
परराष्ट्रनीतिमा असन्तुलन र विचलनको खतरा (09.04.2018)
डरलाग्दो छ बलात्कारका घटना (09.04.2018)
अनन्तरामले राखे विश्वमा सबैभन्दा लामो समयसम्म बोल्ने कीर्तिमान (09.04.2018)



 
::| Latest News

 
[Page Top]