युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Tuesday, 03.26.2019, 04:03pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
मुख्य समाचार
 
नेकपामा समायोजनकारी निकासको बाटो खुलेन- सकारात्मक नतिजा दिन सरकार विफल
Tuesday, 01.01.2019, 12:58pm (GMT+5.5)

काठमाडौं । सत्तारूढ नेकपाको स्थायी समिति र प्रतिपक्षी दल नेपाली कांग्रेसको महासमितिका बहुचर्चित बैठकपछि नेपालको आन्तरिक राजनीतिमा देखापर्नसक्ने परिदृश्यका अनेक पक्षवारे अनेक विविध चर्चा हुन थालेको छ । सत्ताभित्र र बाहिरका दुवै प्रमुख दलहरूमा बढिरहेको अन्तरविचलनले आन्तरिक समस्याहरू पेचिला बन्दैगएका छन् । नेकपाका दुई अध्यक्षद्वारा बैठकमा प्रस्तुत प्रतिवेदनको लिखित र मौखिक रूपमा चर्को आलोचना भएपछि बैठकमा उठेका सवै विषय समेटेर परिमार्जन गर्ने  शर्तमा सो दस्तावेज पारित भए पनि दलभित्र विकसित हुँदैगएको असहज परिस्थितिको समायोजनकारी निकास त्यति सहज नभएको सम्बद्ध सूत्रकै भनाइ छ । उता प्रतिपक्षी दल नेपाली कांग्रेसमा कृत्रिम एकताको जति नै कुरा गरे पनि मतमतान्तर र गुटगत खेलका अन्तरअभ्यास सतहमै देखापरेका छन् । दुवै दलभित्र विग्रहजन्य परिस्थितिको तत्कालबोध नभए पनि मुलुकको राजनीतिक मूलधारको दिशा धमिलिँदै गएको प्रष्ट आभास भैरहेको राजनीतिक विश्लेषकहरूको कथन छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले राम्रो काम गरिरहेको र पार्टीभित्रबाट आलोचना भैरहे पनि जनताले वाहवाह गरिरहेको मजाक गरेर जग हसाउनुभएको छ । दुई तिहाइ सरकारका मन्त्रीहरू जनताका आँखा छलेर अनुचित सुविधा उपयोग गर्ने र सम्पति जोड्न सक्रिय रहेको आरोप घनिभूत हुँदैगएको छ । पूर्व प्रधानमन्त्रीदेखि लिएर पूर्वसभामुख एवं सांसदहरूबाट राज्यकोषमा लुटान भैरहेको खुलाशा हुँदैआए पनि आचरण र नैतिकतामाथि उठेका यस्ता अहं मुद्दाप्रति सरकार र प्रमुख राजनीतिक दलका नेताहरू प्रतिक्रियाहीन छन् । विगतमा ‘हङ् पार्लियामेण्ट’का कारण सरकार चलाउन तदर्थवादी शैलीमा अनेक प्रकारका असङ्गत कार्य हुनेगरेको र संक्रमणकालीन अवस्थामा वाञ्छित सुधार सम्भव नभएको भनेर जवाफदेहिताबाट उम्कने गरिँदैआएको थियो तर अहिले एउटै दल नेकपा पूर्ण बहुमतको स्थितिमा रहेकाले सरकार हल्लाउने, ढाल्ने र नयाँ समीकरण बनाउने अवस्थाको अन्त्य भएको देखिए पनि सरकारको कार्यशैलीमा कुनै नवीनता र ताजगीपन नआएको दश महिना यताकै स्थितिले देखाएको छ ।
जन टिप्पणी के छ भने– राज्य संयन्त्रभित्रका वेथितिहरू जति नै उदाङ्ग हुँदैआए पनि सरकारले कुनै पर्वाह गरेको छैन । राज्यका सेवा प्रदायक अङ्गहरू सेवाग्राहीहरूलाई सेवा दिन उत्साहित छैनन् । मन्त्रीहरूका कामको प्रधानमन्त्रीबाट नियमित रूपमा प्रत्यक्ष निगरानी हुने संयन्त्रको जति नै हौवा पिटे पनि कुनै सकारात्मक नतिजा देखिएको छैन । जनतासितको संवाद शून्यबिन्दुमा छ ।  दैनिक उपभोग्य वस्तुको मूल्य अनियन्त्रित रूपमा अक्काशिँदो छ । भारतबाट बिजुली आयात गरेर ’बिद्युत सेवा कटौतीको अन्त्य गर्नुपरेको अवस्था झन्झन् लम्बिँदो छ । प्रदेशहरूमा कर्मचारीहरूको खटनपटन स्वीकार्य ढंगले हुन नसक्दा कर्मचारीहरूले सिंहदरबारभित्रै नाराबाजी र धर्ना गरेको असङ्गत दृश्य छताछुल्लै भयो । विगतका एकल कांग्रेस सरका  ,पटक पटकका मिलिजुली सरकार र अहिलेको दुई तिहाइ बहुमतको सरकारबीच तुलना गर्दा जनताले कुनै अन्तर देख्न छोडेका छन् । यो बिडम्बनापूर्ण स्थितिले मुलुक दुर्दान्त पीडा र अन्त्यहीन समस्याको अनिश्चित दिशातिर क्रमशः धकेलिँदैगएको चौतर्फी आभास हुनथालेको छ ।
मुलुकभित्र आन्तरिक समस्याका चाङ् लाग्दैगएका छन् तर सरकार भने भारत र चीनसित सम्बन्ध सुदृढ भएको, अमेरिका, युरोप र जापानले बहुआयामिक सम्बन्ध विस्तारका लागि हात फैलाइरहेको प्रचार गरेर जनताको ध्यान अन्यत्रै खिच्न कोशिस गरिरहेको छ । कुटनीतिक विज्ञहरू वैदेशिक सम्बन्ध सुदृढ होइन अविश्वसनीय र सन्दिग्ध बन्दैगएको संकेत गरिरहेका छन् । प्रधानमन्त्री ओलीको निर्विकल्पता क्रमशः सन्दिग्ध बन्दैगएको यथेष्ठ संकेत देखिएको छ । पार्टीभित्र उहाँले सरकार र पार्टी सञ्चालनमा कायम गर्न खोजेको एकाधिकार र असन्तुलित व्यवहारले असन्तुष्टि र आक्रोशको जुन लहर उठेको देखिएको छ त्यसले राम्रो संकेत गरेको छैन । प्रतिपक्षी दल नेपाली कांग्रेसले सदनभित्र र बाहिरबाट सरकार विरूद्ध आन्दोलनको लहर उठाउने जुन घोषणा गरेको छ त्यसको रूप र प्रभावबारे पनि उत्सुकता जागृत हुन थालेको विश्लेषकहरू बताउँछन् ।


Rating (Votes: )   
Share     Print


Other Articles:
राजनीतिकरणको नतिजा दुई तिहाईको सरकारलाई (01.01.2019)
नागरिकताको विषय ख्याल ख्याल हैन (01.01.2019)
राजनीतिक अस्थिरता जारी राख्ने कसरत (12.11.2018)
दुई तिहाईको सरकार, गुटबन्दीको शिकार (12.11.2018)
कहिलेसम्म सहेर बसिरहने सीमामा हस्तक्षेप ? (12.11.2018)
ओली सरकारको नौ महिना निराशाजनक (11.20.2018)
सत्तारुढ र प्रमुख प्रतिपक्षी दलमा फैलदो असन्तोष (11.20.2018)
इपीजी प्रतिवेदनप्रति भारतको आपत्ति (11.20.2018)
सर्वसाधारण जनता बिलखबन्दको स्थितिमा- दशैंको मौकामा कालो बजार मौलायो ! (10.10.2018)
दशैं हिन्दुको हैन सबैको चाड हो (10.10.2018)
गठबन्धन र एकताको उल्लास हरायो ! (10.10.2018)
पुनःअस्थिरता सिर्जनाको अशुभ सङ्केत ! (10.02.2018)
बलात्कार पनि पूँजीवादको उपज (10.02.2018)
संसद अन्त्य बहुचर्चित चिकित्सा विधेयक पेश भएन (10.02.2018)
अस्थिरतावादी शक्तिहरू पुनः जुर्मुराउन थाले- ‘बलियो’ सरकारको निरीहता जताततै उदाङ्ग ! (09.25.2018)
राष्ट्रकवि घिमिरे सयवर्षमा प्रवेश (09.25.2018)
विजय जैलीको विषवमन (09.25.2018)
भारत निर्भरता अन्त्य हुने बाटो खुल्यो : केन्द्र र प्रदेश सरकारहीबीच चर्को मतभेद (09.11.2018)
कुनै दिन सुस्ता पनि हराउँछ नक्साबाट (09.11.2018)
दुई गलत निर्णय र गलत सन्देश (09.11.2018)



 
::| Latest News

 
[Page Top]