युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Saturday, 05.25.2019, 04:24am (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
मुख्य समाचार
 
कतै तपाईमा पनि छ कि यस्तो समस्या ?
Monday, 03.18.2019, 04:44pm (GMT+5.5)

काठमाडौं । व्यस्त अनि प्रतिस्पर्धाको यो युगमा मानिसहरुमा निराशाले चाँडै बास गर्दछ । आफूले भनेजस्तो नभए वा चाहेको कुरा नपाए उनीहरुमा दिक्दारी, उदासिनता तथा मानसिक आलस्यता बढ्दो छ । यसलाई अहिलेको भाषामा डिप्रेसन भनिन्छ र डिप्रेसन परापूर्वकालदेखि देखिएको रोग हो र यो रोग मानिसको जीवनकालमा पुरुषमा १५ र महिलामा २५ प्रतिशतसम्म हुने बताइन्छ । हामीले डिप्रेसनका बारेमा स्पष्टसंग बुझ्न सकेका छैनौं । डिप्रेसन भनेको खाली मन उदास हुनु मात्र नभइ त्यसभन्दा अझ बढी हो । यो मधुमेह, उच्च रक्तचाप, हृदयरोग आदि जस्तै एउटा रोग हो । यो रोगले हाम्रो सोचाई, भावना तथा व्यवहारमा असर गर्दछ ।
डिप्रेसन एउटा कडा रोग हो, जसले पीडित व्यक्तिलाई मात्र नभएर उसको परिवार तथा समाजलाई समेत असर पु¥याउँछ । यो रोग हरेक देश र समाजमा व्याप्त छ । यसे निकै डरलाग्दो किसिमबाट मानिसलाई गाँज्दै लान्छ र अन्ततः आत्महत्याको बाटोसम्म पु¥याउँछ । हुनत, नेपालमा मानसिक समस्यालाई सामाजिक प्रतिष्ठाको विषयसँग जोडेर हेर्ने गरिन्छ । यसै कारण धेरै व्यक्ति यो समस्या लुकाएर नै राख्न चाहन्छन् ।
डिप्रेसन मानसिक कमजोरी पनि हो । यस्ता बिरामीले आवश्यक कुरामा पनि मन थाम्न सक्दैनन्, जस्तै सडकमा एकजना बिरामी देख्दा वा मरेको मानिस देख्दा आत्तिने र चिन्तीत हुने गर्छन् । डिप्रेसनका बिरामी एउटै घटनालाई आधारमानी सधैं त्यसमा अनावश्यक विवाद गर्छन् । कतिपय डिप्रेसनका रोगी नकारात्मक सोचाईबाट पीडित हुन्छन् । मनमा यस्ता सोचाई लिन्न भने पनि ती सोचाइ आउनाले छटपटी महसुस हुन्छ ।
डिप्रेसनका बिरामी रोगका कारण केही बिरामीले अनौठो लक्षण देखाउँदा कुटाई खाने, बोक्सीको आरोप पाउने गरिएको पनि भेटिएको छ । मानसिक रोगको झन्डै एक तिहाई हिस्सा ओगट्ने डिप्रेसनका बिरामी आफूलाई नसाको रोग लाग्यो भन्न रुचाउछन् । अनुसन्धानबाट के देखिएको छ भने डिप्रेसन भएका मध्ये १५ प्रतिशत रोगीहरूले आत्महत्या गर्ने सम्भावना रहन्छ भने धेरै रोगीहरू मुटुको रोगले मर्ने सम्भावना रहन्छ ।
हेर्दा सामान्य जस्तो लाग्ने डिप्रेसन तत्काल पत्ता नलाग्नसक्छ । तर, सामान्य डिप्रेसन रोगको पहिचान लक्षणहरूका आधारमा गर्न सकिन्छ तापनि सामान्य लक्षणबाहेक थाइरोइड, मस्तिष्क आदिका कारण पनि डिप्रेसन हुनसक्छ । यद्यपि डिप्रेसन प्रमुख कारण तनावपूर्ण घटनाहरू हुनुलाई मानिन्छ । तर, रक्तचापका बिरामीलाई दिइने औषधी र स्टेरोइड औषधीहरूले डिप्रेसन गराउनसक्छ । त्यस्तै लामो समयदेखि मधुमेह, मृगौला, फोक्सो आदिको रोगबाट ग्रसित मानिसहरूलाई पनि डिप्रेसन हुन सक्छ ।
मन उदास वा दिक्क भइरहने, कुनै पनि कुरामा चाख नलाग्ने, कमजोरी वा थकावट महशुस भइरहने, खुसी हुनुपर्ने कुरामा पनि खुसी हुन नसक्ने, हिनताबोध हुने, एकाग्रता तथा सोच्ने र सम्झने क्षमतामा कमी हुने निन्द्रा नलाग्ने वा निन्द्राले चाँडै छोड्ने, यौनइच्छामा कमी हुने, खाना खान मन नलाग्ने आदि डिप्रेसनका प्रमुख लक्षण हुन् । यस्तो अवस्थामा पुगेका बिरामीहरूले जाँड, रक्सी तथा अन्य लागुपदार्थको सकेसम्म सेवन गर्नु हुदैन । सन्तुलित एवं पौष्टिक भोजन खाने गर्नुपर्छ । आफ्नो समस्या एवं चिन्ताहरूलाई साथीभाइ एवं परिवारसँग व्यक्त गर्दा आफूलाई राम्रो महशुस हुन्छ ।
औषधि सेवन गर्दागर्दै पहिलेकोभन्दा फरक लक्षण देखापरेमा वा बिमिरा आएमा वा जिउ चिलाएमा तथा गर्भवती भएमा तुरुन्त चिकित्सकसंग सम्पर्क राख्नुपर्छ । चिकित्सकले लेखे बमोजिमको औषधि खानुपर्छ । आफूले नै औषधिको मात्रा घटबढ गर्ने वा औषधि छाड्ने गर्नु हुदैन ।
डिप्रेसनका बिरामीलाई कसरत गरेमा राम्रो हुन्छ र सकेसम्म आफनो दैनिक काम जारी राख्नु पर्छ तर आफैंलाई तनाब हुनेगरी काम गर्नु हुदैन । डिप्रसन भएको अवस्थामा जीवनका महत्वपूर्ण निर्णयहरू गर्नुहुदैन ।
यदि आफ्नो परिवारका सदस्य वा साथीभाइ डिप्रेसनको शिकार भएका छन् भने उनीहरुलाई त्यत्तिकै छाड्ने हैन कि उपचार गर्नका लागि प्रोत्साहित गर्नुपर्छ । यो रोगको शिकार भएकाहरु उपचार गर्न मन नपराउने हुन्छन् । यसका अतिरिक्त डिप्रेसन भएका मानिसहरूसँग समय बिताउनु पर्दछ । उनीहरूसँग गफ गरेर हौसला प्रदान गर्नुपर्छ । डिप्रेसनका रोगीहरूले आत्महत्याको कुरा गरेमा त्यस कुरालाई गम्भिरताकासाथ लिएर निगरानी बढाउनुका साथै चिकित्सकलाई बताएर थप उपचारको वातावरण बनाउनु पर्दछ ।

बालबालिकाको समस्या अरु जटिल

आजभोलि बालबालिकामा पनि डिप्रेसन हुन थालेको छ । विशेष गरी इन्टरनेटको पहुँचले गर्दा बच्चाहरुमा डिप्रेसन हुन थालेको छ । उनीहरु पढाई खेलकूदतिर ध्यान नदिने, टोलाउने, झोक्राउने गर्न थालेका छन् भने तत्काल उपचारमा लागि हाल्नु पर्दछ । हाम्रो सामान्यतः व्यवहार बालबालिका उदास देखिए, झर्कने गरे उसकोे माग पूरा नभएर हो भन्ने रुपमा लिइन्छ । तर त्यो ‘चाइल्डहुड डीप्रेसन’ पनि हुनसक्छ भन्ने हामीले अनुमान गर्न सक्दैनौं, जुन एउटा चिन्ताजनक अवस्था हो ।
यसले बालबालिकाको मानसिक स्वास्थ्यमा असर पु¥याउँछ । साथीभाइ र परिवारका सदस्यसँग बोलचाल कम गर्दै जानु, आफूले गर्दैआएको काम गर्न छोड्नु वा त्यसप्रति रुचि नदेखाउनुु, थकित देखिनु, आफ्ना कुरा भन्न छोड्नु, एक्लै बस्न मनपराउनु, बालसुलभ चञ्चलता हराउनु ‘चाइल्डहुड डीप्रेसन’का सामान्य लक्षण हुन् । यस्तो अवस्थामा तुरुन्तै मनोचिकित्सकको सहयोगको आवश्यकता हुन्छ । 
अभिभावकले समयमा नै आवश्यक समझदारी र व्यवहार देखाएमा यो समस्या निराकरण हुन सक्छ । यसका निमित्त उपचारको क्रममा र त्यसपछिको अवस्थामा बच्चा वा किशोरका आमाबाब ुलगायत परिवारका सम्पूर्ण सदस्यको उत्तिकै महत्वपूर्ण भूमिका रहन्छ ।
पारिवारिक समस्या, स्कुलमा हुने अपमानजनक व्यवहार जस्ता समस्या, शारीरिक, मानसिक, संवेदनात्मक प्रताडना र चोट, अनि केही अवस्थामा वंशाणुगत समस्याजस्ता कारणबाट देखिने ‘चाइल्डहुड डिप्रेसन’को समाधान भएको छ । केही चिकित्सीय अवस्थाबाहेक धेरैजसो मानसिक समस्याको उपचार लामो हुन्छ । यो कुरा ‘चाइल्डहुड डिप्रेसन’मा पनि लागुहुन्छ । मनोविमर्श र साइकोथेरापीबाट बालबालिकालाई आफ्नो समस्या के हो, यसबाट कसरी बाहिर आउन सकिन्छ रु त्यस्तो अवस्था फेरि आइहाले कसरी त्यसबाट आफूलाई जोगाउने भन्ने विषयमा सिकाउनु सकिन्छ ।
बालबालिकामा देखिएको यो समस्याबाट मुक्ति दिलाउन घर परिवारको सबैभन्दा महत्त्वपूर्ण भूमिका रहन्छ । यसका लागि मनोविमर्शकर्ताको सहयोग लिएर पारिवारिक वातावरणमा आवश्यक परिवर्तन र सुधार गर्ने, आफ्नो बच्चासँग गरिने बोली र व्यवहारमा परिवर्तन ल्याउनु र बालबालिका मैत्री जीवनयापनमा ध्यान दिनु, बालबालिकालाई यस समस्याबाट बाहिर निकाल्न सहयोगी हुने निश्चित छ ।


Rating (Votes: )   
Share     Print


Other Articles:
नेकपामा समायोजनकारी निकासको बाटो खुलेन- सकारात्मक नतिजा दिन सरकार विफल (01.01.2019)
राजनीतिकरणको नतिजा दुई तिहाईको सरकारलाई (01.01.2019)
नागरिकताको विषय ख्याल ख्याल हैन (01.01.2019)
दुई तिहाईको सरकार, गुटबन्दीको शिकार (12.11.2018)
राजनीतिक अस्थिरता जारी राख्ने कसरत (12.11.2018)
कहिलेसम्म सहेर बसिरहने सीमामा हस्तक्षेप ? (12.11.2018)
सत्तारुढ र प्रमुख प्रतिपक्षी दलमा फैलदो असन्तोष (11.20.2018)
ओली सरकारको नौ महिना निराशाजनक (11.20.2018)
इपीजी प्रतिवेदनप्रति भारतको आपत्ति (11.20.2018)
सर्वसाधारण जनता बिलखबन्दको स्थितिमा- दशैंको मौकामा कालो बजार मौलायो ! (10.10.2018)
गठबन्धन र एकताको उल्लास हरायो ! (10.10.2018)
दशैं हिन्दुको हैन सबैको चाड हो (10.10.2018)
पुनःअस्थिरता सिर्जनाको अशुभ सङ्केत ! (10.02.2018)
बलात्कार पनि पूँजीवादको उपज (10.02.2018)
संसद अन्त्य बहुचर्चित चिकित्सा विधेयक पेश भएन (10.02.2018)
अस्थिरतावादी शक्तिहरू पुनः जुर्मुराउन थाले- ‘बलियो’ सरकारको निरीहता जताततै उदाङ्ग ! (09.25.2018)
राष्ट्रकवि घिमिरे सयवर्षमा प्रवेश (09.25.2018)
विजय जैलीको विषवमन (09.25.2018)
भारत निर्भरता अन्त्य हुने बाटो खुल्यो : केन्द्र र प्रदेश सरकारहीबीच चर्को मतभेद (09.11.2018)
कुनै दिन सुस्ता पनि हराउँछ नक्साबाट (09.11.2018)



 
::| Latest News

 
[Page Top]