युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Tuesday, 04.23.2019, 04:03am (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
मुख्य समाचार
 
शहीद गंगालालको स्मृतिसभा
Monday, 03.18.2019, 04:45pm (GMT+5.5)

काठमाडौं ।  शहीद गंगालाल श्रेष्ठको जन्म शताब्दिका अवसरमा चैत्र ३ गते आइतवार राजधानीको वसन्तपुर चोकमा एक स्मृतिसभाको आयोजना गरिएको छ । वि.सं. १९७५ साल चैत्र ३ गते रामेछापमा पिता भक्तलाल श्रेष्ठ र माता तुलसीदेवी श्रेष्ठको जेठा छोराका रुपमा जन्मनु भएका क्रान्तिवीर श्रेष्ठलाई निरंकुश जहानिया राणा शासक जुद्धशमसेरले मुत्यु दण्डको सजाय सुनाएपछि माफी पनि नमागेकाले  १९९७ साल माघ १५ गतेको कालो रातमा शोभाभगवति छेउको भाचाखुसी बगरमा नरशमशेर राणाले गोलीहानेर २१ वर्षको उमेरमा शहीद बनाएका थिए ।
उहाँले नेपालको इतिहासमा वि.सं. १९९३मा टङ्कप्रसाद आचार्यको अध्यक्षतामा पहिलो पटक संगठित राजनीतिक दल नेपाल प्रजापरिषद्को सदस्यता लिएर प्रजातान्त्रिक अधिकार स्थापनाका निम्ति  राणा शासनविरूद्ध आँफूलाई होम्नुभएको थियो । निरंकुश राणा शासकले शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथचन्द र गंगालालको हत्या गरेर मनोवैज्ञानिक आतङ्क मच्चाए पनि प्रातःस्मरणीय यिनै शहीदको रक्तबीजले राणाशाहीको शासन अन्त्य गरी २००७ सालमा प्रजातन्त्रको प्रादुर्भाव गराएको हो ।
२०७५ साल चैत्र ३ गते शहीद गंगालालको जन्मशताब्दीको दिन हो  । २००६ सालमा नेपाल कम्युनिष्ट पार्टीको स्थापना गर्ने अग्रणी नेता स्व. पुष्पलाल उहाँका माइला भाइ हुनुहुन्थ्यो । पुष्पलाल स्मृति प्रतिष्ठानद्वारा गठित शहीद गंगालाल श्रेष्ठ जन्मशताब्दी आयोजना समितिको सक्रियतामा आयोजित विशेष कार्यक्रममा शहीद गंगालालका भाई विजयलाल श्रेष्ठले जीवनीबारे प्रकाश पार्नु भएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि नेकपाका बरिष्ठ नेता माधवकुमार नेपालले अमर शहीदप्रति श्रद्धाञ्जली प्रकट गर्दै वाम राजनीतिक आन्दोलनको विगत र वर्तमानको चर्चा गर्नुभएको थियो । सो कार्यक्रमा सभापतिको आशानबाट बोल्दै आयोजक समितिका संयोजक हिरण्यलाल श्रेष्ठले शहीदहरूको योगदानको सम्मानका  लागि राज्य नै लागिरहनुपर्ने धारणा राख्नुभएको थियो । सो अवसरमा ’क्रान्तिवीर शहीद गंगालाल श्रेष्ठ’ नामक  ऐतिहासिक दस्ताबेजसमेत समेटिएको ४७० पृष्ठको स्मृतिग्रन्थको पनि विमोचन गरिएको थियो ।


Rating (Votes: )   
Share     Print


Other Articles:
कतै तपाईमा पनि छ कि यस्तो समस्या ? (03.18.2019)
नेकपामा समायोजनकारी निकासको बाटो खुलेन- सकारात्मक नतिजा दिन सरकार विफल (01.01.2019)
राजनीतिकरणको नतिजा दुई तिहाईको सरकारलाई (01.01.2019)
नागरिकताको विषय ख्याल ख्याल हैन (01.01.2019)
दुई तिहाईको सरकार, गुटबन्दीको शिकार (12.11.2018)
राजनीतिक अस्थिरता जारी राख्ने कसरत (12.11.2018)
कहिलेसम्म सहेर बसिरहने सीमामा हस्तक्षेप ? (12.11.2018)
सत्तारुढ र प्रमुख प्रतिपक्षी दलमा फैलदो असन्तोष (11.20.2018)
ओली सरकारको नौ महिना निराशाजनक (11.20.2018)
इपीजी प्रतिवेदनप्रति भारतको आपत्ति (11.20.2018)
सर्वसाधारण जनता बिलखबन्दको स्थितिमा- दशैंको मौकामा कालो बजार मौलायो ! (10.10.2018)
गठबन्धन र एकताको उल्लास हरायो ! (10.10.2018)
दशैं हिन्दुको हैन सबैको चाड हो (10.10.2018)
पुनःअस्थिरता सिर्जनाको अशुभ सङ्केत ! (10.02.2018)
बलात्कार पनि पूँजीवादको उपज (10.02.2018)
संसद अन्त्य बहुचर्चित चिकित्सा विधेयक पेश भएन (10.02.2018)
अस्थिरतावादी शक्तिहरू पुनः जुर्मुराउन थाले- ‘बलियो’ सरकारको निरीहता जताततै उदाङ्ग ! (09.25.2018)
राष्ट्रकवि घिमिरे सयवर्षमा प्रवेश (09.25.2018)
विजय जैलीको विषवमन (09.25.2018)
कुनै दिन सुस्ता पनि हराउँछ नक्साबाट (09.11.2018)



 
::| Latest News

 
[Page Top]