युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Thursday, 08.22.2019, 10:10pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
मुख्य समाचार
 
भारतको दादागिरी बिरुद्ध जेनेभामा आवाज
Thursday, 03.28.2019, 11:11am (GMT+5.5)

काठमाडौं । नेपालमाति भारतबाट भैरहेको थिचोमिचो र सीमा अतिक्रमणका विषयमा संयुक्त राष्ट्रसंघ मानवअधिकार परिषदमा नेपालबाट कुरा उठिरहँदा भारतले आफ्नो थिचोमिचो जारी राखेको छ । संयुक्त राष्ट्रसंघमा सायद पहिलोपटक गैरसरकारी तहबाट नेपालमाथि भारतले गरेको थिचोमिचो र सीमा अतिक्रमणका विषयमा आवाज उठाइएको हो । गत बिहिबार ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाका अध्यक्ष फणीन्द्र नेपालले बैठकमा दक्षिण एसियाको कलंकका रूपमा रहेको नेपाली भूमिमाथिको भारतीय उपनिवेश अन्त्य गर्न अन्तर्राष्ट्रिय जगतको ध्यानाकर्षण गराउनुभयो ।
संयुक्त राष्ट्र संघ मानवअधिकार परिषदमा आयोजित २०३० एजेन्डा र मानवअधिकार शीर्षकको अन्तरक्रिया कार्यक्रममा पहिलो वक्ताका रूपमा बोल्दै अध्यक्ष नेपालले ग्रेटर नेपालको करिब ६०००० वर्ग किलोमिटर जमिनमा उपनिवेश कायम भएको र वर्तमान नेपालको १३०० वर्ग किलोमिटर जमिनमा अतिक्रमण गरेर भारतले संयुक्त राष्ट्रसंघको उपनिवेश अन्त्य गर्ने सम्बन्धमा पारित प्रस्ताव नं १५१४ को खुल्लमखुल्ला अपहेलना गरेको आरोप लगाउनुभयो ।
त्यस्तै नेपालले स्वतन्त्र र सार्वभौमसत्ता सम्पन्न देशको जमिन सैनिक बलमा कब्जा गरेर स्वतन्त्रता, मानवअधिकार र प्रजातन्त्रका आदर्शको स्पष्ट रूपमा उपहास गरेको पनि बताउनुभएको छ । उहाँले विश्वका सरकारहरूले राष्ट्रिय योजना प्रक्रियामार्फत् सन् २०३० भित्रमा दिगो विकासको उद्देश्य र लक्ष्य प्राप्त गर्ने भने पनि साना राष्ट्रहरूको जमिनमा उपनिवेश कायम गर्ने, तिनका प्राकृतिक स्रोतमाथि कब्जा जमाउने र आन्तरिक मामिलामा हस्तक्षेप गर्ने गलत प्रवृत्ति रोक्न नसके यो केवल नारामा सीमित हुने चेतावनी पनि नेपालले दिनुभएको छ ।
उक्त कार्यक्रममा ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाका अतिरिक्त पश्चिमी सहाराका नजला मोहमद लमजन र हसन मुईद अली, त्रिपुराकी सुश्री पाताल कन्या जमातजा र श्रीलंकाका राजा रेमिगुस कनागराजा लगायतका मानव अधिकार प्रतिरक्षकहरूले आफ्नो समुदायको मानवअधिकार हननका बारेमा प्रश्न उठाएका थिए ।
जेनेभामा यस्ता कुरा उठिरहँदा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले कञ्चनपुरको भीमदत्त नगरपालिका–९ ब्रम्हदेवका चार मुक्तहलिया परिवारका घर निर्माणमा रोक लगाएको छ । दुई दशकदेखि भोगचलन गर्दै आएको जग्गामा मुक्तहलिया परिवारले घर निर्माण गर्न खोज्दा एसएसबीका जवानले निमार्णकार्य रोक्न लगाएको राष्ट्रिय मुक्तहलिया समाजका जिल्ला अध्यक्ष शिवी लुहारले बताउनुभयो ।
वर्षौदेखि भोगचलन गर्दै आएको जग्गा भारतमा पर्ने जनाउँदै एसएसबीका जवानले घर मर्मतका लागि पुनःस्थापनमा परेका ‘ख’ वर्गको परिचयपत्र पाएका खडक सार्की, बाली सार्की, मदन सार्की र परदेशी दमाइलाई घर निर्माण गर्नबाट रोकेको हो । घर मर्मतका लागि भूमि सुधार कार्यालयले मुक्तहलिया परिवारलाई रु एक लाख २५ हजारका दरले रकम उपलब्ध गराएको थियो । 
प्रमुख जिल्ला अधिकारी सुशील वैद्यले आगामी मार्च २७ गते नेपाल–भारतका अधिकारीबीच सीमावर्ती भारतीय बजार वनवसामा बैठक बस्ने सहमति भएको बताउनुभयो । उहाँले सो बैठकमा सीमा क्षेत्रमा देखिएका समस्याबारे छलफल गरी टुङ्गो लगाइने बताउनुभयो । यसैगरी एसएसबीले भीमदत्त नगरपालिका–९ को टनकपुर बाँध नजिकै नगरपालिकाले ठेक्का प्रक्रियाद्वारा सडक कालोपत्र गर्ने कार्य समेत शुक्रबार रोक्न लगाएको थियो । एसएसबीको अवरोधपछि केही दिनका लागि सडक निर्माणकार्य रोकिएको छ । दुई देशका प्रशासन प्रमुखबीच भोलि चैत १३ गते सीमा बैठकमा छलफल गर्ने मौखिक सहमतिपछि निर्माण रोकिएको छ ।
भारतले अनेक बहानामा निरन्तर नेपाली भूमि अतिक्रमण गर्दैआएको छ । सीमावर्ती क्षेत्रका बासिन्दाहरु निरन्तर भारतीय दादागिरीको सामना गरिरहेका छन् । यस क्रममा कतिपयको ज्यान समेत गएको छ । पूर्वदेखि पश्चिमसम्म भारतले दशगजा मिचेर तटबन्ध बनाउने, नेपाली भूमि अतिक्रमण गर्ने तथा सीमा स्तम्भ नै सार्ने काम समेत गर्दैआएको छ । 
यो एउटा सानो उदाहरणमात्र हो । खासमा नेपाल सरकार नै सीमा सुरक्षामा प्रतिबद्ध देखिंदैन । भारतले कतिसम्म सीमा मिचेको छ । यसको कारण सीमास्तम्भको उचित मर्मत र संरक्षण नहुनु हो । पछिल्लो समय सप्तरीको बलान नदीदेखि धनुषाको कमला नदीसम्म ४० किलोमिटर लम्वाई रहेको सीमाक्षेत्रमा साना ठूलागरी ३ सय ८६ वटा सीमा स्तम्भ हुनुपर्ने हाल तीन सय १८ वटा मात्र छन् । त्यस्तै सिरहाको ठाडीमा त भरतीय पक्षले नेपाल भारतको सीमामै वर्षौदेखि भन्सार खोलेर बसेको छ । यस्तो समस्या एक दुई ठाउँमा मात्र हैन जताततै छ । 


Rating (Votes: )   
Share     Print


Other Articles:
“राजनीति पेशा होइन समाजसेवा हो” (03.28.2019)
निषेध र तिरस्कारको राजनीति प्रत्युत्पादक- ससदनदेखि सडकसम्म टकरावको स्थिति (03.18.2019)
स्वतन्त्र मधेश गबठन्धन बन्यो ‘जनमत पार्टी’ यूएनपिओको सदस्यता के ? (03.18.2019)
शहीद गंगालालको स्मृतिसभा (03.18.2019)
कतै तपाईमा पनि छ कि यस्तो समस्या ? (03.18.2019)
नेकपामा समायोजनकारी निकासको बाटो खुलेन- सकारात्मक नतिजा दिन सरकार विफल (01.01.2019)
राजनीतिकरणको नतिजा दुई तिहाईको सरकारलाई (01.01.2019)
नागरिकताको विषय ख्याल ख्याल हैन (01.01.2019)
राजनीतिक अस्थिरता जारी राख्ने कसरत (12.11.2018)
दुई तिहाईको सरकार, गुटबन्दीको शिकार (12.11.2018)
कहिलेसम्म सहेर बसिरहने सीमामा हस्तक्षेप ? (12.11.2018)
सत्तारुढ र प्रमुख प्रतिपक्षी दलमा फैलदो असन्तोष (11.20.2018)
ओली सरकारको नौ महिना निराशाजनक (11.20.2018)
इपीजी प्रतिवेदनप्रति भारतको आपत्ति (11.20.2018)
सर्वसाधारण जनता बिलखबन्दको स्थितिमा- दशैंको मौकामा कालो बजार मौलायो ! (10.10.2018)
दशैं हिन्दुको हैन सबैको चाड हो (10.10.2018)
गठबन्धन र एकताको उल्लास हरायो ! (10.10.2018)
पुनःअस्थिरता सिर्जनाको अशुभ सङ्केत ! (10.02.2018)
संसद अन्त्य बहुचर्चित चिकित्सा विधेयक पेश भएन (10.02.2018)
बलात्कार पनि पूँजीवादको उपज (10.02.2018)



 
::| Latest News

 
[Page Top]